A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/oil.html en-us Wed, 20 Jun 2018 23:07:52 +0545 content <![CDATA[पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ, ग्यासमा २५ भाउ घट्यो, निगमलाई ४० करोड नाफा]]> admin Sun, 02 Jul 2017 18:48:21 +0545 काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २/२ रुपैयाँ  कटौती गरेको छ। दुई साताअघिमात्रै मूल्य घटाएको निगमले फेरि थप दुई रुपैयाँ कम गरेको हो। 


ग्यासको मूल्य पनि २५ रुपैयाँ प्रतिसिलिन्डर घटाइएको छ। अब ग्यासको मूल्य १३ सय ५० पर्नेछ।निगमका प्रवक्ता सिताराम पोखरेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा मूल्य घटेकोले यहाँ पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताए।'अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे अनुसार हामीले स्वचालित मूल्य समायोजन गरिएको हो' उनले बिजमाण्डूसँग भने।

हवाई इन्धनको मूल्य भने प्रति लिटर ४ रुपैयाँ कम गरिएको निगमले जनाएको छ। हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाउसमेत घट्ने छ।पोखरेलका अनुसार मूल्य घटाउँदा पनि निगमले मासिक ४० करोड नाफा कायम गरेको छ।
 
]]>
http://bizmandu.com/feed/oil/-26990.html http://bizmandu.com/content/-26990.html
content <![CDATA[बजेटबाट सरकारले दियो महँगी उपहार, बुढिगण्डकी बनाउन पेट्रोलीयममा कर, ​पेट्रोल-डिजेल मूल्य बढ्ने]]> admin Sat, 28 May 2016 16:46:08 +0545  
यसरी पेट्रोलियममा लिइएको रकम बुढीगण्डकीमा जलाशय युक्त जलविद्युत निर्माणमा खर्चिने सरकारको योजना छ।

नेपालमा वर्षमा १ अर्ब २० करोड लिटर डिजल, ३६ करोड लिटर पेट्रोल र १२ करोड लिटर हवाई इन्धन भित्रिन्छ। सरकारले ५ रुपैयाँ लिटरमा थप कर लिने हो भने डिजेलबाट ६ अर्ब, पेट्रोलबाट १ अर्ब ८० करोड र हवाई इन्धनबाट ६० करोड रुपैयाँ आर्जन गर्न सक्ने छ। यस आधारमा पेट्रोलियम पदार्थबाट ८ अर्ब ४० करोड रुपैयाँ संकलन गर्न सक्छ।
१ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकीको विस्तृत परियोजना प्रतिवेदनअनुसार २ खर्ब ५० अर्ब यसको निर्माणका लागि लाग्नेछ। आयोजनाको मुआब्जाका लागिमात्रै ५० अर्ब खर्च हुन्छ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले अतिरिक्त कर लगाउँदा तत्कालका लागि निगमको नाफा घट्ने बताए। 'अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकोले नाफामा मात्रै घट्नेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेमा मूल्यमा चाप पर्नेछ,' उनले भने। बजेटमार्फत कर बढेमा डिजेलको नाफा घटेर १ रुपैयाँ ४२ पैसामा सीमित हुनेछ। मे महिनामा डिजलमा ६ रुपैयाँ ४२ पैसा मात्रै नाफा छ।
 
मे महिनामा निगमलार्इ पेट्रोलमा १० रुपैयाँ ५३ पैसा नाफा छ। कर लाग्नेवित्तिकै ५ रुपैयाँ ५३ पैसामा झर्नेछ। हवार्इ इन्धनको नाफा पनि ५ रुपैयाँ ९३ पैसामा झर्नेछ। अहिले हवार्इ इन्धनको नाफा १० रुपैयाँ ९३ पैसा नाफा छ।
]]>
http://bizmandu.com/feed/oil/-18175.html http://bizmandu.com/content/-18175.html http://bizmandu.com/assets/upload/contentthumb/13329643_10209685675528341_1083199853_n.jpg
content <![CDATA[आठ दिनअघि नै घट्नु पर्ने पेट्रोलियम पदार्थको भाउ बल्ल घट्यो, अब निगमलाई १८ करोड फाइदा]]> admin Mon, 24 Nov 2014 20:02:30 +0545 काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ आज मध्यरातदेखि लागू हुने गरी घटाएको छ।

निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा र मट्टितेल अनि डिजेलमा प्रति लिटर दुई रुपैयाँ भाउ घटेको छ। घटेको मूल्य अनुसार अब काठमाडौँमा पेट्रोल प्रति लिटर १२५ रुपैयाँ ५० पैसा र डिजेल प्रति लिटर ९९ रुपैयाँ ५० पैसामा पाइनेछ।

मूल्य समायोजनपछि पनि निगमलाई मासिक १८ करोड फाइदा हुने घिमिरेले बताए।   


स्वचालित मूल्य प्रणाली लागू भएपछि कात्तिक ३० गते नै समायोजन हुनुपर्ने भाउ आयल निगमले आठ दिनपछि बल्ल घटाएको हो। 

स्वचालित भने पनि आयल निगमको बोर्ड बैठकबाट परिचालित हुनुपर्ने भएकोले भाउ समयमै नघटेको हो।अघिल्लो हप्ता नै निगम सञ्चालक समितिको बैठक बस्ने भनेपनि पदाधिकारीहरु काठमाडौं बाहिरभएको बहानामा भाउ घटाइएको थिएन।


]]>
http://bizmandu.com/feed/oil/-9625.html http://bizmandu.com/content/-9625.html http://bizmandu.com/assets/upload/contentthumb/oil-drop-coming-out-of-petrol-pump-nozzle-sami-sarkis1.jpg
content <![CDATA[निगमले पेट्रोलियम पदार्थको भाउ घटायो, पेट्रोलमा रु. २.५९ अनि डिजेल र मट्टितेलमा रु २.०६ घट्यो ]]> admin Sun, 19 Oct 2014 21:07:00 +0545  
घटेको मूल्य अनुसार अब काठमाडौँ उपत्यकामा प्रति लिटर पेट्रोलको भाउ १३० रुपैयाँ ४७ पैसा हुनेछ।। त्यसैगरी डिजेल र मट्टितेलको भाउ १०३ रुपैयाँ १७ पैसा प्रति लिटर हुनेछ।

असोज १३ गते स्वचालित मूल्य प्रणालि लागू भइसकेपछि दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेको हो। यो प्रणालि अनुसार हरेक महिनाको १ र १५ तारिखमा भारतीय आयल निगमले पठाएको मूल्य अनुसार मूल्य समायोजन हुने गर्छ। यस अनुसार बिहीबार नै घट्नु पर्ने भाउ आज बल्ल घटाउने निर्णय गरिएको हो।
 
]]>
http://bizmandu.com/feed/oil/-9176.html http://bizmandu.com/content/-9176.html
content <![CDATA[आयाल निगमको घाटा ६६ लाख घटेर ३२.४४ करोडमा आयो, ग्याँसको घाटा ५८७ रुपैयाँ]]> admin Sat, 02 Feb 2013 22:38:46 +0545 काठमाडौं । आयल निगमको मासिक घाटा ६६ लाख रुपैयाँले घटेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले फेब्रुअरी महिनामा पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा झिनो घटेको हो ।
नयाँ मूल्य अनुसार निगमको मासिक घाटा ३२ करोड ४४ लाखमा झरेको छ । जनवरी महिनामा यो घाटा ३३ करोड १० लाख थियो । नयाँ मूल्यमा पेट्रोलको नाफा बढेको छ ।
निगमलाई एक लिटर पेट्रोल बेच्दा ८ रुपैयाँ ८३ पैसा नाफा हुन्छ भने डिजेल बेच्दा १ रुपैयाँ ३४ पैसा घाटा छ । यसअघि निगमलाई पेट्रोल बेच्दा ७ रुपैयाँ ९६ पैसा नाफा र डिजेल बेच्दा १ रुपैयाँ २१ पैसा घाटा थियो ।
निगमलाई मट्टितेलमा १२ रुपैयाँ ३४ पैसा नाफा छ । यो अघिल्लो महिना १३ रुपैयाँ ८५ पैसा थियो । निगमलाई खान पकाउने ग्यासमा केही राहत भएको छ । ग्यासमा निगमलाई एक सिलिन्डरमा ५ सय ८७ रुपैयाँ घाटा छ । यो अघिल्लो महिना ६ सय ४ रुपैयाँ ८ पैसा घाटा थियो ।
जाडोमा ग्यासको खपत विश्वव्यापी रुपमा बढ्ने हुँदा मूल्य बढ्छ । जाडो कम हुँदै गएकोले ग्यासको मूल्य घट्ने र निगमलाई केही भएपनि राहत हुने देखिन्छ ।
  ]]>
http://bizmandu.com/feed/oil/-2163.html http://bizmandu.com/content/-2163.html http://bizmandu.com/assets/upload/contentthumb/nepal_oir_corporation7.jpg
content <![CDATA[तपाईंको भान्छामा हुने रातो रंगको ग्यास सिलिण्डरमा किन निलो रंग लगाईंदैछ ?]]> admin Thu, 02 Aug 2012 09:07:23 +0545 यसको निहित उद्येश्य हो ग्यासको व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिलाउनु । त्यसै कारण ग्याँस उद्योगीको विरोध गरे पनि निगमको उच्च व्यवस्थापन भने दुई रंगको सिलिण्डर कार्यान्वयन गरी छाड्ने योजनामा छ ।
निगम स्रोतका अनुसार भारतबाट सोझै ग्यास ल्याउन अनुमति पाएको चण्डी लुम्बिनीलाई व्यावसायिक ग्याँस बिक्री गर्न दिने रणनीति अनुसार यो योजना ल्याइएको हो । दुई वर्षअघि नेपाल –भारत अन्तरसरकारी वाणिज्य वार्तामा चण्डी लुम्बिनीलाई भारतबाट सोझै ग्यास ल्याएर यहाँका बोटलिङ प्लान्टलाई बिक्री गर्न दिने अनुमति दिइएको थियो ।

विक्रीको अनुमति पाए पनि निगमले बजार लागतभन्दा कममा ग्याँस ल्याएर बिक्री गरिरहे पछि  चण्डी लुम्बिनीको योजनामा कुनै प्रगति भएन । स्रोतका अनुसार चार महिना अघि चण्डीले दुई रंगका सिलिन्डर बनाएर व्यवसायिक ग्याँसको बिक्री अनुमतिको प्रस्ताव गरेको थियो ।  यही प्रस्ताव बमोजिम दुई रंगको  सिलिन्डर बनाउने र घरायसी ग्यास निगमले विक्री गर्ने र व्यवसायिक ग्यास आयातको जिम्मा चण्डी लुम्बिनीलाई दिने सहमति उच्च व्यवस्थापनवीच भएको छ ।
यही सहमति पुरा गर्न भदौ सुरुमै दुई रंगको सिलिन्डर कार्यान्वयन ल्याउन निगम व्यवस्थापनलाई हतारो भएको हो, निगम स्रोतले जानकारी दियो । निगम व्यवस्थापनलाई हतारो नभएको भए  कार्यविधि नै नबनाई ग्यासमा दुई रंगको सिलिन्डर बनाउन किन निर्देशन दिनुपर्दथ्यो, स्रोतले भन्यो ।
स्रोतका अनुसार केही दिन अघि चण्डी लुम्बिनीका सञ्चालकले ग्यास बोटलिङ प्लान्टका सञ्चालकलाई भेटेर ग्यासमा रंग लगाउँदा लाग्ने खर्च आफ्नो कम्पनीले व्योहोर्ने जानकारी गराएका थिए । स्रोतका अनुसार ग्यासमा रंग लगाउँदा लाग्ने ५५ करोडमध्ये ३५ करोड रुपैयाँ चण्डीले दिने प्रस्ताव गरेको थियो ।
उद्योगीका अनुसार पचास प्रतिशत सिलिन्डरमा निलो रंग लगाउन ५५ करोड रुपैयाँ लाग्छ । बोटलिङ प्लान्टसँग ४५ करोड सिलिन्डर छन् । त्यसको आधा २२ हजार सिलिण्डरमा निलो रंग लगाउँदा प्रतिसिलिण्डर साढ दुई सय रुपैयाँ खर्च लाग्छ ।
ग्यास बोटलिङ उद्योगीहरु पनि आफूहरु ग्यासमा दुई रंगको सिलिन्डर बनाउने निर्णयको विपक्षमा नभएको बताए तर त्यसका लागि पहिले ग्याससम्वन्धी कानून चाहिन्छ । ग्यास उद्योग संघका महासचिव कुश मल्लीले कुनै नीति विना हचुवाको भरमा दुई रंगको सिलिण्डर कार्यान्वयन नहुने जानकारी दिए ।
]]>
http://bizmandu.com/feed/oil/-431.html http://bizmandu.com/content/-431.html
content <![CDATA[पेट्रोलियममा कार्टेलिङको तयारी, तीन संस्था एक हुँदै, शिव घिमिरे संयोजक बन्ने]]> admin Fri, 20 Jul 2012 22:48:49 +0545 प्रारम्भिक चरणको छलफलमा तीन वटै संगठन एकीकृत बनाएर थप नाफाको लागि सरकारलाई दबाब दिने रणनीति बनेको छ । तीनवटै संगठनलाई एकीकृत बनाउने अभियानमा सुगम ग्यासका सञ्चालक शिव घिमिरेले नेतृत्व लिएको स्रोतले जानकारी दियो । यो अभियानमा महासंघका अध्यक्ष खगेश्वर बोहोरा र पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याल सक्रिय छन् । घिमिरे, बोहोरा र अर्याल ट्यांकर ढुवानी व्यवसायीमा पाटनर हुन् ।
तीनवटै संगठनलाई एकीकृत बनाउन शुक्रवार गोर्कण भिजेल रिर्सोटमा पहिलो चरणको छलफल समेत भएको छ । दिउँसो छलफलपछि महासंघले बेलुका रात्री भोज समेत राखेको थियो । यो भोजमा वाणिज्य तथा आपूर्ति सचिव लालमणी जोशी, सहसचिव दीपक सुवेदी, आयल निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाललाई पनि निम्तो दिइएको थियो ।
छलफलमा पेट्रोलियम क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न एकीकृत रुपमा लैजान आवश्यक रहेको भन्दै एकीकृत भएर जान घिमिरे पक्षधरले दबाब दिएका थिए । एक ढुवानी व्यवसायीका अनुसार तीनवटै संगठनलाई एकीकृत बनाएर त्यसको संयोजक घिमिरेलार्य बनाउने तयारी भएको छ ।
एकीकृत बनाएर लैजान सकियो भने हामीले सरकारसँग राखेका माग पूरा हुन्छ, घिमिरे पक्षधरले भनेका थिए, यसले हाम्रो व्यवसायको समस्या समाधान हुन्छ । एक व्यवसायीका अनुसार एकीकृत बनाएर लगेमा पेट्रोलियम क्षेत्रमा थप विकृती आउँछ ।
तीन वटै संगठन बनाउनु भनेको यो क्षेत्रमा थप विकृती ल्याउनु हो, एक व्यवसायी भन्छन्, यो समूह बनेमा पेट्रोलियम क्षेत्रमा थप अराजकता ल्याउने र उपभोक्ता मर्कामा पर्छन् । उनका अनुसार घिमिरेलाई संयोजक बनाउनु भनेको पेट्रोलियम क्षेत्रलाई थप बदनाम बनाउनु हो ।
घिमिरेले एक वर्षअघि सिलिन्डरको फूटरिङ र नेकरिङ गरेको आरोपमा मुद्धा खेपिरहेका छन् । १५ हजार सिलिन्डरको फूटरिङ र नेकरिङ काटेको आरोपमा सुगम ग्यास ६ महिना बन्द भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले घिमिरेले उपभोक्ताको ज्यानमाथि खेलवाड गरेको भन्दै उपभोक्ता ऐन २०५४ अनुसार मुद्धा दायर गरेको छ । यो मुद्धा अहिले अदालतमा चलिरहेको छ ।
]]>
http://bizmandu.com/feed/oil/-269.html http://bizmandu.com/content/-269.html