A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/sunday.html en-us Wed, 20 Jun 2018 23:08:00 +0545 content <![CDATA[मौलाउँदैछ क्रोनी क्यापिटालिजम? पूँजीवादलाई बदनाम गराउँदै प्रतिस्पर्धा समाप्तिको बाटो ]]> admin Wed, 13 Dec 2017 13:03:24 +0545 काठमाडौं। नेपाल राष्ट्र बैंकले मस्यौदा गरेभन्दा विपरित बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) संसदबाट पारित भएपछि पुराना बैंकर शशिन जोशीले टिप्पणी गरे- नेपालमा पनि क्रोनी क्यापिटालिजम् झ्यागिँन थालेको छ।
 
चिसो साँझमा भेटिएका जोशीले क्रोनी क्यापिटालिजम् बारेमा लामो व्याख्या गरेनन् तर सधैजसो कुटनीतिक पारामा भने- प्रणाली सुधारका लागि मस्यौदामा गरिएका कतिपय व्यवस्थाहरु निर्ममतापूर्वक काटिएका छन्। एक/दुई बर्षमै यसको असर देखिँदैन, हेर्दै जानुस्, ५/७ बर्षका दौरानमा ठूलो अस्थिरता देखिन्छ। 


 
बाफियाको मस्यौदामा सञ्चालक तथा प्रमुख कार्यकारीको कार्यकालसँगै बैंकर र व्यवसायी छुट्याउने बुँदा पनि समेटिएको थियो।
 
'कुनै फर्म वा कम्पनीमा ५० प्रतिशतभन्दा वढी सेयर स्वामित्व भएर उक्त फर्म वा कम्पनीले बैंक वा वित्तीय संस्थासँग व्यवसायिक कर्जा लिएर, उद्योग, व्यवसाय तथा ब्यापारमा संलग्न भएमा त्यस्तो ब्यक्ति बैंकको सञ्चालक बन्न अयोग्य हुनेछ' भन्ने व्यवस्था मस्यौदामा परेको थियो।
 
बैंकका सञ्चालक र व्यवसायीहरु संसदमा थिए। उनीहरुकै पहलमा यो व्यवस्था ऐनमा पर्न सकेन। अरु थुप्रै राम्रा ब्यवस्थाहरु पनि मस्यौदामै छुटे, ऐनमा अटाउन सकेनन्।
 
जोशीले बैंकमा भनेको 'क्रोनी क्यापिटलिज्जम' को जरा क्रमिक रुपमा अरु क्षेत्रमा पनि विस्तार भइरहेको छ।
 
क्यापिटालिजम्को अर्थ हामी सबैलाई थाहै छ। अक्सफोर्डका अनुसार, क्रोनीको अर्थ 'एकदमै मिल्ने साथी' भन्ने हुन्छ। यसको उत्पति १७औं शताब्दीको मध्यतिर भएको हो। ग्रीक भाषाको 'ख्रोनियोज' बाट क्रोनी शब्द बनेको हो भनिन्छ। ग्रीकमा यसको अर्थ 'लामो समयसम्म टिक्ने' भन्ने लाग्छ। तर क्रोनीसँगै क्यापिटालिजम् १९औं शताब्दीको अन्त्यतिरबाट जोडेर प्रयोगमा आउन थालेको हो। त्यसबेला पूँजीवादको कमजोरीहरुलाई विश्वब्यापी रुपमा मुद्दा बनाउन थालिएको थियो।
 
क्रोनी क्यापिटालिजम् अर्थतन्त्रको त्यो बिषयसँग जोडिन्छ, जब व्यापार/व्यवसायको सफलता सत्तामा भएकाहरुसँग नजिकको सम्बन्धका आधारमा तय हुन्छ। व्यापार/व्यवसायबाट धनसम्पति आर्जन हुन्छ र धनसम्पतिबाट राजनीतिक शक्ति प्राप्त हुन्छ। आर्जित शक्ति सरकारका नीति/निर्माणलाई प्रभावित गर्न प्रयोग गरिन्छ, जसबाट धनि अझ धेरै धनी हुन्छन्।अर्थतन्त्रको महत्वपूर्ण हिस्सा त्यही राजनीतिक दलसँग सम्वन्ध राख्नेहरुमा सिमित हुन्छ।अर्थतन्त्रको हिस्सा सिमित व्यक्तिसँग न्यायोचित वितरण हुँदैन।त्यसले सिमित व्यक्ति धनी हुने र गरिब झन् गरिब बन्ने वातावरण तयार हुन्छ।
 
बाफिया पारित हुँदा ठ्याक्कै यही भएको थियो। जोशीले बाफियामा देखेको क्रोनी क्यापिटालिजम् अहिले बुढीगण्डकी जलविद्युत आयोजना, तामाकोशी तेस्रोदेखि एनसेलको पूँजीगत लाभकरमा पनि देख्न सकिन्छ। 
 
पूँजीवादको मूख्य सिद्धान्त, खुला बजार अर्थतन्त्रमा कुनै पनि व्यापार/व्यवसाय सफलता स्वस्थ प्रतिस्पर्धाका आधारमा निर्धारण हुन्छ भन्ने हो। पूँजीबादी अर्थतन्त्रप्रति असहमति राख्नेहरुले अहिले राजनीतिमा कर्पोरेट मिसिन थालेपछि विरोधका लागि राम्रो मसला पाउन थालेका छन्। 'पूँजीबाद भनेकै क्रोनी क्यापिटालिजम् हो, जसले स्वस्थ प्रतिस्पर्धालाई आफ्नो आदर्श मान्नै सक्दैन' भनेर उनीहरुले पूँजीवादलाई बद्नाम गर्न थालेका छन्। 
 
भारतका पूर्व गभर्नर डा. रघुराम राजनले क्रोनी क्यापिटलिज्जमका बारेमा लामो भाषण पनि दिएका थिए। उनको भाषणको सार थियो- क्रोनी क्यापिटालिजमबाट पारदर्शिता र प्रतिस्पर्धाको अन्त्य हुन्छ। जसबाट उद्यमशिलतामा अवरोध आउँछ र अवसरहरुको वितरण तल्लो तहसम्म पुग्दैन अनि आर्थिक बृद्धि प्रभावित हुन्छ।
 
एनसेलले नेपाललाई पूँजीगत लाभकर तिर्नु पर्छ भनेर निश्चित रकम आफ्नो वासलातमा छुट्याएको थियो। तर उसले राजनीतिक दल/नेता, ब्यूरोक्रेसी र न्यायलयसम्मलाई प्रभावमा राखेर कर नतिर्ने बाटो रोज्यो। एनसेलको कर सेटलमेन्टका लागि राजनीतिक तहमा धेरै खेलहरु भए। ब्यूरोक्रेसी कर तिर्नु पर्दैन भनेर लबिङमै हिँड्यो। न्यायालय पनि प्रत्यक्ष/अप्रत्यक्ष प्रभावमा पर्यो। 
 
कानुनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि एनसेलले कर तिर्न नखोज्नुको एउटै कारण थियो- उसको राजनीतिक तहमा भएको मित्रता। कर्मचारी प्रशासनसँगको निकटता। 
 
आँफैले बनाउने भनेर जनतासँग पैसा उठाउन थालिएको बुढिगण्डकी आयोजना पनि हठात् एउटा निजी कम्पनीलाई सरकारले सुम्पियो। स्थानीय तहको चुनावको मुखमा विना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई आयोजना जिम्मा लगाइएको थियो। 
 
सरकार परिवर्तन भयो। त्यसपछि हठात् आयोजना खोसेर आँफैले बनाउने निर्णय गरियो। भारतका सञ्चार माध्यमले भारतीय कम्पनीलाई जिम्मा लगाउन आयोजना खोसिएको समाचार नै प्रकाशित गरे।
 
५०० मेगावाटमाथिका आयोजनाका लागि लगानी वोर्डमार्फत जानु पर्ने कानुनी ब्यवस्थालाई नाघेर सरकारले तामाकोशी तेस्रो आयोजनाको सर्वेक्षणको अनुमतिपत्र टिबिआई होल्डिङस कम्पनीलाई जिम्मा दियो। ६५० मेगावाट क्षमताको आयोजना बिना टेन्डर गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको कम्पनीलाई दिइएको थियो। सरकारले यो आयोजना जिम्मा लगाउँदा लगानी बोर्ड ऐनलाई मात्रै नाघेन टेन्डर नै नगरी 'तोक आदेश' मा निजी कम्पनीलाई नामसारी गरिदियो। यी केही उदाहरण मात्र हुन्।
 
पैसा कमाउनलाई राजनीति प्रयोग हुन्छ र पैसा कमाएपछि राजनीतिमार्फत सरकारलाई कब्जा गर्न थालिएको छ। लोकतन्त्र पुनर्वाहालीपछिका १० बर्षको संक्रमण कालमा क्रोनी क्यापिटालिजमले सबैभन्दा बढी जरा फिँजाउन सफल भयो। 
 
सहकारी ऐनलाई ब्यवस्थित र समयसापेक्ष बनाउन संसदमा लगिएको थियो। बर्षौदेखि सहकारी अभियानमा लागेकाहरु नै संसद थिए, उनीहरुकै 'इच्छा' मा मस्यौदाभन्दा फरक भएर ऐन पारित भयो। शिक्षा ऐनमा पनि राजनीतिसँग मिसिएका ब्यवसायीहरु नै हावी भए।  
 
औद्योगिक क्षेत्र विकास गर्ने, तल्लो तहसम्म पूँजी परिचालन गरेर रोजगारीका अवसर सृजना गर्दै आर्थिक बृद्धि गर्ने २०४८ मै लेखिएको विकास मन्त्र हो। समय क्रमसँगै राज्यको हरेक तहमा 'कर्पोरेट' छिर्न थालेपछि २०४८ को मन्त्र फिका देखिन थालेको छ। अब सरकारले चाहेर मात्र केही गर्न सक्ने अवस्था छैन। बजारको शक्ति राजनितिसँग मिसिएर सरकारलाई नै तलमाथि गर्नसक्ने अवस्थामा पुग्न लागेको छ। भारतमा भन्ने गरिन्छ- राहुल गान्धीको हार जनताले चाहेका छैनन्, कर्पोरेटले चाहेका कारण उनी हार्न बाध्य भएका हुन्।
 
निर्वाचन खर्चिलो हुन थालेको छ। निर्वाचन जित्नका लागि 'उचित अनुचित' केही नहेरी पैसा जोहो गर्नु पर्ने वाध्यता राजनीतिककर्मीलाई हुन थालेको छ। निर्वाचन जितेपछि चन्दा जितेकाले 'डिभिडेन्ट' खोज्छन्। डिभिडेन्ट भुक्तानी गर्न दल/नेताले नीतिगत रुपमै केही निर्णय गर्नै पर्ने हुन्छ। त्यस्ता निर्णयहरुमध्ये कतिपय तत्कालै असर देखिने खालका हुन्छन् र जनताले थाहा पाउँछन्‍। कतिपयको नतिजा आउँन बर्षौँ लाग्छ। तत्काल थाहा हुँदैन।
 
राजनीतिसँग कर्पोरेट प्रत्यक्ष जोडिन थालेकाले सरकार योजनाहरुमा भिजनरी देखिन थालेको छ, ब्यवहारमा होइन। त्यसैले सरकार असहाय बन्दै गएको छ। चन्दाको बोझले कतिपय अवस्थामा नतमस्तक पनि हुन थालेको छ। राजनीति र कर्पोरेट पानीमा चिनी मिसिएजस्तै घुलेको छ जसका कारण बजारका कतिपय क्षेत्रमा प्रतिस्पर्धा सकिन थालेको छ। ११ वर्ष लामो राजनीतिक संक्रमण सकिएर मुलुक आर्थिक समृद्धिको बाटोमा लैजान उद्घोषसहित बाम गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको छ। सरकारको नेतृत्व गर्ने बाम गठबन्धनले झ्याङगिँदै गएको क्रोनी क्यापिटालिजम तोड्न सके मात्रै समान वितरणको सिद्धान्तका आधारमा समावेशी आर्थिक विकास सम्भव छ। 
 
क्रोनी क्यापिटलिजम् झाङ्गिदै गएमा सरकारको 'समान वितरणको सिद्धान्त' पनि धेरै दिन टिक्न सक्दैन। धनीहरु राजनीतिक पहुँचका आधारमा थप धनी हुन्छन् र गरिब झन् गरिब बन्छन्।
]]>
http://bizmandu.com/feed/sunday/-30601.html http://bizmandu.com/content/-30601.html http://bizmandu.com/assets/upload/contentthumb/JLLwBH9LlIqO.JPG
content <![CDATA[चीनको ‘उदार अर्थतन्त्र’ माथि फेरि उठ्यो अमेरिकी औंला, किन लाग्यो डब्लुटिओमाथि प्रश्नचिन्ह!]]> admin Mon, 11 Dec 2017 13:47:42 +0545 चीनको खुला बजार अर्थतन्त्र अर्थात उदार अर्थतन्त्र फेरि बिवादमा परेको छ। १६ वर्षअघि बिश्व ब्यापार संगठन (डब्लुटिओ) मा आबद्ध भएपनि त्यसअनुसार खुला बजार नीति कार्यान्वयन नगरेको आरोप खेप्दै आएको चीनलार्इ हालै एक अमेरिकी उच्च अधिकारीले खुलेरै चुनौती दिएका छन्। 


चीनले यूरोपियन युनियन तथा अमेरिकी निर्यातकर्ताहरुलार्इ आफ्नो अर्थतन्त्रमा निर्वाध पहुँच दिने भन्दै आएपनि कार्यान्वयनमा भने त्यसो हुन सकेको छैन। चीनले अझैसम्म बिदेशी लगानीकर्तालार्इ निर्वाध ब्यापारको लागि पहुँच दिएको छैन। उनीहरुलार्इ बिभिन्न कारणहरु देखाउँदै ज्वाइन्ट भेन्चरहरुमा मात्र लगानी गर्न दिने, बिभिन्न शर्तहरु राख्ने तथा प्रविधि हस्तान्तरणको लागि माग गर्नुका साथै ब्यबहारिक कठिनाइ उत्पन्न गराएर फ्रष्ट्रेट बनाउने गरेको आरोप पनि अमेरिकाले लगाएको छ।
---
डब्लुटिओको काउन्सिलभित्रै अमेरिकी प्रतिनिधि तथा चिनियाँ अर्थतन्त्रसम्बन्धी विज्ञ मानिएका रोवर्ट लाइटहिजरले युरोपियन युनियनको पक्ष लिँदै चीनको ‘खुला बजार अर्थतन्त्र’ माथि प्रश्नचिन्ह उठाएपछि चीनले गम्भीर कदम चाल्न आवश्यक देखिएको छ। 
 
अमेरिका र युरोपियन युनियनले चीनलार्इ खुला बजार अर्थतन्त्रको मान्यता नदिएको बारे एक बर्ष अघिनै चीनले डब्लुटिओमा ‘कम्प्लेन’ दर्ता गरेको थियो। चीनले आफ्नो अर्थतन्त्रलार्इ उदार अर्थतन्त्रका रुपमा मान्यता दिनुपर्ने तर्क अघि सारेपनि अमेरिका र यूरोपले यसलार्इ मान्यता दिएका छैनन्। 
 
डब्लुटिओमा सहभागी भएको १५औं वर्षको अवसरमा झण्डै एक वर्षअघि चीनले ‘खुला बजार अर्थतन्त्र’ को रुपमा यूरोपियन युनियन र अमेरिकाले मान्यता दिन भनेपनि उनीहरुले डब्लुटिओमा उल्लेख भएअनुसार चीनले नियमहरु पालना नगरेको आरोप लगाउँदै आएको छ।  
 
डब्लुटिओमा आबद्ध सदस्यहरुले पालना गर्नुपर्ने नियम तथा कडा प्रावधानहरु पालना गर्न १५ वर्षको समय चीनका लागि ‘प्रशस्त’ र ‘पर्याप्त’ भएको तर  चीनले यसको मर्मअनुसार अझै  काम नगरेको अमेरिका र यूरोपियन युनियनको तर्क छ। सम्झौता अनुसार चीनले यस बिषयमा जति छिटो सुधार गर्न सक्यो त्यति नै छिटो खुला बजार अर्थतन्त्रको मान्यता पाउने दलिल उनीहरुले प्रस्तुत गरेका छन्।


चीनले एन्टी डम्पिङ मिजर्स लागु गर्न अटेर गरेको खण्डमा खुला ब्यापार नीतिको पक्षमा गम्भिर रुपमा लागेका अन्तराष्ट्रिय संगठनहरुले पनि चीनको बिरुद्ध आवाज उठाउने अवस्था आउनसक्ने अमेरिकाले संकेत गर्नुले चीनलार्इ अबका दिनमा निकै दबाब बढ्ने देखिएको छ। 
---
सिंगापुर, अष्ट्रेलिया, ब्राजिलजस्ता देशहरुले चीनलार्इ बजार अर्थतन्त्रका रुपमा स्वीकार गरिसकेको छ। तर पनि चीनले सम्झौता अनुसार आफ्नो बजारमा बिदेशी निर्यातकर्ताको लागि सहज पहुँच बनाएको छैन। 
 
चीनले सम्झौतामा उल्लेख भए अनुसार खुला बजार अर्थतन्त्रका रुपमा कुनै पनि काम नगरेको अमेरिकाको आरोप छ। चीनले एकोहोरो रुपमा निर्यात सरप्लस गर्ने तर अरु देशका सामाग्रीलार्इ भने पहुँच नदिने निती बिरुद्ध ‘एन्टी डम्पिङ मिजर्स’ लगाउन अमेरिकाले एकतर्फी पहल नै गरिसकेको छ। 
 
केही समयअघि मात्रै आल्मुनियममा चीन बिरुद्ध ‘एन्टी डम्पिङ मिजर्स’ लगाउन एकल पहल गरेलगत्तै अमेरिकी प्रतिनिधिले डब्लुटिओको भूमिका कमजोर भएको बक्तब्य दिएपछि चीनमाथि दवाव बढेको छ।
  
चीनले यूरोपियन युनियन तथा अमेरिकी निर्यातकर्ताहरुलार्इ आफ्नो अर्थतन्त्रमा निर्वाध पहुँच दिने भन्दै आएपनि कार्यान्वयनमा भने त्यसो हुन सकेको छैन। चीनले अझैसम्म बिदेशी लगानीकर्तालार्इ निर्वाध ब्यापारको लागि पहुँच दिएको छैन। उनीहरुलार्इ बिभिन्न कारणहरु देखाउँदै ज्वाइन्ट भेन्चरहरुमा मात्र लगानी गर्न दिने, बिभिन्न शर्तहरु राख्ने तथा प्रविधि हस्तान्तरणको लागि माग गर्नुका साथै ब्यबहारिक कठिनाइ उत्पन्न गराएर फ्रष्ट्रेट बनाउने गरेको आरोप पनि अमेरिकाले लगाएको छ।
 
डब्लुटिओ सम्झौतामा उल्लेख भएका बुँदाहरु १६ बर्षको अवधिमा समेत कार्यान्वयन नगरेकोमा अमेरिकाले डब्लुटिओकै भूमिकामा समेत प्रश्नचिन्ह उठाएको छ। डब्लुटिओको भूमिका कडा नभएको र बाध्यकारी नबनाएकोले नै चीनले १६ वर्षसम्म मनोमानी गरेको आरोप अमेरिकी प्रतिनिधिले लगाएका छन्। अमेरिकाले बनाएको नयाँ सुरक्षा रणनीति अनुसार नै चीनसँग राजनीतिक र आर्थिक मुद्दाहरुमा पहिलेभन्दा पनि बढी प्रश्नहरु तेर्सिन थालेको विश्लेषण भैरहेको छ। 


अमेरिका र युरोपियन युनियनले चीनलार्इ खुला बजार अर्थतन्त्रको मान्यता नदिएको बारे एक बर्ष अघिनै चीनले डब्लुटिओमा ‘कम्प्लेन’ दर्ता गरेको थियो। चीनले आफ्नो अर्थतन्त्रलार्इ उदार अर्थतन्त्रका रुपमा मान्यता दिनुपर्ने तर्क अघि सारेपनि अमेरिका र यूरोपले यसलार्इ मान्यता दिएका छैनन्। 
---
गत जनवरीमा भएको डाओस सम्मलेनमा राष्ट्रपति सि जिनपिङले चीनको खुला बजारको अर्थनीतिको बचाउ गरेका थिए। उनको बक्तब्यले चीनको खुला बजार निति र त्यसको कार्यान्वयनको बास्तविकतालार्इ नै ओझेलमा पारिदिएको थियो। तर अहिले रवर्टले दिएको बक्तब्यले अमेरिकाको धैर्यताले सीमा नाघ्न थालेको संकेत गरेको छ।
 
डब्लुटिओले बित्त बिवादहरुमा मध्यस्तकर्ताको रुपमा कुशल भूमिका निभाउन नसकेको आरोप अमेरिकाले लगाएको छ। यसले डब्लुटिओको भविष्य नै खतरामा पर्नेसम्मको अवस्था आउनसक्ने आँकलन हुन थालेको छ। 
 
चीनले एन्टी डम्पिङ मिजर्स लागु गर्न अटेर गरेको खण्डमा खुला ब्यापार नीतिको पक्षमा गम्भीर रुपमा लागेका अन्तराष्ट्रिय संगठनहरुले पनि चीनको बिरुद्ध आवाज उठाउने अवस्था आउनसक्ने अमेरिकाले संकेत गर्नुले चीनलार्इ अबका दिनमा निकै दबाब बढ्ने देखिएको छ। 
 
रोवर्ट भन्छन्- ‘यस्तै अवस्थामा चीनलार्इ खुला बजार अर्थतन्त्रको रुपमा स्वीकार गर्नु डब्लुटिओकै लागि प्रत्युत्पादक हुन सक्छ।’
 
डब्लुटिओमा आबद्ध हुनु चिनियाँ आर्थिक बिकासको लागि उत्प्रेरक सावित भएको छ। तर अमेरिकाले चीन बिरुद्ध अघि सारेको यो कदमको दुरगामी प्रभाव र जोखिमको पूर्वानुमान पनि बेइजिङले गर्नैपर्ने देखिन्छ।
]]>
http://bizmandu.com/feed/sunday/-30561.html http://bizmandu.com/content/-30561.html http://bizmandu.com/assets/upload/contentthumb/KWusUuzZwsIH.JPG
content <![CDATA[सपना हासिल गर्ने पाँच सुत्र, चाहनालाई बहानाले बाँधेर नराख्नुहोस्]]> admin Wed, 05 Jul 2017 12:49:47 +0545 मानीसको स्वभाव अनुसारनै अनगिन्ती इच्छा र चाहाना हुन्छन्। चाहे जागीरमा होस् या विद्यार्थी जीवन, खेलकुदमा होस् या ब्यापार ब्यवसायमा, हरेक क्षेत्रमा अगाडी नै बढ्ने चाहना हुन्छ। तर, हामी आफ्ना चाहाना पुरा गर्न भन्दा पनि अनेक बहाना बनाई हात्तीलाई किल्लामा बाँधेर राखे जस्तो आफुलाई अड्काइ रहेका हुन्छौँ। वास्तवमा कसैले कसैलाई परिबर्तन गराउन संभव छैन। आफु बदलिन स्वयं परिबर्तन हुनु पर्छ। जब सपनाहरु सोचमा आउन थाल्छन् अनि मात्र खोज हुन्छ। जहा समस्या त्यहाँ समाधान भने जस्तै सपना सोचमा आएपछि मात्र केही सपना पुरा हुन्छन् भने केही सपनाकै रुपमा रहन्छन्।  
 
सपना देख्ने मान्छेले आफ्नो सपनालाई चिन्ता होईन चिन्तनमा बदल्न सक्नुपर्छ। सपनालाई समस्या ठानेर होईन तपस्याले मात्र बिपनामा परिणत गर्न सकिन्छ। सुनेको र भाग्यमा बिश्वास गर्ने बानीले हामीलाई पछाडी पारेको छ। हामी हिन्दु धर्म अनुसार कतै नाग देखीयो भनेर हल्ला सुन्यौ भने फूलपाती बोकेर नाग पुज्न दौडन्छौँ। तर, बाटोमा भेटीएको अशक्त, टुहुरा तथा गरिबमा हाम्रा आँखा ठोकिन्नन्। नागलाई पुज्दा भगवान खुसी हून्छन र ईच्छा आकांक्षा पुरा हुन्छन् भन्ने भ्रमले आँखा अगाडीको सत्यलाई छोपि रहेको हुन्छ। त्यसैले आउनुस भ्रम त्यागौँ र निम्न विषय आफुलाई परिवर्तन गरौँ।

योग्यलाई मात्र सल्लाहकार छान्नुहोस्
सबै निर्णय मानिस आफैँले गर्न सक्तैन। त्यसैले हामी कसै न कसैको सल्लाह लिने गर्छौँ। चाहे जागीर खान होस् या जागीर परिबर्तन गर्न, अथवा कुनै ब्यवसाय गर्न पर्यो भने हामी सबैभन्दा पहिला आफ्नो नजिकका ब्यक्तिसँग सल्लाह माग्छौँ र त्यस अनुरुप आफ्नो योजना बनाउँछौँ। हामीले यो सोच्दैनौ की त्यो सल्लाह दिने ब्यक्ति यो बिषयमा ज्ञान प्राप्त हो की होईन? के उसलाई त्यो बिषयमा काम गरेको अनुभब छ? के उसले यो बिषयमा कुनै पुरस्कार या प्रशंसा प्राप्त गरेको छ? यदि छैन भने किन हामीले उसलाई सल्लाहाकार बनायौँ ? 
 
वास्तवमा हामी त्यसलाई सल्लाहकार बनाउँछौँ जसले सजिलै सल्लाह दिन्छ, उसको समय पनि सजिलै उपलब्ध हुन्छ, उसँग भेट्न पनि कुनै कठिनाइ हुँदैन। हामी त्यस्तै व्यक्तिलाई सल्लाहकार बनाउँछौँ र अन्ततः आफु असफल हुन्छौँ। महाभारतमा दुर्योधनको सल्लाहकार सकुनी र अर्जुनको सल्लाहकार कृष्ण थिए। यदि दुर्योधनको सल्लाहाकार कृष्ण र अर्जुनको सल्लाहाकर सकुनी भएको भए महाभारतको कथाले अर्को मोड लिन सक्थ्यो। तसर्थ हाम्रो जीवनमा सल्लाहाकार सबैभन्दा महत्वपुर्ण पात्र हो। त्यसैले पनि सल्लाहकार छान्दा बिचार पुर्याउनु पर्छ।
 
आफनो पेशालाई ध्यान दिनुहोस अरुका कुरा नसन्नुस्
कुनै एउटा गाउँका दुई जना व्यक्ती घुम्न निस्केछन्। रातको समयमा डुल्दै जाँदा एउटा ठुलो खाल्डोमा परेछन र दुबै जना जोडले कराउन थालेछन्। लामो समय पछि उनीहरुको आवाज सुनेर गाउँलेहरु आए। त्यतिन्जेलमा दुबै जनाको शरिर रगताम्य भइ सकेको थियो। खाल्डोको भित्ताभरि काँटी रोपीएकोले बाहिर निस्किन खोज्दा घोचेर उनीहरु रगताम्य भएका थिए। गाउँलेहरुले खाल्डोबाट निस्किने उपाय नरहेको भन्दै काँटीले छिया छिया भएर मर्नु भन्दा भित्रै आरामले मृत्यु कुर्न उनीहरुलाई सुझाए। गाउँलेको सुझाव अनुसार एक जना खाल्डोमै बसि रहे पनि अर्कोले प्रयास गर्न छोडेनन्। गाउँलेहरु झनै चर्को स्वरमा कराउन थाले- माथि नआउ, किन रगताम्य भएर मर्छौ? तर, उसले आफ्नो प्रयास त्यागेन। 
 
अन्ततः उ माथि आउन सफल भयो। त्यति धेरै चिच्याउँदा पनि उसले किन प्रयास जारी राख्यो भनेर बुझ्दा उ कान नसुन्दो रहेछ। त्यसैले कसैले भनेको नसुनी कोशिस गरि रह्यो। गाउँलेले भनेको सुन्ने व्यक्ति तलै बस्यो। त्यसैले आफ्नो कर्ममा निरन्तर लाग्नु र अरुको कुरामा नबहकिनु गन्तव्य हासिल गर्ने एक महत्वपुर्ण साधना हो।
 
आफ्ना कुरा प्रस्ट रुपमा राख्नुहोस 
कुनै पनि ठाउँमा आफ्ना कुरा प्रस्ट रुपमा राख्नुहोस ता कि तपाईँको बोली अथवा लेखाईमा दोहोर अर्थ नलागोस्। एउटा कम्पनीका कार्यालय सहयाक र एक जना कर्मचारीलाई एकैठाउँ आवासको ब्यवस्था गरिएको रहेछ। एक दिन बेलुका कार्यालय सहायक मदिरा पिएर आएछ। उक्त कुरा अर्को कर्मचारीले थाहा पाएर अतिथी पुस्तीकामा उल्लेख गरेछ। भोली बिहान कार्यालय सहायकले कर्मचारीलाई अनुरोध गरेछ- ‘सर मैले हिजो मदिरा पिएको साँचो हो। त्यसमा झुठो विवरण राखिदिनुस् भन्दिन तर गएका पाँच बर्षमा मैले हिजो मात्र मदिरा पिएको विवरण पनि उल्लेख गरिदिनुहोस् न।’ कर्मचारीले सहायकको अनुरोध स्विकार गरेनछ। अन्नतः सहायक कर्मचारीलाई हाकिमले दण्ड दिएछ। 
 
केहि दिन पछि कार्यालय सहायकले पनि अतिथि पुस्तीकामा सँगै बस्ने कर्मचारी बारे लेखेछ- ‘हिजो सरले जाँड रक्सी खानुभएन।’ त्यो विवरण देखेपछि भोलीपल्ट कर्मचारीले सहायकलाई भनेछ- ‘हिजोमात्र होइन अहिलेसम्म नै सरले मदिरा पिउनु भएको छैन भनेर लेखिदेउन।’ तर, सहायकले मानेनछ। त्यो विवरण कार्यलय प्रमुखले देखेपछि उक्त कर्मचारीले पनि त्यस दिन बाहेक अरु दिन रक्सी खाँदो रहेछ भन्ने अर्थ लगाइ कारबाही गरेछ। तसर्थ कुरा यथार्थ र साँचो भए पनि दुईवटा अर्थ दिने कुराले नकारात्मक असर पार्न सक्छ। त्यसैले सिधा र प्रष्ट रुपमा आफ्नो भनाइ राख्नु पर्छ।


 
समय अनुसार परिबर्तन हुनुहोस र आफ्नो वरिपरिका चिजको सदुपयोग गर्नुहोस्
एउटा जगंलमा बाघ, बाँदर र गधा बस्दा रहेछन। एकदिन गधा चर्दै बाघको नजीक पुगेछ। बाघले गधालाई देखेपछि झम्टिन खोजेछ। बाघको नियत बुझेपछि गधा आत्तिन थालेछ। वरीपरी हेर्दा आफनै एउटा मुकुन्डो देखेछ र त्यो लगाएर जोडले काराउन थालेछ- ‘ए भगवान मैले तिमी सित अहिलेसम्म केही मागेको छैन जे भन्यौ त्यही मानेँ आज एउटा कुरो माग्छु त्यो पुरा गरिदेउ न। यसपछि पनि केही माग्दिन।’
 
एकछिन बिसाएर फेरि भन्न थालेछ-  ‘हे भगवान मलाई बाघको मासु खान मल लागेको छ, आज जसरी पनि पुर्याइ देउन।’ गधाको भनाइ सुनेर आज यसले मलाई बितायो भन्दै भाग्न थालेछ। बाघलाई गधाले भगाएको देखेपछि रुखमा बसि रहेको बाँदर डाहले जलेछ। र, हतार हतार बाघलाई पछ्याएर भनेछ- ‘तँलाई गधाले मुखर् बनायो, त्यसको कुरा भगवानले कताबाट सुन्नु! खाली बच्नका लागि त्यसो भनेको थियो।’ बाघ रिसाउँदै अबचाहिँ गधालाई खाएरै छोड्छु भनेर रिसाउँदै फर्केछ। बाघ आफुतिर आएको देखेपछि गधा फेरि भन्छ- ‘हे बाँदर तैले मलाई बाघ पक्रेर ल्याउँछु भनेको थिइस्, अहिले पनि भागिस्। हेर अब बाघलाई खाएसी तँलाई पनि बाँकी राख्दिन।’ यो सुनेपछि बाघले सोचेछ- ‘साँच्चै आज गधाले मलाई खाने रहेछ, बाँदर पनि योसँग मिलेको रहेछ।’ त्यसपछि बाघले त्यहाँबाट कुलेलम ठोकेछ र गधाको जीवन बचेछ। त्यसैले उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै समयानुकुल निर्णय लिन सक्षम हुनुपर्छ।
 
भगवान भरोसा भनेर चुप नबस्नुस 
एक चोटी खोलामा ठुलो बाढी आएछ। बाढी गाउँमा पस्न थालेपछि गाउँलेहरु भागरे-भाग भएछन्। तर, एक जना मानीस भागेनछ। गाउँलेले कति अनुरोध गरे पनि ती व्यक्ति त्यहाँबाट जान मानेनन्। बिस्तारै खोलाको बहाब बढ् गयो। एक जना गाउँले त्यो व्यक्तिलाई बचाउन डुङ्गा नै लिएर गए। तर, उसले आउन मानेन। गाउँलेले सरकारलाई खबर गरे। सरकारले उद्धारका लागि हेलिकप्टर पठायो। तर, पनि ति व्यक्ति आउन मानेनन्। उनले जवाफ दिए- ‘म आउँदिन, भगवानले मलाई बचाउनेछन्।’ अन्ततः बाढी बढ्दै गएर उनलाई बगाएछ। त्यसैले भगवान प्रति आश्था राख्नु र भगवानको भर परेर बाँच्न खोज्नु फरक हो। भगवान भरोसा भनेर कर्मै नगरि चुप बस्नु डोकामा गाईको दूध दुहुन खोज्नु जस्तो हुनेछ।
(जोशी बैंकर हुन्)  
]]>
http://bizmandu.com/feed/sunday/-27038.html http://bizmandu.com/content/-27038.html http://bizmandu.com/assets/upload/contentthumb/x4NcBsm7cRWO.JPG
content <![CDATA[यस्तो अपार्टमेन्ट जसले तपार्इलार्इ मोहित पार्छ, ती अपार्टमेन्टमा बस्दा आनन्द मिल्छ]]> admin Tue, 07 Mar 2017 10:36:39 +0545 शहरहरु कंक्रिटको जंगलजस्ता हुँदैछन् । एकनासका शैली पछ्याएर बनाइएका आधुनिक घरहरु आत्माविहीन झैं लाग्छन् ।



घर जीवन्त हुनुपर्छ भन्ने मान्यता बोकेका केही आर्किटेक्टहरुले यस्ता डिजाइन पनि कोरेका छन् जसले घरलार्इ आकर्षक मात्र होइन चर्चा गर्न लायक  बनाइदिएका छन् । सिर्जनात्मक र कलात्मक घरहरुले भिडभाडयुक्त शहरको दृश्य नै बदलिदिएको छ । हेरौं विश्वका केही अनौठा घरहरु जसले हेर्नेहरुलार्इ मोहित पार्दछ । 
 
आर्किटेक्चर र डिजाइनर क्रिटिकका रुपमा चर्चित माइकल वेबले हालै नयाँ किताब सार्बजनिक गरेका छन् जसमा आधुनिक निर्माणले जोखिम र लगानी मात्र बढाएको तर भवनहरुमा आत्मा भर्न नसकेको धारणा राखेका छन् ।

उनी आफु लस एन्जलसको शान्त अपार्टमेन्टमा बस्छन् जुन चारैतिरबाट जंगलले घेरिएको छ । झ्यालबाट समुन्द्रको लहरहरुले फ्याकेको चिसो अनुभूति गर्न सकिन्छ अनि कोलाहालबाट पर प्राइभेसी मेन्टेन गरिएको अपार्टमेन्टमा बस्छन् । सुन्दर ढंगले डिजाइन गरिएको प्राकृतिक उज्यालो पस्ने र रुखै रुखले घेरिएको उनको अपार्टमेन्ट उनी धेरै सन्तुष्ट छन् । तर के सबैले यति नै सुन्दर मनमोहक अपार्टमेन्ट पाउलान् त !
 
उनले किताबमा जग्गाको सदुपयोग गरी कसरी आकर्षक घर बनाउने सुझाव समेत दिएका छन्।उनका अनुसार धेरैजसो आधुनिक अपार्टमेन्टहरु जोखिमयुक्त नाफामुखी ब्यापारीहरुले बनाएको उनको आरोप छ । उनी भन्छन् न हावा दोहोरो चल्छ न उज्यालो चौतर्फी छ । कौशीहरु पनि उब्रिएको स्थानलार्इ प्रयोग गरेजस्तो मात्र छ । 
 
अत्याधुनिक भनिएका अपार्टमेन्टहरुमा पनि संभावनालार्इ उपयोग नगरी मोनोटोनस ढंगले बनाइएको छ ।वेबले किताबमा विश्वमा भएका ३० वटा घरहरुको उदाहरण दिएका छन् । लग्जरी फ्ल्याटदेखि साधारण हाउजिङसम्मको अध्ययन गरेका छन् । उनले लो-राइज देखि हाइ-राइज बिल्डिङसम्कमकव अधययन गरेका छन् ।

उनले घरको डिजाइन गरेका धेरै आर्किटेक्टसँग कुरा पनि गरेका छन् । यस्तै भवनमा बस्नेहरुसँग पनि कुराकानी गरि त्यसै आधारमा धारणा पनि प्रस्तुत गरेका छन् । सानो ठाँउमा पनि धेरै मानिस अटाउने किसिमका घरहरु बनाउने कुरामा सबैको रेस्पोन्स राम्रो देखिएको उनी बताउँछन् । 
उनले किताबमा प्रस्तुत गरेको केही उत्कृष्ट डिजाइनहरु यस्ता छन् । 
 
सिटी लाइफ 
 

यो भवन सन् २००४ देखि २०१४ को अवधिमा बनाइएको हो । मिलानमा रहेको यो भवन अत्यन्तै आकर्षक छ । यो अपार्टमेन्टमा सेतो इनामेलको प्रयोग गरिएको छ । यस अपार्टमेन्टमा समुन्द्रमा छाल उठे जस्तो कर्भ बनाइएको छ ।

अपार्टमेन्ट हेर्दा कुनै ठूलो पानीजहाज जस्तो देखिन्छ । सन् १९३० को दशकमा लण्डनमा बनाइएको इस्कोन भवनबाट अपार्टमेन्टको कर्भ डिजाइन लिइएको हो । 
 
द इन्टरलेस सिंगापूर 
ओमा ओले सेरेन ले सन् २००७ देखि २०१३ मा बनाएको इन्टरलेस बिल्डिङ निकै आकर्षक छ ।



यो डिजाइन आले सेरेन यशियाका हाइराइज बिल्डिङबाट यति बोर भैसकेका थिए कि उनले एक हजार ४० यूनिट अपार्टमेन्ट २० एकड जमीनमा अटाउने डिजाइन बनाएर उत्कृष्ट नमुना तयार गरे ।

प्रशस्त हरियाली र ओलम्पिक साइजको स्विमिङ पुल रहेको यो अपार्टमेन्ट वरपर प्रशस्त हरियाली छ । अपार्टमेन्ट यति सुन्दर छ कि यहाँ ९० प्रतिशत अकुपेन्सी छ । 
 
२५ भर्ड इटाली टुरिन 


मध्यमबर्गीय परिवारलार्इ लक्षित गरी बनाइएको यो अपार्टमेन्टमा ६३ वटा ब्लकहरु छन् ।

यस वरपर सुन्दरताका लागि १५० वटा रुखहरु लगाइएका छन् । यो रुखले उनीहरुलार्इ प्राकृतिक अनुभूति त दिन्छ नै यसबाट बाहिरी ध्वनि प्रदुषणबाट पनि जोगिन सकिन्छ । यस्तै यसले प्राइभेसी का लागि पनि उपयुक्त छ । 
 
सुगर हिल न्यूयोर्क 
कसैकसैले जेलसँग तुलना गरेपनि यो डेभिड एडजेइको महत्वाकांक्षी प्रोजेक्ट हो। उनले १३ तले यो बिल्डिङलार्इ सुगर क्युब डिजाइनमा बनाएका हुन्। 


यसमा १२४ वटा फ्ल्याट रहेको छ भने यो गैर नाफामुखी संस्थाको भवन हो । यो भवनमा बस्ने ७० प्रतिशत मानिसको तलब औसत भन्दा आधा रहेको छ भने २५ वटा फ्ल्याट होमलेसहरुका लागि छुट्याइएको छ । 
 
यस्तै भवनमा बच्चाहरुको लागि पढ्ने केन्द्र म्यूजियम तथा वर्कसपहरु चलाइन्छ जसबाट तयहाँका बासिन्दाले आफ्नै कला देखाउन सकुन् । यो भवनको खराब पक्ष भनेको यसमा कौसी छैन ।

यस्तै यसमा तीन बेडरुम फ्ल्याट एकदम कम संख्यामा रहेको छ । डिजाइन गर्ने क्रममा ध्यानमा राख्नुपर्ने आर्थिक सीमा र उपलब्ध गराइएको फल्याट संख्या मेन्टेन गर्नुपर्ने बाध्यता आर्किटेक्टलार्इ हुनसक्छ ।  
 
ब्राजिल साओपाओलो


अक्सर अपार्टमेन्टमा निजात्मक कुराहरु सार्वजनिक हुने ठूलो खतरा रहन्छ । तर यो अपार्टमेन्टमा प्राइभेसी धेरै नै मेन्टेन गरिएको छ ।

टावरको रुपमा रहेको यो अपार्टमेन्टमा भने सुन्दर ढंगले भ्यालहरुमा काठको पर्दा डिजाइन गरिए छ । यसले प्राकर्तिक सौन्दर्य त झल्किन्छ नै मानिसहरुको निजी जिन्दगी पनि धेरै नै प्राइभेट हुन सक्छ । काठको पर्दाले भित्रको दृश्य बाहिरबाट झट्ट देखिन दिदैँन। साथै यसले प्रकृतिसँगको निकटता पनि झल्काउँछ।
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                             
 
 
 
]]>
http://bizmandu.com/feed/sunday/-24470.html http://bizmandu.com/content/-24470.html http://bizmandu.com/assets/upload/contentthumb/UhWhqUrdn1Cj.jpg
content <![CDATA[उज्यालो काठमाडौं: अरुभन्दा किन फरक छन् कुलमान?]]> admin Mon, 07 Nov 2016 09:42:19 +0545 काठमाडौँ । गत बर्ष तिहारको मुखमा गोरखापत्रमा सूचना आयो- 'दिपावलीको बेला माग अनुसार बिद्युत आपुर्ती गर्न नसकिने हुँदा उपभोक्ताले झिलिमिली बत्ति नबालिदिनु होला।'
 
अन्तिममा सूचना निकाल्ने निकायको नाम लेखिएको थियो- नेपाल विद्युत प्राधिकरण।
 
प्राधिकरण, यस्तो निकाय जसलाई मुलुकमा विद्युत आपूर्तिको एकाधिकार छ। बिजुली दिनु पर्ने निकाय आफैंले दिपावली गर्ने चाडमा बत्ति नबाल्नु भन्दै सूचना जारी गर्दा सर्वसाधारणले चित खाएका थिए। 
 
तर, नेपाली जनताले त्यति धेरै आश्चर्य भने मानेनन्। किनभने त्यहि निकायले दिनमा १८ घण्टासम्म लोडसेडिङ गर्दा समेत पचाउने बानी परि सकेको थियो। 


 
तर यसपटक एक किसिमले चमत्कार नै भयो। लक्ष्मी पूजा मात्र होइन तिहारको कुनै पनि दिन राजधानीमा एक मिनेट पनि लोडसेडिङ भएन। 
आखिर यो 'चमत्कार' कसरी भयो?
 
प्राधिकरणको नेतृत्वमा दशैं अघि मात्र कुलमान घिसिङ आएका थिए। दशैं बिदा पछि तिहारमा पर्याप्त बिजुली दिन नसकिने बिगतको नजिरसहित सूचना प्रकाशनको प्रस्ताव लिएर सम्बन्धित विभागका कर्मचारी उनीकहाँ नपुगेका होइनन्।
 
उनले जवाफ दिए- 'यो त उज्यालोको चाड हो। जनतालाई कसरी बत्ती नबाल भन्नु। होस्, सबैले धक फुकाएर बालुन्। पुगेसम्म दिउँला केहि नलागे लोडसेडिङ हुन्छ, जुन सधैं गरिएकै पनि छ। यस पटक पनि त्यहि गरौँला।'
 
कर्मचारीलाई यो जवाफ दिएपनि घिसिङको भित्री मनमा अर्कै अठोट थियो- यो तिहारलाई लोडसेडिङ मुक्त बनाउने।
 
तिहार अगावैदेखि उनले कर्मचारीलाई लोड व्यवस्थानका लागि सुझाएका थिए। त्यस अनुरुप लोडसेडिङ गर्नै परेको थिएन। कुकुर तिहारको दिनसम्म त्यसमा उनी सफल पनि भए। उपत्यकाबासीमा कुनै औपचारिक मेलोमेसो थिएन, आखिर किन बत्ति गएको छैन?
 
धेरैको अनुमान छुट्टीले कल कारखाना नचलेको भन्ने थियो। 
 
घिसिङले पनि काम नगरि हल्लाखल्ला गर्न बेकार ठाने। उनी कसरी २४ घण्टा 'अप टु डेट' बिजुली दिन सकिन्छ भन्नेमा मात्र लागे।
सबैभन्दा ठूलो खड्गो लक्ष्मी पूजाको दिन थियो। किनभने त्यो दिन देशमा बर्षकै सर्वाधिक धेरै बिजुली माग हुन्छ।
 
कार्यालयमा तिहारको बिदा भैसकेको थियो। तर, घिसिङ आफु भने बिल्कुल छुट्टीको मुडमा थिएनन्। 
 


आफैंलाई चुनौती दिएका थिए- लोडसेडिङ मुक्त तिहार बनाउँछु भन्ने। 
 
मनमा चलिरहेको एक तमासको द्वन्दका बीच लक्ष्मी पूजाको दिन साँझ पाँच बजे उनी काठमाडौंको स्युचाटारस्थित प्राधिकरणको भारप्रेषण केन्द्र पुगे। बिद्युत माग, आपुर्ती र लोड सेडिङ्को निर्णय लिने र व्यवस्थापन मिलाउने कार्यालय त्यहि हो।
 
साँझ पर्दै गए पछि उपत्यकाको विद्युत मागको पारो उकालो लाग्न थाल्यो। स्युचाटार डाँडाबाट उपत्यकाको झिलिमिली तर्फ पनि आँखा लगाउँदै घिसिङ कार्यालयमा रहेको बिजुली माग र आपुर्तीको मिटर अनवरत हेरि रहेका थिए। मागको पारो माथि चढ्दै जाँदा उनको पनि मुटुको धड्कन बढ्दै थियो। 
 
उनलाई तिहारमा लोडसेडिङ गर्न पाइन्न भनेर कसैले निर्देशन दिएको होइन। उनी आफैंले आफुलाई चुनौति दिएका थिए। सबैभन्दा कठिन परिक्षा त्यहि हुन्छ जब आफैंले आफुलाई चुनौति दिइन्छ।
 
घिसिङ यहि तनावमा थिए। मागको पारो बढ्दै गएर ३०० सय मेगावाट नाघ्यो। त्यतिन्जेलसम्म पनि कतै विद्युत काट्नु परेको थिएन। घिसिङ धैर्य पुर्वक प्रतिक्षामा थिए। 
 
३१५ मेगावाटमा पुगेर मागको पारो अडियो। घिसिङले लामो स्वास ताने। 
 
साँझ टर्दै जाँदा अब मागको पारो ओरालो लाग्न थाल्यो। आठ बजेसम्म हेरेपछि अब थप दबाव पर्दैन भन्नेमा उनी ढुक्क भए।
 
राजधानीमा सबै क्षेत्रमा बत्ति त दिइयो। लोडसेडिङ पनि भएन। तर, त्यस अनुरुप सिष्टमले सपोर्ट गर्योि कि गरेन? सबै ठाउँमा बत्ति बल्यो कि बलेन? अब घिसिङ बितरण केन्द्रहरु चियाउन थाले। 
 
सबै केन्द्रमा जहाँ समस्या आउँछ त्यहाँ तत्काल मर्मतमा दौडी हाल्ने 'नो लाइट'को जनशक्ति सहितका गाडी स्ट्यान्डबाइ थिए।
 
आठ बजे भारप्रेषण केन्द्रबाट निस्किएर दुई घण्टा उपत्यकाका नो लाइट सेन्टरहरु घुमे उनी। कतै पनि कुनै गुनासो आएको थिएन। बत्ति गयो मर्मत गर्न आउनुस भन्ने गुनासोबाट वाक्क दिक्क भएका नो लाइटका कर्मचारी समेत त्यो दिन अचम्मित भए।
 
झन्डै ४० लाख जनसंख्या रहेको उपत्याकामा लक्ष्मी पूजाको साँझ जम्मा एक ठाउँको ट्रान्सफरमरमा समस्या देखियो। बुढानिलकण्ठको एउटा ट्रान्फरमरको एउटा फेजमा समस्या थियो। त्यो फेजबाट विद्युत जाने केही घरको बत्ती भोल्टेज नपुगेपछि मधुरो बलेको थियो। 
 
ट्रान्सफरमरका तीनमध्ये दुईवटा फेज चालु थिए। बिग्रेको फेजका ग्राहकलाई प्राधिकरणको प्राविधिक टोलीले तत्काल चालु रहेका दुई फेज अन्तर्गत सारिदिए। 
 
तर, त्यहींबाट धेरै लामो तार तानेर बिजुली लगेका दुई घरमा भने फेज सिफ्ट गरेर बिद्युत पठाउन संभव नै भएन। यसरी लक्ष्मीपुजाको साँझ बुढानिलकण्ठका ती दुई घर बाहेक बत्ति नपाउने अरु कुनै घर थिएनन्। 
 
त्यहि एउटा ट्रान्सफरमरबाहेक अरु कतै पनि समस्या नदेखिएपछि काठमाडौँको वितरण प्रणाली चुस्त छ भन्नेमा घिसिङ ढुक्क भए। 
 
हिजो र आजको कर्मचारीदेखि सिष्टमसम्म सबै त्यहि थियो। विद्युत उत्पादन गर्ने आयोजना तिनै थिए, भारतदेखि आपूर्ती गर्ने र एकदेखि अर्को ठाउँसम्म विद्युत लोड पठाउने प्रशारण लाइन त्यही थियो। मात्रै विद्युत प्राधिकरणको नेतृत्व मात्र फेरिएको थियो। एउटा मात्र मान्छे परिवर्तन हुँदा पनि यत्रो धेरै चमत्कार हुन्छ? घिसिङलाई बिजमाण्डूको प्रश्न थियो। 
 
उनले जवाफ दिए- 'हो नेतृत्वको प्रतिबद्धता र अपनत्वभावले संस्थाको गतिलाई अवश्य प्रभाव पार्छ।' 
 
घिसिङ इलेक्ट्रिकल इन्जिनयर हुन्। उनले प्राधिकरणको सिष्टम बुझेका छन्। साथसाथै उनको अतिरिक्त क्षमता हो व्यवस्थापन। एमबिए पनि गरेका उनले भने, अरुलाई के हुन्छ थाहा छैन तर विद्युतको व्यवस्थापन गर्न मलाई केहि सहज लाग्छ। 
 
त्यसबाहेक यो नतिजा हासिल गर्न भार प्रेषण केन्द्रका कर्मचारीहरुको दृढता र उत्प्रेरणाको ठूलो हात रहेको उनको भनाइ छ।


 
तर, प्रश्न यहाँ व्यवस्थापनको मात्र होइन। विद्युत स्रोत उपलब्धताको पनि हो। सुरु देखि नै लोडसेडिङको उपहार पाएको काठमाडौँका लागि आखिर कहाँबाट ल्याए त घिसिङले त्यत्रो बिजुली?
 
उनका अनुसार कुनै नयाँ स्रोतबाट उपत्यकामा बिद्युत भित्र्याएको होइन। मात्र कुशल व्यवस्थापनले यो उपलब्धि हासिल भएको हो। 
 
काठमाडौँको गृडमा अहिलेसम्म भारतबाट आयात हुने विद्युत जोडिएको छैन।आसपासकै मर्स्याङ्दी, खिम्ती, लामोसाँघु एवं त्रिशुली करिडोरका प्रोजेक्टबाट यहाँ बिजुली आपूर्ति हुँदै आएको छ। यी आयोजनाबाट उत्पादित विद्युतलाई माग र आपुर्तीको सन्तुलन मिलाएर हामीले व्यवस्थापन गर्यौं, उनले भने। अर्थात हिजो जुन बिजुलीका कारण लोडसेडिङ हुन्थ्यो, घिसिङ व्यवस्थापनमा त्यही छेलोखेलो भयो।
 
यहाँ रिजर्भवायरको रुपमा जलाशययुक्त ९० मेगावाटको कुलेखानी आयोजना र हेटौँडामा १० मेगावाटको डिजेल प्लान्ट पनि छ। 
 
घिसिङले यी दुवै प्लान्ट पिक आवरमा मात्र चलाउन भने। अरु बेला अन्य आयोजनाबाट उत्पादित विद्युतको सन्तुलित वितरणले नै लोडसेडिङ हुन दिएनन्। 
 
तिहारमा काठमाडौंभन्दा पनि बाहिरका लागि कुलेखानी चलाइयो। परिमाण स्वरुप उपत्यकामा त लोडसेडिङ भएन नै। बाहिर समेत कुनै ठाउँमा आपत परेको स्थानमा मात्रै त्यो पनि आधा घण्टाभन्दा बढी बत्ति गएन। धेरै औद्योगिक फिडर भएको क्षेत्रमा मात्र केही समय बिजुली काटिएको उनले बताए।  
'तिहारको माग व्यवस्थापन हाम्रो सबै स्रोतलाई अधिकतम उपयोग गरेर गरिएको हो' घिसिङ भन्छन्।
 
जब उपत्यका र बाहिरका समेत धेरै जसो स्थानमा सर्वाधिक मागको दिनसमेत बिना लोडसेडिङ बिजुली पुर्यामउन सफल भए अनि घिसिङको मनमा नयाँ आइडिया जन्मियो- 'आखिर काठमाडौँको सिष्टम त्यत्रो विधी ठूलो होइन रहेछ। 
 
अत्यधिक माग हुँदा पनि ३०० मेगावाटभन्दा केहि माथि मात्र बिजुली चाहिने। त्यो पनि बर्षमा एक दिन लक्ष्मी पुजा गर्दा जम्मा दुई घण्टाको हाराहारीमा। अनि किन यहाँ सधैं २४ घण्टा उज्यालो बनाउन नसकिने?'
 
दोस्रो दिन देखि नै काठमाडौँमा पिक आवरको माग लक्ष्मी पुजाको तुलनामा २५ मेगावाट हाराहारीले घट्यो। अहिले साँझको पिक आवरमा उपत्यकाको विद्युत माग २७५ देखि ३०० मेगावाट हाराहारी पुग्ने गरेको छ। 
 
दिउँसोको माग त अझ १५० देखि २०० मेगावाट मात्र रहने घिसिङ बताउँछन्। राती ११ देखि बिहान तीन बजेसम्म १०० मेगावाट हाराहारी विद्युतले पुग्छ। काठमाडौंदेखि बनेपा धुलिखेलमा भएका उद्योगको खपत जम्मा १२ मेगावाट मात्र हो। 
 
त्यही दिन उनी दश वर्षदेखि सात प्रधानमन्त्री, दर्जन हाराहारीका उर्जामन्त्री र आधा दर्जन विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकले फलाकिरहेको तर कहिल्यै पूरा नभएको नयाँ योजनामा जुटे। त्यो थियो लोडसेडिङ मुक्त देश।
 
त्यसका लागि घिसिङले काठमाडौंलाई मोडलका रुपमा राखे। 'व्यवस्थापन गर्न सक्ने आधार हुँदा हुँदै काठमाडौँलाई अँध्यारोमा किन राख्ने? यहाँ लोडसेडिङ किन गर्नु पर्योँ?' घिसिङले केहि नयाँ गर्ने अठोट लिए।
 
उनले भोलिपल्टै प्राधिकरणका सबै उच्च पदस्थको बैठक डाके। त्यहिँबाट उपत्यकालाई लोडसेडिङ मुक्त गराउँदा सिष्टमले कति सघाउँछ भनेर अध्ययन गर्न समिति गठन गरियो। 
 
घिसिङलाई लाग्छ काठमाडौँलाई लोडसेडिङ मुक्त गराउन प्राविधिक रुपमा कुनै कठिनाइ छैन। देशैभरका मानिस बस्ने यो शहरलाई उज्यालो बनाउन राजनीतिक प्रतिबद्धता भए तत्कालै संभव हुने उनको विश्वास छ। तर, काठमाडौँमा बत्ति दिएर बाहिर अँध्यारो पारियो जस्ता सस्ता राजनीतिक नारा नआउन् भनेर उनले यसमा सबै दलको प्रतिबद्धता खोजेका छन्। 
 
'हाम्रो चाहना बाहिरको भाग खोसेर यहाँ उज्यालो बनाउँ भन्ने बिल्कुल होइन, उनी भन्छन्- बाहिर पनि संभव भएका ठाउँमा क्रमशः लोडसेडिङ अन्त्य गर्दै लैजाने हो, राजधानीमा तत्कालै संभावना देखिएको हुँदा सबैको साथ खोजेका हौँ।'
 
एक त राजधानी अर्को त प्राविधिक रुपमा लोड व्यवस्थापन गर्न सहज। यीनै कारण उनले उपत्यकाबाटै लोडसेडिङ मुक्त अभियान सुरु गर्न खोजेका हुन्। '२२ घण्टा २०० मेगावाट विद्युत व्यवस्थापन गरे पुग्ने। दिउँसो नचलाउने हो भने पिक आवर दुई घण्टा त कुलेखानीबाट ९० मेगावाट थपिन्छ' उनी भन्छन्। 
 
कुलेखानी साँझको लागि जोगाएर बाँकी २०० मेगावाट कताबाट पुर्याेउने ?
 
घिसिङले उपाय सुझाए- 'सुक्खा याममा समेत खिम्ति, त्रिशुली, लामोसाँघु एवं मर्स्याङ्दी करिडोरका प्रोजेक्टबाट २०० मेगावाट विद्युत काठमाडौं आउँछ। साँझमा कुलेखानी हिउँदभरी एकदेखि डेढ घण्टा चलाउन कुनै समस्या पर्दैन। काठमाडौँलाई चाहिएकै त्यति मात्रै हो, त्यहाँभन्दा धेरै होइन्।'
 
काठमाडौँलाई लोडसेडिङ मुक्त घोषणा गर्न सबै दल सहमत होलान्/ नहोलान्? अध्ययन समितिले के प्रतिवेदन देला? यी प्रश्नको उत्तर अझै गौण नै छ। तर, घिसिङले माथि उल्लेखित फर्मुला लगाएर तिहार अगावै देखि अझैसम्म निरन्तरत काठमाडौँलाई २४ घण्टा उज्यालोमा राखेका छन्।
 
]]>
http://bizmandu.com/feed/sunday/-21534.html http://bizmandu.com/content/-21534.html http://bizmandu.com/assets/upload/contentthumb/UmzrqMCylsBf.JPG
content <![CDATA[सोल्टीका जिएम उप्पल: भूकम्पको 'सक'बाट यसरी गराए बिजनेशलाई युटर्न ]]> admin Thu, 06 Oct 2016 09:57:47 +0545 वैशाख २०७२ को भयानक भुकम्प। भुकम्पका परकम्पनले काठमाडौंमा झड्का दिंदै गर्दा साउनमा उप्पल मजुमदार होटल सोल्टीको महाप्रवन्धकमा नियुक्त भएका थिए। 


 
उप्पल, ५० वर्ष पुरानो होटल सोल्टीमा भुकम्पको झट्कालाई पार लगाउनका लागि सम्भावनाहरु खोज्दै थिए। तर देशमा फेरी आयो नाकावन्दीका रुपमा अर्को ठूलो 'भुकम्प'। र त्यसले देशलाई अर्को छ महिनाभन्दा लामो समय हल्लायो। 
 
सन् २०१४ मा ८५ प्रतिशसम्म अकुपेन्सी पुगेको सोल्टीको  भुकम्प र नाकाबन्दीका कारण ३० देखि ३५ प्रतिशतसम्म झर्यो। उप्पल ठीक एक वर्ष अघि १ अक्टोवरको दिन सम्झँदै भन्छन्, एउटा रुमका लागि साढे चार वा पाँच हजार नेपाली रुपैयाँ पाए हामी निक्कै खुशी हुन्थ्यौं।
 
अकुपेन्सी नराम्रोसँग खस्किएको थियो, रुम रेट पुरै क्रयास भएको थियो र अत्यावश्यक वस्तुको सहज आपूर्ति नहुँदा सेवा पूरै प्रभावित थियो। त्यसको असर फुड एण्ड वेभरेजमा पनि थियो। दशैं र तिहार जस्ता पर्वमा पनि कोही सेलेब्रेसनको मुडमा थिएनन्। 
 
०००
 
१ अक्टोवर २०१६। उप्पल बिजमाण्डू टीमसँग पछिल्लो डेढ वर्षको समिक्षा गर्दै थिए। उनले भने,  आजका दिनमा अकुपेन्सी लोअर इन्डमा ५० र हायर इन्डमा ६० प्रतिशत पुगेको छ। गत वर्षको तुलनामा अहिले रुम रेट ३० देखि ३५ प्रतिशत बढेको छ। र फुड एण्ड वेभरेजको मेन्यु १५ देखि २० प्रतिशतसम्म बढेको छ।
 
वितेको डेढ वर्षको अफ्ठ्यारोबीच होटलमा ३८ वटा कोठासहित एउटा पुरै फ्लोर मेन्टेनेन्स गरिएको छ। नयाँ स्वीमिङ पुल बनेको छ। पिल्लरविहिन सबैभन्दा ठूलो बैंङक्वेट भेन्यु तयार भएको छ। अझ होटल सोल्टी सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने कम्पनीका रुपमा स्थापित भएको छ। 
 
बितेको डेढ वर्षमा सोल्टीका जिएम उप्पलले अफ्ठ्यारोसँग लड्न के त्यस्तो रणनीति तयार गरे?, अभाव र दु:खका बीच के त्यस्तो काम गरे?  उनले के त्यस्तो जादू गरे जसले होटलको बिजनेशमा युटर्न भयो?
 
 
०००
 
उप्पलले धेरै अप्याखकरोमा सोल्टी ज्वाइन गरेका थिए। भुकम्पका कारण मान्छेले कमजोर महसुस गरेका थिए। बिजनेसको सेन्टिमेन्ट डाउन थियो। उप्पल भन्छन्, हामीले एक साथ धेरै फ्रन्टमा काम गर्नुपर्ने दवाव थियो। 
 
तर उनले त्यसका लागि चार वटा क्षेत्र रोजे। 
 
पहिलो थियो सबैको कन्फिडेन्स रिभाइभ गर्ने। उनले भने, हाम्रो आफ्नै कन्फिडेन्स पनि व्याकमा ल्याउनु पर्ने थियो। उनले 'टिम बिल्डिङ'मा काम गरे। 
 
होटलमा काम गर्ने कर्मचारीले पनि त्यतिवेला सहज महसुस गरेका थिएनन्। कर्मचारी होटलमा सुरक्षित थिए, तर उनीहरुको परिवार घरमा वा बाहिर जाँदा सुरक्षित छ? यो प्रश्न सबैको मनमा थियो। 
 
त्यसका लागि सोल्टीको व्यवस्थापनले कर्मचारीसँग 'खुला' संवादहरु गर्न थाल्यो। कर्मचारीको  'केयरिङ' गर्न थाल्यो। अर्गनाइजेशनको टप मान्छेले नै यसरी खुला कुराकानी गर्न थालेपछि कर्मचारीमा आत्मविश्वास देखिन थाल्यो। उनीहरु सहज हुन थाले। 
 
कर्मचारीको आत्मविश्वास बढाएर मात्रै पनि भएन। किनकि होटल सञ्चालन गर्नका लागि बिजनेश चाहिन्थ्यो। उप्पल भन्छन्, हाम्रा उपभोक्ता, ग्राहक र विश्वलाई सन्देश दिनुपर्ने थियो,     'सोल्टी इज अ भेरी सेफ होटल'।
 
भुकम्पले काठमाडौंका होटल, स्विमिङ पुल भत्किएका तस्वीर र भिडियो युट्युव र फेसबुकमा भाइरल भैरहेका थिए। होटलहरु चर्किएका थिए। जुन होटल बस्नका लागि सुरक्षित छन्, त्यसका लागि सरकारले 'ग्रिन स्टिकर' दिनुपर्दथ्यो। 
 
तर त्यो स्टिकर कहिले पाउने?
 
सोल्टी मल्टी नेशनल चेन इन्टर कन्टिनेन्टल होटल ग्रुप (आइएचजी)को व्यवस्थापनमा छ। आईएचजीको आफ्नै रिस्क र सेफ्टी एसेस्मेन्ट टिम छ। आइएचजीको टिम भुकम्प लगत्तै नेपाल आएर काम गर्यो। उनीहरुले होटलको सबै कुरा जाँच गरे। होटल सुरक्षित छ भन्ने क्लियर सिग्नल दिए।
 
सोल्टीले यो सूचना आफ्ना उपभोक्ता र ग्राहकलाई दियो। उप्पल भन्छन्, ग्राहक र उपभोक्ताले  अन्तिममा तपाईलाई विश्वास गर्ने भनेको 'वर्ड अफ द माउथ' हो। उप्पल आफैले धेरै मान्छेसँग व्यक्तिगत रुपमा भेटे। भेट्दा पहिलो प्रश्न सोध्थे। तपाईले आराम महसुस गर्नुभएको छ?
 
होटल सोल्टीका लागि तेस्रो र सबैभन्दा ठूलो चुनौती भनेको ठूला र महत्वपूर्ण ग्राहकलाई होटलमा फर्काउनु थियो। ती होटल सोल्टीका सिधा ग्राहक त होइनन् तर सोल्टीमा ग्राहक आउने माध्यम हुन्। त्यसका लागि उप्पलले ट्राभल र ट्रेड पाटर्नर छाने।
 
यो अवधिमा होटलको रेनोभेट पनि गर्ने निर्णय व्यवस्थापनको आग्रहमा लगानीकर्ताको समूहले  लियो। हरेक होटलको फ्लोर केही वर्षको अन्तरमा नियमित रेनोभेट गर्नुपर्छ। होटल व्यस्त रहँदा यस्ता नियमित रेनोभेट भए त्यसले बिजनेशमा असर पर्छ। 
 
तर भुकम्पका कारण कम अकुपेन्सी भएको बेला सोल्टीको एउटा फ्लोर रेनोभेट भएको थियो।  सिजन सुरु हुनुभन्दा अघि १८ सेप्टेम्वरमा सोल्टीसँग रेनोभेट भएको ३८ रुमको एउटा नयाँ फ्लोर तयार थियो। त्यही बेला होटल सोल्टीले पिलरलेस एउटा ठूलो बैंकेट भेन्यु तयार गर्यौं। र ब्रान्ड न्यु स्वीमिङ पुल पनि। 
 
यति धेरै लगानी, यति ठूलो मेहनतपछि होटल सोल्टी आफ्नो लयमा फर्कने तयारी गर्दै थियो। तर भयो नसोंचेको कुरा। देशमा सुरु भयो 'ब्लकेड'।                 
०००
 
फेरी अफ्ठ्यारोमा पर्यो, होटल सोल्टीको व्यवस्थापन। उप्पल भन्छन्, अफ्ठ्यारोबाट निस्कनका लागि हामीले फेरी तीन वटा रणनीतिमा काम गर्यौं। 
 
उनी भन्छन, मेरा लागि सबैभन्दा महत्वपूर्ण मेरा कर्मचारी हुन्। उनले भने, हामीले छलफल गर्यौं र टीमका रुपमा काम गर्यौं। हामीले साथमा मिलेर के काम गर्न सक्छौं भन्ने रणनीति तयार गर्यौं। आम्दानी तल झरेको थियो। त्यसकारण उनीहरुले खर्च कम गर्ने रणनीति बनाए, कसरी बढी बिजनेश ल्याउन सकिन्छ भनेर छलफल गरे। 
 
ब्लकेड हुँदा व्यवस्थापन र कर्मचारीले हरेक १५ दिनमा संयुक्त बैठक गर्थे र समिक्षा गर्थे। यसले होटलमा सेवाको स्तर बढ्न थाल्यो। कर्मचारीले अतिथिको केयर अझ बढाए। यसले होटलको  बिजनेस पनि बढ्न थाल्यो। 
 
दोस्रो हो, उनीहरुले होटलको मार्केटिङ गर्न थाले। हामीसँग अन्तराष्ट्रियस्तरमा मार्केटिङ गर्नका लागि प्रशस्त बजेट थिएन तर केही प्लेटफर्महरु भने उपलब्ध थिए। उनीहरुले ती सबै प्लेटफर्महरुको उपयोग गरे। 
 
उप्पल भन्छन्, त्यसका लागि हामीले धेरै सिस्टमाइज्ड मार्केटिङ एक्टिभिटी सुरु गर्यौं। सोल्टीको नयाँदिल्लीमा सेल्स मिशन गयो। त्यसैगरी मुम्बई र बैंगलोरमा पनि सेल्स मिशनले सोल्टीको मार्केटिङ गर्यो। 
 



भुकम्प र नाकावन्दीलाई पार लगाएपछि सोल्टी होटलका जिएम उप्पलको मनोवल उच्च बनेको छ। उनी भन्छन्, होटलमा मेरो मात्रै होइन यहाँ सबै कर्मचारीको मनोवल उच्च छ। उनले भने, व्यापार छैन्, सामान छैन्, यो भएन, त्यो भएन भनेर भन्न थाल्नुभयो तपाई अझ बढी डिप्रेस हुन थाल्नुहुन्छ। 
 
त्यसैले जस्तो परिस्थितिमा पनि तपाईं मोटिभेट हुनुपर्छ। तपाईंलाई साथीहरु आएर भन्छन्, इन्धन कम छ, म भन्छु, लक्ष्य उच्च बनाउनुहोस्। साथीहरु आएर भन्छन्, हामीसँग ग्यास कम छ, म भन्छु, विकल्पहरु प्रयोग गरौं र होटलका ग्राहकलाई नयाँ एक्सपेरियन्स दिउँ। र यसका लागि 'लेट्स वर्क बेटर टुगेदर'।
 

त्यसैगरी सोल्टीले आफ्नो साझेदार नेपाल एयरलाइन्ससँग मिलेर उसको डेस्टिनेशनमा मार्केटिङ गर्यो। त्यसैगरी अर्को साझेदार क्यासिनो माजोङसँग मिलेर पनि सोल्टीले ज्वाइन्ट मार्केटिङ गर्यो। व्लकेडका कारण सबै एयरलाइन्सले उडान स्थगित गरेका थिए। चाइना साउदर्नले उडान रोक्यो। तर सोल्टीले चाइना टुरिजम अथोरिटीसँग मिलेर चीनमा संयुक्त प्रवर्द्धन गर्यो। 
 
उनीहरुका लागि नेपालमा फ्याम टुरहरु आयोजना गर्यो। उप्पल भन्छन्, त्यो पाइपलाइनबाट धेरै बिजनेश जनेरेट नभए पनि म्यासेज दिने प्रयास भयो। सोल्टीले भारत र चीनबाहेक बंगलादेशमा पनि मार्केटिङ गर्यो। 

बंगलादेशीहरु क्विक होलिडेका लागि धेरै पटक हङकङ मलेसिया बैंकक र सिंगापुर पुगेका जाने गरेका छन्। उनीहरुका लागि त्यो परम्परागत होलिडे मार्केट हो। उप्पल भन्छन्, त्यसपछि हामीले उनीहरुलाई आकार्षित गर्ने प्रयास गर्यौं। सोल्टी ढाका ट्राभल मार्टमा सहभागी भयो। त्यसैगरी उसले आफ्ना राम्रो सम्वन्ध भएका ठूला ट्राभल अपरेटरसँग मिलेर ज्वाइनट मार्केटिङ गर्यो। यी सबै एक्टिभिटीले सोल्टीलाई व्यापार बढाउन मद्दत गर्यो। 
 
त्यसबाहेक सोल्टीको सबैभन्दा ठूलो स्ट्रेन्थ आइएचजी हो। साउथ इस्ट एशियामा आएचजीको ३९ वटा होटलहरु छन् भने पूरै विश्वमा यसले पाँच हजार होटलको व्यवस्थापन गर्छ। सबैसँग आफ्नै मार्केटिङ टीम छ, सोल्टीले ती पाँच हजार सेल्स टिममार्फत पनि आफ्नो मार्केटिङ गर्यो।
 
आइएचजीको आफ्नै रिवार्ड क्लव मेम्वरहरु छन्। आइएचजीले आफ्ना मेम्वरलाई दिने अफरमा सोल्टी पनि पर्यो। उप्पल भन्छन्, आएचजीको यो मेहनतले सोल्टीको प्रोपर्टीलाई रिपोजसिनिङ गर्यो। 
 
भारतमा गतवर्ष धेरै नै गर्मी भयो। यस्तो बेला अचानक धेरै पर्यटक सोल्टीमा आइपुगे। सोल्टीमा आइपुग्ने कतिपय पर्यटकले त होटल बुकिङ समेत गरेका थिएनन्।  उनीहरुसँग नेपाल आउने कुनै पनि प्लान थिएन। तर गर्मी छल्न आएका उनीहरुको यो अवसरलाई होटल सोल्टीले समात्यो। 
 
छानिएका ट्राभल पार्टनरसँग मिलेर सोल्टीले स्पेशल प्राइस क्याम्पेन पनि गर्यो। त्यही आधारमा सोल्टीले फूड, वेभरेज र रुम रेटहरु तयार गर्यो। सोल्टीले थुप्रै फूड फेस्टिभलहरु गर्यो। यस्ता सर्ट टर्म कन्ट्रयाक्टले सोल्टीलाई राम्रै बिजनेश पनि दियो। उप्पल भन्छन्, हामीले होटलमा हुने गेमका धेरै नियमहरु यसपटक परिवर्तन गर्यौं। 
 
सोल्टीले बिजनेश बढाउन चितवनमा बाराही जंगल लजसँग टाइअप गर्यो। नगरकोटमा कन्ट्रीटचसँग। हामी हाम्रा गेष्ट त्यहाँ पठाउँथ्यौं, उनीहरु आफ्ना गेष्ट हामीलाई, उप्पल भन्छन्, आखिर आवश्यकता नै 'मर्दर अफ अल इनोभेसन' हो। 
 
०००
 
भुकम्प र नाकावन्दीलाई पार लगाएपछि सोल्टी होटलका जिएम उप्पलको मनोवल उच्च बनेको छ। उनी भन्छन्, होटलमा मेरो मात्रै होइन यहाँ सबै कर्मचारीको मनोवल उच्च छ। उनले भने, व्यापार छैन्, सामान छैन्, यो भएन, त्यो भएन भनेर भन्न थाल्नुभयो तपाई अझ बढी डिप्रेस हुन थाल्नुहुन्छ। 
 
त्यसैले जस्तो परिस्थितिमा पनि तपाईं मोटिभेट हुनुपर्छ। तपाईंलाई साथीहरु आएर भन्छन्, इन्धन कम छ, म भन्छु, लक्ष्य उच्च बनाउनुहोस्। साथीहरु आएर भन्छन्, हामीसँग ग्यास कम छ, म भन्छु, विकल्पहरु प्रयोग गरौं र होटलका ग्राहकलाई नयाँ एक्सपेरियन्स दिउँ। र यसका लागि 'लेट्स वर्क बेटर टुगेदर'।
 
तपाईंले थाहा छ, त्यो बाटो जाँदा जोखिम छ। तर जोखिम छ भनेर तपाईं अघि बढ्न त रोकिनुहुन्न। यस्तो बेला जोखिमलाई बाँड्नुपर्छ। र त्यसका लागि मुल मन्त्र हो, यदी तपाईले केही गर्नहुन्न भने केही पनि प्राप्त गर्नुहुन्न। 
 
आखिर म पनि कुनै जादुगर होइन, म त जेनरल म्यानेजर मात्रै हो। त्यसको अर्थ हो म हेड अफ द टिम। यदी हामीले राम्रो काम गरेका छौं भने यो क्रेडिट मेरा म्यानेजर, मेरा कर्मचारी र मेरा वर्कर लिडरलाई जान्छ।
 
०००

हामीले वितेको डेढ वर्षमा हाम्रो सेवा र सुविधालाई स्तरोन्नती गरेका छौं। नयाँ ठाउँमा लगानी थपेका छौं। हाम्रो व्यापार पनि बढेको छ। आम्दानी पनि बढेको छ। तर त्यसबाट म अझै सन्तुष्ट भने छैन्। किनकि हामी सन् २०१४ को अकुपेन्सी लेभलमा मात्रै पुगौं भन्दा पनि अझै ३० देखि ३५ प्रतिशतसम्म अक्युपेन्सी बढाउने सम्भावना छ। त्यो अकुपेन्सीको अर्थ हो अझ बढी रुम रेट। यसबाट हामीले अझ बढी आम्दानी बढाउन सक्छौं। अझ बढी मुनाफा कमाउन सक्छौं।
 
यसका लागि हाम्रो परम्परागत बजारबाट पर्यटक आउन जरुरी छ। नेपाल आउने पर्यटक साहसिक पर्यटनका लागि आउँछ। र त्यसको बजार हो, युरोप। जब युरोपका पर्यटक नेपाल आउँछन्, त्यसपछि औषत पर्यटकको खर्चमा स्केलअप हुन्छ। हामीले अब त्यहाँ बजार प्रवर्द्धन गर्न जरुरी छ। यो वर्ष अगस्टसम्मको पर्यटक आगमन सन्तोषजनक देखिन्छ। त्यो आगमनले यो वर्षको पनि आगामी दिनमा केही उज्जवल सम्भावनाहरु देखाएको छ। 

यो पनि पढ्नुहोस्

]]>
http://bizmandu.com/feed/sunday/-21014.html http://bizmandu.com/content/-21014.html http://bizmandu.com/assets/upload/contentthumb/z4A4dyUDVF7s.JPG
content <![CDATA[दश अर्वको पोर्टफोलियो म्यानेज गर्ने श्रेष्ठ भन्छन्, बजार अनुमान चल्थ्यो भने सबै अर्बपति बन्थे]]> admin Tue, 20 Sep 2016 10:26:55 +0545 नेपालको पुरानो व्यवसायिक घरानामध्ये एक इन्द्रभक्त श्रेष्ठका दुई छोरा छन्, जेठा भारतभक्त श्रेष्ठ कान्छा रविभक्त श्रेष्ठ। कान्छा रविभक्तले भारतीय ज्वाइन्टभेञ्चर युनिलिभरमा साझेदारी गरेका छन्। जुन कम्पनीको सेयर नेपालको स्टक बजारमा सबैभन्दा महँगो मूल्यमा खरिद बिक्री हुन्छ।
 
रविभक्त होटल सोल्टीमा साझेदार छन्। उनले सोल्टी र नेपालका एक मात्रा डलर अर्बपति विनोद चौधरीसँग साझेदारी गरेर चार होटल खोल्दैछन्। होटल समिटमा पनि श्रेष्ठले चौधरीसँग साझेदारी गरेका छन्। त्यसबाहेक कफि चेनदेखि रोग निदान गर्ने ल्याबसम्म उनको लगानी छ। पर्यटक बसदेखि बैंक, इन्सुरेन्स हुँदै रियलस्टेटसम्म दर्जनौं कम्पनीमा रविभक्तको लगानी छ। अर्बौ रुपैयाँको प्रोटफोलियो।
 
तर उनै इन्द्रभक्तका जेठा छोरा भारतभक्तको भने नेपालमा कतै चर्चा हुँदैन्। केही साता अघि पिता इन्द्रभक्तको जन्म जयन्तीमा भेटिएका उनले एक कार्यक्रममा शानदार भाषण दिए। उद्योगी र व्यापारीहरुको ठूलो जमातबीच उनले आफ्ना पिताका विषयमा फरक ढंगले सबैको 'एटेन्सन क्रियट' गरे। आखिर यस्ता दमदार व्याक्ति कहाँ छन्? 
 


पहिले इन्जिनियरिङ
जतिवेला म अमेरिका जाँदै थिएँ, त्यतिवेला नै हाम्रो बिजनेस ठूलो भै सकेको थियो। बिजनेस हाउसको जेठो छोरा अमेरिका जाने भनेपछि धेरैले मेरो बुबा इन्द्रभक्त श्रेष्ठलाई सम्झाए पनि। बुबाको भित्री चाहना पनि छोराले बिजनेश हेरोस भन्ने थियो।
 
तर मैले पढ्न जान्छु भनेर जिद्दी गरें। उहाँ कन्भिन्स हुनुभयो, कसैका कुरा सुन्नु भएन्। म अमेरिका पुगेर इन्जिनियरिङ पढें। युनिभर्सिटी अफ डेट्रोइट मर्सिबाट सन् १९६९ मा सिभिल इन्जिनियरिङमा बिएस गरें। पछि १९७१ मा एमआईटिबाट सिभिल इन्जिनियरिङमा एमएस गरें।
 
त्यसपछि नेपाल फर्किएँ। फेरी पनि बुबाको चाहना थियो छोराले बिजनेस सम्हालोस्। तर मलाई बिजनेशमा चाहना भएन। मैले जागिर गर्ने निर्णय गरें र इन्जिनियरका रुपमा सडक विभाग ज्वाइन गरें।
 
सडक विभागमा दुई महिना काम गरें। थापाथलीमा राम भण्डार नजिक कार्यालय थियो। अमेरिकामा पढेर आएको युवा उमेर काम गर्ने जोश थियो। तर दुई महिनामा एउटा पनि खास काम पाइएन्। कार्यालय गयो, घाम ताप्यो फेरी राम भण्डारमा पुगेर चिया चना खायो।
 
काममा 'हार्डवर्क' नभएपछि मलाई जागिरदेखि दिक्दारी लाग्यो। मैले फेरी अमेरिका जाने निर्णय गरें। त्यसपछि कोलोम्बिया युनिभर्सिटीमा व्यवस्थापनमा ज्वाइन गरें। सन् १९७४ मा एमबिए गरेपछि मेरो जीवनले युटर्न लियो।
 
फेरी पनि पछुतो छैन्
दोस्रो पटक अमेरिका जाने निर्णय सुनाउँदा बुबाको फेरी पनि भित्री चाहना छोरो नेपालमै बसोस् भन्ने थियो। उहाँका साथीभाईहरुले पनि अमेरिका नपठाउन सुझाव दिएका थिए। तर यसपटक पनि बुबाले मलाई सहजै अमेरिका जाने अवसर दिनुभयो। मेरो बाबु मात्रै होइन कसैका बाबुका लागि उसको छोरा देश फर्किएर आए हुन्थ्यो, भन्ने हुन्छ। तर मलाई अमेरिकाको हावापानी लाग्यो।
 
आज अमेरिका पुगेको ५२ वर्ष पुग्यो। मैले बुवालाई उतै सेटल हुने निर्णय दिएँ, त्यसमा पनि बुबा ओके हुनुहुन्थ्यो। म आज फर्किएर सोंच्चु मेरो बुबा 'अमेजिङ' हुनुहुन्थ्यो। मेरा बच्चाहरु पनि त्यहिं जन्मिए। उनीहरुले राम्रो गरेका पनि छन्। 
 
 
नेपालमा म एक्लो छोरो भएको भए परिवारका लागि डिजास्टर हुन्थ्यो। हामी दुई भाई थियौं। धेरैको धेरै विचार हुन सक्छ। तर मेरो बिचारमा रविले नेपालमा धेरै राम्रो काम गरेका छन्। उनीमाथि म गर्व गर्छु, धेरै धेरै खुशी।
 
 
कहिले काहिं मनमा प्रश्न उठ्दैन नेपाल नछाडेको भए...
मलाई मेरो मनले होइन, यो प्रश्न शुभचिन्तकले सोध्छन्। त्यसपछि म जवाफ खोज्छु। यदी मैले अमेरिकामा आज पनि संघर्ष गरिरहेको हुने थिएँ, भने कुरा फरक हुन सक्थ्यो। तर तपाईंलाई सही भन्छु। मेरो मनमा यो प्रश्न उठ्दै उठ्दैन्, नट रियल्ली। 
 
नेपालमा हाम्रो व्यवसायिक घराना धेरै सफल भएको छ। म यहाँ भएको भए, फिस आउट अफ वाटर पनि हुन सक्थें। 
 
एमआइटीबाट इन्जिनियर गरिसकेपछि लाग्यो, इन्जिनियर चलाउने व्यवस्थापनले हो। कोलोम्बियाबाट एमबिए गरेपछि मैले एक्जोन मोविल कर्पोरेशनमा काम गरें। विश्वको सबैभन्दा ठूलो कर्पोरेशनमा काम जीवनका लागि एउटा राम्रो र ठूलो अनुभव। 
 
व्यक्तिको फरक सोंच हुन सक्छ। तर मलाई त्यही जागिरले खुशी दियो। सबै कुरा लगेर सम्पत्ती सिर्जनामा जोड्नु हुँदैन्। सम्पत्ती सिर्जना भए खुशी हुने, जीवनलाई सार्थक मान्ने दृष्टिकोण मात्रै राख्नु हुँदैन्। मलाई मेरो बुबा भन्नुहुन्थ्यो तिमी जसरी खुशी हुन सक्छौ, त्यसरी काम गर। तिमी त्यहाँ रहेर नै खुशी बन।
 
विनोद चौधरी, मभन्दा युवा छन्, उनी मलाई ह्युस्टनमा भेट्न आउँछन्। म उनका लागि पनि खुशी छु। 
 
 
चिन्ता नेपालको लाग्छ नै
नेपालको विषयमा मैले धेरै बोलिहाल्नु त्यति उचित होइन्। तर नेपालको अवस्था देखेपछि मनले मान्दैन पनि। सडक विभागमा दुई महिनाको मेरो त्यो अनुभव अहिले पनि उस्तै लाग्छ, नेपालमा धेरै गफ हुन्छ काम कम।
 
मेरो अमेरिकाको अनुभवले के भन्छ भने जब प्राइभेट संस्थालाई सरकारले प्राथमिकता दिन्छ तव मात्रै देशले सफलता प्राप्त गर्ने हो। त्यसो हुँदा नेपालमा धेरै रोजगारीको  सिर्जना पनि हुन्छ।
 
एक जना २० वर्षको भारतीय युवा होला, सिएनएनमा भन्दै थियो, म अमेरिकामा किन छु भने मलाई बिजनेस गर्न मन लाग्यो भने म आज फर्म भर्छु, भोलीदेखि बिजनेशमा हुन्छु। भारतमा हुनुहुन्छ भने लाइसेन्स लिनुपर्यो, प्रक्रिया पुर्याउँदा पुर्याउँदा कयौं महिना वितिसक्छ। भारतमा जे अवस्था छ, नेपालमा पनि त्यही हो। 
 
मैले रविलाई पनि भन्छु, तिमीहरुको त प्रधानमन्त्री, देशका ठूला ठूला नेतासँग भेट भैरहेको हुन्छ। उनीहरुलाई भन न देश विकास गर्ने हो भने धेरै कुरा प्राइभेटाइज गर्नुपर्छ भनेर। सरकारले बिजनेश पिपुललाई भ्यालु गर्नुपर्छ भनेर। बिजनेस पिपुललाई जबदेखि भ्यालु हुन्छ, त्यसपछि रोजगारीको सिर्जना हुन्छ। इकोनोमिक प्रोग्रेस हुन्छ।
 
 
बिजनेसमा इन्ट्रेष्ट
इन्जिनियरलाई काम गर्न बिजनेशम्यानले हायरिङ गर्छन। उनीहरुले नै ठूला डिसिजन लिन्छन। इन्जिनियरिङ पढेर त्यो चेत खुलेपछि मैले बिजनेश पढें। पछि मलाई इन्जिनियरिङ भन्दा फाइनान्समा बढी रुची पनि भयो। 
 
त्यसपछि म फाइनान्सको दुनियाँमा प्रवेश गरें। मलाई फाइनान्स, इन्भेष्टमेन्ट र स्टक मार्केटले आकार्षित गर्यो। २००९ मा एक्सोन मोविलबाट रिटार्यड भएँ। त्यसपछि फाइनान्सियल मार्केटका विषयमा अलि बढि रिसर्च गर्न थालें। साथी अल्फ्रेड मार्स सान्डर्ससँग मिलेर भ्यालुड रिटायर्डमेन्ट कम्पनी स्थापन गरेका छौं। 
 
यो कम्पनीले अवकाश प्राप्त व्याक्तिहरुको १० करोड डलर(दश अर्व रुपैयाँ)को फण्ड म्यानेज गर्छ। हामीले म्यानेज गर्ने फण्ड रिटायर्डहरुले अवकासपछिको जीवन धान्ने पैसा हो। त्यसैले यो फण्ड चलाउँदा हामी बढी सचेत हुनुपर्छ।
 
 
त्यसो भए त सबै अर्बपति बन्थे
हामीसँग भएको फण्ड हामीले स्टक, म्युचुअल फण्ड र रियलस्टेट इन्भेष्टमेन्ट ट्रष्टमा लगानी गर्छौं। लगानीका लागि हामी सबै लगानीकर्तासँग व्याक्तिगत रुपमा कुराकानी गर्छौं। उनीहरुको जोखिम धान्ने क्षमता कति छ त्यो हेर्छौं। 
 
हामीलाई लगानी गर्ने केहीको जोखिम बहन गर्ने क्षमता बढी हुन्छ। उनीहरुको पैसा लगानीका लागि हामीले स्टकमा ध्यान दिन्छौं। किनभने स्टकको अप एण्ड डाउनले उनीहरुलाई कुनै फरक पर्दैन्।
 
केहीको जोखिम बहन गर्ने क्षमता ज्यादै न्युन हुन्छ। उनीहरुको लगानी हामी युएसको ट्रेजरी बोन्डसमा लगानी गर्छौं। यहाँ गरिएको पैसा कहिल्यै पनि गुम्दैन्। सेयर बजार तल माथि भए पनि लामो समयमा सबैभन्दा राम्रो रिर्टन स्टक मार्केटले नै दिन्छ। अमेरिकामा व्याज एक प्रतिशतभन्दा पनि तल छ। बैंकमा पैसा राख्नुको अर्थ हो पैसा गुमाउनु। अमेरिकामा त्यो अझ बढी जोखिमपूर्ण छ।
 
 
हामीसँग भएको फण्डको एसेट एलेकोशन मोर्डरेट छ। हामी ५० देखि ६० प्रतिशत मुयचुअल फण्डको इक्वीटीमा लगानी गर्छौं। १० प्रतिशत बोन्डमा, त्यस्तै दश प्रतिशत रियलस्टेट इन्भेष्टमेन्टमा र बाँकी सुन जस्ता उपकरणमा। यस्तोमा एउटा तल जाँदा अर्को माथि जान्छ। यसले सन्तुलन पनि बनाउँछ।
 
योङमा लिनुस रिस्क
फण्ड म्यानेजमेन्टमा कोही योङले लगानी गरेको छ भने उसको लामो समयको होराइजन हुन्छ। उसले जोखिम पनि लिन सक्छ। उनीहरुका लागि हामीले बायोटेक्नोलोजीका स्टक किन्दिन्छौं। जहाँ धेरै सम्भावनाहरु हुन्छ। 
 
यदी त्यसभन्दा माथिको जोखिम उठाउने हो भने त्यो जुवा हो। त्यसका लागि लसभेगास छँदैछ। स्टक मार्कटको सुत्र हो, तपाई जति लामो समय बजारमा टिक्न सक्नुहुन्छ। तपाई त्यति धेरै नै पैसा कमाउनुहुन्छ। तर यो बजारमा सबैले भविष्य अनुमान गर्न सक्दैन्। अनुमान गर्न सक्थे भने, आज सबै जना अर्वपति हुन्थे।
 
 
तर सेयर म्याजिक होइन्
नेपालको बजारका विषयमा मलाई त्यति थाहा छैन्। तर अमेरिका बसे पनि हामी भारतको सेयर बजार भने हेर्छौं। जहाँ जे भए पनि बजार कसरी जान्छ, थाहा हुँदैन्। अमेरिकाको कुरा गर्दा अर्थतन्त्र कता जाँदैछ र त्यसले स्टक मार्केटलाई कसरी प्रभाव पार्छ भन्ने बुझ्न जरुरी हुन्छ। त्यसैगरी फेडरल रिजर्भले व्याजदर कसरी तय गर्छ त्यसले पनि असर पार्छ। 
 
हामी संधै क्लाइन्टलाई भन्छौं, धैर्य गर्नुस र लामो समयको प्रतिक्षा। बजारमा संधै अप्स एण्ड डाउन हुन्छ। तल झर्दा प्यानिक हुन जरुरी छैन्। तल झर्छ भन्नुको अर्थ हो त्यो फेरी माथि पनि जान्छ। 
 
जब मुनाफा हुन्छ। तब त्यसलाई रिव्यालेन्स गर्नुस। मुनाफाबाट आफ्नो भाग लिनुहोस्। स्टक बजारमा डन्ट बि ग्रीडी। आखिरमा स्लो एण्ड स्टडी विन्स द रेस। किनकि सेयर बजार म्याजिक होइन्।
]]>
http://bizmandu.com/feed/sunday/-20639.html http://bizmandu.com/content/-20639.html http://bizmandu.com/assets/upload/contentthumb/zDgzalcpYVam.jpg
content <![CDATA[सिप्रदीका 'योङ्गेष्ट जिएम' प्रविण, १३ बर्षमा १२ बढुवा, जसलाई डेपुटी जोडिने पदमा बस्न परेन]]> admin Thu, 15 Sep 2016 10:27:48 +0545 काठमाडौं। १२ बर्ष अघि, जति बेला काठमाडौँबाट दक्षिणकाली, सिस्नेरी हुँदै हेटौँडा जाने बाटो खुलेको त थियो तर निजी गाडी मात्र गुड्थे। बीचमा कुलेखानी जलविद्युत आयोजना पर्ने हुँदा त्यो बाटो भएर गुड्नेले नेपाल विद्युत प्राधिकरणबाट अनुमति लिनु पर्थ्यो।
 
प्रविण खतिवडाले विरगञ्जस्थित सिप्रदी कार्यालयमा भर्खरै जागिर पाएका थिए। स्थानिय ठाकुरराम बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर सकेपछि जुनियर असिष्टेन्टका रुपमा उनी सिप्रदी छिरेका थिए। 


उनको जिम्मेवारी थियो प्यासेन्जरमा भेहिकल सेग्मेन्टका कार एवं जिप बिक्री गर्नु। जुन नेपालमा मात्र होइन भारतमा समेत त्यतिवेला टाटाको सबैभन्दा मुस्किलको व्यापार थियो।
 
टाटाले बस र ट्रकको बजारमा एकछत्र राज गरेपनि प्यासेन्जर कारमा धेरै छनौट थिएनन्। प्यासेन्जर भेहिकल सेग्मेन्टमा इन्डिका र सुमो स्पेसियो गोल्ड गरि दुई मोडल थिए। तर बिक्री खास उत्साहजनक थिएन। 
 
त्यसैले प्रविणले सिप्रदी जोइन गर्दा प्यासेन्जर भेहिकलमा जम्मा सात जनाको टीम थियो। इन्डिका र सुमो गरि बार्षिक १५० वटा गाडी बिक्री गर्न मुस्किल थियो। सिप्रदी भित्रै पनि प्यासेन्जर कारलाई घाटा खाने सेग्मेन्टको रुपमा बुझिन्थ्यो। 
 
सुरु सुरुमा त उनलाई पनि 'बस ट्रकपट्टि लागेको भए राम्रै हुने रहेछ भन्ने लाग्यो।  फेरी उनलाई लाग्यो, 'सजिलो काम त जसले पनि गरिहाल्छ, परीक्षा त कठिन विषय र काममा नै दिनुपर्छ।
 
प्रविणको दिमागमा एउटा आइडिया फुर्यो, हेटौँडाबाट यात्रुलाई सेवा दिने गरि भिमफेदी, सिस्नेरी, दक्षिणकाली हुँदै सुमो चलाउने। हेटौँडाका व्यवसायीलाई कन्भिन्स गरेर त्यो रुटमा सुमो हाल्न लगाउन उनी कस्सिए ।
 
वीरगञ्जबाट बिहान सात बजे हेटौँडा हिँडेर बेलुकी अवेरसम्म त्यहाँका यातायात व्यवसायीलाई हेटौँडा-काठमाडौं सुमो चलाउन कन्भिन्स गर्न थाले। कुलेखानीमा आफैं गए 'हामी यो बाटोमा सुमो चलाउन चाहन्छौँ' भन्दै। कुलेखानीका कर्मचारी पनि स्थानीय राहत पाउँछन भन्दै त्यसको स्वागत गरे।
 
त्यति गर्दा पनि उनले व्यवसायीक दृष्टिले सुमो चलाउँछु भन्ने फेला पार्न सकेका थिएनन्। यत्तिकैमा एक दिन हेटौडाका फास्ट फर्वाड व्यापारी किरण कट्वाललाई प्रस्ताव गरे। ट्रक व्यवसायी कटवाल हिम्मतिला व्यवसायी थिए, नयाँ काम गर्न रमाइलो मान्थे। सिप्रदीमा एकै पटकमा १५/२० वटासम्म ट्रक बुक गर्थे उनी। 


प्रविणको प्रस्ताव पछि उनले आफैले सुमो स्पेसियो गोल्ड चलाएर हेर्ने निर्णय गरे। तीन हजार सिसीको यो गाडीको पिकअप साँच्चै राम्रो थियो। प्रवीण र कटवाल हेटौडाबाट कुलेखानीको बाटो भएर टेष्ट ड्राइभमा काठमाडौं आए। कटवाललाई प्रवीणको प्रस्ताव मन पर्यो। उनले भने तर, तत्काल पैसा छैन मलाई गाडी त उधारो चाहिन्छ। 
 
गाडी नविकेर आजित प्रविणले तीन महिनाका लागि उधारो दिने प्रस्ताव गरे। किरणले पहिलो महिनानै एउटा गाडीबाट एक लाख तीस हजार र अर्कोबाट एक लाख १० हजार कमाए। पहिलेको तुलनामा छिटो काठमाडौँ पुग्ने, बस्न सजिलो र थोरै जनाले भरिने भएपछि सुमो चढ्नेको ताँती नै लाग्यो। त्यसपछि कमाईको हल्ला। दोस्रो महिना प्रवीणले २२ वटा सुमो बुकिङ लिए। 
 
वास्तवमा यी दुई सुमोको बिक्री टाटाको प्यासेन्ज भेहिकल र प्रविणको करियर दुबैमा साँच्चिकै टर्निङ पोइन्ट बन्न पुग्यो। त्यसयता प्रविणले आफ्नो जिन्दगीमा व्याक गियर लगाउनु परेको छैन्, सुमोले सिप्रदीको प्यासेन्जर भेहिकल युनिटलाई मुनाफाको बाटो देखाएको छ। 
 
सुमो अहिले आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री भएको प्यासेन्जर गाडी बन्न पुगेको छ। टाटा मोटर्सले आधिकारीक सर्भे पश्चात यो घोषणा गरेको हो। देशभर अहिले सात हजार सुमो बिक्री भइसकेको प्रविण सुनाउँछन्।
 
कम्पनी र आफु दुबैको फड्को
जसरी सुमोले फड्को मार्यो त्यसरि नै प्रविण पनि ३७ बर्षको युवा उमेरमा सिप्रदीको महाप्रबन्धक बन्न पुगेका छन्। १३ बर्ष अघि सन् २००३ मा जुनियर असिष्टेन्टबाट छिरेका उनी अहिले बार्षिक ३५ अर्बको कारोबार गर्ने सिप्रदीको एक हिस्सा बनेका छन्। उनको तत्कालको जिम्मेवारी प्यासेन्जर भेहिकलको बजार हिस्सा थप सबल बनाउँदै लैजानु हो।
 
हेटौँडा बल्खु रुटमा चल्न थाले पछि सुमो बुकिङ मासिक २५/३० वटा सामान्य हुन थाल्यो। अहिले त्यो संख्या महिनाको एक सय ५० भन्दा बढी पुगेको छ। देशमा कुनै सडक छैन जहाँ टाटा सुमो नगुडेको होस्। बिपी राजमार्गमा मात्र आठ सय वटा सुमो गुड्छन्। 
 
सुमो र आफ्नो दुबै सफलताको पछाडीको मुख्य कारण सिप्रदीको स्वतन्त्रता पूर्वक कर्मचारीलाई काम गर्न दिने वातावरणलाई देख्छन् उनी। नौ बर्ष अघि वीरगञ्जबाट काठमाडौँ बोलाएर सिप्रदीले प्यासेन्जर भेहिकल बिक्रीका लागि उनलाई टिम बनाउन स्वतन्त्र छाडिदियो। 


यसको जस उनी कम्पनीका तात्कालिन सिइओ शम्भु दाहाललाई दिन्छन्। उनले देशका बिभिन्नमा भेगमा राम्रो 'पर्फर्मेन्स' गरि रहेका स्टाफलाई आफ्नो टिममा राखे। दृढता पुर्वक अघि बढे। नभन्दै तीन बर्ष भित्र प्यासेन्जर कार सेग्मेन्ट नाफामा गयो।  
 
यो १३ बर्षमा प्रविणले १२ पटक बढुवा खाए। तीन पटक त डबल बढुवा भए। भर्खरै जनरल म्यानेजर हुँदा समेत उनको एकै पटक दुई तह माथि बढुवा भएको हो। यस अघि उनी सिनियर म्यानेजर थिए। एसिष्टेन्ट र डेपुटी जनरल म्यानेजर नभइ उनी सिधै फड्किएर जिएम बनेका हुन्। यसपटक मात्र होइन, संयोग नै कस्तो छ भने सिप्रदीमा उनको नाम अघि अहिलेसम्म डेपुटी जोडिएको छैन। 
 
वीरगञ्जमा सरकारी स्कुलबाट एसएलसी र सरकारी क्यापस नै पढेर आएका अहिले उनी सिप्रदीमा सबै भन्दा कान्छो उमेरको महाप्रबन्धक भएका छन्। कम्पनीले काम गरे अनुसारको प्रतिफल पनि दिने उनी सुनाउँछन्। 
 
अब युवा रोगजारीका लागि पहल
नेतृत्वकर्ता पदमा पुगेसँगै अब उनले टाटा सुमोलाई आम युवाको रोजगारीसँग जोड्ने उपाय पनि सुरु गरेका छन्। 'सुमो स्वरोजगार योजना' नाम दिएको उक्त कार्यक्रम देशका ग्रामिण भेगसम्म पुर्याएर युवालाई स्वदेशमा काम गर्न प्रेरित गर्ने उनको लक्ष्य छ।
 
कार्यक्रम अनुसार हाट लागेको दिन कुनै ग्रामिण बजारमा टाटाको ट्रक पुग्छ। ट्रकको बडीको रुपमा रहेको चार तिरको बार खोलिदिएपछि त्यहाँ स्टेज बन्छ। जहाँ हास्य कलाकार जितु नेपाल लगायतका कलाकारले प्रस्तुति दिन्छन्। कार्यक्रमको मूल ध्येय विदेश जाने युवालाई स्वदेशमै बस्न आग्रह गर्नु रहेको छ। त्यसका लागि सुमोले रोजगारी दिने आश्वस्त पारिन्छ।
 
कम्पनीले सुमो किन्दा फाइनान्सिङलाई सघाउँछ। किस्ता तिर्दा समेत मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आय हुने उपाय बताइदिन्छ। रुट पर्मिट दिलाउन देखि ड्राइभिङ लाइसेन्सका लागि आफ्नै स्कुलमा कम्पनीले नै पढाइदिने वचन दिन्छ। 
 
अहिलेसम्म ओखलढुङ्गाको पातले लगायत तीन ठाउँमा यस्तो कार्यक्रम भइ सकेको छ। त्यो कार्यक्रमको प्रभाव स्वरुप १० बटा सुमो बुक भएको प्रविण सुनाउँछन्। 
 
कार्यक्रमको असर गाउँमात्र होइन विदेशसम्म पुगेको छ। विदेशमा काम गरिरहेका युवाले त्यतैबाट फोन गरेर समेत यो कार्यक्रमको बारेमा चासो राखेको उनले बताए। नेपालमा भएका परिवारले सुमो स्वरोजगारको योजना सुनाएपछि उनीहरुले उत्साहित भएर फोन गरेका हुन्। त्यहि भएर अब धेरै नेपाली रहेका दोहा, अवुधावी लगायत स्थानमा समेत यो कार्यक्रम लिएर जाने र सकेसम्म देशभित्र युवालाई आत्म निर्भर बनाउन लागि गर्ने उनी सुनाउँछन्।
 
नयाँ क्लिकको खोजी
१२ बर्ष अघि हेटौँडा बल्खु सडकमा दुई वटा सुमो हालेर आफ्नो र कम्पनी दुबैको लाइफमा क्लिक गरे जस्तै अहिले उनी नयाँ मौकाको खोजिमा छन्। त्यो हो टाटाले पछिल्लो समय उत्पादन गरेका सेडान र ह्याचब्याक सेग्मेन्टका कारको बजार विस्तार। 
 
त्यसैको एउटा प्रयास स्वरुप अहिले जेम्स स्कुलमा टाटाको टेष्ट ड्राइभ चलि रहेको छ। जहाँ कोही आएर टेष्ट ड्राइभ गरेमा सिप्रदीले प्रति व्यक्ति पाँच सय रुपैयाँ कुनै ग्रामिण स्कुलको सहयोगका लागि प्रदान गर्छ। 
 
यो कार्यक्रम गर्नुका पछाडी मुलत दुईवटा उद्येश्य छन्। एक ग्रामिण क्षेत्रका बालबालीकाको शिक्षामा सघाउनु। अर्को चाहिँ टाटाको प्यासेन्जर कार प्रतिको भ्रम हटाउनु। बस र ट्रक लोकप्रिय भए पनि प्यासेन्जर कारमा टाटालाई जम्न अझै मुस्किल परि रहेको छ। टाटाको कार पनि राम्रो छ भनेर आफ्नो भ्रम तोडुन् भनेर कार्यक्रम सुरु गरेको उनी बताउँछन्। 
 
'टेष्ट ड्राइभ गरेर कार किनीहालुन् भन्ने चाहना हाम्रो होइन, उनी भन्छन्- एक गाउँका बालबालीकालाई पढ्न सजिलो होस् र अर्को टाटाको प्यासेन्जर सेग्मेन्टका गाडीका विषयमा जुन सोंच छ त्यो हटाउने प्रयास हो, उनले भने।' टेष्ट ड्राइभ तीन महिना चल्ने जानकारी उनले दिए। 
 
टाटाले पछिल्लो समय ल्याएको जेष्ट, बोल्ट र टियागोलाई अहिले प्रवर्धन गर्दै आएको छ। यी कारले बिस्तारै बजार पनि लिन थालेको उनी सुनाउँछन्। अहिले मासिक एक सय वटा कार बिक्री हुन थालेको उनी बताउँछन्। 
 
'त्यसमा ६० प्रतिशत सेल्स राजधानी बाहिर रहेको छ, उनी भन्छन् -हालै मात्र नारायणगढमा १९ र धरानमा २२ वटा बुक भएका छन्।' शहरमा भन्दा हाइवेमा डिजेल कार बढी मन पराउने उनको अनुभव छ। राजधानी बाहिरको मागलाई सम्मान गर्दै देशभर १८ वटा सर्भिस सेन्टर बनाएको उनी बताउँछन्। 
देशको जुन भेगमा पुग्दा पनि मर्मत गर्न पाउने सुविधाका कारण पनि टाटाका प्यासेन्जर कारको बजार क्लिक हुने चरणमा नै रहेको उनको विश्वास छ। नयाँ आउन लागेको मोडल नेक्सनले यसलाई नयाँ उचाइ दिनेमा उनी ढुक्क छन्।
 
]]>
http://bizmandu.com/feed/sunday/-20519.html http://bizmandu.com/content/-20519.html http://bizmandu.com/assets/upload/contentthumb/LCnT3FjYlNMe.jpg
content <![CDATA[विल गेट्सलाई उछिन्दै दुई दिनका लागि विश्वकै सर्वाधिक धनाढ्य बने यी कपडा व्यवसायी ]]> admin Sun, 11 Sep 2016 15:55:15 +0545 विश्वका धनाढ्यको कुरा हुँदा विल गेट्स पछि धेरैले तुरुन्त सम्झिने नाम हो वारेन वफेट। त्यसपछी कार्लोस स्लिम हेलु हुँदै उदाउँदा धनाढ्य मार्कजुगर वर्ग धेरैको जिब्रोमा सजिलै आउँछन्।
 
यो सूचीको अग्र भागमानै रहेको एक बृद्ध भने खासै 'नोटिस' हुँदैनन्। उनी हुन् एमान्सिओ ओर्टेगा। यी स्पेनिस विश्व धनाढ्यको सूचीमा दोस्रो र युरोपको सबैभन्दा धनी ब्यक्ति हुन्। 
उनी छायाँमा छन् किनभने माइक्रोसफ्ट,  फेसवुक या एप्पल जस्ता आईटी कम्पनी चलाउँदैनन्। वफेट जस्तो सेयर बजार बादशाह पनि होइनन्। अर्कोतिर उनी आफैं पनि 'लो प्रोफाइल लाइफ' रुचाउँछन्।
 
उनलाई नचिने पनि उनको 'ओनरसिप'मा रहेको ब्राण्ड नरुचाउने भने कमै छन्। अझ युवा युवती माझ विषेश लोकप्रिय छ उनको ब्रान्ड। हो यी बृद्ध विश्व प्रसिद्ध फेसन वेयर जाराका मालिक हुन्। 
 
कपडाको खुद्रा पसल चलाएर विश्व अर्वपतिको सूचीमा अग्रस्थाफन लिएका ओर्टेगा गत बुधबार गेट्सलाई उछिन्दै एक नम्बर धनाढ्य बन्न पुगे। जहाँ उनी दुई दिन सम्म टिक्न सफल भए। बुधबार एकै दिनमा उनको कम्पशनी इन्डिटेक्सको सेयर मूल्य साढे दुई प्रतिशतले जम्पह हान्यो। जसमा उनको फर्च्युन एक अर्ब ७० करोड डलरले पुँजीकृत हुन पुग्यो। 
 
शुक्रबार बिहानसम्म ओर्टेगाले एक नम्बर स्थानमा कब्जा जमाए। त्यो दिन बजार खुल्ने वित्तिकै उनको कम्पनीको सेयर मूल्य दुई दशमलव आठ प्रतिशतले खस्किन पुग्यो। र, उनी फेरि पुरानै दुई नम्बरमा ओर्लिए। 
 
अर्बपतिको सूचिमा पहिलो पटक उनी एक नम्बरमा उक्लिएका होइनन्। सन् २०१५ को अक्टुबरमा समेत उनी केहि घण्टाका लागि सर्बाधिक धनाढ्य बनेका थिए।  
 
भलै यस पटक पनि ओर्टेगा एक नम्बरमा लामो समय टिकेनन्। तर, उनको यहाँ सम्मको यात्रा आफैंमा प्रेरक र रोचक छ।   


 
ओर्टेगा अहिले ८० बर्षका भइ सके। उनले पाँच बर्ष अघि नै इन्डिटेक्सको सिइओबाट राजिनामा दिएका दिए। अहिले उनी संस्थापक र बोर्ड सदस्यको रुपमा कार्यरत छन्। 
 
इन्डिटेक्स अन्तर्गत जारा मात्र होइन पुल एन्ड वियर, म्यास्सिमो डुट्टी, वर्स्का, स्ट्रा डिभानियस, ओइसो, जारा होम र उतर्क्यु ब्रान्ड छन्। जारा त फेसन वेयर भइ हाल्यो। युवा पुस्ताको 'नर्मल वेयर'लाई ध्यान दिएर पुल एन्ड वियर र वर्स्का ब्रान्डिङ गरिएको छ।
 
यो कम्पनीको पछिल्लो बजार मूल्य ७७ अर्ब डलर भन्दा धेरै छ। जसमा ६७ अर्ब डलरको हिस्सा एक्लै ओर्टेगासँग छ। सन् १९६३ मा इन्सिटेक्स स्थापना गरेका उनले सन् १९७५ मा जाराको पहिलो शो रुम खोलेका थिए।


 
बुढ्यौलीले गाँज्दै लगेका ओर्टेगाले घोषणा गरि सकेका छन्; अब उनले आफ्नो सम्पत्ति उत्तराधिकारीलाई हस्तान्तरण गर्नेछन्। र, उनको उत्तराधिकारीको रुपमा रहने छन् उनका छोरीहरु सेन्ड्रा, मार्कोसा र मार्टा। 
 
यी मध्ये कान्छी मार्टाले ओर्टेगालाई नजिकबाट सघाइ रहेकी छिन्। ओर्टेगाको शेखपछि कान्छी छोरीले नै उनको व्यवसाय हाँक्ने धेरैको अपेक्षा छ। 
इन्सिटेक्सको लागि जति दुःख गर्नु पर्ने पिता ओर्टेगाले गरि सकेका छन्। कम्पनीका ब्रान्डहरुको लोकप्रियता निरन्तर उकालो लागि रहेको छ। मार्टाले कम्पनीको लगाम समातेपछी कसरी हाँक्लिने भन्ने त अझै सम्म बाहिर आइ सकेको छैन। तर, कम्पनीको रफ्तार कायम राखिन् भने उनी विश्वको पहिलो एक नम्बर धनाढ्य महिला बन्नबाट रोकिने छैनन्।   
 
]]>
http://bizmandu.com/feed/sunday/-20411.html http://bizmandu.com/content/-20411.html http://bizmandu.com/assets/upload/contentthumb/xpjbl49L8mHv.jpg
content <![CDATA[७५ तस्वीरमा हेर्नुहोस नाडा अटो शोको रौनक]]> admin Wed, 31 Aug 2016 10:16:36 +0545

काठमाडौं । सवारी साधनको कुम्भ मेला नाडा अटो शो काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । नेपालमा सवारी साधनको ब्रान्डिङ र बजार विस्तारका लागि उत्कृष्ट प्लेटफर्मको रुपमा रहेको नाडा अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गरे । 


मेलामा विश्वका विभिन्न मुलुकमा उत्पादन भएका सवारी साधन प्रर्दशनीमा राखिएको छ । मेलामा दुर्इ पाँग्रेदेखि चारपाँग्रेसम्मका सवारी साधन र एसाेसरिज राखिएका छन् । यो मेलाले व्यापारसँगै चाडपर्व अाएको अनुभुति समेत गराउँछ ।



मेलामा विभिन्न सवारी साधनका नेपालका अधिकृत बिक्रेताले सवारी साधन बिक्रीका लागि स्टलमा विशेष लगानी गरेर आर्कषक बनाएका छन् । ती कम्पनीले सवारीसाधन बिक्रीका लागि स्वदेश तथा विदेशका मोडलसम्मलार्इ राखेका छन् ।

















































































































































]]>
http://bizmandu.com/feed/sunday/-20162.html http://bizmandu.com/content/-20162.html http://bizmandu.com/assets/upload/contentthumb/033-IMG_9133.JPG
content <![CDATA[भारतका सबैभन्दा ठूला सेयर खेलाडी भन्छन्, बाइ राइट होल्ड टाइट]]> admin Wed, 31 Aug 2016 09:28:12 +0545 अर्वपतिको सूची सार्वजनिक गर्ने फोब्सका अनुसार भारतका वारेन बुफेट भनेर चिनिने राकेश झुनझुनवालासँग दुई अर्व दश करोड डलर(दुई खर्व २० अर्व रुपैयाँ) बराबरको सम्पत्ती छ।

 
भारतीय पत्रिका इकोनोमिक टाइम्सका अनुसार उनीसँग भएको सम्पत्तीमध्ये सेयरमा मात्रै आठ हजार नौ सय करोड(एक खर्व ४२ अर्व रुपैयाँ) बराबरको छ। अर्थात नेपालको सेयर बजारमा जति सेयर छ, त्यसको कुल मूल्यांकनको १४ भागको एक भाग बराबरको सेयर झुनझुनवालासँग भारतीय सेयर बजारमा एक्लैसँग छ।
 
भारतमा सबैभन्दा ठूला व्याक्तिगत सेयर लगानीकर्ता झुनझुनवालासँग अनुराधा महिन्द्रासँगभन्दा पाँच गुणा बढी सेयर छ। अनुराधान भारतको सेयर बजारमा व्याक्तिगत रुपमा धेरै सेयर हुने सूचोको दोस्रो स्थानमा छन्। त्यसपछि मात्रै राजिभ रतन, आशिष धवन, अनुज अन्ताराई, धारिलाल जेराम ढाकन, रोहितकुमार पिपरिया, सन्दीप धिरजलाल ढाकन, नेमिष एस शाह छन्।
 
फर्व्सकाअनुसार सेयरमै लगानी गरेर झुनझुनवाला भारतको ४२ औं धनी बनेका छन्। उनी विश्वका धनीहरुको सूचीमा ८९४ ‌औं स्थानमा छन्। ५६ वर्षका झुनझुनवालाका छोराछोरी छन्।
 
 
महिला र सेयर बजार दुवै अप्रत्यासित
झुनझुनवाला जसले पछिल्लो सात वर्षमा सेयर बजारमा आफ्नो सम्पत्ती साढे पाँच गुणाले बढाएका छन्। उनीसँग भारतीय सेयर बजारमा आइटि कम्पनी एप्टेक, औषधी कम्पनी अरविन्दो फर्मा, बैंकिङ र फाइनान्सको दिवान हाउजिङ तथा करुर भैष्य बैंकको सबैभन्दा धेरै सेयर छ।
 
प्राइम डाटावेशले तयार गरेको जानकारीअनुसार झुनझुनवालासँग सन् २००९ को जुनमा जम्मा एक हजार छ सय १८ करोड भारु(२५ अर्व ८८ करोड रुपैयाँ)को सेयर थियो। जुन अहिले बढेर एक खर्व ४२ अर्व रुपैयाँ बराबर पुगेको छ।
 
सेयरमा लगानी गर्नका लागि झुनझुनवालाले श्रीमती रेखा झुनझुनवालासँग मिलेर सेयर कारोवार गर्ने कम्पनी खोलेका छन्, रेयर इन्ट्रप्राइजेज। यो कम्पनीको नाम उनले आफ्नो नामको अंग्रेजी अक्षरको दुइवटा अल्फावेट(RA) र श्रीमतीको अंग्रेजीको नामको दुई वटा अल्फावेट(RE)बाट राखेका हुन्।
 
श्रीमतीसँग साझेदारीको फर्मबाट सेयर कारोवार गरे पनि राकेश सेयर बजारलाई महिलासँग तुलना गर्छन्। उनी भन्छन्, महिला र सेयर बजार दुवै अप्त्यासित मात्रै छैनन्, चलायमान पनि छन्। पछिल्लो एक वर्षमा मात्रै राकेशले सेयर बजारबाट दश प्रतिशत सम्पत्ती बढाएका छन्। 
 
पाँच हजारबाट नौ हजार करोडको सम्पत्ती
५ जुलाई १९६० मा जन्मिएका झुनझुनवालाका पिता भारत सरकारको जागिर खान्थे। उनी आयकर विभागका अधिकारी थिए। झुनझुनवालाले सिडेनहम कलेजबाट स्नातक गरेपछि उनी सिए बने। त्यसपछि उनी सिधै भारतको सेयर बजारमा प्रवेश गरे।
 
जतिबेला उनी भारतको सेयर बजारमा छिरे त्यतिवेला उनको उमेर जम्मा २५ वर्ष थियो। सन् १९८५ मा बम्बई झुनझुनवाला स्टक एक्सचेञ्जमा पुग्दा सूचकांक १५० कम्पनी मात्रै सूचिकृत थिए। उनी सेयर बजारमा छिर्दा उनीसँग पाँच हजार भारु मात्रै थियो।
 
उनले पहिलो कारोवार टाटा टीबाट गरे। जसको मूल्य मात्रै ४३ रुपैयाँ थियो। उनले टाटा टिको पाँच हजार कित्ता सेयर तीन महिनापछि १४३ रुपैयाँमा बेचे। यो कारोवारबाट उनले पाँच लाख भारु कमाएका थिए।
 

हरेक घण्टा बिएमडब्लु किन्न सक्छन्

सन् २०१४ को बुलमा झुनझुनवालाले सबैभन्दा धेरै कमाई गरे। यो वर्ष मुम्बई स्टक एक्सचेञ्ज(सेन्सेक्स) छ हजार अंक अर्थात करिव ३१ प्रतिशतले बढ्यो। यो पछिल्लो पाँच वर्षको सबैभन्दा ठूलो बुल थियो। यो बुलले झुनझुनवालाको सम्पत्ती एक खर्व १९ अर्व ७० करोड भारु पुग्यो।
 
बजार ३१ प्रतिशतले वृद्धि हुँदा पनि झुनझुनवालाको प्रोटफोलियो भने ७३ प्रतिशतले बढ्यो। सन् २०१४ मा उनले औषतमा प्रतिसाता ५९ करोड भारु(९५ करोड रुपैयाँ) कमाए। यो उनको कमाइले हरेक एक घण्टामा उनी एउटा मर्सिडिज बेञ्च वा बीएमडब्लु खरिद गर्न सक्ने अवस्थामा पुगेका थिए।
 
 
झुनझुनवालाको पछि लाग्छ बजार
 
झुनझुनवाला हरेक दिन सेयर बजारका विषयमा आफ्ना टिप्पणीहरु दिइरहेका हुन्छन्। उनले दिएको टिप्पणीमा रहेर भारतमा लाखौं मान्छेले आफ्नो लगानीलाई निर्धारण गर्छन्।

उनले जुन सेयरमा हात हाल्छन्, त्यो सेयरको मूल्य वेपत्ताले बढ्छ। उनले जुन सेयरबाट हात झिक्छन्, त्यो सेयरको मूल्य ठूलो मात्रामा घट्छ पनि। त्यति हुँदा पनि उनले सेयर बजारमा धेरै कम्पनीमा भने हात हालेका छैनन्।
 
जुन कम्पनीको सेयरमा हात हाल्छन्, त्यहाँ उनी राम्रो पोजिसन बनाएर बस्छन्। एक जानकारीका अनुसार झुनझुनवालासँग अहिले २९ वटा कम्पनीको सेयर ठूलो मात्रामा छ।

जस्तो झुनझुनवालासँग गतवर्ष टाटा मोटर्सको कुनै सेयर थिएन तर यो वर्ष उनीसँग कम्पनीको ३.४३ प्रतिशत सेयर छ। त्यसैगरी इन्टेलेक्ट डिजाइन एरेनामा भएको सेयर ३.७४ प्रतिशतबाट बढेर ५.९४ प्रतिशत पुगेको छ। त्यसैगरी एस्कर्टसको सेयर ८.१४ प्रतिशतबाट बढेर १०.१८ प्रतिशत पुगेको छ।

त्यसैगरी डेल्टा कर्पको सेयर ७.८० प्रतिशतबाट बढेर ९.३२ प्रतिशत पुगेको छ। एग्रोटेक फुडको सेयर ६.८८ प्रतिशतबाट बढेर ७.६६ प्रतिशत पुगेको छ। उनी जुन कम्पनीमा सेयर लिन्छन्, त्यहाँ उनले राम्रै होल्ड पनि गर्छन्। यही कारण उनी एप्टेक लिमिटेड तथा हंगामा डिजिटल मिडियाका अध्यक्ष हुन्। उनी कैयौं कम्पनीमा बोर्ड डाइरेक्टर पनि छन्।
 
बजारलाई खेलाउँछन्
झुनझुनवालाको सेयर कारोवारमा साधरण फर्मुला छ। उनी राम्रो व्यवसायिक मोडल छान्छन्। त्यसैगरी राम्रो उद्यमीले लगानी गरेको कम्पनी हेर्छन अनि सुशासन भएको कम्पनीलाई मार्क गर्छन्। त्यसपछि उनी त्यो कम्पनीको यति धेरै सेयर किन्छन् जुन सेयरबाट उनी बजारलाई खेलाउन सकुन्।
 
 

फिल्म बनाए कि एण्ड का

झुनझुनवाला बलिउड फिल्म कि एण्ड काका समेत सह निर्माता हुन्। अर्जुन कपुर र करिना कपुरले लिड गरेको यो फिल्ममा २० करोड लगानी गरिएको थियो तर फिल्मले एक अर्व भारुको कारोवार गर्यो।
 
मुम्बइको सबैभन्दा महँगो मानिने मालावार हिलमा उनी बस्छन् उनको कार्यालय नरिमन प्वाइन्टमा छ। उनी लगानीकर्ताको समूहमा रक्कि नामले परिचित छन्। उनी राधाकृष्ण धामिनीलाई गुरु मान्छन्। सन् १९९३ मा मुम्बई स्टक एक्स्चेञ्जमा बम व्लाष्ट भयो। उनी त्यतिवेला सेयरको रिंगमा थिए। सबै एक्जिट गेटतर्फ दौडिए सबै रोइकराई रहेका थिए।
 
झुनझुनवाला भन्छन्, त्यतिवेला मैले सबैलाई भनिरहेको थिएँ, नडराउनुस! नडराउनुस्!!, मरिएछ भने सबै मरिन्छ। त्यो भिषण आक्रमणको एक सातापछि फेरी सेयरको रिंगमा उस्तै चहलपहल थियो। बजारको स्वभाव यही हो।  
 
पैसा बाइप्रडक्ट हो
तपाईंसँग कति सम्पत्ती छ, यसको आंकलन गर्न गैरजरुरी छ, झुनझुनवाला भन्छन्।  बजार तिव्र रुपमा बढेको बेला सबैलाई फाइदा हुन्छ। तिव्र रुपमा घटेको बेला सबैलाई घाटा हुन्छ। त्यसकारण म विश्वको धनकुवेरको सूचीमा परें वा परिन यसको कुनै अर्थ छैन्।

झुनझुनवाला भन्छन्, सही कुरा के हो भने म काममा मजा लिन्छु। जसको बाइप्रडक्ट हो पैसा। मेरो बिजनेस मन्त्र सजिलो छ। बाइ राइट एण्ड होल्ड टाइट अर्थात सही समयमा सेयर किनौं र उसलाई अँठ्याएर राखौं।
 
सेयरमा झुनझुनवालाको चार मन्त्र
. लगानी कम्पनीमा होइन व्यापारमा गर्नुस
झुनझुनवाला अधिकांश अन्तर्वार्तामा कम्पनीभन्दा कारोवारमा फोकस गर्न सेयर लगानीकर्तालाई आग्रह गर्छन्। कम्पनी कुन किसिमको कारोवारमा छ र त्यो कारोवारले आगामी दिनमा कति फाइदा दिन्छ त्यसलाई हेरेर लगानी गर्नुपर्छ।
 
. लाभ बढाउनुस नोक्सान घटाउनुस
नोक्सानलाई कम गरेर जीवनमा अघि बढ्न सिक्नुहोस्। त्यतिवेलासम्म सेयरमा लगानीलाई राखिराख्नुस जतिवेलासम्म त्यो सेयर आफ्नो उत्कृष्ट विन्दुसम्म नपुगोस्।
 
३.स्वतन्त्र बिचार राख्नुस्
झुनझुनवाला भन्छन्, लगानी गर्नु अघि आफै त्यो कम्पनीका वारेमा जाँच गर्नुहोस्। त्यसको गजब उदाहरण उनी आफै हुन्। सन् ९० को दशकको अन्तिमतिर जब सबै लगानीकर्ता आइटिको सेयरपछि भागिरहेका थिए त्यतिवेला उनले सार्वजनिक क्षेत्र(पिएसयु)का कम्पनीमा लगानी गर्न थाले। सन् २००० मा जब डटकमको बजारले गोता लगायो त्यतिवेला धेरैले नोक्सानी व्योहोरिरहेका थिए त्यतिवेला उनले पिएसयुबाट राम्रो आम्दानी गरिरहेका थिए। उनले सेयरमा संधै भरी स्वतन्त्र विचार राख्नुपर्ने बताए।
 
अवसरको फाइदा उठाउनुहोस्
झुनझुनवालाका सबै सेयर एक साथ नकिन्न सल्लाह दिन्छन्। उनी भन्छन यदी तपाईं सही समयको प्रतिक्षा गर्नुभयो भने बजारले तपाईंलाई कम मूल्यमा धेरै सेयर किन्ने अवसर दिन्छ। यस्तो अवसरको मौका उठाउन र सेयर खरिद गर्न उनी सल्लाह दिन्छन्। 
]]>
http://bizmandu.com/feed/sunday/-20160.html http://bizmandu.com/content/-20160.html http://bizmandu.com/assets/upload/contentthumb/62-Jhunjhunwala.jpg_image_975_568_.jpg
content <![CDATA[सञ्चय कोषबाट एक करोडसम्म घर कर्जा लिन यो प्रक्रिया पूरा गर्नुपर्छ]]> admin Wed, 24 Aug 2016 13:13:46 +0545

अमर बडुवाल
/बिजमाण्डू
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा योजना ल्याएको छ । बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा ल्याएको हो ।   

एक अधिकृतस्तरको सरकारी कर्मचारीले (अहिलेको तलव ३१४८८ रुपैयाँ) घर निर्माण गर्नका लागि ५६ लाख ६७ हजार ८४० रुपैयाँ ऋण पाउने छ । यो कर्जा सञ्चय कोषमा बचत गर्ने निजी क्षेत्रका कर्मचारीले पनि पाउँछन् ।
 
लिने कसरी ?
घर कर्जा लिनका लागि केही प्रकृया पुरा गर्नु पर्छ । कागजपत्रहरु पनि तयार पार्नु पर्छ ।
१. जागिर सेवा अवधि वा पदावधि र तलव प्रमाणित कागजपत्र 
२. घर बनाउने ठाउँको नक्सा र डिपिसि पास भएको कागजपत्र
३. माथिका कागजपत्र सहित एक हजार शुल्क तिरेर सञ्चयकोषको घर सापटी फारम भर्ने
४. सञ्चय कोषले उक्त कागजपत्र मुल्याङ्कनको लागि मुल्याङ्कन विभागमा पठाउने ।
५. सञ्चय कोषमा रहेका सूचिकृत मुल्यांकनकर्तालार्इ तीन हजार रुपैयाँ शुल्क तिर्ने
६. मुल्यांकन रिपोर्ट आएमा धितो मुल्यांकन पास हुन्छ  
७. यी सबै प्रक्रिया पुर्याएर आएको निवेदकले ७ दिन भित्र रकम पाउने छ
 
फरक घरकर्जा योजना
यदि सञ्चयकर्ताले २०७३ असार मसान्त सम्ममा घर कर्जा लिएको छ र त्यो कर्जाले घर बन्न सकेन भने त्यस्ता सञ्चयकर्ताले फरक घरकर्जा योजनामा सहभागी भएर थप कर्जा लिन सक्नेछन् । त्यसका लागि सञ्चयकर्ताले नियमित किस्ता रकम भने तिरेको हुनुपर्छ ।
 
यसरी कर्जा लिँदा धितो मुल्यांकनलाई नै आधार मान्दै सञ्चयकर्ताको अहिलेको तलवका आधारमा पाउने कर्जाको रकम घटाएर बाँकी कर्जामा दिइने कर्जा तथा असुली विभागका प्रमुख केदारनाथ गौतमले बताए ।
 
उनका अनुसार एक जना खरिदारले पहिला २० लाख कर्जा लिएका थिए र त्यो कर्जाले उनको घर पुरा भएन भने अहिलेको तलव अनुसार पाउने  ४० लाखमध्ये २० लाख रुपैयाँ घटाएर उनले थप २० लाखसम्म कर्जा लिन सक्नेछन् ।
 
मर्मत कर्जा योजना
मर्मत कर्जा योजना पनि घर कर्जा लागु भएको क्षेत्रमा मात्रै कार्यान्वयनमा छ । यो सुविधा लिन पनि सञ्चयकर्ताले नियमित किस्ता तिरेको हुनुपर्छ ।
 
घरकर्जा लिएकाले १२ लाख ५० हजार र घर कर्जा नलिएकाले २५ लाख मर्मत कर्जा पाउने गौतमले बताए । मर्मत कर्जामा भूकम्प पिडितलाई भने १ प्रतिशत ब्याज कम गरि ७.२५ प्रतिशत मात्रै कायम गरिएको छ ।
 
कहाँबाट पाइन्छ घर कर्जा ?
काठमाडौं उपत्यकाका लागि ठमेलमा रहेको सञ्चयकोषको कार्यालयले घर कर्जा दिन्छ । उपत्यका बाहिर धनकुटा सञ्चयकोष कार्यालय बाहेकका सबै कार्यालयले घरकर्जा दिने  गौतमले बताए ।
 
धनकुटा कार्यालयमा अर्को वर्षबाट मात्र यो सुविधा दिइने कोषले जनाएको छ । धनगढी, सुर्खेत, कोहलपुर, बुटवल, पोखरा, हेटौडा र बिराटनगरबाट घरकर्जा दिन सुरु गरेको गौतमले जानकारी दिए । उनले घर कर्जा लागु भएका सबै ठाउँबाट मर्मत कर्जा पनि लिन सकिने बताए ।
 
कस्तो ठाउँमा हुनु पर्छ जमिन ?
घरकर्जा लिन भने जग्गा सुगम ठाउँमा हुनुपर्छ । सञ्चयकोषले ऋण असुलीमा समस्या नहोस भनेर बजार एरिया र मुख्य बाटो भएका ठाउँमा मात्र घर कर्जा दिने गरेको छ ।
 
सबै जिल्ला र सबै क्षेत्रमा यो सुविधा लागु भएको छैन । घरकर्जा लिन सञ्चयकर्ताको जमिन कम्तिमा सहजै बिक्री हुने ठाँउमा हुनुपर्छ ।
 
कति पाईन्छ घरकर्जा ?
सञ्चयकर्ताको पदावधी वा सेवा अवधी १० वर्षभन्दा बढी छ भने उसले १५ वर्षको तलव बराबर र १० वर्षभन्दा कम छ भने १२ वर्षको तलव बरावर घरकर्जा लिन पाउँछ।
 
त्यसका लागि उसको तलव अनुसार पाउने कर्जा रकम बराबरको धितो भने देखाउनु पर्छ। तर १ करोड भन्दा बढी रकम लिन नपाउने गौतमले बिजमाण्डूसँग बताए।
 
एक खरिदारले अहिलेको तलव स्केल अनुसार १० वर्ष भन्दा बढी सेवा अवधि बाँकी छ भने करिव ४० लाख रुपैयाँ घरकर्जा पाउनेछन् । उनका अनुसार जमिन घर कर्जा लागु भएको क्षेत्रमा र धितो मुल्यांकन भएको जमिन २० लाख मूल्य बराबरको हुनु पर्नेछ । पहिलो किस्तामा ५० प्रतिशत रकम मात्र भुक्तानी गर्ने हुनाले २० लाख मुल्यांकन भए पनि उनले रकम पाउँछन् । घर बन्दै गएपछि मुल्यांकन थप गरेर बाँकी रकम लिन सक्छन ।
 
पुन मुल्यांकन थप गर्दा एक हजार रुपैया थप शुल्क लाग्नेछ । सबै रकम ४ किस्तामा लिइसक्नु पर्छ ।  एक किस्ता लिएर सञ्चयकर्ताले घरको काम अघि बढाएन भने वा नियमित किस्ता तिर्न छोडे अर्को किस्ता रकम भने लिन पाउँदैन ।
 
२ वर्षसम्म किस्ता तिर्न नपर्ने
सञ्चय कोषका सञ्चयकर्ताले सरल चक्र कर्जा बाहेक जुनसुकै कर्जा लिएपनि  पहिलो २ वर्ष सम्म साँवा ब्याज केही पनि तिर्नु पर्दैन । पहिलो २ वर्षको ब्याजलार्इ साँवामा रुपान्तरण गरी पछि एकमुस्ट ब्याज र साँवा किस्ता अनुसार तिर्दै जानु पर्छ । यसरी तिर्न नपर्नेमा शैक्षिक कर्जा घरकर्जा र विशेष कर्जा योजना रहेका छन् ।
 
कसले रकम राख्न सक्छ ?
अहिलेको ब्यवस्था अनुसार सबै सरकारी कर्मचारी र कम्तिमा १० जना कर्मचारी कार्यरत निजी संस्थाले कर्मचारी सञ्चयकोषसँग साझेदारी गरी कोष जम्मा गर्न सक्छन् ।
 
कुनै पनि निजी कम्पनीको बोर्ड बैठकले निर्णय गरी १० प्रतिशत कर्मचारीको तलवबाट र १० प्रतिशत कम्पनीले जम्मा गर्ने गरी कोष जम्मा गर्न पाउँछन । यसरी कोषमा रकम जम्मा गरिसकेपछि उनीहरुले पनि अन्य सञ्चयकर्ता सरह नै  सुविधा पाउने पनि गौतमले बताए ।
]]>
http://bizmandu.com/feed/sunday/-20018.html http://bizmandu.com/content/-20018.html http://bizmandu.com/assets/upload/contentthumb/660x283x1,28270,29.JPG_pagespeed_ic_wV6bT7rhgv_.jpg
content <![CDATA[दुवईको मरुभूमीमा बन्दै छ दुनियाँलाई आशचार्य पार्ने 'रेनफरेष्ट' होटल]]> admin Mon, 15 Aug 2016 17:22:31 +0545 विश्वको चर्चित स्थान मध्येमा पर्छ, दुबई। विश्वकै सबैभन्दा अग्लो भवन, पानिमाथि बनाइएका विभिन्न स्वरुप, अनी विश्वलाई नै आश्चर्य चकित पार्ने मानव निर्मित सभ्यता।
 
यसैमा अब अर्को नयाँ आश्चर्य चकित पार्ने होटल थपिँदैछ। दुबईमा यस्तो खालको होटल खुल्दैछ कि होटल भित्रै रेनफरेस्ट हुनेछ। होटलभित्रै रेनफरेस्ट हुने यो विश्वको पहिलो होटल बन्नेछ। यती मात्र होइन, आर्टिफिसियल बीच, पुल बोटविरुवा लगायत सबै थोक होटल भित्रै उपलब्ध हुनेछ। 
 
रोजमाउण्ट होटल एण्ड रेजिडेन्स नाम दिइएको उक्त होटल निर्माण गर्न २३० मिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ भने सन् २०१८ भित्र यो होटल खुलिसक्ने बताइएको छ। 
 
जेडएएस आर्किटेकले डिजाइजन गर्ने उक्त फाइभस्टार होटलमा ४५० रुम हुनेछ भने विश्व चर्चित हिल्टन ब्राण्डले यसको सञ्चालन गर्नेछ। 
 
होटल ४७ तल्लाको दुई टावरमा निर्माण गरिनेछ, जसमा गेष्ट रुम, स्वीट रुमका साथै २६ औं तल्लामा लबी रुम रहनेछ। यस्तै फाइन डाइनिङ, भिआइपी लग, स्पा, जिम र मिटिङ रुम समेत रहनेछ। 














]]>
http://bizmandu.com/feed/sunday/-19824.html http://bizmandu.com/content/-19824.html http://bizmandu.com/assets/upload/contentthumb/372D21D100000578-3736313-image-a-126_1471100997396.jpg
content <![CDATA[गगन जसले कफिको प्यासनलाई बिजनेश बनाए ]]> admin Mon, 15 Aug 2016 11:30:20 +0545
  • प्रभात भट्टराई/बिजमाण्डू
  • काठमाडौं । होटल व्यवस्थापन अध्ययन गर्न अष्ट्रेलिया पुगेका गगन प्रधानको निद्रा काम र पढाइको चेपुवामा पर्यो। निद्राबाट जोगिन मात्रै होइन खाने समय जोगाउन उनले कफी र चक्लेट खान थाले। यही दवावका बीच सुरु गरेको कफी पिउने बानी गगनका लागि प्यासन बन्यो। अहिले यही प्यासनलाई बिजनेशमा परिवर्तन गरे। गगनले सुरु गरेको कफि बिजनेश अर्थात हिमालयन जाभा अहिले काठमाडौंबाट पोखरा पुगेको छ। नेपालबाट भुटानदेखि अमेरिकासम्म विस्तार भएको छ।

     
    छ बर्षको अष्ट्रेलिया बसाइ सकेर नेपाल फर्किने क्रममा गगनको अठोट थियो; सकेसम्म नेपाल पुगेको भोलिपल्टै देखि जागिर खोजेर खाने। त्यसको कारण झन् रोचक थियो। उनीभन्दा अगाडि पढाइ सकेका केही साथीहरु नेपाल आए। केही महिना खाली हात नेपाल बसे र अन्त्यमा यता कुनै अवसर छैन भन्दै अष्ट्रेलिया नै फर्किए।
    'साथीहरुलाई देखेर पनि मेरो दिमागमा एउटै कुरा खेलेको थियो' उनी तात्कालिन अनुभूती सुनाउँछन् 'काम जस्तो सुकै होस् मतलव छैन तर नेपाल पुगेपछि खाली हात बस्दिन।' अष्ट्रेलियामा हस्पिटालीटी पढेका उनले त्यही फिल्डमा कतै न कतै अल्झिएपछि नेपालमा यो भएन त्यो भएन भन्ने जस्ता फाल्तु बिचार आउन नपाउने ठानेका थिए।

    मनैदेखि चाहेको इच्छा पुग्छ भनेझै उनले नेपाल फिरेको तीन दिनमै पाँच तारे होटलमा काम पाए। अष्ट्रेलियाको तुलनामा कमाइ त धेरै न्यून थियो तर परिवारसँगै रहन र स्वदेशमै पाएको कारण गगन फुरुक्क थिए। तर,  काम थालेको एक सातामा अघाए उनी। मुलुककै अग्रणी मध्येको होटलमा काम पाएका उनले त्यहाँको काम गर्ने शैलीबाट तुरुन्त आजित हुन पुगे। यति ठूलो र टप भनिएको संस्था त यति भद्रगोल चलेको छ भने अरुको हालत झन् कति बिजोग होला भन्ने  उनलाई लाग्यो।

    त्यसैले त्यहाँको विकल्प खोजेर अन्यत्र जान पनि मन लागेन। त्यहाँ काम पनि छाडिदिए। नेपालमै केही गर्ने अठोटका साथ स्वदेश फर्किएका उनलाई फेरि अष्ट्रेलियाको टिकट बुक गर्न त झनै मन मानेन। अब उनी नयाँ बाटो पहिल्याउन लागे।
     
    वास्तवमा गगन प्रधानको कथा २२ बर्ष अघि सुरु हुन्छ। जब उनी बिद्यार्थी बनेर अष्ट्रेलिया पुग्छन्, त्यहाँ उनी डबल डिग्री गर्दै थिए। घन्टौँ अनवरत मेहनत गर्न पर्ने। सुत्ने र खाने समयको कुनै टुङ्गो थिएन। यो क्रममा उनले त्यहाँ दुई साथी पाए; चकलेट र कफी। चकलेटले तत्काल उर्जा प्रदान गर्थ्यो भने कफीले आलस्य दूर गर्थ्यो।

    बाध्यतामा अपनाएको कफी विस्तारै उनको प्यासन बन्न पुग्यो। काम होस् या नहोस् कफीका लागि कुनै बहाना चाहिन छाड्यो। 'सुरुसुरुमा लामो समय काम गर्दाको थकाइ हटाउन खान थालेको कफी विस्तारै गगनको जीवनकै अंग बन्यो।

    काठमाडौँ फर्किएर जागिर छोडिसक्दा सम्म पनि उनलाई आफ्नो प्यासन कफी विजनेशमा परिणत होला भन्ने हेक्का थिएन। काठमाडौँमा नयाँ के होला त भनेर धेरै सर्भे गर्ने क्रममा उनको दिमागमा गहिरो घन्टी बज्यो।

    काठमाडौँमा फुड एन्ड बेभरेज सम्बन्धी होटल, रेष्टुराँ हुँदै क्याफे र बारसम्म ठूलै भीड बढि सकेको थियो तर भनेजस्तो कफीसप थिएन। त्यो नहुनुका पछि उपभोक्ताको अरुची हो या कसैले कफीसप खोल्नेबारे ध्यानै नपुर्‍याएका हुन् भन्ने जानकारी जुटाउन उनका लागि पहिलो आवश्यकता थियो।  

    काठमाडौँमा कफीको संभावनाबारे सातवटा प्रश्न समेटेर उनले ठमेल, पुतलीसडक र कमलादीमा बजार सर्भे गरे।

    मान्छेहरुका ढोका ढोका पुगेर करिब साढे दुई सय फर्म भराए। अन्त्यमा नतिजा पल्टाउँदा एकछिन त आफैं आश्चर्यमै परे। 'साँच्चिकै अमेजिङ नतिजा आयो' उनी सुनाउँछन् 'पछि मलाई थाहा भयो धेरैले सर्वेलाई गम्भिर रुपले होइन त्यसै भनि दिनका लागि जवाफ दिएका रहेछन् तर भ्रम नै सहि त्यो क्षणको उत्साहले म भित्र कफिप्रतिको लगाव झन् प्रगाढ बनाइदियो।' त्यहि नतिजाको आधारमा अब कफीसप नै खोल्छु भन्ने निश्कर्षमा उनी पुगे।

    अष्ट्रेलियामा होटल म्यानेज्मेन्ट पढे पनि कफी सम्बन्धी उनले खास गहिरो अध्ययन गरेका थिएनन्। त्यसबारे तालीम लिन उनी अमेरिका पुगे। कफीका लागि चाहिने उपकरण र मेसिनहरु बोकेर काठमाडौँ ओर्लिए।

    कमलादीस्थित हेरिटेज प्लाजामा सानो सटर लिए र करिब ४० सिट क्षमताको कफीसप हिमालयन जाभा खोले ।
    सन् १९९९ मा हिमालयन जाभा ब्रान्डमा पहिलो कफीसप खोलेयता बाग्मतीमा धेरै पानी बगि सकेको छ। हिमालयन जाभाले पनि लाखौँ करोडौं कप कफी बिक्री गरि सकेको छ।


    हिमालयन जाभा सुरु गरेपछि गगनले के मात्र गरेनन्। कफीसपमा उनी वेटर,क्यासियरदेखि कफिमेकरसम्म त बने नै हुँदाहुँदा ड्राइभरको जिम्मेवारी समेत निभाउनु पर्‍यो। तर काम जे गर्नु परेको होस् उनले कहिल्यै झर्को मानेनन्। 'आइ परेका हरेक कामसँग म रमाएँ' आफ्ना भोगाइमा नोष्टाल्जिक बनेका गगनले भने 'हरेक चरणमा इन्जोय गर्दै अघि बढ्दा यहाँ आइ पुगियो।'

    हुन पनि सुरुवाती दिनमा उनलाई हस्पिटाली बुझेका स्टाफ कहाँबाट लिने भन्नेसम्म पनि थाहा थिएन। एकजना मित्रले होटल म्यानेजमेन्ट पढाइ हुने न्याथम इन्ष्टिच्युट मार्फत कर्मचारी भर्ना गर्न सुझाएपछि त्यहीँबाट पहिलो चरणमा उनले सात जनालाई लिए। सातमध्ये राती कफीसप क्लोजिङ गर्ने तीन स्टाफ राजधानीका फरक फरक गन्तब्यमा बस्ने। त्यसबेला उनको दैनिक बिक्री मुस्किलले १५ सय रुपैयाँ पुग्थ्यो।

    राती ११ बजे स्टाफहरुलाई ट्याक्सीमा पठाउँदा दिनभरको कमाइ सकिने। अनि उनी आफैं ड्राइभर बनेर स्टाफहरुलाई घरघर छोड्दै अन्त्यमा निवास पुग्थे। ‘तात्कालिन समयमा सिकाइकालागि त्यो पनि एक स्वर्णीम अवसर थियो' उनी सुनाउँछन् 'दिनभर सबैजना काममा ब्यस्त भइन्थ्यो, कामबारे समीक्षा गर्ने समय पनि हुन्थेन,राती स्टाफसँग घर जाँदा कमजोरी र राम्रा पक्षबारे छलफल गरेर थप सुधार बारे सोचिन्थ्यो।' झन्डै डेढ बर्षसम्म यहि क्रम चल्यो उनको। यो समय उनलाई हिमालयन जाभाको निरन्तरताका लागि सबै भन्दाकठिन क्षण थियो।



    सुरुवाती दिनमा २५ प्रतिशत ग्राहक कम्युटर इन्ष्टिच्युट भन्ठानेर छिर्थे। नामको पछाडी जाभा जोडिएको हुँदा त्यस्तो भएको हो। त्यतिनै संख्याका ग्राहक भने कफीसपलाई फर्निचर सो रुम ठानेर आउने गरेको उनी सुनाउँछन्। सुरुवाती दिन देखिनै हिमालयन जाभाको सजावट र डेकोरेसन लिभिङ रुम जसरी मिलाइएको हुनाले ग्राहक झुक्किने गरेको उनको अनुभव छ। बाँकी पचास प्रतिशत ग्राहक कफी खानै भनेर छिर्थे तर अधिकांशले एक सुर्पी लगाएपछी दोस्रो लिँदै नलिने।

    मेनुमा क्यापेचिनो,अमेरिकानो,लोट्टे जस्ता  बिल्कुल नौला नामहरु देखेर अर्डर गर्ने तर स्वादको तितोपना प्राय कसैको जिब्रोले नरुचाइदिने। त्यसबेला सम्म नेपाली जिब्रोले चिनेको ‘इन्सट्यान्ट’ कफी मात्र थियो। जसको त स्वादै गुलियो हुने। हिमालयन जाभामा छिर्ने ग्राहक त्योभन्दा पनि ‘मिठो’ स्वादको अपेक्षा गरेर आउँथे र निराश हुँदै फर्किन्थे।

    यस्तो चुनौतीको घडीमा कफिसपको निरन्तरता उनको प्यासनप्रतिको अठोट नै हो। करिब दुई बर्ष नियमित सञ्चालन खर्च धान्न समेत धौ धौ पर्यो। पछि विस्तारै ग्राहकले रुचाउने क्रम बढ्न थाल्यो। दैनिक १५ सयको बिक्री तीन गुणा जतिले बृद्धि भयो। ग्राहक संख्याबृद्धि गराउन विदेश बसेर फर्किएका कफी पारखीहरुले ठूलो मद्दत गरे।

    उनीहरु आउँदा एक्लै छिर्दैनथिए। कोही साथी या परिवारका सदस्य लिएर आउँथे र कफीको स्वाद एवं वास्तविकता बारे बुझाएर पिउन समेत सिकाउँथे। यसरी मुखैले सुनाएर एक दुईजना हुँदै हिमालयन जाभाको नाम शहर भरी फैलिन पुग्यो।

    स्थापना भएको करिब छ महिनामै हिमालयन जाभा कमलादीबाट ठमेलस्थित अहिले रहेको स्थानमा सरि सकेको थियो। अष्ट्रेलिया पढ्दाका साथी आनन्द गुरुङको घरमा उनीसँग पार्टनरसिप समेत सुरु गरि जाभालाई ठमेल पुर्याए गगनले। त्यहाँ ठाउँ त मनग्ने थियो तर ग्राहक अझै पनि अपेक्षा अनुरुप बढ्न सकेका थिएनन्।

    ठमेलमा सरेपछि विदेशी पर्यटक आउने क्रम त केहि मात्रामा बढ्यो तर स्वदेशी ग्राहकको संख्या खासै उकालो लागेको थिएन। यस्तोमा सन् २००२ मा जापान र कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकप फुटबलले कफीसपमा नयाँ त्राण नै दियो।  

    कफी सपमा मानिसहरु आराम गर्ने हेतुले आउन्, दुनियाँका खवरहरु देखुन् साथै कफी संस्कृतीबारे डकुमेन्ट्री भिडियोहरु पनि देखाउन पाइयोस् भनेर विश्वकपको सात महिना अघि उनले एउटा टिभी किनेका थिए। समाचार एवं भिडियोहरुका लागि ३० इन्चको टिभी किन्न पुगेका उनलाई पसलेले कफीसपमा राख्न लागेको बुझेपछी बरु किस्ताबन्दीमै भए पनि ५० इन्चको टिभी लिन सुझाए।


    त्यस बेलासम्म काठमाडौँमा राम्रा मूभीहल खुलि सकेका थिएनन्। अरु समय समाचार र डकुमेन्टी एवं मंगलबार साँझ भने हिमालयन जाभामा मूभी नाइट चलाउँथे गगन। त्यसमा पनि दर्शक त धेरै हुन्थेनन्। 'त्यहि १५/२० जना दर्शक माझ रमाइलो गरिन्थ्यो' उनी सुनाउँछन्।

    विश्वकपताका काठमाडौँका धेरै ठाउँमा त्यति ठूलो स्क्रिनको टिभी थिएन। फुटबल हेर्ने बहानामा कफीसपमा ग्राहक ओइरिन थाले। एकै समय मुस्किलले २०/२५ ग्राहक आउने कफीसपमा फुटबल सुरु भएको पाँच दिनमै गेम चलेको बेला डेढ सय पुग्न थाले। कुनै कुनै गेम हुँदा त तीन सयसम्म मान्छे हुन्थे। अब फुटबल हेर्न आउनेहरु कफीबारे पनि सिक्न थाले। गगनले कफीको स्वाद र वास्तविकताबारे उनीहरुलाई बुझाउँथे।

    फुटबल हेर्न आउने धेरै जना त विश्वकप सकिने बेलासम्ममा कफी पारखी नै भइ सकेका थिए। ‘हुन पनि कफीसप भनेको अफिस अवे अफिस या लिभिङ रुमको एक्सटेन्सन हो' उनी भन्छन् 'जुन कुरा ग्राहकलाई बुझाउन समय लाग्यो तर विस्तारै सबैले बुझ्न थाले हिमालयन जाभा कफी खुवाउनका लागि मात्र खुलेको हैन रहेछ,यो त अनुभव आदान प्रदानको थलो पो रहेछ।’

    उनले कफी खान आउनेलाई ३० मिनेटको निशुल्क वाइफाइ पनि दिन थाले। यो सुबिधा त काठमाडौँमा त्यसबेला झनै नौलो थियो। फुटबलको बहानामा हिमालयन जाभा जान बानी परेकाहरुलाई विश्वकप सकिएछि तानि रहने अर्को माध्यम यो पनि बन्यो।

    सुरु देखिनै नेपाली कफी बिक्री गर्ने अठोट लिए र पुरा पनि गरेका छन् गगनले। हिमालयन जाभाको सुरुवाती दिनताका त नेपाली उत्पादन भन्दा झनै नाक खुम्च्याउने परिपाटी थियो। विदेशी उत्पादन मात्र गतिला हुन्छन् भन्ने छाप अहिले बरु अलिक हटेको गगनको अनुभव छ।

    ‘नेपाल कृषिप्रधान देश,यहाँका किसानको उन्नती बिना मुलुकको समृद्धि संभव छैन' कुराकानीको क्रममा बेलाबेला गगन एक व्यवसायी भन्दा भिजनरी नेता जस्तो सुनिन्थे 'हामीले नेपाली कफीमा जोड दिनुका पछाडि तिनै किसानलाई सानै भए पनि प्रोत्साहन होस् भन्ने मूल ध्येय रहेको छ।'

    झट्ट सुन्दा कम्प्युटर इन्ष्टिच्युट जस्तो लाग्ने जाभा नाम किन राखे उनले? 'हामीकहाँ मात्र हो जाभा भन्नाले कम्प्युटर इन्ष्टिच्युट बुझिने' उनी प्रष्ट्याउँछन् 'बाहिर जाभा भन्नाले कफी नै बुझिन्छ।' इन्डोनेसियाको जाभा टापु कफी उत्पादनका लागि विश्व प्रसिद्ध छ। त्यसैले दुनियाका कफी पारखी जो कोहीले जाभा भन्ने बित्तिकै उत्कृष्ट कफीको नाम बुझ्छन्।

    गगनलाई लाग्यो यदी नेपाली कफी चाहिए जति उत्पादन हुन सकेन भने जाभाबाटै कफी आयात गरि बिक्री गर्ने अवस्था पनि आउन सक्छ। अनि नाम जुराए उनले नेपाललाई विश्वभर चिनाउने शब्द हिमालयन र कफीको राजधानी जाभा मिलाएर। भाग्यवश उनले हिमालयन जाभा सुरु गरेदेखि एक गेडा कफी पनि आयात गर्नु परेको छैन। सबै नेपाली उत्पादनले धानेको छ।

    पाँच तारे होटलको जागिर छोडेर कफीसप खोल्छु भन्दा गगनका बुवालाई पनि सुरुमा निको लागेन। 'यत्रो अष्ट्रेलिया पढेर आएर तँ चिया पसल खोल्ने भन्दै हकार्नु भयो' उनी सुनाउँछन् 'बुवाको त्यो भनाइ तात्कालिन नेपाली समाजको सोचाइको प्रतिबिम्ब नै थियो किनभने कफिसपलाई यहाँ चिया पसल भन्दा फरक सोचिन्थेन।'

    गगनका अनुसार चिया र कफीमा ठूलो भिन्नता छ। चियामा खास विविधता छैन तर कफी विविधताले भरिएको उनी बताउँछन्। चिया सर्भ गर्ने कुनै खास ढाँचा र बान्की छैन तर कफी सर्भ गर्ने धेरै ‍औपचारिकताहरु छन्। यस्ता नयाँ नविन अनुभव हिमालयन जाभाका सुरुवाती दिनबाट नै उनले दिन थाले। कफी खान आउनेहरु त्यहाँको व्यवहार र वातावरणबाट लोभिइ रहुन् भन्नेमा उनी दृढ थिए।

    जापान कोरिया विश्वकपले ल्याएको छलाङ पछि सन् २००४ मा पहिलो ब्रान्च आउटलेट काठमाडौँ गेष्ट हाउसमा खोले उनले। काठमाडौँमा मलहरु बन्ने क्रम बढेपछि फुडकोर्टहरुमा हिमालयन जाभाको माग हुन थाल्यो। यसरी बिस्तार हुने क्रममा अहिले उपत्यका भित्र १६ र बाहिर पोखरा र चितवनमा हिमालयन जाभाका आउटलेट सञ्चालनमा छन्। गगनको जाभा भुटानदेखि अमेरिकासम्म पुगेको छ।

    सुरु देखिनै आफु मात्र चलाउने सोच नराखी कफीबारे सिक्न खोज्नेलाई ज्ञान समेत बाँड्दै आएको छ हिमालयन जाभाले। कफी सिक्नेका लागि जाभाले स्कुल नै चलाएको छ। उनी कहाँ सिक्न आउने मध्ये अधिकांश विद्यार्थी भिसामा युरोप या अष्ट्रेलियामा जाने तरखरमा रहेकाहरु हुन्छन्। त्यहाँ काम पाउन सजिलो हुने भएको हुँदा उनीहरुले कफी तालिम लिने गरेका हुन्। त्यस बाहेक जाभाबाट सिकेर कतिपयले नेपालमै कफीसप खोलि सकेका छन्।


    हिमालयन जाभाले विकास गरेको कफी संस्कृतीको सुखद नतिजा स्वरुप अहिले राजधानीमा दिनको औषत एउटाको दरले कफीसप खुल्न थालेका छन्। तर त्यतिकै संख्या बन्द समेत हुने गरेको तथ्याङ्कले भने गगनलाई दु:खी तुल्याउँछ। 'कफीसप आजको भोली नाफा कमाएर धनी हुने व्यवसाय हैन यसमा त लामो प्यासन चाहिन्छ' उनी यो क्षेत्रमा हात हाल्न चाहने युवालाई सुझाउँछन् 'छिटो मुनाफा चाहिएको अवस्थामा बैकल्पिक पेसा नै रोज्नु उत्तम हो वित्थामा कफीसप खोलेर पैसा किन डुबाउने!' गगनको आफ्नै भोगाइले उनको यो भनाइलाई पुष्टि गर्छ।

    दिनमा १५/२० जना ग्राहकबाट सुरु गरेको हिमालयन जाभामा अहिले दुई हजार भन्दा बढी कफी खान आइपुग्छन् । ४० सिटिङ क्यापारिटीको जाभा सबै आउटलेटमा अहिले छ सय जनाभन्दा बढीले एकै पटक कफी खान सक्छन्।

    सात जना स्टाफबाट सुरु भएको कफीपमा साढे दुई माथिले काम पुगेका छन् । १५ सय रुपैयाँको दैनिक रेभेन्यु पनि दशौँ गुणाले बढेको छ। 'यो दिन आउला भनेर मैले जाभा सुरु गरेको होइन, सक्रियता र निरन्तरताले यहाँ ल्याइ पुर्याएको हो' उनी सुनाउँछन्।


    १६ बर्ष अघिको हिमालयन जाभा र अहिलेमा धेरै बदलाव आइसकेको उनको अनुभव छ। उसबेलाको जाभा अलिक गरिब थियो। सजावटदेखि सोफासम्म सस्तो विकल्प खोजिन्थ्यो। तर अहिलेको जाभा योजनाबद्ध र सजावटका दृष्टिले पनि फरक भइसकेको उनी बताउँछन्। एउटा समानता भने सधैं छ; गुणस्तरीय र उत्कृष्ट कफीमा भने सम्झौता कहिल्यै नगर्ने।

    गाउँ गाउँबाट कफी लिएर आउने किसानलाई निराश नबनाउने उनको अर्को संकल्प छ। गाउँ गाउँसम्म पुगेर कफीको फसल उठाउने र बनाउने तरिका किसानलाई सिकाएका छन् उनले। गुणस्तरहीन कफी बोकेर आउने किसानलाई पनि केही नभनि किनि दिएर उक्त कफी फालेको अनुभव समेत छ, उनीसँग। ठूलो परिमाणमा मात्र होइन कोही किसानले पाँच किलो कफी लिएर आए पनि उनले खरिद गरेका छन्।

    'किसानले लिएर आएको कफी नकिन्ने हो भने उसले घर फिर्ने बित्तिकै पहिला कफीको रुख काट्छ त्यस पछी मात्र वैकल्पिक पेसा बारे सोच्न थाल्छ' उनी भन्छन् 'एकजना कफी पारखीका लागि कफीको बोट काटिनु सानो तिनो चोट होइन जुन म कहिल्यै चाहन्न।'

    ]]>
    http://bizmandu.com/feed/sunday/-19811.html http://bizmandu.com/content/-19811.html http://bizmandu.com/assets/upload/contentthumb/IMG_66841.jpg
    content <![CDATA[दयाराममाथि पञ्चायत सरकारको तेस्रो मार नपरेको भए विनोद चौधरीको नहुन पनि सक्थ्यो नबिल बैं‌क]]> admin Sun, 14 Aug 2016 10:19:16 +0545 (विक्रम संवत् १९९५ देखि २०१७ सालसम्म नारायणहिटी राजदरबारमा मीर सुब्बा रहेका दयारामभक्त माथेमाले लेखेको अप्रकाशित दस्तावेज दया फाउन्डेसनले 'अनुभव र अनुभूति : जीवनयात्राका ऐतिहासिक मोड' शीर्षकको पुस्तकका रुपमा लोकार्पण गरेको छ। यो अंश त्यही पुस्तकबाट लिइएको हो। यो प्रसङ्ग  विक्रम संवत्२०४० देखि २०४१ साल बीचको हो। यहाँ उल्लेख भएका दुई नाममध्ये एक महाराज भनेर तत्कालीन राजा विरेन्द्र शाह तथा भुवन भनेर उल्लेख गरिएका व्यक्ति दयारामभक्त माथेमाका नातेदार भुवनेश्वरअमात्य हुन्।)
    ---


    राजा त्रिभुवनका साथमा दयारामभक्त माथेमा


    एक दिन अफिसमा फोन आयो।
    'म देव मैत्रा बोल्दै छु। कलकत्तामा अमेरिकन एक्सप्रेसमा काम गरेको बेला तपाइँसँग परिचय भएको थियो। हाल नेपाल आएको छु। तपाइलाई भेट्नु परेको छ । के गरुँ?'

    अर्को पट्टीबाट चिरपरिचित आवाज आयो।

     'हुन्छ, मेरो अफिसमै आउनुहोस न' मैले औपचारिकता पूरा गर्दै उहाँलाई आमन्त्रण गरें।

    केही छिनमा उहाँ आइपुग्नुभयो। हाम्रो भेट धेरै वर्षपछि भैरहेको थियो। हाल उहाँ अमेरिकन एक्सप्रेस छोडी दुबईस्थित दुबई बैङ्कमा काम गरिरहनुभएको रहेछ। उहाँ बैंककै कामको सिलसिलामा यहाँ आउनुभएको रहेछ।

    उहाँले आफ्नो कुरा राख्न थाल्नुभयो "तपाइँहरुले मद्दत गर्नुभयो भने धेरै राम्रो हुनेछ। नेपालमा दुबई बैङ्कको ज्वाइन्ट भेञ्चरमा बैङ्क खोल्ने प्लान लिएर आएको छु। यसबाट नेपाललाई पनि धेरै फाइदा हुनेछ। तपाइँहरुलाई पनि फाइदा हुनेछ। नेपाल र दुबईको ५०/५० प्रतिशत सेयर हुनेछ र चेयरम्यान नेपालको नै हुनेछ। यसको लागि लाइसेन्स लिनुपर्यो।"

    मैले भनेँ, 'नेपालमा विदेशी बैङ्क खोल्नका लागि स्विकृति लिन गाह्रै छ। तैपनि हामी सोचेर जवाफ दिन्छौं।'
    त्यति कुरा गरेर उहाँ जानुभयो। भुवन र म यसबारे छलफल गर्न थाल्यौं र काम राम्रो भएको निष्कर्ष निकाल्यौँ।

    त्यसवेला नवराज सुवेदी राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो र प्रधानमन्त्री सूर्यबहादुर थापा हुनुहुन्थ्यो। नवराज सुवेदीले प्रधानमन्त्रीलाई मनाउन सक्नुहुन्छ जस्तो लागेर पहिले नवराज सुवेदीसँग सल्लाह गर्ने विचार गर्यौं।

    नवराज सुवेदीलाई सोही दिन बेलुकी डिनरको लागि अनुराध गर्यौं। बेलुकी नवराजजी पाल्नुभयो। ड्रिङ्क्स अफर गर्दै नेपालको वस्तुस्थितिबारे गफ गर्न थाल्यौं।

    कुरैकुरामा उहाँले सोध्नुभयो, 'आज विशेष के हो नि?'

    'हामीलाई एउटा राम्रो बिजनेस अफर आएको छ। तपाई पावरमा हुनुभएको बेला देशको लागि केही नयाँ राम्रो गर्न पाए तपाईलाई पनि राम्रै हुन्छ जस्तो लागेर सल्लाह गर्न दुःख दिएको। दुबई बैङ्कको एकजना मानिस नेपालमा संयुक्त लगानीमा बैङ्क खोल्न चाहन्छ। यसको लागि लाइसेन्सको व्यवस्था गरिदिनुपर्यो।

    राजपरिवारबाट पनि बैंक खोल्न इजाजत माग गरिएको थियो तर दिइएन। विदेशी बैङ्क आएमा नेपालका बैङ्कलाई नोक्सानी हुन्छ भन्ने सरकारको धारणा थियो। तपाईको प्रयासबाट यो काम होला कि!'

    म एकपटक प्रधानमन्त्रीसँग कुरा गरी जवाफ दिन्छु हुन्न? उहाँले भन्नुभयो।

    'बैङ्क खोल्न पाएमा नेपाललाई पनि फाइदै हुन्छ। तपाइँले अलिकति मिहिनेत गरी प्रधानमन्त्रीलाई मनाउनु पर्यो' हामीले अनुरोध गर्यौं।

    सुवेदीजी आफूले सकेको गर्छु भनी विदा हुनुभयो।

     
    अरब बैँक र इन्डोस्वेज बैँकको प्रतिस्पर्धा
     
    भोलिपल्ट बिहान देव मैत्रा कार्यालयमा आउनुभयो। उहाँले भन्नुभयो 'हाम्रो काम अलि छिटो गर्न पाए हुन्थ्यो।

    फ्रेन्च इन्डोस्वेज बैङ्कको मानिस पनि आउँदै छन् भन्ने सुनेको छु। उहाँहरुको भन्दा अगाडि नै हाम्रो लाइसेन्स भए सारै राम्रो हुन्छ।'

    तपाइको बैंक नेपाल आए नेपाललाई र हामीलाई के फाइदा हुन्छ त?

    नेपालमा उद्योगको लागि गल्फ कन्ट्रीबाट प्रसस्त आर्थिक लगानी आउने नभई पेट्रोल पनि इन्टरनेसनल मार्केटको भन्दा सस्तोमा पाइने छ। काम हुँदै गएमा अरु पनि फाइदा हुनेछन्।

    'हामी हुनसक्ने कोसिस गरिरहेका छौं। प्रधानमन्त्री समक्ष उहाँको विशेष मानिस मार्फत प्रस्ताव राख्न लगाएका छौं। जवाफ आएको छैन। आएपछि खबर गरौंला नि'

    देव मैत्रा अगाडि भन्दै हुनुहुन्थ्यो दुबई बैङ्कका मालिक गलधारीलाई पनि लिएर आउँछु। उहाँ धेरै धनी व्यापारी हुनुहुन्छ। अरब इमिरेट्सका शेखहरुसँग उहाँको राम्रो सम्वन्ध छ।

    सभामुख नवराज सुवेदीको फोन आयो। उहाँले भन्नुभयो मैलै प्रधानमन्त्रीसँग कुर गरें तर उहाँ नेपालमा विदेशी बैङ्क ल्याएमा नेपालका बैङ्कहरुलाई धेरै नोक्सान हुन्छ भन्न्हुन्छ। तपाई आफैले एकपटक प्रधामन्त्रीजीसँग कुरा गर्नुहोस न !

    प्रधानमन्त्रीजीलाई कसरी भेट गरौं त?

    उहाँसँग समय मिलाई तपाईलाई खबर गर्छु नि!

    प्रधानमन्त्रीलाई कसरी यसको महत्व छ भन्नेबारे भुवनसँग सल्लाह गर्न थालेँ। देव मैत्रासँग कुरा गरी दुबई बैङ्क नेपालमा आए नेपाललाई हुने फाइदाका बुँदाहरु लिएर प्रधानमन्त्रीसँग छलफल गर्नु सबैभन्दा राम्रो होला जस्तो हामीलाई लाग्यो।

    बैँक खोल्दा पेट्रोल सस्तो पाइने तर्क

    देव मैत्रासँग सल्लाह गरेर दुवई बैङ्कसँग संयुक्त लगानीमा बैङ्क खोल्दा हुने फाइदाका केही बुँदा तयार गर्यौं।

    गल्फ कन्ट्रीबाट नेपाली उद्योग धन्दामा लगानी आउने, नेपालका योजनाहरुलाई मद्दत पुग्ने, उद्योग र राष्ट्रका लागि कम व्याजमा आर्थिक सहयोग पाइने, अन्तराष्ट्रिय बजार मूल्यभन्दा कममा दुबईबाट पेट्रोल पाउन सकिने, नेपालका बैङ्कहरुबीच प्रतिस्पर्धा सृजना हुनेजस्ता बुँदाहरु हामीले तयार पार्यौं।

    प्रधानमन्त्रीसँगको छलफलपछि बैङ्क खोल्ने इजाजत पाइएमा पनि हाम्रो काम सकिने अवस्था थिएन। काम भएमा पनि लगानीका लागि हामीले व्यवस्था गर्नु नै थियो।

    कूल तीन करोड पुँजी

    जम्मा तीन करोड रुपैंयाँको पुँजीमा एक करोड पचास लाख रुपियाँ दुबई बैङ्कले राख्दै थियो भने बाँकी हामीले राख्नुपर्थ्यो। यति धेरै रपियाँ जोगाड गर्नु सजिलो काम थिएन। केही सेयर आफ्ना भरपर्दा साथीहरुलाई पनि दिनुपर्ला भन्ने हामीले सोच्यौं।

    नवराज सुवेदीजीले प्रधानमन्त्रीकहाँ समय मिलाइ दिनुभएपछि सिंहदरवारस्थित प्रधानमन्त्रीज्यूको कार्यालयमा पुग्यौं। प्रधानमन्त्री सूर्यवहादुर थापा एकजना राजदुतसँग कुरा गर्दै हुनुहुन्थ्यो। उहाँ जानासाथ त्यहाँका एक कर्मचारीले भित्र लानुभयो।

    प्रधानमन्त्रीज्यूले भन्नुभयो ' तपाइँको कुरा नवराजजीले गर्नुभएको थियो। तर नेपालमा विदेशी बैङ्क आएमा हाम्रा बैङ्कलाई त धेरै गार्हो पर्छ नि हैन र?

    मैले प्रधानमन्त्रीज्यूको चासोको सराहना गर्दै भने 'त्यो एउटा बाटो हुनसक्ला तर विदेशी बैङ्क आएमा हाम्रा बैङ्कले उन्नति गर्ने सम्भावना पनि छ। उनीहरु विदेशी बैङ्कको दाँजोमा जानुपर्ने हुन्छ। नेपालको बैङ्किङ क्षेत्रले अन्तराष्ट्रिय स्तरमा प्रवेश पाउनेछ । यसका साथै मैले आफूले तयार परेका अन्य फाइदाका बुँदाहरु पनि प्रस्तुत गरेँ।'

    उहाँले भन्नुभयो 'हुन्छ म महाराजधिराज सरकारमा जाहेर गर्छु। तपाईको नाम लिएर बिन्ती गर्छु। तपाईलाई पछि खवर गर्नेछु।
     
    गभर्नरलाई गहना
    केही दिनपछि कार्यालयमा नेपाल राष्ट्र बैङ्कका गभर्नर कल्याणविक्रम अधिकारीको फोन आयो। अभिवादनको आदानप्रदानपछि उहाँले भन्नुभयो 'दयारामजी मलाई अलि गहना चाहिएको छ। तपाईँसँग छ भन्ने सुनेकोले भेट्न चाहेको।'

    हुन्छ गभर्नर साहेबलाई समय भएको बेला मसँग भएका गहनाहरु देखाउनेछु आजै समय मिल्छ कि? आज यसो साँझमा पाल्नुहोस न त!

    उहाँले कोसिस गर्छु भन्नुभयो। उहाँ आउनुभएको मौकामा बैङ्कको विषयमा पनि कुरा गर्नु राम्रै होला जस्तो लाग्यो। राष्ट्र बैङ्कका गभर्नर कल्यणविक्रम अधिकारी पहिला राजदरवारमा पनि सचिव हुनुहुन्थ्यो। उहासँग मेरो परिचय थिएन तर उहाँका दाजु र बुबासँग भने राम्रो परिचय थियो। उहाँको बुबा वोधविक्रम अधिकारी दरबार हाइस्कुलको हेडमास्टर हुनुहुन्थ्यो। उहाँले नै मलाई दरबार हाइस्कुलमा भर्ना गरिदिनुभएको थियो। उहाँका दाजु कृष्णविक्रम दरबारमा आर्मीको क्याप्टेन हुनुहुन्थ्यो, बडो राम्रो मिलनसार हुनुहुन्थ्यो। मसँग उहाँको राम्रो सम्वन्ध थियो।

    साँझतिर गभर्नर साहेब र उहाँकी श्रीमती आउनुभयो। मैलै गहनाहरु मिलाइराखेको थिएँ। कुरा गर्दै गहना देखाउन थालेँ। नेक्लेस, हिराको एअर क्लिप, औंठी, ब्रासलेट अदि विभिन्न किसिमका गहना उहाँहरुलाई देखाएँ। दुवैजनाले एक एक गरी हेर्नुभयो र मोल सोध्नुभयो।

    'तपाईहरुलाई राम्रो भाउमा मिलाइदिनेछौं। केही फरक पर्ने छैन। तपाइँहरुलाई मन परेको छुट्याउनुहोस' मैले भनेँ।
    उहाँकी श्रीमतीले भन्नुभयो आज यो सेट लिएर जान सक्छु?

    मैले सहमतिमा टाउको हल्लाएँ।

    मैले विस्तारै कुरा थालेँ, दुःख मान्नुहुन्न भने गभर्नर साहेबसँग एउटा कुरा गरौं कि भनेर।
    भन्नुहोस न उहाँले भन्नुभयो।

    'हामीले दुबई बैङ्कसँग ज्वाइन्ट भेन्चरमा बैङ्क खोल्ने विचार गरेका छौं। तपाइले बैङ्क खोल्ने इजाजत दिनुपर्यो।'

    दयारामजी विदेशी बैङ्क नेपालमा खोल्न दियो भने त हाम्रा बैङ्कलाई नोक्सान हुन्छ। तसर्थ विदेशी बैङ्क खोल्नेतिर नसोच्नुहोस्।

    हामीले दुबई बैंङ्कसँग ज्वाइन्ट भेन्चरमा खोल्न पाएमा नेपालमाई हुने फाइदाबारे बुझाउन कोसिस गर्यौं।
    सबै कुरा सुनेपछि उहाँले भन्नुभयो हुन्छ म विचार गर्छु। महाराजधिराज सरकारमा पनि चढाउँछु।

    हामीले प्रधानमन्त्रीसँग भइरहेको कुरा केही भनेनौं। आफ्नो कार्य सफल हुने जस्तो लागेर भुवन र मलाई खुसी लाग्यो। अब हामीले कुरा गर्नुपर्ने अर्को व्यक्ति अर्थमन्त्री हुनुहुन्थ्यो। अर्थमन्त्री यादवप्रसाद पन्त साथी नै हुनुहुन्थ्यो। प्रधानमन्त्रीबाट केही जवाफ नपाई अर्थमन्त्रीसँग कुरा गर्नु ठीक होला जस्तो लागेन।

    प्रधानमन्त्रीज्युले बोलाउनु भएकोले उहाँले दिनुभएको समयमा म उहाँको कार्यालयमा पुगेँ । सामान्य औपचारिकतापछि मूल मुद्दामा प्रवेश गर्दै प्रधानमन्त्रीज्युले भन्नुभयो, “मैले महाराजाधिराज सरकारमा तपाईले ल्याउनुभएको दुबई बैँक नेपालमा खोल्ने प्रस्ताव चढाएँ।

    सरकारबाट विदेशी बैकं आएपछि नेपालका बैँकलाई नोक्सान हुन्छ होला नै हुकुम होइबक्सियो । मैले तपाईले भन्नु भए बमोजिम यति कारणले नेपाललाई फाइदा हुन्छ भनेर बिन्ती चढाएँ । विशेष गरी गल्फ कन्ट्रीको आर्थिक सहायताले नेपाललाई आउने , पेट्रोल पनि अन्तर्राष्ट्रिय मूल्यमा सस्तोमा पाउने, नेपालका बैंकहरु पनि विदेशी बैंकको स्तरमा आउनुपर्ने, अन्तराष्ट्रिय बैंकहरुसँग नेपालको राम्रो सम्बन्ध हुने र नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा राम्रो हुने कुराहरु राम्ररी जाहेर गरेँ। त्यसो भए तिमीले हेरेर गर्नु हुकुम भयो। अब अर्थमन्त्री र राष्ट्र बैंकको गर्भनरलाई भनिदिन्छु। चाहिने कुरा उहाँहरुसँग गर्नुहोस्। उहाँहरुले तपाईलाई खबर गर्नुहुने छ। ”

    प्रधानमन्त्रज्यूले त्यती भन्नुभएपछि उहाँलाई धन्यवाद दिई बाहिर निस्किएँ।

    ताहाचलमा भुवन पर्खिरहेको थियो । प्रधानमन्त्रीज्यूसँग भएको कुरा सुनाउँदा उनी दङ्ग परे ।

    एक दिन पुनः गभर्नर कल्याणविक्रम आउनुभयो। उहाँले लिएर जानुभएको गहना पनि साथैमा लिएर आउनुभएको थियो, उहाँको श्रीमतीले गहना मन पराउनुभएको रहेछ। गर्भनर साहेवले भन्नुभयो, “मैले महाराजधिराजकोमा तपाईको नाम लिएर बैंकबारे बिन्ती गरें। दुबई बैंक ज्वाइन्ट भेन्चरमा खोल्न दिनु राम्रै हुने निवेदन गरेँ।

    सरकारबाट त्यसले गर्दा नेपालमा बैकलाई हानी हुन जाला कि हुकुम भयो। तपाईले भनेको सबै जाहेर गरेपछि प्रधानमन्त्रीसँग सल्लाह गरी गर्न हुकुम भयो। तपाई दुबई बैंकको प्रतिनिधिलाई लिएर भोलि मेरो अफिसमा आउनुहोस्।”

    गर्भनर साहेबले सम्झेर भन्नुभयो, “अँ सरकारबाट ब्लाक लिस्टमा भएकाहरु, स्मग्लरहरुलाई सेयर नदिनु हुकुम भएको छ ।”

    देव मैत्रालाई फोन गरी भोलि ११ बजे गर्भनर साहेबले राष्ट्र बैंकमा बोलाउनु भएकोले त्यहाँ जानुपर्ने खबर गरेँ।
    भोलिपल्ट देव मैत्रालाई लिएर राष्ट्र बैकं पुग्यौं। गर्भनर साहेबसँग देव मैत्रको परिचय गराएपछि कुराकनी सुरु भयो । गर्भनर साहेबले बैंक खोलने विषयमा देव मैत्रासगँ धेरै कुरा सोध्नुभयो।
     

    शुक्रवार दयारामभक्त माथेमाको पुस्तक सार्वजनिक गर्दै

    नेपालीको ५१ प्रतिशत सेयर
    देव मैत्राले दुबई बैंकबारे बताउन थाल्नुभयो,“दुबई बैंकको विशेष गरी लण्डनमा ठूलो कारोबार चलिरहेको छ। अरु गल्फ कन्ट्रीहरुमा ब्रान्चहरु छन्। यो बैंक अन्तराष्ट्रिय स्तरको हो।”

    “नेपालमा ज्वाइन्ट भेन्चर खोलेपछि दुबई बैंकको कति प्रतिशत सेयर हुन्छ?”

    “दुबई बैकंको ५० प्रतिशत र नेपालको तर्फबाट ५० प्रतिशत।”

    “दुबई बैकंको तर्फबाट ५० प्रतिशत मिल्दैन। नेपालको मेजर सेयर हुनुपर्छ र चेयरम्यान पनि नेपालको तर्फबाट नै हुनुपर्छ। भाइस चेयरम्यान भने दुवई बैकंको तर्फबाट हुनुपर्छ।”

    “त्यसो भए नेपालको तर्फबाट ५१ प्रतिशत र दुबई बैंकको तर्फबाट ४९ प्रतिशत गरे कसो होला? चेयरम्यान नेपालको तर्फबाट हुनेमा हामीलाई मन्जुर छ। चेयरम्यानमा नेपालको तर्फबाट दयारामजी बस्नुहुनेछ। दुबई बैंकबाट भाइस चेयरम्यान मनोनित भएपछि खबर गर्ने छु। दयारामजीबाट २५ प्रतिशत राखी बाँकी सेयर पब्लिकमा दिनुपर्ला।”

    “सेयरहरु नेपालका बैकंहरु अथवा कर्पोरेसनहरुलाई दिनुपर्ला ।”

    “बैकहरुलाई दिन मिल्दैन, बरु कर्पोरेसनहरुलाई दिन मिल्छ।”

    धेरै कुरा भएपछि “तपाईहरु अब आफ्नो मिलाउनतिर लाग्नुहोस्” भन्दै गर्भनर साहेबले बिदा दिनुभयो।

    काम हुने भएकोले हामी तीनैजना खुसी भयौं। देव मैत्राले भन्नुभयो,“म एकपटक दुई दिनको लागि दुबई जानुपर्ला। त्यहाँ गएर सबै मिलाउनुपर्ने मिलाएर आउँछु र मिल्छ भने बैकंको मालिक गलाधारीलाई पनि लिएर आउछुँ। तपाईहरुले उहाँसग भेट गर्नु राम्रै हुने छ। सारै भलादमी र मिलनसार हुनुहुन्छ।”

    केही दिनपछि देव मैत्रा दुबई बैकंका मालिक गलाधारीलाई लिएर तहाचलस्थित कार्यालयमा आउनुभयो। उहाँले गलाधारीसगँ हाम्रो परिचय गराउदैं भन्नुभयो,“दुबई बैकंको काम दयारामजी र भुवनजीको मिहिनेतका कारणले नै हुने जस्तो भएको छ।

    गलाधारीसँग अरु विजनेसबारे पनि कुराकानी भयो। उहाँ ज्वेलरीको पनि राम्रो कलेक्सन गर्नुहुँदो रहेछ । हामीसगँ भएका राम्र राम्रा गहना देखायौं। तीमध्ये केही उहाँले मन पराउनु भयो। केही गहना किन्नु पनि भयो। सारै राम्रो र भलादमी हुनुहुदो रहेछ। एकैछिन बसी कफी लिएर जानुभयो। हामीसगँ भेटघाटका लागी मात्र आउनुभएको रहेछ।

    इन्डोस्वेजको प्रतिनिधिको फोन

    यस्तै एक दिन भुवन र म कार्यालयमा बसीरहेका थियौ, एउटा फोन आयो। को भनी सोध्दा उताबाट कसैले भन्नुभयो,“म इन्डोस्वेज बैकंको प्रतिनिधि बोलेको। तपाईसगँ भेट गर्न कुन समय मिल्ला?”

     “तपाईलाई मिल्छ भने आजै पाल्नुभए हुन्छ”, मैले भनेँ।

    साझँतिर उहाँ आउनुभयो। एकआपसमा परिचय गर्यौं । फ्रेन्च नागरिक जवान राम्रो हुनुहुँदो रहेछ। उहाँले आफ्नो कार्ड दिनुभयो र भन्नुभयो,“म इन्डोस्वेज बैंकको प्रतिनिधि, नेपालमा इन्डोस्वेज बैंकको शाखा खोल्नका लागि आएको।  यो बैंकको शाखा युरोपेली, अमेरिकी र अफ्रिकी मुलुकहरुमा छन्। इन्डियामा बम्बईमा छ। अस्ति तपाई राष्ट्र बैकको गर्भनरसगं धेरैबेर बस्नु भएको थियो। म बाहिर समय पाउन पर्खी बसेको थिएँ, तपाईलाई देखेँ। तपाईको गर्भनरसगँ राम्रो सम्बन्ध रहेछ।

    तपाईले भनिदिनुभयो भने मेरो काम छिटो होला जस्तो लागेर तापाईलाई भेटन आएको। श्री ५ महाराजाधिराज फ्रानसको राजकीय भ्रमणमा सवारी हुदाँ हाम्रो प्रेसिडेन्ट र मौसुफवीच इन्डोस्वेज बैकंको शाखा नेपालमा खाल्नेबारे कुरा भएको थियो। मौसुफबाट स्विकृति बक्सेकोले हाम्रो हेड अफिसबाट मलाई नेपाल पठाएको हो। म यहाँ आएको पनि छ सात दिन भैसक्यो। गर्भनरलाई एकपटक भेटेको थिएँ, काम केही भएको छैन। शाखा खोल्ने कुरामा गर्भनरले मन्जुरी दिई सक्नुभएको छ।

    फ्रेन्च आगन्तुकले एउटा मात्र ड्रिङ्क्स लिनुभयो । मैले भनेँ,“तपाईको बैंकले नेपालमा ज्वाइन्ट भेन्चर गरेको भए राम्रो हुने थियो। त्यसमा हाम्रो पनि सहभागी हुने इच्छा छ।”

    “अहिलेसम्म हाम्रो बैकंले संसारमा कहीँ पनि ज्वाइन्ट भेन्चर गरेको छैन्। हाम्रो बैंकको सिद्धान्त नै शाखा खोल्नु हो।”

    केहीबेर कुराकानी गरेर उहाँ जानुभयो । हामीले केही आश्वासन भने दिएनौँ। भुवनलाई मैले भनेँ,“महाराजधिराजबाट फ्रान्सको राष्ट्रपतिलाई सहमति बक्सेको भए इन्डोस्वेज बैंक पक्कै पनि आउँछ। हाम्रो बैंकको काम छिटो गर्न पाए वेश होला। गर्भनरसँग कुरा गरी छिटो गराउनेतिर लाग्नृ पर्यो ।”

    माथेमालाई २५ हैन १५ प्रतिशत सेयर
    गर्भनरसँग समय लिएर भेट्न गएँ। उहाँको कार्यालय बाहिर इन्डोस्वेज बैंकका प्रतिनिधि पर्खिरहनुभएको देखेँ। गर्भनरले मलाई आफ्नो कोठाभित्र बोलाउनु भयो र भन्नुभयो, “तपाईँहरुले बैकं खोल्न इजाजत मागी दिनुभएको निवेदन अर्थ मन्त्रालयबाट टिप्पणीसहित पेस भएको छ। प्रधानमन्त्रीलाई भनेर अलि छिटो गराउनेतिर लाग्नुहोस्।

    तपाईहरुले २५ प्रतिशत राख्नुभएको अलि बढी भयो। यसलाई अलि कम गर्ने बिचार गरेको छु। सकेसम्म जनतामा धेरै सेयर गएको वेश होला। नत्र तपाईहरुको मात्र भयो भनी मानिसहरुले कुरा गर्ने छन्। अनि, बैकहरुलाई निदिने भए कर्पोरेसनहरुलाई १० प्रतिशत र अरु जनतामा जाने गर्नुहोला ।”

    मैले सोधेँ,“मैले कति पाउने भएँ त ?”

    “तपाईलाई १५ प्रतिशत जनतालाई २६ प्रतिशत गरे कसो होला?”

    “हामीलाई  अलि मर्का पर्ने भयो नि त ! अलि बढाउनु भए बेश होला।”

    “मैले गरेर हुँदैन, माथिबाट नै भएर आएको।”

    “इन्डोस्वेज बैकं पनि आएको छ नि! ”

    कुरैकुरामा मैले भनेँ,“हो, उहाँहरुको बैंक नेपालमा स्थापना गर्न श्री ५ महाराजाधिराजबाट नै फ्रान्सका राष्ट्रपतिसगँ कुरा भएको रहेछ, आउने नै भयो नि !”

    “नेपालीहरुलाई सेयर नदिने रे। त्यसो हुँदा हामीलाई फाइदा होला र?”

    “यो ठूलो विश्वव्यापी बैंक हो । यसबाट अवश्य पनि नेपाललाई फाइदा हुने छ। इन्डोस्वेजको मानिससँग तपाईहरुको राम्रो सम्बन्ध छ?”

    “राम्रो सम्बन्ध छ, हामीकहाँ आउने गर्नुहुन्छ। अहिलेपनि उहाँ बाहिर पर्खिरहनुभएको छ।”

    “त्यसोभए उहाँलाई भित्र पठाइदिनुहोस्। अब तपाईसँग म बाहिरवाट फर्केर आएपछि भेटौला।”

    हामी विदा भयौँ र त्यो फ्रेन्च व्यक्तिसंग हात मिलाई गभर्नरले भित्र वोलाउनुभएको छ भनी भित्र पठाएँ।

    सेयर वाँडफाँडवारे भुवनसंग सल्लाह गर्न थालें। गभर्नरले तराई र पहाडबाट सेयर होल्डरहरु लिनुपर्दछ भन्नुभएको थियो। त्यसैले तराइवाट डा महेन्द्र प्रसाद, पहाडवाट अनङ्गमान शेरचन, काठमाडौंबाट चिनीकाजी श्रेष्ठ, नरसिंहवहादुर श्रेष्ठ र रामशंकर श्रेष्ठलाई लिने विचार गर्यौं। नपुगे अरु एक दुईजना अरु लिनुपर्ला भन्ने योजना बनायौं।

    माथेमाको ताहाचलस्थित निजी निवास जहाँ बैंकका कर्मचारीलाई सुरुवाती तालिम दिइएको थियो

    देब मैत्राले बैंकमा काम गर्ने नयाँ कर्मचारीहरुलाई तालिम दिनका लागि हङकङबाट बैंकिङ सम्वन्धी विशेषज्ञ झिकाउनु भएको थियो। ताहाचल घरमा तालिम सुरु भयो। बैकको कार्यालय पनि त्यहीँ राखिएको थियो।
    देब मैत्रासंग वसि हामीले बैकको काम सम्वन्धि योजनाहरु बनाउन थालिसकेका थियौं। अखवारहरुमा पनि नेपालमा दुबई बैङ्क खुल्न लागेको वारे समाचारहरु छापिन थालेका थिए। कुनै अखवारले नयाँ बैङ्क आउन लागेकोमा खुशी प्रकट गरेका थिए भने कुनै अखवारले विदेशी बैंक आएकोमा विरोध गरेका थिए। देब मैत्रा भन्दै हुनुहुनथ्यो “इन्डोस्वेज बैंकभन्दा पहिले हाम्रो बैक आउनुपर्छ। गभर्नर साहेवलाई भनेर छिटो गराउन पाए हुने थियो।” बैंकको लागि घर दरबारमार्गमा लिने निधो भयो।

    माथेमालाई तीन प्रतिशतमात्र सेयर
    एकदिन गभर्नर साहेवले राष्ट्र बैकमा वोलाएर भन्नुभयो, दयारामजी, तपाईलाई तीन प्रतिशतमात्र सेयर हुने भयो। श्री ५ को सरकारले नियम बनाएको छ, सोही अनुसार नै हुने भयो। अरु सेयर बिक्री केन्द्र मार्फत विक्रि हुनेछ।

    त्यति भनि गभर्नर साहेव सिंहदरवारमा बैठक छ भनी जानुभयो। यो कुरा सुनेर अचम्म लाग्यो तर गर्न सकिने केही थिएन। प्रमोटरका रुपमा सही गर्न राष्ट्र बैङ्कमा बोलाइएको थियो, भुवन र म भई बैक सम्वन्धी कागजातहरुमा दुई तीन घण्टा लगाई सही गरेर फक्यौं।

    बैकको नाम नेपाल अरब बैँक राखिने भयो। हामीले पनि सेयर बिक्री केन्द्रबाट किन्नुपर्ने भयो। हाम्रो मन त्यति चहकिन सकेन। आफ्नो मिहिनेतबाट पाएको उपलब्धिप्रति त्यति सन्तुष्टि भएन। भुवन र मैले सेयर नलिने निधो गर्यौ। यो हामीमाथि पञ्चायत सरकारको तेस्रो मार थियो। पहिले जनसेवा काण्ड, दोस्रो गोल्छा उलन्स मिल र तेस्रो नेपाल अरब बैङ्क।

    राष्ट्र बैकका मानिसहरुले हामीलाई सेयर खरिद गर्न धेरै आग्रह गरेका थिए। तेजवज्र वज्राचार्यले भन्नुभएको थियो, तपाईहरुले धेरै मानिसहरुको नाममा सेयर लिनुहोस, म सवै मिलाईदिने छु। तर हामीले सेयर किन्ने विचार नै गरेनौ। जे भयो भयो। देव मैत्रा पनि आउन छाड्नुभयो। बढो दिक्क लाग्यो। यसको भित्री रहस्य बुझ्यौ तर हामीले गर्न सक्ने केही थिएन।

    देव मैत्राहरु बैङ्क खोल्नतिर व्यस्त हुनुभयो। हामीलाई केहि खबर गर्नुभएन। बैङ्कवाट अलग हुनुपरेकोमा साह्रै दुख लाग्यो। हुनत, नेपालमा विदेशी बैङ्क खोल्न अरुले पनि दरखास्त दिएका थिए। तीमध्ये कतिपय माथिल्लो तहका पहुँचवाला नै हुनुहुन्थ्यो तर वहाहरुले इजाजत पाउनुभएको थिएन। हामीले इजाजत पाएकोमा धेरैलाई इर्ष्या लागेको थियो।

    त्यस घटनाले गर्दा नेपालमा हामीलाई केही काम गर्न दिदैनन् भन्ने मनमा लाग्यो। भारततीर नै आफ्नो व्यापार विस्तार गर्न लाग्नुपर्ला भनी मैले सोचिरहेको थिएँ। छाउनीमा घरहरु निर्माण गरेकोमा पनि दरवारका जनरल मोहनविक्रम शाह, श्री ५ महाराजधिराजका एडिसीले दयारामले छाउनीमा साम्राज्य खडा गरिसक्यो भन्दै हल्ला गर्दै हिड्नुभएको थियो। यसमा पनि उहाँहरुको कुदृष्टि पर्यो होला जस्तो लाग्यो। घरहरु बेची भारततिर लाग्नु सिवाय अरु केहि उपाय होला जस्तो लागेन।


    तत्कालिन नेपाल अरब बैंङ्क अहिले नबिल बनेको छ।

    नेपाल अरब बैङ्कको उद्घाटनको उपलक्षमा पर्टी आयोजना गरिएको थियो। भुवन र मलाई पनि निमन्त्रणा थियो। भुवनले त्यस्तोमा के जाने भन्दै थिए तर हामीले जाने निर्णय गरि अन्नपुर्ण होटल पुग्यौं। पी एस लाहारी पाहुनाहरुको स्वागत गर्दै हुनुहुन्थ्यो।

    देब मैत्राले हामीलाई देख्नासाथ मुख एकाएक अँध्यारो पार्नुभयो। हामीले हात मिलाई दुवैलाई बधाई दियौं। त्यहाँ परिचित मानिसहरुले हामीलाई बधाई दिनुभयो तर मैले भने यो बैङ्कमा हामी छैनौं। सबैले त्यो बैङ्कको मुख्य हामीलाई नै सम्झेका रहेछन्।


    (माथेमा साझेदार नबनेपछि नेपाल अरब बैंकमा नेपाल औद्योगिक विकास निगम(एनआइडिसि), राष्ट्रिय बीमा संस्थान लगायतका संस्थागत साझेदारहरु बने। वीरेन्द्रका छोरा निराजनको नाममा पनि नबिल बैंकमा सेयर थियो। यो सेयर अहिले नेपाल ट्रष्टलाई हस्तान्तरण भएको छ। संस्थागत सेयरधनी भएपछि नबिलमा व्यक्तिगत बिजनेस हाउसको प्रभाव कम रह्यो। इमिरेट्स बैंकले बेचेको सेयर २०५० सालमा विनोद चौधरीले अफसोर कम्पनीमार्फत् खरिद गरे। चौधरीले इमिरेट्सको सेयर खरिदको एउटा कारण यसलाई पनि मान्न सकिन्छ किनकि बैंकमा नेपालकातर्फबाट व्यक्तिगत प्रभाव कसैको पनि थिएन।)

    पढ्नुहोस्:
    नबिलः दुई करोडबाट तीन दशकमा तीन अर्बको यात्रा

    ]]>
    http://bizmandu.com/feed/sunday/-19788.html http://bizmandu.com/content/-19788.html http://bizmandu.com/assets/upload/contentthumb/nabil_bank_30_yrs_(1)1.jpg