A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/updates/20180714162622.html en-us Sat, 14 Jul 2018 16:26:22 +0545 content <![CDATA[माथिल्लो कर्णाली जलविद्युत आयोजनामा जीएमआरले झुलाएको झुलायै, लगानीनै जुटाउन सकेन]]> admin Sat, 14 Jul 2018 16:26:22 +0545


काठमाडौं। ९०० मेगावाट क्षमताको बहुप्रतिक्षित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जीएमआरले दोस्रो पटक थपिएको समय सीमामा पनि लगानी जुटाउन सकेको छैन।


लगानी बोर्डले गत वर्ष वित्तीय व्यवस्थापनको लागि थप एक वर्षको समय दिएको थियो। समय सकिन दुई महिना मात्रै बाँकी रहँदा पनि आयोजनाले वित्तीय व्यवस्थापन गर्न नसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बिजमाण्डूलाई बताए।

सन २००८ मा सरकारले खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो कर्णाली जलविद्युत आयोजना जीएमआरलाई दिइएको थियो। सन् २०१३ मा यो आयोजना लगानी बोर्डलाई दिएपछि २०१४ को सेप्टेम्बरमा जीएमआर र लगानीबोर्डबीच आयोजना विकास सम्झौता (पिडिए) भएको थियो।

एक खर्ब १६ अर्ब रुपैयाँ अनुमानित लागतको नदी प्रवाहमा आधारित माथिल्लो कर्णाली आयोजनामा भारतीय कम्पनी जीएमआरले वित्तीय व्यवस्थापन गर्न दुई वर्षको समय मागेको थियो। २०१६ सेप्टेम्बर सम्म लगानी जुटाएर २०२१ भित्र आयोजना निर्माण गरिसक्ने गरि लगानी बोर्ड र जीएमआरबीच समझदारी भएको थियो।

जीएमआरले २५ प्रतिशत र ७५ प्रतिशत लगानी विदेशी बैंकबाट ऋण ल्याउने बताएको थियो। तोकिएको दुई वर्षमा वित्तीय व्यवस्थापन गर्न नसक्दा एक वर्ष म्याद थप गरिएको थियो।थपिएको एक वर्षमा पनि जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसकेपछि पुनः लगानीबोर्डमा निवेदन दिएर २०१८ सेप्टेम्बर सम्म एक वर्षको समय लिएको थियो।

लगानी बोर्डले पछिल्लो समय सेप्टेम्बर २०१८ सम्म वित्तीय व्यवस्थापन गर्न म्याद थप दिएको थियो। दोस्रोपटक थपिएको एक वर्षको म्याद सकिन दुई महिना मात्रै बाँकी छ।‘जीएमआरले तोकिएको समयमा लगानी जुटाउने सम्भावना छैन।‘ प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने, ‘अहिले सम्मको उसको प्रगति हेर्दा कुनै पनि नयाँ प्रगति भएको छैन। अव दुई महिनामा एकाएक लगानी जुटाउने सम्भावना पनि छैन।‘

आयोजनाले पहिलो पटक भूकम्प, स्थानीयको अवरोध लगायतका कारण देखाउँदै म्याद थपको लागि निवेदन दिएको थियो। दोस्रो पटक सरकारी कामकाजमा ढिलाई हुँदा आफुले काम गर्न नपाएको भन्दै म्याद थपको लागि निवेदन दिएको थियो।

जिएमआरले फेरी पनि म्याद थपको लागि निवेदन दिएमा पुर्नविचार गर्नुपर्ने अधिकारी बताउँछन्। आयोजना जिम्मा लिएको १० वर्ष सम्म जीएमआरले मुआब्जा समेत दिन सकेको छैन।

केहि समयअघि मात्रै जीएमआरलेनै निर्माणको जिम्मा पाएको ६०० मेगावाटको माथिल्लो मर्स्याङदी जलविद्युत आयोजना बुटवल पावर कम्पनीलाई बेचेको थियो। १० वर्षसम्म माथिल्लो मर्स्याङ्दी कब्जा गरेर अन्त्यमा आयोजनाबाट हात झिकेको जीएमआरले माथिल्लो कर्णाली पनि निर्माण गर्नेभन्दा लाइसेन्स लिएर बिक्री गर्ने योजनामा रहेको देखिन्छ।


]]>
http://bizmandu.com/content/20180714162622.html http://bizmandu.com/content/20180714162622.html http://bizmandu.com/assets/upload/contentthumb/xEbwMwclSF7R.PNG
comment <![CDATA[By: keshav raj chaudhary]]> Thu, 01 Jan 1970 05:30:00 +0530 3