BIZMANDU
www.bizmandu.com

अन्तशुल्क बढेपछि रेनल्टले दियो खरिदकर्तालाई राहत, ५० हजारदेखि चार लाखसम्म छुट दिने

२०७५ जेठ २७


काठमाडौं। अर्थमन्त्रीले सवारीसाधनमा अन्तशुल्क बढाएपछि रेनल्ट गाडीको अधिकृत विक्रेता एड्भान्स अटोमोवाइल्सले विक्री गर्दै आइरहेको गाडीहरुमा नयाँ मूल्य निर्धारण गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार रेनल्टका विभीन्न गाडीमा तीन लाख सम्म मूल्य वृद्धि भएको छ। मूल्यवृद्धिसँगै गाडीको मोडल भेरियन्ट अनुसार ५० हजार रुपैयाँदेखि चार लाख रुपैयाँसम्म छुटको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ।

रेनल्ट क्विड
पेट्रोल भेरियन्टको रेनल्ट क्विड ०.८ सात सय ९९ सिसी को आरएक्सएल, आरएक्सटी, आरएक्सटी 'ओ' को  नयाँ मूल्य क्रमशः १९ लाख ८९ हजार सात सय रुपैयाँ, २१ लाख ७१ हजार रुपैयाँ र २१ लाख ५३ हजार रुपैयाँ पुगेको छ।

पेट्रोल भेरियन्टको  क्विड ०.८ आरएक्सएलमा ९० हजार रुपैयाँ, आरएक्सटी र आरएक्टी ' ओ' मा एक लाख रुपैयाँ छुट राखिएको कम्पनीले बताएको छ।

यसैगरी  पेट्रोल भेरियन्ट अन्तर्गत नौ सय ९९ सिसीको रेनल्ट क्विड १.० एल आरएक्सटी, आरएक्सटी 'ओ', आरएक्सएल एएमटी र आरएक्सटी 'ओ' एएमटीको नयाँ मूल्य क्रमशः २२ लाख २४ हजार पाँच सय ३३ रुपैयाँ, २२ लाख ७३ हजार छ सय ४५ रुपैयाँ, २१ लाख ९६ हजार छ सय १३ रुपैयाँ र २४ लाख ११ हजार छ सय ६३ रुपैयाँ पुगेको छ।

कम्पनीका अनुसार पेट्रोल भेरियन्टको रेनल्ट क्विड नौ सय सिसीका सबै गाडीमा ग्राहकले ५० हजार रुपैयाँ छुट पाउन सक्नेछन्। 

रेनल्ट डस्टर
कम्पनीले पेट्रोल भेरियन्टको रेनल्ट डस्टर १४ सय ९८ सिसीको आरएक्सइ, आरएक्सएल र आरएक्सएस सिभीटीको नयाँ मूल्य क्रमशः ३७ लाख ७८  हजार तीन सय छ रुपैयाँ, ४१ लाख ६६ हजार आठ सय ७१ रुपैयाँ र ५१ लाख ४६ हजार ८५ रुपैयाँ कायम गरेको छ।

कम्पनीका अनुसार  आरएक्सइ र आरएक्सएलमा ७५ हजार रुपैयाँ छुट राखिएको छ भने आरएक्सएस सिभीटी १४ सय ६१ सिसिमा एक लाख रुपैयाँ छुट राखिएको छ।

कम्पनीले डिजल भेरियन्टको डस्टर १४ सय ६१ सिसीको आरएक्सएस डिएसएल, आरएक्सजेड, आरएक्सजेड एएमटी र आरएक्सजेड एडब्लुडी को नयाँ मूल्य क्रमशः ४५ लाख १५ हजार छ सय ७६ रुपैयाँ, ५० लाख ६८ हजार छ सय ५८ रुपैयाँ,  ५३ लाख ४६ हजार तीन सय १३ रुपैयाँ र ५८ लाख ६२ हजार  पाँच सय ५३ रुपैयाँ कायम गरेको छ।

कम्पनीका अनुसार डिएसएलमा ७५ हजार रुपैयाँ छुट राखिएको छ भने  आरएक्सजेड, आरएक्सजेड एएमटी र आरएक्सजेड एडब्लुडी लगायतका गाडीमा एक लाख २५ हजार रुपैयाँ छुट राखिएको छ।

रेनल्ट लजि
कम्पनीले १४ सय ६१ सिसी अन्तर्गत डिजल भेरियन्ट आरएक्सइ, आरएक्सएल र आरएक्स जेडको नयाँ मूल्य क्रमशः ४५ लाख पाँच हजार पाँच सय रुपैयाँ, ४८ लाख २४ हजार रुपैयाँ , ५६ लाख ६७ हजार रुपैयाँ कायम गरेको छ।

कम्पनीका अनुसार आरएक्सइमा दुई लाख, आरएक्सएलमा तीन लाख र आरएक्सजेडमा चार लाख रुपैयाँ छुट राखिएको कम्पनीले छ।

रेनल्ट क्याप्चर
कम्पनीले १४९८ सिसी अन्तर्गत पेट्रोल भेरियन्टको आरएक्सइ, आरएक्सएल, आरएक्सटी मोनो र आरएक्सटी डुअलको मूल्य क्रमशः ४८ लाख १४ हजार रुपैयाँ, ५० लाख ४५ हजार पाँच सय ८२ रुपैयाँ, ५३ लाख ९२ हजार छ सय ७० रुपैयाँ र ५५ लाख ३२ हजार आठ सय १४ रुपैयाँ कायम गरेको छ।

कम्पनीका अनुसार आरएक्सइ र आरएक्सएलमा एक लाख रुपैयाँ छुट राखिएको छ भने आरएक्सटी मोनो र बरएक्सटी डुअलमा एक लाख २५ हजार रुपैयाँ छुट राखिएको छ।

कम्पनीले क्याप्चर १४ सय ६१ सिसी अन्तर्गत डिजल भेरियन्टका आरएक्सइ, आरएक्सएल, आरएक्सटी मोनो, आरएक्सटी डुअल र प्लाटीन डुअलको मूल्य क्रमशः ५१ लाख ६३ हजार सात सय चार रुपैयाँ, ५५ लाख ८४ हजार नौ सय ८७ रुपैयाँ, ५९ लाख २८ हजार तीन सय ५१ रुपैयाँ, ६० लाख ४९ हजार एक सय १६ रुपैयाँ र ६४ लाख ८९ हजार तीन सय सात रुपैयाँ कायम गरेको छ।

कम्पनीका अनुसार आरएक्सइ र आरएक्सएलमा एक लाख २५ हजार रुपैयाँ छुट राखिएको छ भने आरएक्सटी मोनो, आरएक्सटी डुअल र प्लाटीन डुअलमा एक लाख ५० हजार रुपैयाँ छुट राखेको छ।