A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/transport.html en-us Wed, 20 Jun 2018 23:06:14 +0545 content <![CDATA[गाडी नचलाउनेको रुट इजाजत एकै दिन खारेज, नयाँलाई एकै दिनमा इजाजत]]> admin Thu, 03 May 2018 20:37:18 +0545 काठमाडौं । सिन्डिकेट खारेज गरेको विरोधमा हड्तालको घोषणा गरेका व्यवसायीविरुद्ध सरकारले कठोर कदम चाल्दै एकैदिनमा रुट इजाजत खारेज गर्न सक्ने निर्णय गरेको छ।
 
सिन्डिकेट पक्षधर व्यवसायीहरुले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार गाडीहरु ग्यारेजमा थन्काउँदै सार्वजनिक यातायात अस्तव्यस्त बनाउने निर्णय गरेपछि सरकारले एकै दिनमा रुट इजाजत खारेज गर्ने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले कसैले अत्यावश्यक सार्वजनिक सवारीसाधन विनाकारण रोक्छ भने स्थानीय प्रशासनको सहयोगमा लगत संकलन गरेर त्यसको  तत्काल रुट खारेज गरी नयाँ रुट परमिट खुल्ला गरिने बताए।
'सार्वजनिक यातायात चलाएर सेवा दिने भन्दै कमिन्टमेन्ट गरेर बस चलाउन अनुमति लिनेले अत्यावश्यक सेवा रोक्न पाइन्छ?,’ उनले भने। स्थानीय प्रशासनले लगत संकलन गरेर विभागलार्इ जानकारी गराए रुट खारेजीको प्रक्रिया अघि बढ्ने उनले बताए।
 
यातायात व्यवस्था विभागका अनुसार कुनै पनि रुटमा कम्पनी,फर्म वा सहकारीमा दर्ता भएर प्रक्रिया पुर्‍याएर  आए एकै दिनमा अस्थायी रुट दिइनेछ भने स्थायी रुट विभागले अध्ययन गरेर दिने व्यवस्था समेत मिलाएको छ।
 
यातायात व्यवस्था विभागले चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको थियो। निर्देशिका मार्फत् सरकारले कम्पनीमा दर्ता भएर यातायात व्यवस्था विभागबाट सेवा पञ्जीकृत गराएपछि रुट दिने निर्णय गरेको थियो। सरकारले असार मसान्तपछि यातायात संघ र समिति दर्ता र नवीकरण नगर्ने निर्णय गरिसकेको छ।
 
उक्त निर्देशिका एकतर्फी ल्याएको भन्दै यातायात व्यवसायीहरुले चरणवद्ध रुपमा हड्तालको घोषणा गरेका छन्। २१ गते शुक्रबार  ग्यारेजमा गाडी थन्काउने र सरकारलार्इ दवाव दिने र २७ गतेदेखि अनिश्चितकालीन बन्द गरेर सरकारको घुडा टेकाउने भन्दै आन्दोलन आह्वान गरेका छन्। 
यसरी यातायात व्यवसायी आन्दोलनमा गएपछि सरकारले मन्त्रिपरिषदबाट निर्णय नै गराएर अत्यावश्यक सेवा रोक्न नपाइने भन्दै राजपत्रमा समेत प्रकाशित गरिसकेको छ। अत्यावश्यक सेवा रोकेर सर्वसाधारणलार्इ सास्ती दिए सुरक्षा निकायले नियन्त्रणमा लिएर गाडीहरु चलाउने सक्ने चेतावनी समेत दिएको छ।यसका लागि सुरक्षा निकाय समेत तयार रहेको गृह मन्त्रालयले जनाएको छ।

यातायात व्यवस्था विभागले सुरक्षा निकाय,कम्पनी मार्फत् सञ्चालित बस व्यवसायी,सरोकारवाला निकायसँग  कसरी अघि बढ्ने भन्ने विषयमा छलफल समेत गरेको छ।

यातायात व्यवस्था विभागमा आज देशभरका करिब ५० कम्पनीका बस व्यवसायीहरु सहभागी थिए। व्यवसायीहरुको सरकारसँग एकै स्वर थियो - सुरक्षा दिए सवारीसाधन निरन्तर चलाउँछौं। केही व्यवसायीहरुले सरकारलार्इ साथ दिँदै आफ्ना गाडी दुर्इ वटा चालक प्रयोग गरेर भए पनि रात दिन चलाउन तयार रहेको बताएका थिए।
 
ट्राफिक महाशाखाका प्रहरी नायव उपरीक्षक सहप्रवक्ता मुकुन्द मरासैनीले सरकारले सुरक्षाको जिम्मा लिने बताए। उनले सबैलार्इ गाडी चलाउन आग्रह गर्दै सुरक्षाको जिम्मा सरकारले लिने जनाएका हुन्। उनले जिल्ला प्रशासन कार्यालय मार्फत् हतियार सहितका सुरक्षाकर्मी खटाउने व्यवस्था मिलाएको समेत बताए । 

यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले सबैलार्इ गाडीहरु निरन्तर रुपमा सञ्चालन गर्न आग्रह गरे। कम्पनी मार्फत् सञ्चालन हुने व्यवसायीहरुले भनेले सुरक्षाको ग्यारेन्टी सरकारले दिए बस चलाउने बताएका थिए। 

आजै प्रधानमन्त्री कार्यालयमा समेत यातायात व्यवसायी र सरोकारवाला निकायका बीचमा छलफल भएको थियो। व्यवसायीहरुले संघ समिति राख्न पाउनु पर्ने र पञ्जीकरणको व्यवस्था झ्नझटिलो भएकाले हटाउन माग गरेका थिए। आन्दोलन फिर्ता लिएर सरकारसँग नमिलेका कुरा मिलाउन दिइएको सुझावमा यातायात व्यवसायीहरुले कुनै जवाफ  दिएनन्।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले बन्दका सबै कार्यक्रम फिर्ता लिएर सरकासँग छलफलका लागि आउनुको विकल्प नरहेको बताए। ]]>
http://bizmandu.com/feed/transport/-33787.html http://bizmandu.com/content/-33787.html http://bizmandu.com/assets/upload/contentthumb/3hlfrr1FYh9R.png
content <![CDATA[धरान-चतरा हुँदै हेटौडा जोड्ने सडक दुई लेनमा स्तरउन्नती हुँदै, तीन वर्षमा सम्मपन्न गर्ने लक्ष्य]]> admin Sun, 01 Oct 2017 16:08:50 +0545 काठमाडौं। धरान-चतरा-गार्इघाट-कटारी-सिन्धुली हुँदै हेटौडा जोड्ने सडक दुर्इ लेनमा स्तरउन्नती गर्ने कार्य सुरु भएको छ।

दुर्इ लेनमा स्तरउन्नती गर्दा ११ मिटरको चौडार्इमा विस्तार गरिने सडक विभागका महानिर्देशक गोपाल सिग्द्धेलले जानकारी दिए । 


भित्रि मधेशका चार जिल्ला सुनसरी-उदयपुर-सिन्धुली र मकवानपुरको आर्थिक विकास तथा वैकल्पिक राजमार्गका रुपमा स्थापित गर्न धरान-चतरा-कटारी-गाईघाट हुँदै हेटौडा जोडिने सडक विस्तारको कामलाई तिव्र गतिमा अगाडी बढाइएको सडक विभागले जनाएको छ।

कुल लम्वार्इ ३ सय १८ किलोमिटर भएको उक्त सडकलार्इ पूर्वी र पश्चिम गरि दुर्इ भागमा विभाजन गरेर विस्तार कार्य भैरहेको छ।

पूर्वी भाग अन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको भिमान भन्ने ठाउँसम्म १ सय ३५ किलोमिटर तथा भिमानबाट हेटौडा सम्मको बाँकी सडकलार्इ पश्चिमी भागमा विभाजन गरि काम भैरहेको आयोजनाले जनाएको छ।

दुवैको ठेक्का गत मंसिर महिनामा लागिसकेको पूर्वी आयोजनाका प्रमुख इ.कर्ण रानाभाटले जानकारी दिए।

उनले गत वर्षको अन्त्यतिरबाटै अन्य काम सुरु भएपनि अहिले भने विस्तारका लागि निर्माण कार्य सुरु गरेको जानकारी दिए।

उक्त सडकले सुनसरी उदयपुर, सिन्धुली र मकवानपुरका अधिकाँश क्षेत्र जोड्दै पूर्व पश्चिम राजमार्गको विकल्पका रुपमा काम गर्ने रानाभाटले बताए।

उनका अनुसार अहिले दुवै खण्डका ट्रयाक खोल्ने काम सम्पन्न भैसकेको छ। अहिले आयोजनाले रुख कटान, विद्युतका पोलहरु सार्ने लगाएतका कामहरु गरिरहेको छ।

यो वैकल्पिक मार्गमा ७५ वटा पुल बन्नेछन्। ति सबै पुलका लागि ठेक्का भैसकेको आयोजनाले जनाएको छ।

त्यस्तै हाल कालोपत्रे भैसकेको करिव २० किलोमिटर बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किलोमिटर सडक विभागले स्तरोन्नती तथा कालोपत्रेको जिम्मा लिएको विभागका प्रवक्ता दयाकान्त झाले बताए।   

सडकलार्इ उच्च प्राथमिकतामा राखेर काम
वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएकाले सडकलार्इ उच्च प्राथमिकतामा राखेर काम गरिरहेको आयोजनाले जनाएको छ।

२०७३ फागुनमा मन्त्रीपरिषद्ले उक्त सडकलाई विस्तार गर्ने निर्णय गरेसँगै उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सडक विभागका अधिकारीहरुले बताएका छन् ।


फाईल तस्विर
आयोजनाका अनुसार सरकारको लक्ष्य भित्री मधेशका चार जिल्लालाई औद्योगिक  करिडोरको रुपमा  विकास गर्ने रहेको छ ।

२०७३  कार्तिकबाट सुरु भएको आयोजनाको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

करिब ८ वर्ष अघि सप्तकोशी नदिमा बाढि आएपछि पूर्वतर्फको तटबन्ध भत्किन पुगी पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सडक तीन महिना अवरुद्ध भएको थियो।

यस्तै खालका परिस्थितिलाई मध्यनजर गर्दै सरकारले वैकल्पिक मार्गको रुपमा धरान-कटारी-गाईघाट-हेटौडा सम्म सडक बनाउने निर्णय गरेको थियो। यो सडक पूर्वपश्चिम राजमार्ग तथा मध्य पहाडी राजमार्ग सँग पनि जोडिन्छ।

यो सडकले कृषि र पर्यटनको क्षेत्रमा पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। यो मार्गले भित्री मधेशका  चार उर्वर भूमीलाई  पनि जोड्नेछ।

]]>
http://bizmandu.com/feed/transport/-29096.html http://bizmandu.com/content/-29096.html
content <![CDATA[ऊर्जामन्त्री भन्छिन्, 'अख्तियारले कारबाहीको सिफारिस गर्नु गैरकानुनी,' कानुन नमिचेको भनाइ]]> admin Wed, 23 Sep 2015 22:32:47 +0545 काठमाडौं । ऊर्जामन्त्री राधा ज्ञवाली सोलु प्रसारण लाइनको ठेकेदार छनौट प्रक्रियामा कुनै अनियमितता नभएको दावी गरेकी छन् । सार्वजनिक खरीद ऐन र विद्युत प्राधिकरण आर्थिक प्रसाशन विनियमावली अनुसार नै ठेकेदार छनौट भएको भन्दै ज्ञवालीले कुनै अनियमितता नभएको बताएकी हुन् ।
 मन्त्री ज्ञवालीले परामर्शदाताको मूल्याङ्कन प्रतिवेदन, मूल्याङ्कन समितिको मूल्याङ्कन प्रतिवेदन‚ पुनर्मूल्याङ्कन समितिको पुनर्मूल्याङ्कन प्रतिवेदन तथा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको सिफारिसका आधारमा न्यूनतम रकम दावी गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरेको उल्लेख गरेकी छन् । ज्ञवालीले यो बोलपत्रमा संचालक समितिबाट स्वीकृत भन्दा १७ प्रतिशत रकम कम प्रस्ताव गरेको बताएकी छन् ।
 
उनले यो प्रक्रियामा सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीको बोलपत्र कानुन बमोजिम पेश नभएकाले उसको प्रस्ताव स्वत: खारेज भएकाले दोस्रो कम्पनीले ठेक्का पाएको पनि बताएकी छन् ।
 
मन्त्री ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धानबाट भएको अनुसन्धान र कारबाहीको सिफारिस भएको प्रती आफ्नो ध्यानाकर्षण भएको पनि उल्लेख गरेकी छन् । उनले यो प्रक्रियामा कुनै अनियमितता नभएको पनि प्रष्ट पारेकी छन् । ज्ञवालीले अख्तियारले कानुन विपरित आफूमाथि कारबाहीको सिफारिस गरेकोसमेत उल्लेख गरेकी छन् । उनले अन्य कानुनी उपचारको बाटो हुँदा हुँदै अख्तियारको बाटो अवलम्बन गर्नु पनि गलत भएको बताएकी छन् ।
 
ज्ञवालीले यो प्रकृया पुरा नभएको भन्दै छनौटमाथि चित्त नबुझ्नेले पुनरावलोकनका लागि निवेदन दिन सक्ने पनि बताएकी छन् ।
 
के हो सोलु करिडोर मुद्दा ?
सोलु करिडोर प्रसारण लाइन निर्माणको ठेक्का दिँदा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ दिन अघि ऊर्जामन्त्री ज्ञवालीसहित नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेमाथि कारबाहीको सिफारिस गरेको थियो ।
 
यो आयोजना निर्माणको ठेक्का दिँदा कम रकम बोलकबोल गर्ने कम्पनी जेभी अफ जगुवार ओभरसिज एन्ड बीएस लिमिटेडको साटो २६ करोड धेरै बिड गर्ने मोहन इनर्जीलाई ठेक्का दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले उनीहरुमाथि कारबाहीको सिफारिस गरेको थियो । ज्ञवालीले भने जगुवारको बोलपत्र कानुन बमोजिम नभएकाले रद्द भएको र त्यसपछिको कम रकम प्रस्ताव गर्ने मोहन इनर्जीलाई ठेक्का दिइएको दावी गर्दै आएकी छन् ।
 
९२ किलोमिटर यो आयोजना अन्तर्गत सोलुखुम्बु जिल्लाको लमनेदेखि सिराहको मिर्चैयासम्म ट्रान्समिसन लाइन बनाउनु पर्छ । यो रुटमा २५० मेगावाटका ५ आयोजना निर्माणाधीन छन् । २ वर्षभित्र सम्पन्न गर्ने लक्ष लिइएको यो आयोजनाको ठेक्का विवादसँगै समयमै निर्माण पुरा नहुने पक्का भएको छ ।
]]>
http://bizmandu.com/feed/transport/-13333.html http://bizmandu.com/content/-13333.html http://bizmandu.com/assets/upload/contentthumb/Radha2.jpg
content <![CDATA[निगमले पायो अनुदानको दोस्रो चिनियाँ विमान, वाइ १२ इ साउन दोस्रो साता नेपाल अवतरण हुने]]> admin Thu, 10 Jul 2014 00:26:03 +0545 काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा ल्याउने दोस्रो विमान वाइ १२ इ साउन दोस्रो साता नेपालमा अवतरण गराइने भएको छ। सो विमान साउन पहिलो हप्ता चीनबाट नेपालका लागि उड्ने कार्यक्रम निर्धारण गरिएको छ। 

निगमका महाप्रवन्धक श्री मदन खरेललाई विमान निर्माता कम्पनी एभिक इन्टरनेसनलले असार २२ गते चीनको हार्विममा विमान हस्तान्तरण गरेको थियो। 

उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको १५ दिन पछि व्यापारिक सेवामा लगाइने छ। विमान आएको १५ दिनमा उडान अनुमतिको औपचारिक प्रक्रिया पुरा गरिने निगमले जनाएको छ ।  नागरिक उड्डयन प्राधिकरणबाट सबै प्रमाणपत्र लिएर उडान थाल्न आवश्यक काम निगमले प्रारम्भ गरिसेकेको छ।

यसअघि एमए ६० विमान निगमले पाइसकेको छ।

सरकारले चीनबाट प्राप्त गर्ने ६ वटा विमानमध्ये एमए ६० र वाइ १२ इ गरी दुइटा अनुदानमा प्राप्त हुनेछ भने एमए६० एउटा र वाइ १२ इ तीनवटा विमान सहुलियत ऋणमा प्राप्त हुनेछ। एमए ६० को सीट क्षमता ५६ र वाई १२ इ को सीट क्षमता १८ रहेको छ।

]]>
http://bizmandu.com/feed/transport/-7756.html http://bizmandu.com/content/-7756.html http://bizmandu.com/assets/upload/contentthumb/NA.JPG
content <![CDATA[सरकारसँगको वार्ता विनानिष्कर्ष टुंगियो, यातायात व्यवसायीको आन्दोलन जारी]]> admin Thu, 09 Aug 2012 09:38:21 +0545 यातायात व्यवसायीहरुले आफ्ना माग सरकारले सुनुवाइ नगरेको भन्दै यातायात ठप्प पारेका छन् । ट्राफिक प्रहरीले कारवाहीलाई कडा बनाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीका चार संगठन नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र  नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलन गरेका हुन् ।
व्यवसायीलाई नेपाल ट्रक ट्यांकर व्यवसायी महासंघको समेत समर्थन रहेको छ । उनीहरुले छुट्टै यातयात मन्त्रालय गठन गर्न, यातयात क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउन, यातायात मन्त्रालयबाट ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार खारेज गर्न र  ट्राफिकले जरिवाना उठाएपछि सरकारबाट दिएको प्रोत्साहन रकम खारेज गर्न माग गरेका हुन् । उनीहरुले यातायात क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम लागू गर्न र पनि माग गरेका छन् ।]]>
http://bizmandu.com/feed/transport/-504.html http://bizmandu.com/content/-504.html