A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/nrb/-890.html en-us Mon, 10 Sep 2012 09:12:15 +0545 content <![CDATA[इन्भेष्टमेन्ट, हिमालयन, एभरेष्टबाट उच्च नगद लाभांस नआउने]]> admin Mon, 10 Sep 2012 09:12:15 +0545 NCHL काठमाडौं । आफूले लगानी गरेका बैंकहरुले उच्च मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित भएपछि दंग परेका लगानीकर्ताहरुलाई एउटा दुखद समाचार छ । उच्च नाफाका बाबजुद तपाईँको हातमा नगद भने थोरै पर्न सक्छ ।
नेपाल राष्ट्र बैंकले लाभांस घोषणा गरेपछि पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसीयो) ११ प्रतिशतको सिमा भित्र रहनुपर्ने नयाँ व्यवस्था लागु गरेपछि ठूला बैंकलाई उच्च नगद लाभांस दिन समस्या सिर्जना भएको हो । राष्ट्र बैंक स्रोतका अनुसार लाभांस घोषणापछि कायम हुने पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत भन्दा तल नझार्न निर्देशन दिइएको हो । यसले उच्च मुनाफा भए पनि केही ठूला बैंकलाई नगद लाभांसको दर घटाउन दवाव परेको छ ।
राष्ट्र बैंकको हालको व्यवस्था अनुसार वाणिज्य बैंकले न्यूनतम १० प्रतिसत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ । नयाँ व्यवस्थापछि बैंकहरूले यसबाहेक  नगद लाभांस घोषणा गर्दा थप एक प्रतिशत सञ्चिती (बफर) राख्नुपर्दछ । केन्द्रिय बैंकले यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई मौखिक जानकारी गराईसकेको छ । लिखित सर्कुलर केहि दिन भित्रमा नै आउने स्रोतको दावी छ ।
नयाँ व्यवस्थाका कारण बैंकलाई उच्च नगद लाभांश दिन समस्या हुने भए पनि शेयर लाभांश दिन भने समस्या पर्ने छैन । नयाँ व्यवस्थापछि आठ वाणिज्य बैंकले चाहेर पनि उच्च नगद लाभांश वितरण गर्न सक्ने छ्रैनन् । बाणिज्य बैंकहरुले प्रकासित गरेको २०६९ असार मसान्तको विवरण अनुसार नविल, नेपाल इन्भेष्टमेण्ट, एनआईसी, एभरेष्ट, सिद्धार्थ, लक्ष्मी, एनसीसी र हिमालयन बैंकबाट उच्च नगद लाभांसको आशा त्यागे हुन्छ । यी सबैं बैंकको पूँजी पर्याप्तता अनुपात १३ प्रतिसत भन्दा कम छ (हेर्नुहोस तालिका) ।
२०६९ असार मसान्तको वित्तीय विवरणमा नयाँ व्यवस्थाका कारण असर पर्ने बैंक र बैंकको क्यापिटल एडिक्वेसी रेसीयो
बैंक    सिएआर बैंक   सिएआर
नबिल     १२.७१ एनआईसी     १२.८५
इन्भेष्टमेन्ट     ११.८१ लक्ष्मी     ११.७६
हिमालयन   १२ एनसीसी     ११.७४
एभरेष्ट     ११.०८ सिद्धार्थ     ११.५४

नगद लाभांश वितरण गर्दा बैंकको नगद सेयर धनीमा जाने भएकाले पुँजी कोष घट्न गइ पुँजी प्रयाप्तता अनुपात घट्छ भने सेयर लाभांश वितरण गर्दा पूँजी कोषमा सकारात्मक प्रभाव पर्न गइ पुँजी प्रयाप्तता अनुपात बढ्छ । नगद लाभांश वितरण नगरे पछि त्यो रकम सञ्चित नफाका रुपमा रहन्छ यसले बैंकको पूँजी कोष तथा पुँजी प्रयाप्तता अनुपात बढाउँछ ।
बैंकको सुदृढताभन्दा पनि राष्ट्र बैंकको निर्देशन मान्नकालागि मात्रै पूँजी पर्याप्तता कायम गर्ने बैंकको प्रबृत्तिलाई निरुत्साहित गर्न केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । पुँजी पर्याप्तता बैंकले धान्न सक्ने जोखिमलाई देखाउनुका साथै निक्षेपकर्ताको निक्षेप सुरक्षणको जानकारी पनि दिन्छ ।
पछिल्लो समयमा बैंकहरुमा जोखिम बढदै जान थालेपछि विश्वव्यापि रुपमा नै वित्तीय संस्थाहरुको पुँजी सृदृढिकरणलाई प्राथमिकता दिन थालिएको छ । बैंकिङ सुपरिवेक्षण एवं जोखिम नियन्त्रणसम्वन्धमा क्रियाशिल वासेल समूहले पनि पूँजी पर्याप्तलाई जोड दिने गरेको छ ।]]>
http://bizmandu.com/content/-890.html http://bizmandu.com/content/-890.html http://bizmandu.com/assets/upload/contentthumb/NRB_201103160853424.jpg
comment <![CDATA[By: iman]]> Thu, 01 Jan 1970 05:30:00 +0530 188 comment <![CDATA[By: pradip]]> Thu, 01 Jan 1970 05:30:00 +0530 310