BIZMANDU
www.bizmandu.com

ट्राफिकजामले दिक्क हुँदा उड्ने कार कल्पना गर्नुभएको छ? टेस्ट ड्राइभकालागि तयार छ उड्ने कार

२०७५ जेठ २५

ट्राफिकजामले दिक्क हुँदा उड्ने कार कल्पना गर्नुभएको छ? टेस्ट ड्राइभकालागि तयार छ उड्ने कार
ट्राफिकजामले दिक्क हुँदा उड्ने कार कल्पना गर्नुभएको छ? टेस्ट ड्राइभकालागि तयार छ उड्ने कार


सान फ्रान्सिस्को। लामो समयसम्म ट्राफिक जाममा परेका बेला तपाईंले पक्कै पनि सोच्नुहुन्छ यो कार उडाएर लैजान पाए त कति सजिलो हुन्थ्यो होला! तपाईंको कल्पनालाई साँचो बनाउने गरी एउटा कार तयार भैसकेको छ।

Tata
GBIME
Nepal Life

गुगलको  सहसंस्थापक ल्यारी पेजले उड्ने कार बनाउने किटी हक नामको परियोजनालाई सघाइरहेका छन्। यो कारको मोडल तयार भैसकेको छ र टेस्ट फ्लाइटका लागि राखिएको छ। इच्छुकहरुले टेस्ट ड्राइभ गरी यसलाई किन्ने वा नकिन्ने निर्णय गर्न सक्नेछन्।

यो प्रोजेक्ट अन्तर्गत एउटा उड्ने कारको मोडल तयार भैसकेको छ। कम्पनीले भनेको छ-‘यो उड्ने स्वतन्त्रतातर्फको पहिलो प्रयास हो जसलाई हामी तपाईंसँग शेयर गर्न चाहन्छौं।’

कम्पनीले अघिल्लो वर्ष माउन्टेन ब्यू क्यालिफोर्नियामा काम सुरु गरेको थियो हाल यसलाई न्यूजिल्याण्डमा टेष्ट ड्राइभ गरिरहेको छ। फ्लायर नामको यो उड्ने कारको लागि कम्पनीले नयाँ वेबसाइट फ्लायर डट एरो समेत लन्च गरेको छ।  

किटी हकका सिइओ सेबास्टियन थ्रन हुन् जसले गुगल एक्स ल्याबको स्थापना गरेका छन्। उनकै ल्याबमा सेल्फ ड्राइभिङ कार मुनसट्स तथा इन्टरनेटबाट सिंक गर्न सकिने चश्मा जस्ता प्रोजेक्टहरुमाथि पनि काम भैरहेका छन्।  उनले फ्लायरलाई उडाउनु भिडियो गेम खेल्नु जत्तिकै सजिलो भएको दावी गरेका छन्।

कम्पनीले भनेको छ- ‘हामी फ्लायरलाई बढीभन्दा बढी मानिससम्म पुर्याउन चाहन्छौं ताकि मानिसले यसको अनुभव लिन सकुन्। टेस्ट फ्लाइटबाट उनीहरुले अब भविष्यमा बजारमा आउने सवारीहरुको बारेमा जान्न र सिक्न सक्नेछन्।’

फ्लायर किन्न इच्छुकलाई यसको वेबसाइटमै अप्लाइ गर्ने सुविधा पनि दिइएको छ। टेस्ट फ्लाइटको कति पर्छ भन्ने बारेमा भने वेबसाइटले कुनै जानकरी दिएको छैन।

एक वर्ष पहिले नै कम्पनीले फ्लायरको पहिलो भर्सन सार्वजनिक गरेको थियो। यो इलेक्ट्रिक एयरक्राफ्टमा १० साना रोटर्सहरु हुन्छन् जसको सहायताले यो कार हेलिकोप्टर जस्तै रनवे बिना नै टेकअफ र ल्याण्ड गर्न सक्छ।

कम्पनीले फ्लायर उडाउँदा धेरै आवाज नआउने दावी पनि गरेको छ। पहिलो पटक टेस्ट फ्लाइट गर्ने मानिसले यसलाई केवल ३ मिटरको उचाइमा ३२ किलोमीटर प्रतिघण्टाको गतिमा उडाउन सक्ने कम्पनीले जनाएको छ।

यसको ककपिटमा एकजनालाई बस्नको लागि पर्याप्त ठाउँ बनाइएको छ। फ्लायरलाई सजिलैसँग पानीमाथि पनि उडाउन सक्ने गरी बनाइएको कम्पनीले जनाएको छ।

कम्पनीले पहिलो पर्सनल फ्लाइङ भेहिकलका रुपमा फ्लायरको बिकास गरेको हो। कम्पनीले उड्ने कारका अरु बिभिन्न कन्सेप्टहरुमा पनि काम गरिरहेको जनाएको छ।