BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकको एफपिओ आजबाट खुला, न्युनतम १० कित्ताका लागि आवेदन दिन पाइने

२०७५ जेठ ३०

एनएमबी बैंकको एफपिओ आजबाट खुला, न्युनतम १० कित्ताका लागि आवेदन दिन पाइने
एनएमबी बैंकको एफपिओ आजबाट खुला, न्युनतम १० कित्ताका लागि आवेदन दिन पाइने

काठमाडौं। एनएमबी बैंकले बुधबारदेखि एफपिओ (फर्दर पब्लिक इस्यु) निष्काशन खुला गरेको छ। बैंकले अंकित मूल्य १०० रुपैयाँमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँका दरले एफपिओ निष्कासन गरेको हो। 
 
बैंकले तीन अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ बराबरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासन गरेको छ। निष्कासित एफपिओमा बुधबारदेखि जेठ ३ गतेसम्म सर्बसाधारणले आबवेदन दिन सक्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ। 
 
सर्बसाधारणले कम्तिमा १० कित्तादेखि अधिकतम ५७ हजार ७० कित्तासम्म आवेदन दिन सक्छन्। एफपिओमा सम्पुर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनमार्फत आवेदन गर्न सकिने कोषले जनाएको छ।    
 
बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्छ। २ अर्ब ६५ करोड प्रिमियमबाट संकलित रुपैयाँ जगेडा कोषमा जम्मा हुन्छ। अहिले भइरहेको जगेडा कोषमा प्रिमियम बापतको रकम सहित ८ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ।
 
एफपिओ निष्कासनसँगै बैंकको पुँजी संरचना परिवर्तन हुनेछ। सर्वसाधारणको अहिलेको ३९.९९ प्रतिशतको हिस्सा छ। बैंकले एफपिओ निष्कासन गरेसँगै सर्वसाधारणको यस्तो हिस्सा ४८.९९ प्रतिशत पुग्नेछ। साथै संस्थापक तर्फ ५१ प्रतिशत पुग्नेछ। अर्थात संस्थापकतर्फ तीन करोड ८७ लाख रुपैयाँ र सर्वसाधारणतर्फ तीन अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ।

Tata
GBIME
Nepal Life