A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/real-state.html en-us Wed, 20 Jun 2018 23:07:42 +0545 content <![CDATA[आइएमर्इ र भारतको मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौंता, भारतबाट रकम पठाउन थप सहज]]> admin Tue, 12 Dec 2017 17:10:27 +0545
सम्झौंतापत्रमा आइएमर्इका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेल र मुथुतका तर्फबाट महाप्रवन्धक के विजिमोनले हस्ताक्षर गरे।कार्यक्रममा आइएमर्इ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल,समूहका प्रवन्ध निर्देशक हेमराज ढकाल,आइएमर्इ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,मुथुत फाइनान्स इण्डो नेपाल रेमिटेन्स प्रमुख अनिल कार्कीको उपस्थिती थियो।

सम्झौताअनुसार भारतमा रहेका नेपालीले मुथुतका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् ।यो पैसा नेपालमा रहेको ७ हजार भन्दा बढी आइएमर्इ एजेन्टबाट भूक्तानी पाउने विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार नेपालमा ग्लोबल आइएमर्इ बैंक र भारतमा आरबिएल बैंक यो सेवाका लागि साझेदार बैंकिङ संस्था रहेको छ।आइएमर्इ समूहका अध्यक्ष चन्द्र ढकालले मुथुतसँगको सहकार्यपछि भारतमा रहेका लाखौ नेपालीले सहज रुपमा पैसा पठाउन ढोका खुलेको बताए।समूहका प्रवन्ध निर्देशक हेमराज ढकालले इण्डो नेपाल रेमिटेन्स सेवामा यो सम्झौंताले विविधता ल्याउने बताए।
]]>
http://bizmandu.com/feed/real-state/-30591.html http://bizmandu.com/content/-30591.html http://bizmandu.com/assets/upload/contentthumb/GaXQRkrSLGvK.PNG
content <![CDATA[सान मिगेलद्वारा रमाइलो अवस्थाको दोस्रो संस्करण प्रस्तुत, गोर्खा ब्रुअरीको एप पनि सार्वजनिक]]> admin Fri, 18 Mar 2016 10:48:58 +0545 काठमाडौं। सान मिगेल वियरले आफ्ना ग्राहकका लागि दोस्रो चरणको प्रवर्द्धनात्मक कार्यक्रम 'हल्का रमाइलो अवस्था' उपभोक्तामाझ ल्याएको छ। गर्मीको सिजनसँगै सान मिगेलले अघि सारेको यस प्रवर्द्धनात्मक कार्यक्रमले मित्रता र उमंगको सन्देश दिने गोर्खा ब्रुअरीले जनाएको छ।
 


पहिलो चरणको हल्का रमाइलो अवस्था कार्यक्रम पनि मित्रताको भावना र उमंगलाई बढावा दिने रहेको र अहिलेको कार्यक्रम पनि त्यस्तै रहेको कम्पनीले जनाएको छ। 'सान मिगेल बिल्कुलै अलग उद्देश्य लिएर आफ्ना ग्राहकहरूसमक्ष आउँदै छ,' गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक, फिलिप नोर्लेले भने, 'ग्राहकमाझ सान मिगेलले साथीभाइको मित्रता र उमंगलाई फरक उचाइमा लिएर जानेछ।'
 
त्यस्तै सान मिगेल बियरले मित्रता र साथीभाइको साथ प्रतिनिधित्व लामो समयदेखि गर्दै आएको र यस अवस्थाको दोस्रो पाटो प्रस्तुत गर्न पाउँदा हर्षित भएको गोर्खा ब्रुअरीका बजार व्यवस्थापन प्रमुख वैभव शर्माले बताए।
 
गोर्खा ब्रुअरीले दोस्रो संस्करण प्रस्तुत गरेसँगै अवस्था एप पनि सार्वजनिक गरेको छ।  यो एपबाट ग्राहकले आफ्ना  साथीहरूबीच बिताएको रमाइला पल मोवाइलबाट खिचेर सामाजिक सञ्जालमार्फत सेयर गर्न सक्ने कम्पनीले जनाएको छ। यो एप हाल ’प्ले स्टोर’बाट डाउनलोड गर्न सकिन्छ। 
]]>
http://bizmandu.com/feed/real-state/-16256.html http://bizmandu.com/content/-16256.html http://bizmandu.com/assets/upload/contentthumb/SM_LOGO.jpg
content <![CDATA[राजधानीमा छाला जुत्ता प्रर्दशनी, जुत्तामा आत्मनिर्भर बनाउन अर्थमन्त्रीको आग्रह (तस्विर सहित)]]> admin Tue, 24 Dec 2013 16:34:39 +0545
काठमाडौ । दशौं छाला जुत्ता प्रदर्शनी काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ । देशभरका ७५ छाला जुत्ता तथा छालाका विभिन्न बस्तु बनाउने कम्पनीले प्रदर्शनीमा भाग लिएका छन् । नेपालमा छाला जुत्ताको सम्भावना अत्याधिक रहेकोले यस तर्फ अगाडि बढन अर्थमन्त्री शकर प्रसाद कोइरालाले व्यवसायीलाई आग्रश गरेका छन् । पाँच वा दश वर्षमा आत्मनिर्भर बन्ने लक्ष्य लिएर अगाडि बढनुस, सरकार हातेमालो गर्न तयार छ, प्रदर्शनी उद्घाटन गर्दै उनले भने, ‘व्यवसायी र सरकारले के के गर्न सक्छन प्रस्ताव ल्यानुस ।

नेपालमा २०१८ सालदेखि छाला जुत्ताको व्यवसायिक उत्पादन सुरु भएको हो । चीन सरकारको प्राविधिक र वित्तीय सहयोगमा बाँसबारी छाला जुत्ता कारखानाले पहिलो उत्पदन गरेको थियो । २०४६ सालपछि निजी क्षेत्रले साना तथा मझौला कारखाना स्थापना गरे छाला जुत्ता उत्पादन गर्दै आएको छ ।
देशभर करिव तीनसय यस्ता उद्योग भएको नेपाल छाला जुत्ता उदोग संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए । ‘नेपाली उत्पादनले कुल जुत्ताको मागको ५५ प्रतिशत पुर्ति गर्दै आएको छ,’ उनले भने, ‘सरकारको सहयोग र प्रोत्साहन भएमा छाला जुत्तामा आत्मनिर्भर हुन सकिन्छ ।’

छाला जुत्ता उद्योगले उर्जा, कच्चा पदार्थको अभाव, कच्चा पदार्थ आयातमा लाग्ने चर्को भन्सार, मेड इन नेपाल लेखेर विदेशबाट भित्रने जुत्ता चप्पलबाट कठिनाई भोगिरहेको उद्यमीहरुले बताए । सरकारले सहुलियत र प्रोत्साहन दिनु पर्यो, उपाध्यायले भने । कर्मचारी, सेना र प्रहरीलाई स्वदेशी छाला जुत्ताको प्रयोग गराउन सके ठुलो प्रोत्सहन हुने उनले बताए ।

प्रदर्शनी अवलोकनको अवशरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले कोशेली ब्राण्डको छालाको जुत्ता किनेका थिए । ‘स्वदेशी उत्पादन प्रति मेरो मोह छ,’ खरिद गर्नको कारण खुलाउदै उनले भने ।
]]>
http://bizmandu.com/feed/real-state/-5460.html http://bizmandu.com/content/-5460.html http://bizmandu.com/assets/upload/contentthumb/8.JPG
content <![CDATA[सिभिल होम्सको स्याटेलाईट टाउनको बिक्री सुरु, विक्री शुभारम्भमा विशेष अफर]]> admin Mon, 09 Jul 2012 23:53:41 +0545 कोलोनी आईको ८० प्रतिशतभन्दा बढी निर्माणका काम भइसकेको कम्पनीले जनाएको छ । यो कोलोनीको ७० प्रतिशतभन्दा बढी घरहरु बिक्री भइसकेको कम्पनीको दावी छ । अध्यक्ष तामाङले उपत्यका भित्रका मध्यम तथा उच्च मध्यमवर्गलाई लक्षित गरेर घर बनाइएको जानकारी दिए । साढे दुई आनादेखि ५ आना सम्मका ६९ वटा दुई तल्ले घरहरु निर्माण भईरहेको उनले जानकारी दिए ।  तामाङले फाईनान्स सुविधाको व्यवस्था र बिक्री शुभारम्भको अवसरमा ग्राहकहरुलाई विशेष छुट पनि प्रदान गरिने जानकारी दिए । कोलोनीभित्र ग्राहकले हेल्थ क्लव, डिर्पाटमेन्टल स्टोर, स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, चिल्ड्रेन पार्क लगायतका सुविधा छ ।


]]>
http://bizmandu.com/feed/real-state/-143.html http://bizmandu.com/content/-143.html http://bizmandu.com/assets/upload/contentthumb/civil-homes-sv.jpg
content <![CDATA[अमेरिकी शहर नै टाट पल्टयो, बेरोजगारी बढेपछि िहंसा पनि मौलायो]]> admin Sat, 30 Jun 2012 08:58:00 +0545 दुई लाख ९० हजार जनसंख्या रहेको स्टकटन सानफ्रािन्सस्कोबाट १४४ किलोमिटरको दुरीमा छ । सन् २००८ मा देखिएको घर कर्जा संकट -हाउजिङ क्रयास् का कारण वित्तीय संकटमा फसेको शहरले अन्ततः टाट पल्टेको घोषणा गरेको हो ।
टाट पल्टेको घोषणापछि तिर्नुपर्ने ऋण तथा त्यसको ब्याज आफ्नो वित्तिय अवस्था सुधार नभएसम्म तिर्नुपर्दैन । यद्यपि नागरिकहरुलाई दिने अधारभुत सुविधाहरु भने प्रदान गर्दै जानेछ ।
हाउजिङ फस्टाएको बेला स्टकटन शहरले ऋण लिएर नयु खेलकुल भवन र जलचर केन्द्रहरु निर्माण गर्नुका साथै कर्मचारीहरुको पेन्सन तथा सुविधा समेत बढाएको थियो । तीन वर्ष यता भने शहरले सुविधाहरुमा कटौति गर्दै ९ करोड डलर डलर बराबरको घाटा कम गरेको थियो ।
९० करोडको घाटा पूर्तीका लागि मेयरले एक चौथाई पुलिस एक तिहाई बारुण कर्मचारी र स्थानीय ४० प्रतिसत कर्मचारीलाई अवकास लिन लगाएका थिए । उनले कर्मचारीको मेडिकल सुविधा र तलब समेत घटाएका थिए । हाल शहरको १५ प्रतिसत जनसंख्या बेरोजगार छ जसका कारण समाजिक िहंसा बढ्न थालेको छ ।
गत मार्चमा शहरका प्रति १९५ घर मध्ये एक घरलाई ऋण नतिरेको भन्दै बैकले खाली गराएको थियो । शहर नै टाट पल्टनुमा शहरका उच्च अधिकारीहरु दोषी रहेको स्थानीयवासिन्दाको भनाई छ । उनीहरुका अनुसार उच्च आम्दानी भएको समयमा कर्मचारीलाई उच्च तलब वितरण गर्नुका साथै विलासी संरचना निर्माणमा रकम खर्च गरेका कारण अहिलेको दुर्गती भोग्नुपरेको हो । मुख्यतया कृषिमा आधारीत स्टकटनका युवाहरु पछिल्लो समय कृषिकर्मबाट पर भाग्न थालेका छन् ।]]>
http://bizmandu.com/feed/real-state/-56.html http://bizmandu.com/content/-56.html
content <![CDATA[कंगाली लागेपछि के गर्नु, एक बेलायतीले बनाए बसलाई आलिसान घर !]]> admin Fri, 29 Jun 2012 04:45:47 +0545
यही हो गौंथली घर: ड्यानियलले १५ लाख रुपैयाँ खर्च गरेर बनाएको घर

बोन्डसँग घर किन्नका लागि प्रशस्त पैसा थिएन उनी स्वरोजगार भएकाले बैंकले ऋण पत्याएन त्यसको विकल्पमा उनले पुरानो बस किने अनि त्यही बसलाई सुविधासम्पन्न घरमा बदलिदिए । आमाको असहमतिका बाबजुत बोन्डले गत अक्टोबरमा घर बनाउनकै लागि डबलिन-इष्ट सुसेक्स रुटमा चल्ने डबल डेकर बस किनेका थिए । उनले त्यही बसभित्र दुईवटा बेडरुम एउटा किच्चन टिभी कोठा बार र ट्वाइलेट बनाए ।

खाना पनि पाक्छ: ड्यानियलको किचन बेडरुम र टिभि कोठा
पुरै काठबाट बनाइएको यो बसमा पानी राख्नका लागि २२० लिटरको ट्यांकी बनाइएको छ । केन्द्रीय प्रणालीबाट विजुली जोडिएको छ जसले उज्यालो र अरु विद्युतीय उपकरण चलाउन सकिन्छ । बोन्डले बनाएको घरमा कुकर पि्रुज मात्रै छैन् पानी बग्ने गरी धारो पनि जोडिएको छ ।
ड्यानियल र स्ट्यासी अहिले पनि १९९१ मा बनेको लेल्याण्ड ओलम्पिया डबल डेकर बसमा जीवन बिताइरहेका छन् तर उनीहरु खुशी भने छैनन् । उनीहरु पहिलोपटक घर किन्न खोज्नेहरुका लागि सुविधाको आवश्यकता महसुस गरिरहेका छन् ।
हामी नयाँ घरमा सर्न निक्कै उत्सुक छौं तर घरको मूल्य हामीले सोंचेभन्दा निक्कै महँगो छ भाडामा सर्ने हाम्रो चाहना छैन किनभने हामी हाम्रो पैसा अर्काको घरमा बरवाद गर्न चाहन्नौं । हामी यो कुरामा खुशी छौं कि हामीले यो गर्न सक्यौं तर अरुलाई के लाग्छ भने यिनीहरु किन यस्तो वाहियात काम गरेका होलान् । ड्यानियलको भनाई छ ।
ुजब तपाई यो बसमा छिर्नुहुन्छ तपाईलाई लाग्छ यो सामान्य घर हो तपाई यो भुल्नुहुन्छ यो बस हो ।ु उनले भने । बेलायतको केन्टबरीमा बस्ने ड्यानियलले इ-बेबाट बस किन्नका लागि तीन हजार पाउण्ड खर्च गरेका थिए उनले बाँकी आठ हजार पाउण्ड घर सिगार्न खर्च गरेका हुन् ।
ड्यानियलले एक लाख पाउण्डसम्म पर्ने घर किन्न खोजिरहेका छन् तर बेलायतमा सामान्य एकतले दुई बेडरुम कोठालाई दुई लाख पाउण्ड पर्छ ।]]>
http://bizmandu.com/feed/real-state/-58.html http://bizmandu.com/content/-58.html http://bizmandu.com/assets/upload/contentthumb/bus.jpg