काठमाडौं। सरकारले हिजो मात्र तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी तथा चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव स्वीकृत गरेको छ। दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ।
केरुङबाट चीनको रेल नेपाल छिर्ने छ।
नेपालमा रेल भित्र्याउन संभावना भएको र नेपालीहरु घुम्न जाने मुख्यस्थल केरुङ बजार। केरुङका स्थानीयवासीले झुपडी घर हटाएर आधुनिक आवास र व्यवसायिक आवास निर्माण गर्न थालेका छन्।
दैनिक १०० भन्दा बढी मालवाहक ट्रक आवतजावत गर्ने सीमा क्षेत्र मितेरी पुल रसुवागढी नाका।