BIZMANDU
www.bizmandu.com

मौद्रिक नीति कस्तो: लगानीकर्ताको माग-८० प्रतिशतसम्म मार्जिन लेन्डिङ, मूल्यांकनका ४ मापदण्ड

२०७५ जेठ २९

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयर लगानीकर्ताहरुले शेयर धितोकर्जा खुकुलो गर्न माग गरेका छन्। नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिको सुझाव दिँदै उनीहरुले मूल्यांकनको ८० प्रतिशतसम्म मार्जिन लेन्डिङ हुनुपर्ने माग गरेका हुन्।
 

यसैगरी मार्जिन लेण्डिङको वैज्ञानिक आधार तयार गरी सोही अनुसार प्रतिशत कायम गर्ने व्यवस्थाको सुरुवात गर्नुपर्ने विषय पनि संघले उठाएको छ। संघले बुक भ्यालु, प्राइस अर्निङ शेयर रेसियो, मार्केट प्राइस र एभरेज प्राइस गरी ४ आधारमा मूल्यांकन हुनुपर्ने माग उसले गरेको छ। 
 
यी ४ मापदण्डमा मूल्यांकन गरी ८० प्रतिशतसम्म ऋण दिन संघले माग गरेको हो।
 
शेयर लगानीकर्ता संघको तर्फबाट प्रतुत गरिएको सुझावमा बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स प्रदान गरी ७७ वटै जिल्लाबाट कारोबार गर्न सकिने वातावरण तयार गर्नुपर्ने उल्लेख छ।
 
संघले एभरेज वेटेज १०० प्रतिशत मात्रै कायम गर्नुपर्ने माग पनि गरेको छ। 
 
एनआरएन लगायत विदेशी लगानीकर्ताहरुलाई नेपालको पुँजीबजारमा लगानी गर्ने कार्यविधिधको सुनिश्चितता गर्नुपर्ने विषय पनि संघले अघि सारेको छ। यस्तै हकप्रद, बोनस आदिको मूल्य समायोजन गर्दाको मितिमा नै शेयर धितो कर्जामा मूल्य समायोजिन हुनुपर्ने माग पनि संघको छ।