A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/nrb/-402.html en-us Mon, 30 Jul 2012 23:30:13 +0545 content <![CDATA[राष्ट्र बैंकले एक घण्टा भित्र माग्यो सिइओको ऋण विवरण, हेपेको भन्दै बैंकर्स ‘फायर’]]> admin Mon, 30 Jul 2012 23:30:13 +0545 NCHL काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले अर्को बैंक तथा वित्तीय संस्थासँग लिएको ऋणको विवरण एक घण्टा भित्र पठाउन निर्देशन दिएको छ । सोमबार दिउँसो २ बजे निर्देशन पठाउँदै तीन वजेभित्र सवै ऋणको विवरण पठाइसक्न निर्देशन दिएको थियो ।
निर्देशनपछि सबै बैंकका सिइओले अर्को बैंक तथा वित्तीय संस्थासँग आफूले लिएको ऋणको विवरण पठाएका थिए । राष्ट्र बैंकले एक घण्टाको पनि समय नदिँदै विवरण पठाउन निर्देशन दिएपछि सिइओहरु रुष्ट बनेका छन् ।
माग्ने वित्तिकै दिनु हाम्रो वाध्यता हो । तर सिइओको पनि इज्जत हुन्छ । एक घण्टाको पनि समय नदिइ पुरै हेपेर राष्ट्र बैंकले निर्देशन दिएको छ, एक प्रमुख कार्यकारी अधिकृतले भने, राष्ट्र बैंकको व्यवहारले हामीलाई निरास बनाएको  छ ।’
राष्ट्र बैंकले दुई साताअघि हायर पर्चेज, शिक्षा, स्वास्थ्यलागतयका ऋण वाहेक अरु कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । कुन बैंकमा कुन सिइओको कति ऋण छ भनेर जाँच्न विवरण माग गरिएको राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिए ।
सिइओको पनि इज्जत हुन्छ । सिइओ भनेको पनि ठूलै मान्छे हो नि, अर्का एक बैंकरले भने, राष्ट्र बैंकले आफ्नो दादागिरी देखाउँदै सामान्य अधिकृतको हस्ताक्षर गराएर एक घण्टामा विवरण माग गरेको छ । उनले समय नदिइकनै सिइओलाई हेपेर राष्ट्र बैंकले थर्काएको बताए ।
उनका अनुसार, राष्ट्र बैंकले सिइओको ऋणको विवरण माग्न आवश्यक नै छैन । राष्ट्र बैंकको पनि सेयर रहेको कर्जा सुचना केन्द्रमा सवै विवरण हुने भएकाले उसले सिइओलाई पेल्नका लागि नै विवरण मागेको दावी गरे ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाले बैंक तथा वित्त संस्थामा एकै व्याक्ति तथा परिवार सदस्य दुईवटा पदमा बस्न नपाउने, शिक्षा, हायर प्रचेजबोहकका कर्जा आफ्नो बैंकबाट लिन नपाउने लगायतका व्यवस्था गरेको थियो । यो व्यवस्था राष्ट्र बैंक ऐन विरुद्ध भएको भन्दै बैंकर्सहरु अख्तियार र अदालत जाने तयारी गरेपछि राष्ट्र बैंकले एक घण्टाको समय नै नदिइ विवरण माग गरेको हो, एक बैंकर्सले टिप्पणी गरे ।
]]>
http://bizmandu.com/content/-402.html http://bizmandu.com/content/-402.html http://bizmandu.com/assets/upload/contentthumb/Nepal-Rastra-Bank_201106100645402.jpg
comment <![CDATA[By: Ramesh]]> Thu, 01 Jan 1970 05:30:00 +0530 271