BIZMANDU
www.bizmandu.com

युनिभर्सल पावरले खहरेखोलाको लागि आइपिओ निष्कासन गर्ने, इक्रा रेटिङ ग्रेड ‘४’ पायो

२०७५ जेठ ३१

काठमाडौं। आइपिओ निष्कासन गर्न अनुमति मागेको युनिभर्सल पावरले इक्रा रेटिङ ४ पाएको छ।

Tata
GBIME
Nepal Life

आइपिओ ग्रेड एक देखि ५ सम्म हुन्छ जसमध्ये ग्रेड एक सबै भन्दा राम्रो मानिन्छ भने ५ लार्इ सबै भन्दा कमजोर मानिन्छ।

कम्पनीले दोलखा जिल्लाको तल्लो खहरेखोला हाइड्रोपावर प्रोजेक्टकालागि पूँजी जुटाउन आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा प्रोजेक्टको प्रभावित क्षेत्रकालागि र पुनः सर्वसाधारणकालागि गरेर ९६ करोड ६१ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्नेछ।

कम्पनीले प्रभावित क्षेत्रकालागि २१ करोड रुपैयाँ र सर्वसाधारणको लागि ७५ करोड ६१ लाख रुपैयाँ निष्कासन गर्नेछ।

प्रोजेक्टको जम्मा शेयर पूँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ। प्रोजेक्टको जम्मा लागत दुर्इ अर्ब ४ करोड रुपैयाँ रहेको छ। 

युनिभर्सलको प्रोफाइल

सन् २००२ बाट पव्लिक कम्पनी भएको युनिभर्सलको सिइडिवी हाइड्रोफण्ड मेजर शेयर होल्डर हो। कम्पनीमा सिइडिवी लगायत ४७०० भन्दा धेरै शेयरधनी रहेका छन्।

प्रसारण लाइनको काम यस अघि नै सकिइसकेको छ। कम्पनीको शेयर पूँजी ४६ प्रतिशत सर्वसाधारणको र बाँकी संस्थापकको रहेको छ।

सर्वसाधारणको शेयर दुर्इ अर्ब १० करोड रुपैयाँ रहेको छ। जम्मा शेयर पूँजी ४ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। कम्पनीले अन्य प्रोजेक्टमा पनि लगानी गरेको छ।