Bizmandu
www.bizmandu.com

नेतालाई भेटेर बढाउने फण्डाले शेयर बजार थप घट्दैछ, प्रकाश तिवारीको अन्तर्वार्ता

नेतालाई भेटेर बढाउने फण्डाले शेयर बजार थप घट्दैछ, प्रकाश तिवारीको अन्तर्वार्ता


निर्वाचनपछि शेयर बजार घट्दो दिशामा गइरहेको छ। छिटपुट बढेपनि अधिकांश समय बजार घटेको छ। पछिल्लो समय तरलता अभावसँगै बैंक ब्याज महँगिएपछि शेयर बजार ओरालो लागिरहेको छ। के अब बजारको बियरिस ट्रेण्ड सुरु भएको हो? कि बजार फर्किन्छ? शेयर बजारका लगानीकर्ता तथा विश्लेषक प्रकाश तिवारीसँग बिजमाण्डूका अरुण सापकोटाले कुराकानी गरेका छन्। तिवारी ह्याथ्वे इन्भेष्टमेन्टमा चिफ इन्भेष्टमेन्ट म्यानेजर पनि हुन्। उनी अरुण फाइनान्स र र्याडिसन होटलको संचालक समितिमा पनि छन्।

ब्याज बृद्धि सानो कारण मात्र हो। बजार घट्नुको प्रमुख कारण हिजोको हकप्रद नै हो। जति वेला हकप्रद धेरै मात्रामा आयो, त्यो बेला डिम्याट भर्खर सुरु भएको थियो। सबैले शेयर डिम्याट गराइसकेका थिएनन्। यसले गर्दा शेयरको आपूर्ति धेरै हदसम्म रोकिन गयो। बजारमा माग अनुसारको शेयर नभेटिएपछि सूचक त उक्लिने नै भयो। 
---
अहिलेको बजार घट्नुको मूख्य कारणका रुपमा बैंकिङ तरलता अभाव देखिएको छ। के कुराले बजारलाई प्रभावित गरिरहेको छ?
बजार घट्नुको प्रमुख कारण बैंकिङ तरलताभन्दा पनि आपूर्ति पक्ष बढि भएर हो जस्तो लाग्छ। आपूर्ति पक्ष राष्ट्र बैंकको पूँजी बृद्धिको निर्णयपछि बढेको हो। बैंक, फाइनान्स र इन्स्योरेन्स कम्पनीको पूँजी बृद्धिले तीनदेखि चार गुणा शेयरको संख्या बढेको छ। शेयर बढेसँगै यसलार्इ पूर्ति गर्न लगानीकर्ताको खरीद गर्न सक्ने क्षमता पनि बढ्नु पर्ने हुन्थ्यो तर त्यो भएन। शेयरको आपूर्ति तीन/चार सय प्रतिशतले बढ्दा नयाँ लगानीकर्ताको संख्या जम्मा २५ प्रतिशतको हाराहारीले मात्र बढेको छ। शेयरको आपूर्तिसँग लगानीकर्ताको आय र संख्याको तालमेल मिल्न सकेन। 
 
बजार सकारात्मक भएको वेलामा मानिसहरु सरसापट गरेर भए पनि हकप्रद किन्ने अवस्थामा थिए। उनीहरु शेयर बढेपछि बेचर तिरौला भन्दै पैसा सापटी लिएर हकप्रदमा लगानी गरिरहेका थिए। तर अहिले बजार घट्न थालेको छ। त्यसमाथि अझै पनि हकप्रद शेयर भर्नुपर्ने धेरै कम्पनीहरु बाँकी छन्। हकप्रदका लागि पैसा जुटाउन भएको शेयर बेच्नुपर्ने हुन्छ। नातागोतासँग लिएको सापटी पनि फर्काउनु पर्नेछ। नयाँ सापटी त्यहाँबाट पनि पाइने अवस्था छैन। यसले गर्दा अहिलेको बजारलार्इ प्रत्यक्ष असर पारिरहेको छ। 
 
अर्को कारण भनेको बैंक, फाइनान्स र इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ७० प्रतिशतबाट ५१ प्रतिशतमा झार्न परिवर्तन गरिरहेका छन्। यसका लागि कम्पनीले थप प्रिमियम सहितको एफपिओबाट बजारमा भएको पैसा उठाइरहेको छ। एफपिओपछि संस्थापकले परिवर्तन भएको शेयर बेचेर हकप्रद हाले। प्रिमियम रकम कम्पनीको कोषमा गएर थुप्रियो। तरलता प्रवाह हुन सकेन। 
 
धेरै लगानीकर्ता र ब्रोकरहरुसँग कुराकानी गर्दा उनीहरु ब्याज बढेको एसएमएस आउन थालेपछि बजार घटेको भन्छन्? 
ब्याज बृद्धि सानो कारण मात्र हो। बजार घट्नुको प्रमुख कारण हिजोको हकप्रद नै हो। जति वेला हकप्रद धेरै मात्रामा आयो, त्यो बेला डिम्याट भर्खर सुरु भएको थियो। सबैले शेयर डिम्याट गराइसकेका थिएनन्। यसले गर्दा शेयरको आपूर्ति धेरै हदसम्म रोकिन गयो। बजारमा माग अनुसारको शेयर नभेटिएपछि सूचक त उक्लिने नै भयो। 
 
त्यसको केहि समयपछि एकै पटक बोनस शेयर तथा हकप्रद शेयरको डिम्याट हुन थाल्यो। डिम्याटपछि बजारमा शेयरको आपूर्ति ह्वात्तै बढ्यो। आपूर्तिका कारण बजारले घट्ने संकेत देखाइरहेको थियो। ब्याज, तरलताजस्ता कारण पछि थपिँदै गए। यसले गर्दा बजार थप घट्न थाल्यो। बजार थामिन्छ कि भनेर केही समय होल्ड गर्ने प्रयास पनि भयो। बजार नथामिएपछि धेरै घाटा खाएर बस्नु भन्दा बेच्नु उचित ठानेर धेरैले बिक्रीका लागि राखे। यसबाट थप आपूर्ति बढ्यो र बजार घट्ने क्रमले निरन्तरता पाएको हो।
 
त्यसैले शेयर बजार घट्नुमा व्याज दरको प्रभाव दोस्रो कारण मात्र हो। बजार पूँजीकरणलार्इ हेर्ने हो भने शेयर ऋणको योगदान २० प्रतिशत मात्र छ। यसमा शेयर खेलाडी तथा बजारलाई जाने बुझेकाहरु र बजारमा प्राथमिक पहुँच भएकाले मात्र मार्जिन ऋण लिएर कारोबार गर्छन्। बरु साथीभाइसँग सापट लिएर लगानी गर्ने जमात बढि छ। बैंकमा गएर ऋण लिएर कारोबार गर्ने कमै छन्। यदि हामीले सय जना लगानीकर्तालार्इ शेयर ऋणका बारेमा सोध्यौ भने मुस्किलले १० जनाले मात्र बैंकबाट पैसा लिएका भेट्छौं। त्यसैले ब्याज बढेर बजारलाई ठूलो असर गर्नेवाला छैन। बरु सरकार परिवर्तनले बजारलाई प्रत्यक्ष प्रभाव पार्छ। अहिले त्यसको छायाँ पनि बजारमा देखिएको हो। 
 
बजारमा सरकार परिवर्तन, नीतिगत परिवर्तनले धेरै ठूलो असर पार्छ। पूँजी बृद्धिको प्रभावले बजारलाई ठूलो प्रभाव पारेको थियो। तर अहिले ब्याज तिर्न सक्दिन भनेर लगानीकर्ता डराएका छैनन्। ब्याजदर उच्च भयो अब व्याज तिर्न सकिँदैन भनेर शेयर बेचेका लगानीकर्ता मैले भेटेको छैन। ब्याज दर बढ्छ भनेर अहिले शेयरको आपूर्ति बृद्धि भएको होइन। 

बुझेकाहरु र बजारमा प्राथमिक पहुँच भएकाले मात्र मार्जिन ऋण लिएर कारोबार गर्छन्। बरु साथीभाइसँग सापट लिएर लगानी गर्ने जमात बढि छ। बैंकमा गएर ऋण लिएर कारोबार गर्ने कमै छन्। यदि हामीले सय जना लगानीकर्तालार्इ शेयर ऋणका बारेमा सोध्यौ भने मुस्किलले १० जनाले मात्र बैंकबाट पैसा लिएका भेट्छौं। त्यसैले ब्याज बढेर बजारलाई ठूलो असर गर्नेवाला छैन। बरु सरकार परिवर्तनले बजारलाई प्रत्यक्ष प्रभाव पार्छ। अहिले त्यसको छायाँ पनि बजारमा देखिएको हो। 
---
अहिलेको साइकल लम्विने अर्थात बजार घट्ने देखियो हैन त? 
बजार घट्ने सम्भावना छ। अव आउने नयाँ सरकारको कस्तो नीति लिन्छ? देशको समग्र तरलताका अवस्था साथै रेमिट्यान्सको बृद्धि कस्तो रहन्छ? यसले बजारको दिशा निर्धारण गर्छ। त्यसैले तत्कालै बजार माथि जाने आधार मैले देखेको छैन। 
 
बाम सरकार आउँछ भनेर बजार लगातार ओरालो लागेको हो भनेर पनि एउटा कोणबाट त विश्लेषण भइरहेको छ नि? 
राजनीतिलाई आफ्नै हिसावले ब्याख्या गरिन्छ। अहिलेको अवस्थामा शेयर बजार बढेको भए मान्छेहरु स्थायी सरकार बन्ने अपेक्षाका कारण शेयर बजार उक्लियो भनेर भन्थे। अहिले घटेको छ, त्यही भएर बाम सरकारलाई लगानीकर्ताले शंका गरिरहेका छन् भन्ने तर्क पनि आइरहेको छ। 
 
सैद्धान्तिक रुपमा भन्दा अहिले शेयर बजार बढ्नु पर्ने कारणहरु भेटिइरहेको छैन। अब आउने सरकारको नीति तथा कार्यक्रम नदेखी बजार बढ्छ जस्तो लाग्दैन। नयाँ सरकारले लगानीमैत्री वातावरण दियो, नीतिगत सुधार गर्यो भने बजार उक्लिन सक्छ।
 
लगानीकर्ता संगठनका प्रतिनिधिहरुले भाबी प्रधानमन्त्री केपी ओलीसँग भेट्दा उहाँले सकारात्मक नै कुरा गर्नु भएको छ। नीति त पक्कै राम्रै आउला। तैपनि किन बजार वृद्धिमा अवरोध देखियो?
नेपालमा अहिले दुर्इ प्रकारका लगानीकर्ता छन्। एउटा तप्का हचुवाका भरमा पकड बनाएर बसेका। उनीहरुले ब्रोकर तथा विभिन्न कम्पनीसँग राम्रो सम्वन्ध राखेर पैसाको भरमा बजारलार्इ आफ्नो पक्षमा पारेर कमाउने कसरत गर्छन्। बजार घट्न थालेपछि लगानीकर्ताका धेरै संगठन खुल्छन्। उनीहरुको सक्रियता देखिन्छ। उनीहरु बजार घट्न थालेपछि बढाउनका लागि नीतिनिर्माता, प्रभाव पार्न सक्ने ब्यक्ति संस्था र निकायमा पुगेर बढाउने उपायका लागि पहल गर्छन्। 
 
तर विचमा एउटा यस्ता लगानीकर्ताको समूह छ, जसको पढाइ लेखाइ पनि कम छ हल्लाको भरमा लगानी गरिरहेका हुन्छन्। ठूला संगठनहरुले गरेको दौडधुपलाई भने उनीहरुले विश्लेषण गर्न सक्छन्। लगानीकर्ता संगठनहरुको दौडधुप बढेपछि साना लगानीकर्ताले सहजै अनुमान लगाउँछन् कि बजारमा केही गडबढ भइरहेको छ। पक्कै नराम्रो केही हुँदैछ भनेर उनीहरु सहजै अनुमान गर्न सक्छन्। 
 
जब बजार बढिरहेको हुन्छ, त्यस बेलामा नीतिगत सुधारका लागि कसैलाई ध्यान हुँदैन। त्यस बेलामा कोही बोल्ने वाला छैन। यति कमायौ उति कमायौं भन्दै क्याल्कुलेटर थिचेर बसिरहेका हुन्छन्। जब घट्छ अनि उनीहरुलाई पूँजी बजारको सुधारको चिन्ताले तान्छ। हिजो बढ्दा पनि त सुधार गर्नु पर्ने कामहरु त तिनै थिए नि। त्यसबेला उनीहरु बोल्दैनन्। घट्दो बजारमा कसैलाई बोलाएर बढाउन खोज्ने अनि त्यही बेला बेचेर आफू सुरक्षित हुने ध्याउन्नमा अहिले ठूला लगानीकर्ता र यिनका संगठनहरु लागेका हुन्। तर यिनेका दौडधुप आमलगानीकर्ताले सहजै बुझ्छन्। त्यही भएर जति यिनीहरुले सक्रियता देखाउँछन् बजार उति नै घट्ने गरेको छ। बजार आफ्नै गतिमा गैरहेको छ भने किन नेताकोमा जाने? केपी ओलीले लगानीकर्तालाई बोलाएर पूँजी बजार बृद्धिको कुरा गरेको त होइन। 

जब बजार बढिरहेको हुन्छ, त्यस बेलामा नीतिगत सुधारका लागि कसैलाई ध्यान हुँदैन। त्यस बेलामा कोही बोल्ने वाला छैन। यति कमायौ उति कमायौं भन्दै क्याल्कुलेटर थिचेर बसिरहेका हुन्छन्। जब घट्छ अनि उनीहरुलाई पूँजी बजारको सुधारको चिन्ताले तान्छ। हिजो बढ्दा पनि त सुधार गर्नु पर्ने कामहरु त तिनै थिए नि। त्यसबेला उनीहरु बोल्दैनन्। घट्दो बजारमा कसैलाई बोलाएर बढाउन खोज्ने अनि त्यही बेला बेचेर आफू सुरक्षित हुने ध्याउन्नमा अहिले ठूला लगानीकर्ता र यिनका संगठनहरु लागेका हुन्। 
---
पछिल्ला दिनमा पूँजी बजार सुधारका धेरै काम भए। धेरै मान्छेको हातमा शेयर पुग्यो। हातहातमा शेयर पुगेपछि बजार स्थीर हुन्छ। सुदृढ हुन्छ भनिन्थ्यो, त्यो चै देखिएन? 
अहिलेको घट्दो बजारलाई त्यही सुधार र पूर्वाधारहरुले धानेको हो। यदि ती सुधार नगरेको भए बजार अझै तीब्र गतिमा घट्थ्यो। पूर्वाधार विकासले नयाँ लगानीकर्ता थपिएका छन्। जसरी ११७५ को बजार २९५ मा झरेको थियो, त्यो बेला ७५ प्रतिशतले बजार ओर्लिएको थियो। पूर्वाधार विकासमा धेरै काम भएकाले यसपाली झरेपनि ५० प्रतिशतभन्दा तल जाने अवस्था छैन। 
 
जति बेला भूकम्प गयो, नाकाबन्दी भयो, त्यति बेला पनि बजार यसरी झरेको थिएन तर यसपाली घट्दो ट्रेण्डलाई हेरेर लगानीकर्ता निकै आत्तिएको देखिन्छन् नि?
नाकाबन्दीका बेला बजार केही सीमित ब्यक्तिको हातमा थियो। त्यति वेला डिम्याट खाता सबैको थिएन। शेयरको आपूर्ति सीमित थियो। अहिले त्यो अवस्था रहेन। सबैको डिम्याट खाता छ। तत्कालै शेयर बेच्न सक्ने अवस्था सबैको छ। आपूर्ति पनि बढि छ। त्यही भएर अलिकति तलमाथि हुँदा पनि लगानीकर्ता आत्तिएका हुन्। 
 
बजारमा अहिले पनि चलखेल गर्ने तथा घटाउने समुह त सक्रिय होलान् नि? 
अब गाह्रो छ। त्यो बेलाको जस्तो अवस्था आजको दिनमा छैन। डिम्याट पूर्ण कार्यान्वयन नहुँदा बजारमा आपूर्ति हुन पाएको थिएन। साथै त्यो बेलामा कम्पनीको आकार सानो थियो। जति कम्पनीको आकार ठूलो हुँदै जान्छ त्यो कम्पनीको शेयरमा खेल्ने क्षमता घट्दै जान्छ। आजको दिनमा १० करोड रुपैयाँको किनबेच गरेर पनि १० रुपैयाँको तलमाथि गर्न सकिदैन। किनभने शेयरको आपूर्ति बढि छ। 
 
सानो कम्पनीमा भने चलखेलको सम्भावना हुन्छ। अहिले नै हेरौंन पूँजी कम भएका बीमा र लघुवित्तको शेयर मूल्य माथि पुगेको छ। त्यस्ता कम्पनीको अवस्था नराम्रो भए कम शेयर भएका कारण मूल्य तलमाथि गर्न सक्ने अवस्था रहन्छ। चलखेल गर्न सकिन्छ।  
 
अबक दिनमा बजार स्लो मोसनमा चल्ने हो कि पहिरो नै जाला?
अबका दिन आउने नीति, घटनाक्रम, तरलताको अवस्थाले यसलाई निर्धारण गर्छ। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा गर्ने समय नजिकिँदै छ। त्यस बेला पनि बजार कुन गतिमा तलमाथि हुन्छ भन्ने कुरा निर्धारण गर्छ। मार्जिन लेन्डिङको सीमा बृद्धि भएर तरलता सहजताका लागि काम भए बजार उठ्न पनि सक्छ। 
 
सरकारले लगानीमैत्री नीति लियो, पूँजी बजारलाई आफ्नो नीतिमा समेट्यो भने पनि बजारलाई सकारात्मक प्रभाव पार्न सक्छ। अनलाइन ट्रेडिङ तत्काल आएमा बजारलाई उत्साहित नै बनाउँछ। 

नाकाबन्दीका बेला बजार केही सीमित ब्यक्तिको हातमा थियो। त्यति वेला डिम्याट खाता सबैको थिएन। शेयरको आपूर्ति सीमित थियो। अहिले त्यो अवस्था रहेन। सबैको डिम्याट खाता छ। तत्कालै शेयर बेच्न सक्ने अवस्था सबैको छ। आपूर्ति पनि बढि छ। त्यही भएर अलिकति तलमाथि हुँदा पनि लगानीकर्ता आत्तिएका हुन्। 
---
सरकारी नीति, केपी ओलीसँगको भेटघाट, मौद्रिक नीति समिक्षाका बारेमा प्रेडिक्सन। यस्तो कुरा अहिले गरेर बजार बढाउने फण्डा त गर्न खोजिएको होइन? 
पक्का पनि फण्डा गरिएको पनि हुन सक्छ। बजार १८ सय ८१ अंक भएको बेला पनि यो विषयमा कसैले बोलेन। यस्ता कुरा जहिले पनि बजार घटेका वेलामा मात्रै आउने गर्छन्। म बजार छिर्नुभन्दा अगाडि देखिनै यी एजेण्डा थिए। 
 
बजार बढेको बेला कसैलार्इ केहि पनि नीतिगत सहजीकरण चाहिदैन। एनआरएन नभए पनि हामी बजार बढाएर २५ सय/३ हजार पुर्याइदिन्छौ भन्ने गरेका थिए। घट्न थालेपछि हामीले सकेनौ है भन्दै एनआरएनको फण्डा फेरि सुरु गर्न थालिएको छ। 
 
शेयरमा कमाएपछि लगानीकर्ता त्यहाँको तरलता बोकेर घरजग्गामा जान थालेपछि घटेको भन्न सकिन्छ? 
शेयरको पैसा घरजग्गामा डाइभर्ट भएको पनि छैन। दुबै तिरको लगानीकर्ता लगभग एउटै हुन्। नेपालमा शेयर बजार बढेकै समयमा घरजग्गा पनि बढेको छ। शेयर बजार घटेका बेला घरजग्गाको कारोबार झर्ने गरेको छ। त्यसैले शेयरको पैसा जग्गामा गएर तरलता हरायो भन्न अलिक मिल्दैन।