BIZMANDU
www.bizmandu.com

कामना सेवा विकास बैंकले पूरा गर्यो पूँजी, पूँजी जुटेसँगै नगद लाभांशमा जोड, १२% लाभांश दिने

२०७५ जेठ ३१

काठमाडौं। कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको पूँजी पूरा गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले चुक्ता पूँजी दुर्इ अर्ब ३७ करोड रुपैयाँको ५.५ प्रतिशत बोनस शेयर दिएर दुर्इ अर्ब ५० करोड रुपैयाँ जुटाएको हो।

बैंकले पूँजी जुटाएसँगै ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिले प्रस्ताव गरेको लाभांसको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्विकृति लिनु पर्नेछ।