Bizmandu
www.bizmandu.com

भ्यालेन्टाइन डेमा सिंगलहरुलाई प्रविधिले नै खुशी पार्ने, डेटिङ एप्समा रमाउने यस्तो छ काइदा

भ्यालेन्टाइन डेमा सिंगलहरुलाई प्रविधिले नै खुशी पार्ने, डेटिङ एप्समा रमाउने यस्तो छ काइदा


भ्यालेन्टाइन डेमा सिंगलहरुलाई साथी खोज्ने मौकाका रुपमा अनेकन एप्स विकास गरिएको छ। यस्ता एपहरुको प्रयोगले निराशा हटाउने तथा डेटिङ गर्ने वातावरण बन्ने बताइएको छ।

टिन्डर
टिन्डर डेट खोज्ने सबैभन्दा लोकप्रिय एप हो। यसलाई आफ्नो फेसबुक एकाउन्टबाट ‘लग इन’ गर्न सकिन्छ। यसपछि आफ्ना वरिपरिका ब्यक्तिको प्रोफाइल देख्न सकिन्छ। यसमध्ये कुनै ब्यक्ति मन पर्यो भने त्यस तस्वीरमा  राइट स्वाइप गर्नुपर्छ। यस्तै मन नपरे लेफ्ट स्वाइप गर्ने अप्सन राखिएको हुन्छ। जसलाई मन पराएर राइट स्वाइप गरिएको हो उसले पनि राइट गरेमा दुईबीच कुराकानी सुरु हुन सक्छ।



वु
यसमा आफ्नो लाइफ स्टाइल तथा रुचिका विषयहरुबारे जानकारी राखेपछि यसमा अप्सनहरु आउने गर्छ। टिन्डरमा जस्तै यसमा पनि लेफ्ट तथा राइट अप्सन हुने गर्छ।


 

हट अर नट
यो एप कुनै गेम जस्तै छ। यदि तपाईलाई हल्काफुल्का रुपमा भ्यालेन्टाइन डेमा रमाउन मन छ भने फेसबुकबाट यसमा लग इन गर्नुहोस्। जुन तस्वीर आउँछ त्यसमा क्लिक गर्नुहोस् र तस्वीर हट छ कि छैन त्यसको उत्तर दिनुहोस्। यो सिंगल भएर दुखी भैरहेकाहरुलाई सान्त्वना दिने र रमाउने वातावरण सिर्जना गर्ने किसिमको एप हो।