BIZMANDU
www.bizmandu.com

सिद्धार्थ इन्स्योरेन्स र आरएसडिसी लघुवित्तको हकप्रद आयो, असार १७ देखि भर्न मिल्ने

२०७५ जेठ २९

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स कम्पनी र आरएसडिसी लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने भएका छन्। सिद्धार्थले चुक्ता पूँजीको ३५ प्रतिशत र आरएसडिसीले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्कासन गर्ने मिति तय गरेका हुन्।

Tata
GBIME
Nepal Life

सिद्धार्थले असार १७ गतेदेखि साउन २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा बैशाख ३१ गतेसम्म कायम भएका शेयरधनीलार्इ १० कित्ता बराबर ३.५ कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो।

कम्पनीले २२ लाख ४४ हजार कित्ता हकप्रद निष्कासन गरेसँगै चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ पुग्ने छ। बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पूरा गर्न अझै १३ करोड ४१ लाख रुपैयाँ जुटाउनु पर्नेछ।

हकप्रद आवेदनकालागि एनएमबी क्यापिटल, एनएमबी बैंकका शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने एनएमबी क्यापिटलले जनाएको छ।

त्यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्थाले असार १७ देखि साउन २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा जेठ २१ गतेसम्म कायम भएका शेयरधनीले ५ कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो।

संस्थाको हालको चुक्ता पूँजी ३५ करोड ९९ लाख रहेको छ भने २१ लाख ५९ हजार कित्ता हकप्रद निष्काशन सँगै चुक्ता पूँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्नेछ।

हकप्रद आवेदनकालागि एनआइविएल एस क्यापिटलका शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र धितोपत्र बोर्डबाट अनुमति पाएका आस्वा सुविधा दिने बैंक तथा वित्तीय संस्थाहरु रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।