A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/nrb.html en-us Wed, 20 Jun 2018 23:08:08 +0545 content <![CDATA[एनएमबिको १९ प्रतिशत बोनस र एक प्रतिशत नगद लाभांश पारित, चुक्ता पूँजी साढे ६ अर्ब पुग्ने]]> admin Sun, 08 Jan 2017 20:35:40 +0545 काठमाडौं।एनएमबि बैंकको साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलार्इ चुक्ता पूँजीको १९ प्रतिशत बोनश र एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।



बैंकको २१औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो।बैंकको अन्तर्राष्ट्रिय साझेदार एफएमओ नेदरल्याण्डको २० प्रतिशत स्वामित्व रहेको बैंकको बोनश शेयरपछि चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुग्नेछ। 
 
बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा साधारणसभा भएको हो। बैंकको हाल ७२ वटा शाखा, सात वटा एक्सटेन्सन काउन्टर र ५७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ।
 
 
 
 
 
]]>
http://bizmandu.com/feed/nrb/-22997.html http://bizmandu.com/content/-22997.html http://bizmandu.com/assets/upload/contentthumb/9umYKFiavAIH.jpg
content <![CDATA[दशैंका लागि नयाँ नोट वितरण सुरु, २५ अर्ब रुपैयाँका नोट वितरणका लागि तयार]]> admin Tue, 02 Oct 2012 07:53:39 +0545 सजिलै नोट पाइन थालेपछि राष्ट्र बैंकको थापाथली कार्यालयमा त्यति भिँड पनि छैन । बैंकहरुमा पनि नयाँ नोटको दवाव छैन । सरकारले कर्मचारीको तलव र दँसै भक्ता दिन थालेपछि नयाँ नोट साट्न दवाव पर्ने छ । निजी क्षेत्रका संस्थाले पनि दसैंको भक्ता र तलव वितरण गरिसकेको छैन । अर्को साताबाट सरकार र निजी कम्पनीहरुले रकम भुक्तानी गरेपछि नयाँ नोट साट्नेको भिड वड्ने छ । राष्ट्र बैंकले जिल्लास्थित सबै कार्यालय, क्षेत्रीय कार्यालय, सबै बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट उपलब्ध गराउने छ । गत वर्षको दसैंमा २० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो । यस पटक अलिकति माग वढ्न सक्ने भएकाले २५ अर्ब रुपैयाँ नयाँ नोट निस्कासन गर्न लागेको हो । राष्ट्र बैंकसँग १ सय अर्ब रुपैयाँ बराबरको नयाँ नोट मौज्दात छ ।
]]>
http://bizmandu.com/feed/nrb/-1155.html http://bizmandu.com/content/-1155.html
content <![CDATA[नगद लाभांसपछि सिएआर ११ प्रतिशतको सीमामा रहनु पर्ने व्यवस्था हटाउन आग्रह]]> admin Wed, 12 Sep 2012 22:55:22 +0545 उनीहरुका अनुसार, बैंकहरु १० प्रतिशतको पुँजी पर्याप्तता अनुपातमा मात्र तयार भएर अगाडि वढिरहेका बेला नयाँ व्यवस्था गर्दा समस्या पर्ने छ । ‘अर्को वर्षबाट मात्र नयाँ व्यवस्था लागू गर्न आग्रह गरेका छौं,’ एक बैंकरले भने, राष्ट्र बैंकले सकारात्मक रुपमा लिएको छ । ११ प्रतिशतको पुँजी पर्याप्तता अनुपात कायम गर्दा ठूला बैंकलाई उच्च लाभांस दिन समस्या हुन्छ ।
उच्च नाफा भएपनि केहीठूला बैंकलाई नगद लाभांसको  दर घटाउन दवाव परेको छ । राष्ट्र बैंकले बैंकहरुले १० प्रतिशतभन्दा कम व्याजमा ऋण नदिन गरेको कार्टेलिङका बारेमा पनि चासो राखेको थियो । बैंकरहरुले बैंकर्स संघले कुनै किसिमको सम्झौता नभएको बताएका थिए । उनीहरुले केही बैंकरबीच सहमति भए पनि सवै बैंकर नमिलेको बताएका थिए ।]]>
http://bizmandu.com/feed/nrb/-926.html http://bizmandu.com/content/-926.html http://bizmandu.com/assets/upload/contentthumb/NRB_201103160853425.jpg
content <![CDATA[इन्भेष्टमेन्ट, हिमालयन, एभरेष्टबाट उच्च नगद लाभांस नआउने]]> admin Mon, 10 Sep 2012 09:12:15 +0545 नेपाल राष्ट्र बैंकले लाभांस घोषणा गरेपछि पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसीयो) ११ प्रतिशतको सिमा भित्र रहनुपर्ने नयाँ व्यवस्था लागु गरेपछि ठूला बैंकलाई उच्च नगद लाभांस दिन समस्या सिर्जना भएको हो । राष्ट्र बैंक स्रोतका अनुसार लाभांस घोषणापछि कायम हुने पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत भन्दा तल नझार्न निर्देशन दिइएको हो । यसले उच्च मुनाफा भए पनि केही ठूला बैंकलाई नगद लाभांसको दर घटाउन दवाव परेको छ ।
राष्ट्र बैंकको हालको व्यवस्था अनुसार वाणिज्य बैंकले न्यूनतम १० प्रतिसत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ । नयाँ व्यवस्थापछि बैंकहरूले यसबाहेक  नगद लाभांस घोषणा गर्दा थप एक प्रतिशत सञ्चिती (बफर) राख्नुपर्दछ । केन्द्रिय बैंकले यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई मौखिक जानकारी गराईसकेको छ । लिखित सर्कुलर केहि दिन भित्रमा नै आउने स्रोतको दावी छ ।
नयाँ व्यवस्थाका कारण बैंकलाई उच्च नगद लाभांश दिन समस्या हुने भए पनि शेयर लाभांश दिन भने समस्या पर्ने छैन । नयाँ व्यवस्थापछि आठ वाणिज्य बैंकले चाहेर पनि उच्च नगद लाभांश वितरण गर्न सक्ने छ्रैनन् । बाणिज्य बैंकहरुले प्रकासित गरेको २०६९ असार मसान्तको विवरण अनुसार नविल, नेपाल इन्भेष्टमेण्ट, एनआईसी, एभरेष्ट, सिद्धार्थ, लक्ष्मी, एनसीसी र हिमालयन बैंकबाट उच्च नगद लाभांसको आशा त्यागे हुन्छ । यी सबैं बैंकको पूँजी पर्याप्तता अनुपात १३ प्रतिसत भन्दा कम छ (हेर्नुहोस तालिका) ।
२०६९ असार मसान्तको वित्तीय विवरणमा नयाँ व्यवस्थाका कारण असर पर्ने बैंक र बैंकको क्यापिटल एडिक्वेसी रेसीयो
बैंक    सिएआर बैंक   सिएआर
नबिल     १२.७१ एनआईसी     १२.८५
इन्भेष्टमेन्ट     ११.८१ लक्ष्मी     ११.७६
हिमालयन   १२ एनसीसी     ११.७४
एभरेष्ट     ११.०८ सिद्धार्थ     ११.५४

नगद लाभांश वितरण गर्दा बैंकको नगद सेयर धनीमा जाने भएकाले पुँजी कोष घट्न गइ पुँजी प्रयाप्तता अनुपात घट्छ भने सेयर लाभांश वितरण गर्दा पूँजी कोषमा सकारात्मक प्रभाव पर्न गइ पुँजी प्रयाप्तता अनुपात बढ्छ । नगद लाभांश वितरण नगरे पछि त्यो रकम सञ्चित नफाका रुपमा रहन्छ यसले बैंकको पूँजी कोष तथा पुँजी प्रयाप्तता अनुपात बढाउँछ ।
बैंकको सुदृढताभन्दा पनि राष्ट्र बैंकको निर्देशन मान्नकालागि मात्रै पूँजी पर्याप्तता कायम गर्ने बैंकको प्रबृत्तिलाई निरुत्साहित गर्न केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । पुँजी पर्याप्तता बैंकले धान्न सक्ने जोखिमलाई देखाउनुका साथै निक्षेपकर्ताको निक्षेप सुरक्षणको जानकारी पनि दिन्छ ।
पछिल्लो समयमा बैंकहरुमा जोखिम बढदै जान थालेपछि विश्वव्यापि रुपमा नै वित्तीय संस्थाहरुको पुँजी सृदृढिकरणलाई प्राथमिकता दिन थालिएको छ । बैंकिङ सुपरिवेक्षण एवं जोखिम नियन्त्रणसम्वन्धमा क्रियाशिल वासेल समूहले पनि पूँजी पर्याप्तलाई जोड दिने गरेको छ ।]]>
http://bizmandu.com/feed/nrb/-890.html http://bizmandu.com/content/-890.html http://bizmandu.com/assets/upload/contentthumb/NRB_201103160853424.jpg
content <![CDATA[राष्ट्र बैंकले एक अर्ब २१ करोड मुद्दती निक्षेपमा राख्न बाणिज्य बैंकसँग माग्यो प्रस्ताव]]> admin Fri, 07 Sep 2012 23:21:18 +0545 काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो एक अब २१ करोड निक्षेप राख्नका लागि बाणिज्य, विकास र फाइनान्स कम्पनीसँग प्रस्ताव मागेको छ । बैंकले एक वर्षे मुद्दती निक्षेप राख्नका लागि बढी व्याजका लागि वित्तीय संस्थासँग प्रस्ताव माग गरेको हो ।
बैंकले ९७ करोड २३ लाख रुपैयाँ बाणिज्य बैंकमा, १२ करोड १५ लाखका दरले विकास बैंक र वित्तीय संस्थामा राख्नका लागि प्रस्ताव मागेको हो । गएका वर्षहरुमा राष्ट्र बैंकले मौखिक रुपमा वित्तीय संस्थामा निक्षेप राख्दै आएको थियो । यसवर्षदेखि बढि व्याज दिने बैंकमा निक्षेप राख्ने व्यवस्था गरेको हो ।
वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पुरा भएको, कुल कर्जामा पाँच प्रतिशतभन्दा कम खराब कर्जा भएको र खुद तरल सम्पत्ती २० प्रतिशतभन्दा बढी भएको बैंकले मात्र राष्ट्र बैंकको निक्षेप राख्न सक्छन् ।
]]>
http://bizmandu.com/feed/nrb/-855.html http://bizmandu.com/content/-855.html http://bizmandu.com/assets/upload/contentthumb/NRB_201103160853423.jpg
content <![CDATA[नेपाल श्रीलंका मर्चेन्टका तत्कालीन सञ्चालकहरुको खाता रोक्का,]]> admin Thu, 06 Sep 2012 22:10:43 +0545 राष्ट्र बैंकको निर्देशनपछि मुलुकका सबै बैंक तथा वित्तीय संस्थाले बिहीबारै श्रीलंकाका कार्यकारी अध्यक्ष रुवी जोशी, श्रीराम लामिछाने लगायत पाँच जनाको खाता रोक्का गरिएको छ । श्रीलंका मर्चेन्टले एनबीसँग मर्जरमा जानुअघि अल्का हस्पिटललाई नौ करोड रुपैयाँ ऋण दिएको थियो ।
मर्जर प्रकृयामा गइसकेको बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृति बिना दीर्घकालिन प्रकृतिको ठूलो ऋण लगानी गर्न पाउँदैन । श्रीलंकाले राष्ट्र बैंकलाई नसोधी गोप्य रुपमा ऋण लगानी गरेको हो । प्रक्रिया मिचेर दिएको यो ऋणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकले ऋण दुरुपयोग भएपछि सबै संञ्चालकलाई बैंकिङ कसुर ऐन अन्तर्गत कारवाही अगाडि वढाउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकले प्रहरीको अनुरोधमा खाता रोक्का गरेको हो । यसैगरी नेपाल राष्ट्र बैंकको आज बोर्ड बैठक बस्दै छ । बैठकमा एनबी बैंकका विषयमा छलफल हुने सम्भावना छ ।]]>
http://bizmandu.com/feed/nrb/-846.html http://bizmandu.com/content/-846.html
content <![CDATA[राष्ट्र बैंक हाइटेक बनाउने अचम्मको काइदा, २४ जनालाई ९० हजारको आइप्याड]]> admin Tue, 04 Sep 2012 21:11:53 +0545 यो निर्णयले गभर्नर डा. युवराज खतिवडा, डेपुटी गभर्नर गेपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरी बाँस्कोटा, सञ्चालक डा. रामहरी अर्याल, श्रीराम पौडेलको हातमा ९० हजार रुपैयाँ पर्ने आइप्याड हुनेछ । राष्ट्र बैंकमा सात सञ्चालकमध्ये शम्भुशरण कायस्थको समय एक महिना अघि सकिएपछि एउटा सञ्चालक पद खाली छ ।
आइप्याड किन्नका लागि राष्ट्र बैंकले आर्थिक वर्ष २०६९\७० मै बजेटको व्यवस्था गरेको छ । सञ्चालक समितिको यो निर्णयले  राष्ट्र बैंकको ढुकुटीबाट एकैपटक २२ लाख रुपैयाँको रित्तिने छ । गतवर्ष सरकारले सार्वजनिक खर्च कम गर्न मितव्ययितासम्वन्धी कार्यक्रम लागू  गरेको थियो तर त्यही मितव्ययितासम्वन्धी कार्यक्रम लागू गर्ने अर्थसचिवले पनि राष्ट्र बैंकको आइप्याड बाँड्ने निर्णयको भने विरोध गरेनन् ।
गभर्नर, डेपुटी गभर्नरसहित सञ्चालक र कार्यकारी निर्देशकहरुलाई यस अघि राष्ट्र बैंकले ब्राण्डेड ल्यापटप सुविधा दिइसकेको छ भने राष्ट्र बैंकले सुविधासम्पन्न  मोवाइल सेटसहित अन्तराष्ट्रिय रोमिङ सेवा पनि दिइरहेको छ । यसै त अधिकांश सञ्चालक र कार्यकारीलाई दिइएको ल्यापटप नै अहिले आफूले  प्रयोग गर्ने गरेका छैनन्, उनीहरुको ल्यापटप स्वेदश र विदेशमा बस्ने छोराछोरीले चलाइरहेका छन् । एक कार्यकारी निर्देशक भन्छन्, २४ घण्टा भित्र ल्यापटप राष्ट्र बैकमा बुझाउन निर्देशन दिने हो भने दुई/तीनवटा पनि जम्मा हुँदैनन्, यस्तोमा आइप्याड कुन प्रयोजनका लागि बाँड्न लागिएको छ तपाई आफै अनुमान गर्नुहोस् ।
राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरलाई पछि घर लैजाने गरी सुविधामा दिइएको ४५\५० लाख रुपैयाँ पर्ने गाडी एक सय किलोमिटर पनि गुडेका छैनन् । उनीहरुले सुविधामा आएको गाडी नचढेर राष्ट्र बैंकको पुलमा भएका गाडी चढ्ने गरेको भन्दै आलोचना पनि भएको छ ।
]]>
http://bizmandu.com/feed/nrb/-821.html http://bizmandu.com/content/-821.html http://bizmandu.com/assets/upload/contentthumb/nrbtop032.jpg
content <![CDATA[राष्ट्र बैंक भन्छ नगद डलर छैन, फेरी राष्ट्र बैंकको तथ्यांक भन्छ डलर बढ्यो !]]> admin Thu, 30 Aug 2012 09:14:55 +0545 बैंकले विहिवार सार्वजनिक गरेको तथ्यांक अनुसार असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ४३९ अर्ब ४६ करोड रुपैंया पुगेको छ । २०६८ असार मसान्तमा यस्तो संचिति २७२ अर्ब १५ करोड रुपैंया मात्रै थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक मुद्रा संचिती ६१.५ प्रतिशतले बढेको भए पनि बजारमा डलरको अभाव भएको बैंकर र राष्ट्र बैंकको भनाई छ ।
नेपालको वैदेशिक मुद्रा संचितीमा डलरको हिस्सा उच्च रहन्छ । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा ३ अर्ब ८७ करोड रुपैंया बराबरको डलर छ । नेपालमा रहेको कुल वैदेशिक विनिमय संचितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मात्रै यो अवधिमा ७६.२ प्रतिशतले वृद्धि भई ३७५ अर्ब ५२ करोड रुपैयाँ पुगेको बुधबार प्रकासित गत आर्थिक वर्षको तथ्यांकमा उल्लेख छ ।
डलरसँगै भारतीय मुद्राको संचिती पनि बढेको छ । गत आर्थिक वर्षमा भारतीय मुद्रा संचिति ८८ प्रतिशतले बढेर ६० अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।  विदेशबाट वस्तु आयात गर्न तथा बैदेशिक भ्रमणका क्रममा वैदेशिक मुद्रा जरुरी हुन्छ । वैदेशिक मुद्रामध्ये अमेरिकी डलरको प्रयोग अत्याधिक मात्रामा हुने गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको औसत आयातका आधारमा हाल भएको विनिमय संचितिले ११.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्छ ।
]]>
http://bizmandu.com/feed/nrb/-762.html http://bizmandu.com/content/-762.html http://bizmandu.com/assets/upload/contentthumb/Dollar-Dance.jpg
content <![CDATA[नेपालीलाई राष्ट्र बैंकको सुझाव, नगदभन्दा ट्राभल चेक र क्रेडिट कार्ड बोकौं]]> admin Wed, 29 Aug 2012 06:55:00 +0545 नगदको सट्टा विदेशी मुद्राका अन्य उपकरण प्रयोग गर्दा कम जोखिमयुक्त हुनुका साथै बढी विश्वसनीय र भरपर्दा हुने समेत राष्ट्र बैंकले बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकले नगदको सटृा त्यस्ता उपकरण प्रयोग गर्न प्रोत्साहित समेत गरेको छ । विदेश जाँदा नगद बाहेक अन्य उपकरण प्रयोगका लागि बैंकमा पर्याप्त मात्रामा बैकल्पिक उपकरण उपलव्धता रहेको जानकारी समेत दिएको छ ।
राष्ट्र बैंकले मुलुकमा पर्याप्त विदेशी विनिमयको सञ्चितिसमेत रहेको जानकारी दिएको छ । विगत केही दिनयता विदेशी मुद्रामध्ये अमेरिकी डलरको आपूर्तिमा कमी आएको समाचार प्रकाशन भएपछि राष्ट्र बैंकले प्रेस विज्ञप्ति जारी गरेको हो । नेपालबाट विदेश भ्रमणमा जाने व्यक्तिलाई बैंकले जारी गरेका नीतिगत व्यवस्थाको अधीनमा रही बैंकबाट तोकिएको सीमासम्म नगदमा नै विदेशी मुद्रा नियमित रुपमा उपलव्ध गराउदैं आएको पनि जानकारी दिएको छ ।
]]>
http://bizmandu.com/feed/nrb/-746.html http://bizmandu.com/content/-746.html http://bizmandu.com/assets/upload/contentthumb/nrbtop031.jpg
content <![CDATA[राष्ट्र बैंक आफ्नै निर्देशनबाट पछि फर्कदै, कार्यकारी र सञ्चालकले ऋण लिन पाउने]]> admin Sun, 26 Aug 2012 21:34:35 +0545 राष्ट्र बैंकले सञ्चालक र उसको एकाघर परिवारका सदस्य व्यवस्थापक, साझेदार, एजेन्ट वा जमानतकर्ता भएको वा उसको प्रत्यक्ष वित्तीय स्वार्थ भएको व्यक्ति, फर्म, कम्पनी संस्थालाई ऋण दिन नपाउने व्यवस्था गरेको थियो । यसै साता शंशोधनसहित जारी हुने निर्देशनपछि सञ्चालकले व्यक्तिगत र आफ्ना फर्म र कम्पनीका नाममा व्यवसायिक कर्जा लिन पाउने छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुले हायर पर्चेजलगायत व्यक्तिगत कर्जा मात्र लिन पाउने व्यवस्थालाई समेत खुकुलो बनाइने भएको छ । कर्मचारीहरुले व्यवसाय गर्ने वाहेक सवै खालको ऋण लिन पाउने छन् । बैंकका सञ्चालक र कर्मचारीहरुले ऋण बन्देज गर्दा अन्याय भएको गुनासो गरेपछि खुकुलो बनाइएको हो, स्रोतले भन्यो, तर राष्ट्र बंैक व्यवसायीले बैंक चलाउन हुन्न भन्ने पक्षमा नै छ । समयसँगै यसलाई कसिलो बनाएरै छाड्छौं । अहिले सवैजसो औद्योगिक र व्यापारिक घरानाको बैंक तथा वित्तीय संस्था छन् ।
स्रोतका अनुसार, राष्ट्र बैंकका कर्मचारीले ओभरड्राफ्टलगायतका सुविधा प्रयोग गर्न पाइरहेका बेला बैंकका कर्मचारीलाई मात्र बन्देज लगाउँदा यसले नकारात्मक असर पारेपछि खुकुलो नीति बनाउन वाध्य भएको हो । राष्ट्र बैंकले प्रमुख कार्यकारीले जति वर्ष बैंकमा विताए पनि एउटा वाहेक अर्को गाडी फेर्न नपाउनेलगायतको समेत व्यवस्था गरेको छ । यो व्यवस्थालाई भने राष्ट्र बैंकले निरन्तरता दिने छ ।
तर बैंकरले भने पाँच वर्षका लागि आएका गभर्नर र डेपुटी गभर्नरहरुले कार्यालय प्रयोजन, घरायसी प्रयोजन र घर लैजाने गरी तीन वटा गाडी प्रयोग गर्न पाउँदा सिइओले पनि उसले बैंकमा विताउने समय अनुसार गाडी सुविधा लिन पाउनु पर्ने बताउँदै आएका छन् ।
]]>
http://bizmandu.com/feed/nrb/-706.html http://bizmandu.com/content/-706.html http://bizmandu.com/assets/upload/contentthumb/nrbtop03.jpg
content <![CDATA[एनबीका सहयोगी समस्यामा, श्रीलंका मर्चेन्टका सञ्चालकलाई बैंकिङ कसुर ]]> admin Sat, 25 Aug 2012 23:01:51 +0545
टुट्यो साथ : एनबी समूहका जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ र गभर्नर डा. युवराज खतिवडा (फाइल तस्वीर)

बैकिङ कसुर ऐन लागू भएपछि तत्कालिन सञ्चालक समिति सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाउँछ । राष्ट्र बैंकको सञ्चालक समितिले गरेको निर्णय आज (आइतबार) कार्यान्वयनमा आउने छ । अर्थमन्त्रालय हुँदै प्रहरीमार्फत कारवाही अगाडि वढाउँछौं, स्रोतले भन्यो, आज अर्थमन्त्रालय पत्र पठाउँदै छौं । ऋण दिँदा श्रीलंकाको कार्यकारी अध्यक्ष रुवी जोशी थिए । उनीसहित सञ्चालक समितिमा पाँच जना थिए । जोशी गायक पनि हुन् ।
अस्पतालको नाममा दिएको ऋण एनबी समुहले लगेको थियो, स्रोतले भन्यो, कागजी रुपमा ऋण लैजाने सबै ‘डमी’ हुन् । अस्पताललाई दिइएको ऋणको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ । श्रीलंका मर्चेण्टले आफ्ना सञ्चालकहरुलाई ९० करोड रुपैयाँ ऋण दिएको थियो । यो ऋण उठाउन राष्ट्र बैंकले एनबी बैंकलाई निर्देशन दिइसकेको छ । एनबी बैंकसँग गाभिइसकेपछि यो ऋण त्यता सरेको हो । एनबी बैंकले पनि सञ्चालकलाई दिएको ५० करोड ऋण उठाउन वाँकी छ । दुवै संस्थाको गरेर एनबी बैंकले सञ्चालकसँग १ अर्ब ४० करोड ऋण उठाउन वाँकी छ ।
पद्यमा सिनेमा लिलामीमा
राष्ट्र बैंकले कारवाही प्रक्रिया सुरु गरेपछि एनबी बैंकले विक्री गरिसकेको पद्यमा सिनेमा हलको सम्पत्ति फिर्ता गरेर लिलामीबाट फेरी बेच्ने निर्णय गरेको छ । सिनेमा हलको ललितपुर सानेपास्थित एक रोपनी आठ आना जग्गा र त्यसमा बनेको सिनेमा हल लिलामीका लागि बैंकले सूचना जारी गरेको हो ।
पद्यमा सिनेमा हलको धितो लिलाम गर्दा मिलेमतो गरेको भेटेपछि राष्ट्र बैंकले सञ्चालकलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको थियो । प्रक्रिया नै नपुर्याइ बैंकले पद्यमा सिनेमा हलको धितो लिलाम गरेको थियो । लिलाम गरेको केही महिना मै यो सम्पत्ती बैंकका सञ्चालकहरुले किनेको प्रमाण राष्ट्र बैंकले फेला पारेको थियो ।
यस विषयमा पनि स्पष्टिकरण सोध्दै राष्ट्र बैंकले सञ्चालकहरुलाई पाँच लाख रुपैयाँ किन जरिवाना नगर्ने भन्दै प्रश्न सोधेको थियो । राष्ट्र बैंकको स्पष्टिकरणपछि बैंक अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ, विष्णुराज अधिकारी र इन्द्र थापाले राजिनामा दिएका थिए ।
बैंकले लगानी गरेको दुई करोड रुपैयाँ कर्जा चुक्ता नभएपछि पद्यमा सिनेमा हल र जग्गा लिलामी गरेको थियो । लिलामीमा सुरेन्द्रबहादुर सिंहले खरिद गरेका थिए । उनले केही महिना मै त्यो जग्गा सञ्चालक समितिलाई बेचेका थिए । राष्ट्र बैंकको कडा टिप्पणीपछि एनबीले लिलामी गरिसकेको जग्गा फेरी आफ्नो नियन्त्रणमा लिएको छ । पद्यमा सिनेमाका मालिक रविन्द्रमान सिंहले बैंकले अन्याय गरेर सम्पत्ती लिलामीमा चढाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्र बैंकमा उजुरी गरेका थिए ।]]>
http://bizmandu.com/feed/nrb/-694.html http://bizmandu.com/content/-694.html
content <![CDATA[विदेशीका लागि लचिलो बन्यो राष्ट्र बैंक, सरकारी संस्थानलाई लगानी खुकुलो]]> admin Wed, 22 Aug 2012 08:35:02 +0545 राष्ट्र बैंकले नेपाल सरकारको ५० प्रतिशत वा त्यो भन्दा बढी स्वामित्व भएका वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थालाई अन्य बैंक तथा वित्तीय संस्थामा बढीमा २५ प्रतिशतसम्म संस्थापक लगानीका लागि अनुमति दिने भएको छ । यस अघि सरकारी स्वामित्व भएका कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले बढीमा १५ प्रतिशतसम्म मात्रै लगानीको स्वीकृती पाउँदै आएका थिए ।
राष्ट्र बैंकले असार महिनासम्म पाकेको व्याज साउन १५ सम्म असुल भए त्यसलाई अघिल्लो वर्षकै नाफा नोक्सान हिसावमा जनाउन सक्ने नयाँ निर्देशन दिएको छ । बुधवार राष्ट्र बैंकले निर्देशन जारी गर्दै वर्षान्तपछि प्राप्त व्याजलाई नाफा नोक्सान हिसावमा देखाउन सकिने जानकारी दिएको हो ।
त्यसैगरी राष्ट्र बैंकले खराब कर्जा सम्वन्धी व्यवस्थामा केही परिमार्जन गर्दै ट्रष्ट रिसिप्ट लोन टिआर कर्जामा कडाइ गरेको छ । यसअघि टिआर कर्जा भुक्तानीका लागि अन्य कर्जा प्रवाह भए कालोसूचीमा राख्ने व्यवस्था थियो । यसलाई परिवर्तन गर्दै राष्ट्र बैंकले प्रतितपत्र खोल्दा उल्लेख नगरिएका कर्जामा ऋण प्रवाह गरे खराब कर्जा हुने निर्देशन दिएको छ ।
]]>
http://bizmandu.com/feed/nrb/-654.html http://bizmandu.com/content/-654.html http://bizmandu.com/assets/upload/contentthumb/NRB_201103160853422.jpg
content <![CDATA[केन्द्रीय बैंकमा अर्थमन्त्री , बैंकले यस्तो गर्छ भन्दै गभर्नरले पढाए पाठ (प्रेस विज्ञप्ति पनि)]]> admin Wed, 15 Aug 2012 08:26:29 +0545 खतिवडाले अर्थमन्त्री पुनलाई बैंकको उद्देश्य, कार्य, सङ्गठनात्मक संरचना, मौद्रिक, वित्तीय क्षेत्र, विदेशी विनिमय व्यवस्थापन, नोट निष्कासन र व्यवस्थापन, वित्तीय पहुँचका प्रयास, अनुसन्धान तथा प्रकाशन, भुक्तानी प्रणाली, समाशोधन कार्य, अन्तराष्ट्रिय आबद्धता लगायतका विषयमा जानकारी दिएका थिए ।
गभर्नर खतिवडाले बैंकका आगामी आर्थिक, वित्तीय, पूर्वाधारजन्य (कानूनी, भौतिक, नीतिगत र संस्थागत) चुनौती र सरकारका अन्य निकायसँगका समन्वयात्मक चुनौतीका बारेमा समेत जानकारी दिएका थिए । कार्यक्रममा मन्त्री पुनले सन् ९० को दशकपछि मुलुकले अपनाएको आर्थिक उदारीकरणपछि यसका सकारात्मक र नकारात्मक नतिजा देखिएको सन्दर्भमा यसका नकारात्मक पक्षलाई चिर्दै अघि बढ्नु पर्ने विचार व्यक्त गरेका थिए ।
राष्ट्र बैंक ठिक दिशामा गइरहेको बताउँदै पुनले भर्खरै सार्वजनिक गरिएको मौद्रिक नीतिका उद्देश्य हासिल गर्न कार्यान्वयन पक्ष खास गरी वित्तीय पहुँचमा जोड दिन आग्रह गरेका थिए । ग्रामीण क्षेत्रमा बैंकका शाखा स्थापना भए पनि निक्षेप संकलन मात्र हुने स्थिति नआओस् भन्ने उनको धारणा थियो ।
निक्षेप सुरक्षणलाई बढावा दिनुपर्ने, पनर्कर्जा सुविधा र मूल्य नियन्त्रण कार्य प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरु उनले राखेको बैंकले जारी गरेको विज्ञप्तिमा छ । लगानी मैत्री वातावरण निर्माण, रोजगारी सिर्जना जस्ता नेपाल सरकारका कार्यक्रम रहेको जानकारी दिँदै अर्थमन्त्री पुनले सरकारले नतिजामुखी कार्यक्रममा जोड दिइरहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा डेपुटी गभर्नर गोपाल प्रसाद काफ्लेले स्वागत मन्तव्य प्रस्तुत गर्दै वित्त नीति र मौद्रिक नीतिको समन्वयात्मक कार्यान्वयनबाट नै आर्थिक उद्देश्य हासिल हुने जानकारी दिएका थिए । उनले मन्त्री पुनले राष्ट्र बैंकको भ्रमणपछि त्यस दिशामा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
डेपुटी गभर्नर महा प्रसाद अधिकारीले बैंकको काम कारवाहीका सम्बन्धमा मन्त्रीले जानकारी लिएकामा आभार प्रकट गरेका थिए । कार्यक्रममा अर्थ सचिव, बैंक सञ्चालक सदस्यहरू, कार्यकारी निर्देशकज्यूहरु, निर्देशक लगायत बैंकका विशिष्ट पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोस्
http://www.nrb.org.np/ofg/events_ofg/Press_Release--Honorable_Finance_Minister_Mr._Barsha_Man_Pun_visited_NRB-new.pdf
]]>
http://bizmandu.com/feed/nrb/-577.html http://bizmandu.com/content/-577.html http://bizmandu.com/assets/upload/contentthumb/picture_nrb.jpg
content <![CDATA[वेस रेट भन्दै व्याज तोक्ने योजनामा राष्ट्र बैंक, मुद्रा कोषसँग एक सातादेखि छलफल जारी]]> admin Sat, 04 Aug 2012 22:39:32 +0545 मुद्रा कोषले वेस रेटका बारेमा आफ्नो सुझाव आइतबार प्रस्तुत गर्दैछ । त्यसपछि राष्ट्र बैंकले सुझावलाई कानुनी भाषामा ढालेर बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने छ, स्रोतले भन्यो । मुद्रा कोषको सहयोगमा वेस रेट निर्धारणका बारेमा अध्ययन भइरहेको छ, राष्ट्र बैंकका स्रोतले भन्यो, यसै महिनाभित्र निर्देशन जारी गर्छौं ।
निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले आफ्नो पुँजी लागतमा सञ्चालन खर्च र नाफा जोडेर न्युनतम ब्याज दर तोक्नु पर्छ । तोकिएको ब्याज दरभन्दा कममा ऋण लगाउन पाइँदैन । वेस रेट तोकेपछि राष्ट्र बैंकले ब्याज दरमा प्रत्यक्ष नियमन गर्छ ।
अहिलेकै अवस्थामा बैंकको ब्याज दर राष्ट्र बैंकले तोकिदिए खुला बजार अर्थतन्त्र विरुद्ध गएको आरोप लाग्ने भएपछि केन्द्रिय बैंक वेस रेटको माध्यमबाट व्याज दरमा नियन्त्रण गर्न लागेको हो । स्रोतका अनुसार, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकेको न्युनतम दरभन्दा केही प्रतिशत मात्र वढि व्याज राख्न पाउने निर्देशन दिने छ ।
यसले गर्दा ब्याज दर नियन्त्रण गर्न राष्ट्र बैंकलाई सजिलो हुने छ । स्रोतका अनुसार, बैंकहरुले तोकेको वेस रेटको तीनदेखि चार प्रतिशतभन्दा वढी उच्चतम ब्याज तोक्न नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गर्ने छ । राष्ट्र बैंकले ६ वर्षअघि नै ब्याज दर बैंक तथा वित्तीय संस्थालाई तोक्न स्वतन्त्र छाडिदिएको छ ।
    
]]>
http://bizmandu.com/feed/nrb/-449.html http://bizmandu.com/content/-449.html http://bizmandu.com/assets/upload/contentthumb/NRB_201103160853421.jpg
content <![CDATA[राष्ट्र बैंकले एक घण्टा भित्र माग्यो सिइओको ऋण विवरण, हेपेको भन्दै बैंकर्स ‘फायर’]]> admin Mon, 30 Jul 2012 23:30:13 +0545 निर्देशनपछि सबै बैंकका सिइओले अर्को बैंक तथा वित्तीय संस्थासँग आफूले लिएको ऋणको विवरण पठाएका थिए । राष्ट्र बैंकले एक घण्टाको पनि समय नदिँदै विवरण पठाउन निर्देशन दिएपछि सिइओहरु रुष्ट बनेका छन् ।
माग्ने वित्तिकै दिनु हाम्रो वाध्यता हो । तर सिइओको पनि इज्जत हुन्छ । एक घण्टाको पनि समय नदिइ पुरै हेपेर राष्ट्र बैंकले निर्देशन दिएको छ, एक प्रमुख कार्यकारी अधिकृतले भने, राष्ट्र बैंकको व्यवहारले हामीलाई निरास बनाएको  छ ।’
राष्ट्र बैंकले दुई साताअघि हायर पर्चेज, शिक्षा, स्वास्थ्यलागतयका ऋण वाहेक अरु कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । कुन बैंकमा कुन सिइओको कति ऋण छ भनेर जाँच्न विवरण माग गरिएको राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिए ।
सिइओको पनि इज्जत हुन्छ । सिइओ भनेको पनि ठूलै मान्छे हो नि, अर्का एक बैंकरले भने, राष्ट्र बैंकले आफ्नो दादागिरी देखाउँदै सामान्य अधिकृतको हस्ताक्षर गराएर एक घण्टामा विवरण माग गरेको छ । उनले समय नदिइकनै सिइओलाई हेपेर राष्ट्र बैंकले थर्काएको बताए ।
उनका अनुसार, राष्ट्र बैंकले सिइओको ऋणको विवरण माग्न आवश्यक नै छैन । राष्ट्र बैंकको पनि सेयर रहेको कर्जा सुचना केन्द्रमा सवै विवरण हुने भएकाले उसले सिइओलाई पेल्नका लागि नै विवरण मागेको दावी गरे ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाले बैंक तथा वित्त संस्थामा एकै व्याक्ति तथा परिवार सदस्य दुईवटा पदमा बस्न नपाउने, शिक्षा, हायर प्रचेजबोहकका कर्जा आफ्नो बैंकबाट लिन नपाउने लगायतका व्यवस्था गरेको थियो । यो व्यवस्था राष्ट्र बैंक ऐन विरुद्ध भएको भन्दै बैंकर्सहरु अख्तियार र अदालत जाने तयारी गरेपछि राष्ट्र बैंकले एक घण्टाको समय नै नदिइ विवरण माग गरेको हो, एक बैंकर्सले टिप्पणी गरे ।
]]>
http://bizmandu.com/feed/nrb/-402.html http://bizmandu.com/content/-402.html http://bizmandu.com/assets/upload/contentthumb/Nepal-Rastra-Bank_201106100645402.jpg