BIZMANDU
www.bizmandu.com

एफवान सफ्टले सुरु गर्यो अनलाइन सपिङका लागि ‘इसेवा पसल’, भाटभटेनी अनलाइन एक्वायर

२०७५ जेठ २०

एफवान सफ्टले सुरु गर्यो अनलाइन सपिङका लागि ‘इसेवा पसल’, भाटभटेनी अनलाइन एक्वायर
एफवान सफ्टले सुरु गर्यो अनलाइन सपिङका लागि ‘इसेवा पसल’, भाटभटेनी अनलाइन एक्वायर

काठमाडौं।  चर्चित अनलाइन सपिङ पोर्टल 'भाटभटेनीअनलाइन डटकम' लाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ। सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आइटी कम्पनीमध्येको एक हो। 


 
विगत ६ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्याउने उद्देश्यका साथ एक्वायर गरिएको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताए। ‘भाटभटेनीअनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब इसेवापसल डटकममा सञ्चालन गर्छौं, उनले भनेऽ त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुर्याउँछौं।' 
 
ईसेवापसल डटकमका सिइओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफुहरूले ठूलो फड्को मार्ने बताए। 
 
‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो। एफवानसफ्टसँगको सहकार्यले हामी यसलाई धेरै अगाडि बढाउनेछौं,' उनले भने, 'आउदाँ बर्षहरुमा हामी नेपालमा अनलाइन सपिङको परिभाषा परिवर्तन गर्ने उद्देश्यले काम गर्नेछौं।' 
 
पसलमा इसेवालगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ। ईसेवापसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ। साथै कम्पनीले अधिकत्तम २४ घण्टा भित्र निशुल्क डेलिभरी गर्नेछ।
 
सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्री वितरण गर्दै आएको छ। नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहका बेला एफवानसफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ। कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ।

Tata
GBIME
Nepal Life