BIZMANDU
www.bizmandu.com

बुद्ध एयरले नेपालगंज-दिल्ली सिधा हवार्इ उडान गर्ने, सबै प्रकृया पूरा गर्न ८ महिना लाग्ने

२०७५ जेठ २१

नेपालगंज।बुद्ध एयरले नेपालगंज-दिल्ली सिधा हवार्इ उडान गर्ने भएको छ।आवश्यक पुर्वाधार र हवार्इ रुटको समस्या समाधान भएमा नेपालगंज-दिल्ली दैनिक तीनवटा उडान गर्ने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life


सोमबार नेपालगंजमा पत्रकार सम्मेलन गरेर कम्पनीले यो जानकारी दिएको हो।कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगंज-दिल्ली सिधा उडानका लागि गत सोमबार पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा आवेदन दिएको जानकारी दिए।उनका अनुसार विहान सात बजे,दिउँसो १ बजे र वेलुकी साता बजे गरि तीनवटा उडानका लागि आवेदन दिइएको छ।कम्पनीले रुटमा समस्या समाधान गर्न सरकारसँग माग समेत गरेको छ।

बुद्ध एयरका अनुसार हाल नेपालगंजबाट भारत जादा  रुटको समस्या नरहे पनि फर्किदा सिमरा हुँदै आउनुपर्ने पर्ने बाध्यता छ।‘नेपालगंज-दिल्ली सिधा उडान भर्नका लागि ‘लिमा ६६’भन्ने जुन रुट छ  त्यसलार्इ दुर्इतर्फी बनाउनका लागि सरकारले पहल गर्नुपर्छ’उनले भने।बस्नेतका अनुसार नेपाल र भारतका वीचमा द्धिपक्षीय सहमति भैसकेको भन्ने जानकारी आएको छ। विमानस्थलमा इमिग्रेसन,कष्टम जस्ता पुर्वाधारहरु तयार गर्नुपर्ने बुद्ध एयरले जनाएको छ। त्यसै गरि आधिकारिक म्याप जेप्सनमा यो रुटको नक्सा पब्लिस हुनुपर्नेछ।
 

‘एक तर्फी हवार्इमार्गलार्इ दुर्इ तर्फी बनाउन त्यसको सेफ्टी एसेस्मेन्ट,पुर्वाधार विकास जस्ता धेरै कामहरु गर्नुपर्नेछ।आजबाट काम थाल्यो भने ७/८ महिनामा उडान भर्न सकिन्छ’उनले भने।  यो उडान करिव १ घण्टा १ मिनेटको हुनेछ।नेपालगंज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले नेपालगंज धेरै समयपछि सम्भावनाको ठूलो अवसर आएका बताए।नेपालगंज,बाँके बर्दिया सुदुरपश्चिम,मध्यपश्चिम भविष्य जोडिएको भन्दै बुद्ध एयरको नेपालगंज-दिल्ली उडानलार्इ सहयोग गर्ने उनले बताए।
 
नेपालगंज-दिल्ली कनेक्टीभीटीले एक घण्टामा दिल्ली जान आउन सकिने र यसले नेपालगंज मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलको पर्यटन क्षेत्रमा सहयोग पुग्ने राणाले बताए।सांसद संजय गौतमले नेपालगंज-दिल्ली उडानले मानरोवर जाने भारतीय पर्यटकहरु लाभान्वित हुने बताए।बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेकाले पर्यटकीय केन्द्रका रुपमा चिनाउन सकिने,रारा,मानसरोवर,हिल्सा जस्ता धार्मिक तथा पर्यटकीय  स्थलहरु जानका लागि नेपालगंज मुलुककै हबका रुपमा विकास हुने उनले बताए।