A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/nepse.html en-us Wed, 20 Jun 2018 23:08:54 +0545 content <![CDATA[धितोपत्र बोर्डले ल्यायो एफपीओ जारी गर्ने नयाँ विधि, चार आधारमा एफपीओको मूल्य तय गरिने]]> admin Sat, 13 Aug 2016 08:11:27 +0545 काठमाडौ । धितोपत्र बोर्डले फर्दर पब्लिक इस्यु(एफपीओ) जारी गर्दा चार आधार लिने भएको छ । विभिन्न कम्पनीले आफुखुशी एफपीओ निर्धारण गर्न थालेपछि बोर्डले चार विधिका आधारमा मात्रै एफपीओ जारी गर्न पाउने निर्णय गरेको हो ।

बोर्डले पुँजीकृत भएको आम्दानी, प्रति शेयर खुद सम्पत्तिको मूल्य, १ सय ८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यका आधारमा तय गर्नुपर्ने जनाएको छ । बोर्डले चार विधिहरु अवलम्बन गरेर मूल्य गणना गर्ने र सबै विधिहरुबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणना गरी मूल्य निर्धारण गर्नुपर्ने जनाएको छ ।

सूचिकृत संस्थाले साधारणसभाबाट निर्णय भएको चार महिनाभित्रै एफपिओका लागि आवेदन दिनुपर्ने प्रावधान समेत बनाएको छ । एफपीओ जारी गनुपर्ने आधारहरु समेत उल्लेख गर्नुपर्ने बोर्डले जनाएको छ ।

एफपीओ जारी गर्न सम्वन्धित व्यवसायको औसत प्रतिफल तथा विटा गणना भएको हकमा सोका आधारमा, प्रति शेयर खुद सम्पत्तिको मूल्य गणना गर्ने प्रयोजन समावेश भएका विभिन्न रकमहरुको विस्तृत विवरण तथा आधारहरु, औसत बजार मूल्य गणना गर्दा आवेदन दिनुभन्दा १ सय ८० दिन अगाडीको मूल्य, वित्तिय प्रक्षेपणका आधारहरुको औचित्य र डिस्काउन्ट रेट र टर्मिनल ग्रोथ रेट गणना गर्दाको आधार पेश गर्नुपर्ने बोर्डले जनाएको छ । 
 
]]>
http://bizmandu.com/feed/nepse/-19778.html http://bizmandu.com/content/-19778.html
content <![CDATA[सेयर बजारमा लाग्यो साढे २० अंकको ब्याक गियर, बिमामा गिरावट, एनबी बै‌कको १२ करोडको किनबेच ]]> admin Wed, 25 May 2016 15:37:50 +0545 काठमाडौं । साताभर नयाँ नयाँ रेकर्ड बनाउँदै बढेको सेयर बजारमा बुधबार अवरोध २०.४१ अंकको अवरोध आएको छ । लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेका कारण कारोबार रकम डेढ अर्ब हारहारी पुगेपनि बजार साढे २० अंकले झरेको हो ।

बिमाका कारण निरन्तर उक्लिरहेको सुचक बुधबार बिमा र बैंकका कारणले ओर्लिएको हो । बिमा १३५ अंकले झरेको छ । बैंकिङ २६ अंकले झरेको छ । विकास बैंक र जलविद्युतको सेयर सुचक भने बढेको छ । बुधबार १३७ कम्पनीको एक अर्ब ४४ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा वढि किनबेच एनबी बैंककको १२ करोड १६ लाख रुपैयाँको भएको छ ।

शिखर इन्स्योरेन्सको सात करोड ८६ लाख र नेपाल बैंकको ६ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनएमबी बैंककोफ पाँच करोड ८६ लाख, सानिमा पाँच करोड २५ लाख र नेपाल लाइफ पाँच करोड ६ लाख र एभरेष्ट बैंक चार करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार घट्दा पनि कर्णाली डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनी संस्थापक सेयरधनीले सबैभन्दा वढि कमाएका छन् । वढि गुमाउनेमा सप्तकोशो डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।
]]>
http://bizmandu.com/feed/nepse/-18115.html http://bizmandu.com/content/-18115.html
content <![CDATA[नक्कली सेयर प्रमाणपत्रको कारोबार भएकोमा नेप्से गम्भीर, सतर्कता अपनाउन लगानीकर्तालाई आग्रह]]> admin Mon, 16 Mar 2015 22:01:21 +0545 काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नक्कली सेयर प्रमाणपत्रको कारोबार भएकोमा गम्भीर चासो व्यक्त गर्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

नेप्सेका प्रवक्ता शम्भुप्रसाद पन्तले खरिद बिक्री आदेश तथा दाखिल खारेज फारम राम्ररी भर्ने, धितोपत्र कारोबार बैंकिङ प्रणालीमार्फत चेकबाट गर्ने लगायतका सतर्कता अपनाउन अनुरोध गरेका छन्।
नेप्सेले आज प्रेस विज्ञप्ति जारी गरी नेपाल धितोपत्र बोर्ड, सम्पूर्ण सेयर दलाल व्यवसायी तथा नेपाल प्रहरी समेतको समन्वयमा छानबिन अगाडि बढाएको स्पष्ट पारेको छ।

नेप्सेले सम्पूर्ण लगानीकर्तालाई सेयर कारोबार गर्दा आवश्यक कागज नियमानुसार राख्न अनुरोध गर्दैै छानबिन पश्चात दोषी ठहर हुनेलाई प्रचलित नियमकानुनअनुसार कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

बजार कारोबारलाई स्वच्छ तथा पारदर्शी बनाई लगानीकर्ताको हित संरक्षणमा नेप्सेले प्रतिवद्धता व्यक्त गरेको छ। 

]]>
http://bizmandu.com/feed/nepse/-10971.html http://bizmandu.com/content/-10971.html
content <![CDATA[लाभांस दिने कम्पनी घटे, प्रतिफलमा भने वृद्धि, १ सय ४ कम्पनीले नाफाबाट नगद र सेयर वाँडे]]> admin Thu, 31 Jan 2013 23:20:17 +0545 काठमाडौं । राजनीतिक अस्थिरताले लगानी वातावरण विथोलिएको र वित्तीय संस्थाहरुको अवस्था सन्तोषजनक नभएका कारण लगानीकर्तालाई लाभांस दिने कम्पनी घटेका छन् ।
अघिल्लो वर्ष १ सय ३१ कम्पनीले लगानीकर्तालाई लाभांस दिएका थिए । यसपाली भनेजम्मा १ सय ४ कम्पनीले मात्र लाभांस वितरण गर्न सके ।
लाभांस वितरण गर्नेमा वढी बैंक तथा वित्तीय संस्था र जलविद्युत तथा बिमा कम्पनीहरु छन् ।
लाभांस दिने कम्पनी घटेपनि लगानीकर्ताले पाउने औषत प्रतिफल वढेको छ । अघिल्लो बर्ष लगानीकर्ताले १७.५२ प्रतिशत औषत प्रतिफल भएका थिए । यसपाली प्रतिफल दर औषत २५.६६ प्रतिशत पुगेको छ ।
दुवै वर्ष सर्वाधिक लाभांस युनिलिभर नेपाल लिमिटेडले दिएको छ । यसपाली मात्र युनिलिभरले ६८० प्रतिशत लाभांस दिएको छ । युनिलिभरलाई वोट्लर्स नेपाल तराई र वालाजुले पच्छ्याएको छ । तराईले ८५ प्रतिशत र वालाजुले ७० प्रतिशत लाभांस दिएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनले ६५.२६ प्रतिशत, नबिल बैंक ६० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड६० प्रतिशत र एनआइडिसी डेभलपमेन्ट बैंकले ५४ प्रतिशत लाभांस दिएका छन् । यसमा नगद र वोनस सेयर दुवै छ ।
कम लाभांस दिनेमा जनता बैंक छ । साधारण सेयर निस्कासन गर्ने वित्तिकै बैंकले ३.६८ प्रतिशत लाभांस दिएको हो । हिमचुली विकास बैंक र वीरगञ्ज फाइनान्स मर्ज भएर बनेको एच एन्ड बी डेभलपमेन्ट बैंकले ५ प्रतिशत, प्रोफेसनल विकास बैंकले ५.१ प्रतिशत, सनराइज बैंकले ५.२६ प्रतिशत र सानिमा बैंकले ५.५ प्रतिशत लाभांस दिएको छ ।
अघिल्लो वर्ष दोस्रो नंम्बरमा चिलिमे जलविद्युत पावर कम्पनी थियो । कम्पनीले ७० प्रतिशत लाभांस दिएको थियो । त्यसपछि एभरेष्ट बैंक, वाटलर्स तराई र वालाजु थिए ।

यसपाली कसले कति दिए ?

Symbol  Cash Dividend %  Total Dividend % 
Uniliver Nepal Ltd.  680 680
Bottlers Nepal (Terai)Ltd.  85 85
Bottlers Nepal Ltd.(Balaju)  70 70
Life Insurance Co. Nepal  3.26 65.26
Nabil Bank Ltd.  40 60
Standard Chartered Bank Ltd.  45 60
NIDC DEVELOPMENT BANK LTD.  0 54
Soaltee Hotel Ltd.  32.63 52.63
Chilime Hydro power Co.  20 50
Muktinath Bikas Bank Ltd.  27.5 50
Chhimek Laghubitta Bikas Bank Limited  17.1 42.1
Citizen Investment Trust  0 35
Everest Bank Ltd  1.58 31.58
National LifeInsu. Co.Ltd.  1.58 31.58
Swabalamwan Bikash Bank  26.58 31.58
Nepal Investment Bank Ltd.  5 30
City Development Bank Limited  14 29
Himalayan Bank Ltd.  13.4211 28.4211
Sahayogi Vikas Bank  15.63 27.63
Bank of Kathmandu  21.32 26.32
Lumbini Finance Ltd.  16.32 26.32
Nerude Laghubita Bikas Bank Limited  10.79 25.79
Butwal Power Co. Ltd.  25 25
Diprox Development Bank  25 25
Excel Development Bank Ltd.  0 25
Garima Bikas Bank Limited  15 25
Nepal Industrial And Co.Bank  25 25
Prudential Insurance Co.  0 25
Resunga Bikas Bank Limited  1.16 23.16
Triveni Bikas Bank Limited  13 23
Nepal Insurance Co.Ltd.  1.05 21.05
Miteri Development Bank Limited  0 20
Om Finance Ltd.  10 20
Seti Finance Limited  10 20
Sewa Bikas Bank Limited  0 20
Narayani National Finance Co. Ltd.  18.95 18.95
Shine Development Bank Limited  0.89 17.89
Diyalo Bikas Bank Ltd.  17.5 17.5
Nepal SBI Bank Limited  5 17.5
Reliable Finance Limited  8.86 17.27
Siddhartha Finance Limited  0 17.2
Bishwa Bikas Bank Limited  12 17
Prabhu Finance Company Limited  0 17
Bageshowori Dev.Bank  0 16.5
Metro Development Bank Limited  10 16
First Microfinance Development Bank Ltd.  15.79 15.79
Guheyshwori Mer. Bank. Fin  0.79 15.79
Nilgiri Bikas Bank Limited  0.79 15.79
Nirdhan Utthan Bank Ltd.  11.87 15.79
Shree Investment Finance Co. Ltd  15.79 15.79
Summit Micro Finance Development Bank Ltd.  15.79 15.79
Tinau Development Bank Limited  0.78 15.78
Arun Valley Hydropower Development Company Limited  0.75 15.75
Kamana Bikas Bank Limited  15 15
Pacific Development Bank Limtied  15 15
Nepal Express Finance Limited  0.74 14.74
Gandaki Bikas Bank Limited  0 14.5
Global IME Bank Limited  10 13
Yeti Finance Limited  0.63 12.63
Biratlaxmi Bikash Bank Limited  0 12
Civil Merchant bittya sanstha  12 12
Kailash Bikas Bank Ltd.  12 12
Lumbini Bank Ltd.  0 12
Mahakali Bikas Bank Limited  12 12
Prime Commercial Bank Limited  7.58 11.58
Neco Insurance Co.  0 11.5
Alpine Development Bank Limited  11 11
Pathibhara Bikas Bank Limited  11 11
Fewa Finance Co. Ltd.  10.53 10.53
Kaski Finance Limited  10.53 10.53
NEPAL AAWAS FINANCE LIMITED  10.53 10.53
Zenith Finance Limited  10.53 10.53
Clean Energy Development Bank Limited  10 10
Kabeli Bikas Bank Limited  0 10
Laxmi Bank Limited  10 10
Nabil Investment Banking Ltd.  10 10
Nava Durga Finance Co.Ltd.  0.5 10
United Finance Ltd  10 10
Lumbini General Insurance  0 9.57
Api Finance Limtied  0.47 9.47
Goodwill Finance Co. Ltd.  5.5 9
Kasthamandap Development Bank Ltd.  5 9
UNIQUE FINANCE LIMITED  8.95 8.95
Citizens Bank International Limited  8.42 8.42
ICFC Finance Limited  8.42 8.42
Siddhartha Bank Limited  8.42 8.42
Asian Life Insurance Co. Limited  0 8.29
Araniko Development Bank Limited  8 8
Kathmandu Finance Limited.  8 8
MANJUSHREE FINANCIAL INSTITUTION  8 8
Bank of Asia Nepal Limited  7.5 7.5
Purnima Bikas Bank Limited  7.36 7.36
Grand Bank Nepal Ltd.  7 7
Kumari Bank Ltd  7 7
Civil Capital Market Ltd  6.84 6.84
International Leasing And Fin. Co.  6.7 6.7
Guras Life Insurance Co. Ltd.  0 6.5
Subha Laxmi Finance Co. Ltd.  5.75 5.75
Everest Finance Ltd,  5.5 5.5
Sanima Bank Ltd.  5.5 5.5
Sunrise Bank Limited  5.26 5.26
Professional Bikas Bank Limited  5.108 5.108
H & B Development Bank Ltd.  5 5
Janata Bank Nepal Ltd.  3.68 3.68
]]>
http://bizmandu.com/feed/nepse/-2150.html http://bizmandu.com/content/-2150.html
content <![CDATA[दशैंको चमकले चम्कियो स्टक एक्सचेञ्ज, अधिकांश ठूला कम्पनीको सेयर मूल्यमा उछाल]]> admin Tue, 30 Oct 2012 04:55:10 +0545 मंगलवारको कारोवारमा बैंक अफ काठमाण्डू २३ रुपैयाँको वृद्धिसहित प्रतिकित्ता ५७५ मा कारोवार भयो । छिमेक लघुवित्त विकास बैंकको ३३ रुपैयाँले सेयर मूल्य बढेर ४७४ रुपैयाँमा कारोवार भयो । ग्रान्ड बैंकको १२ रुपैयाँले बढेर १८९ रुपैयाँमा कारोवार भयो । हिमालयन बैंकको सेयर १९ रुपैयाँले बढेर ७४९ मा कारोवार भयो ।
बैकिङ्गमा नबिल बैंकको सबैभन्दा बढी प्रतिसेयर ५९ रुपैयाँले बढेर १२२४ मा कारोवार भयो । नेपाल इन्भेष्टमेन्ट बैंकको २३ रुपैयाँले बढेर ५५९ मा, प्राइम बैंकको १० रुपैयाँले बढेर २४०, नेपाल एसबीआईको ५१ रुपैयाँले बढेर ५६२, स्ट्याण्डर्ड चार्टड बैंकको ४६ रुपैयाँले बढेर १८१६ मा कारोवार भयो ।
बैकिङ्ग बाहिरका दुई ठूला कम्पनी नेपाल टेलिकमको सेयर मूल्य समेत १२ रुपैयाँले बढेर प्रतिकित्ता ६८७ रुपैयाँ पुग्यो । मंगलवारको वृद्धिपछि टेलिकमको बजार  पुँजीकरण एक खर्ब तीन करोड रुपैयाँ पुग्यो । यो वृद्धिले टेलिकमको प्रतिकित्ता सेयर मूल्य सात सयको रेकर्डतर्फ जान थालेको पनि छ ।
मंगलवार चिलिमेको सेयर मूल्य २० रुपैयाँले बढेर १०१० मा कारोवार भयो । बुक क्लोजपछि तल झरेको चिलिमेको सेयरले मंगलवार एक हजारको सीमा पार गरेको हो ।]]>
http://bizmandu.com/feed/nepse/-1351.html http://bizmandu.com/content/-1351.html http://bizmandu.com/assets/upload/contentthumb/nepsenewphoto24.jpg
content <![CDATA[नौं वर्षपछि नेपाल बैंकको सेयर कारोबार, ओटिसीमा पहिलो पटक सेयर किनबेच]]> admin Thu, 11 Oct 2012 21:51:14 +0545 पनि कम्पनीको सेयर किनबेच भएको थिएन ।
नेपाल बैंकको सेयर भने ९ वर्षपछि किनबेच भएको हो । सरकारी स्वामित्वको नेपाल बैंकले २ हजार ६ सय ६४ कर्मचारीका लागि छुट्याइएको ७१ हजार ९ सय २८ कित्ता सेयरको कारोबार भएको हो। प्रतिकित्ता एक सय रुपैयाँका दरले कारोबार भएको एक्सचेन्जले जनाएको छ।
 असोज मसान्तभित्र सेयर सूचीकरणका लागि आवेदन दिइने बैंकको तयारी छ
। नेपाल बैंकले कर्मचारीका लागि ५ प्रतिशत हकप्रद सेयर उपलब्ध गराएको हो।
एक्सचेन्जले सूचीकरणबाट हटाएको, विभिन्न कारणले सूचीकरण हुन नसकेको र सूचीकरण प्रक्रियामा नआएका पब्लिक लिमिटेड कम्पनीको सेयर कारोबार गराउन ओटिसी बजार सुरु गरे पनि अहिलेसम्म कारोबार हुन सकेको थिएन।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सूचीकरण खारेज गरिएको थियो। नेप्सेले विभिन्न चरणमा ४२ कम्पनीको सेयर सूचीकरण खारेज गरेपनि कसैको पनि ओटिसीमा किनबेच भएको थिएन। ओटिसीमा ऋणपत्रको पनि किनबेच गर्न सकिन्छ।
एक्सचेन्जले सूचीकरण खारेज गरेका विभिन्न कम्पनीका सेयरधनीको ६५ करोड ८७ लाख रुपैया" बराबरको सेयर रोकिएका छन्। ओटिसी बजारमा कारोबार गर्दा लगानीकर्ताको सेयर नगदमा परिणत हुनसक्छ। तर, यसका बारेमा सर्वसाधारणलाई जानकारी नहु"दा उनीहरुको करिब ६६ करोड रुपैया" कागजमै खुम्चिएको छ।
ओटिसीमा कारोबार गर्न सेयर दलालको सहयोग पनि लिनु पर्दैन। सोझै नेप्सेमा गएर ओटिसीको कारोबार गर्न सकिन्छ। यसमा २५ हजारसम्मको कारोबार गर्दा २ प्रतिशत, ५० हजारसम्म डेढ प्रतिशत र योभन्दा माथि १ प्रतिशत सेवा शुल्क लाग्छ।
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न पैसा उपलब्ध गराइसकेको छ। सेयर सूचीकरण गरेपछि सरकारको नाममा सेयर वितरण हुन्छ। बैंकले हकप्रद निस्कासन पछि मात्रै सरकारी पैसा पुँजीमा देखाउन पाउँछ। सरकारले यो बैंकलाई एक अर्ब ३७ करोड रुपैयाँ उपलब्ध गराएको हो।
बैंकले पुँजी वृद्धि गर्न प्रति एक बराबर ९.५ प्रतिशतका दरले हकप्रद निस्कासन गर्न लागेको हो। बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर छ। यसबाहेक नेपाल बैंकमा वाणिज्य बैंकहरुको ४.९२ र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर स्वामित्व छ। बैंकलाई ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ।
'मंसिरमा हकप्रद सेयर बाँडफाँड गर्ने गरी यसै महिना सेयर सूचीकरण गर्ने योजना छ,' श्रेष्ठले भने। धितोपत्र ऐन अनुसार हकप्रद निस्कासन गर्न कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएको हुनुपर्छ।
बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। यसलाई ४ अर्ब पुर्‍याउने बैंकको योजना छ। बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ।
नेपाल बैंकमा वित्तीय समस्या आएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो। सुधार कार्यक्रमपछि बैंकको अवस्थामा सुधार आएको छ। अझै पनि बैंकको वित्तीय अवस्था पूर्ण रुपमा स्वस्थ छैन। वित्तीय स्वास्थ पुरै ठिक हुन पुँजी बढाउनु पर्ने भएकाले बैंकले सेयर जारी गर्न लागेको हो।
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने र ७५ वर्ष पुरा गरेको बैंकले आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांश बाँड्ने योजना बनाएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०६८/६९ मा ६० करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ। अघिल्लो वर्षको नाफा ३८ करोड ४० लाख रुपैयाँ थियो।]]>
http://bizmandu.com/feed/nepse/-1266.html http://bizmandu.com/content/-1266.html
content <![CDATA[स्टकमा श्रीराम सुगर मिलको कारोवार फुकुवा, सन् २००३ पछि अब होला त कारोवार ?]]> admin Mon, 08 Oct 2012 02:22:08 +0545 नेपाल स्टक एक्सचेञ्जलाइ वार्षिक शुल्क नतिरेपछि नेपाल विद्युत प्राधिकरण ऋणपत्र २०६९, ज्योति स्पिनिङ मिल्स लि।, हरिसिद्धि इटा तथा टाइल कारखाना लिमिटेड, श्रीराम सुगर मिल्स लि, हिमालयन डिस्ट्रिलरी लि।, नेसनल ट्रेडिङ, लगायतका कम्पनीको सेयर कारोवार रोक्का गरेको छ । श्रीराम सुगर मिलको अन्तिम कारोवार प्रतिकित्ता एक सय रुपैयाँमा भएको थियो ।
]]>
http://bizmandu.com/feed/nepse/-1220.html http://bizmandu.com/content/-1220.html
content <![CDATA[न्युन लाभांस दिने लक्ष्मी बैंकको निर्णयमा लगानीकर्ताको चिसो प्रतिक्रिया, चिलिमेको ठूलो वृद्धि]]> admin Thu, 04 Oct 2012 04:55:16 +0545 उता बुक क्लोजिङपछि तल झरेको चिलिमेको सेयर आफ्नो पुरानो मूल्यलाई पटछ्याउने गरी वृद्धि भएको छ । बुधवार पनि ठूलो वृद्धि भएको चिलिमेको सेयर मूल्य विहिवार प्रतिकित्रा ४४ रुपैयाँले बढ्यो । विहिवारको वृद्धिपछि चिलिमेको प्रतिसेयर कित्ता ९७० रुपैयाँमा कारोवार भएको छ ।
चिलिमे वृद्धिले जलविद्युत समूहको सूचक ३१ अंकले बढ्यो भने टेलिकमको वृद्धिले अन्य समूहको सूचक ३८.७६ अंकले बढ्यो । बैकिङ, होटल र फाइनान्स समूहको रातो बत्तीकावीच पनि नेप्से सूचक ६.२४ अंकले बढेर ४२३.५३ अंकमा कारोवार भयो ।
मुक्तिनाथ विकास बैंकको सेयर मूल्य २७ रुपैयाँले बढ्यो । मुक्तिनाथको वृद्धिले विकास बैंक समूहको सूचक रातो बत्ती बल्नबाट जोगियो । यसबाहेक केही ठूला इन्सुरेन्स कम्पनीको सेयर मूल्य समेत बढ्यो इन्सुरेन्स समूहको वृद्धिले पनि नेप्से सूचकलाई बढ्न मद्दत गर्यो ।
]]>
http://bizmandu.com/feed/nepse/-1184.html http://bizmandu.com/content/-1184.html
content <![CDATA[विहिवार एकै दिन टेलिकमको बजार पुँजीकरण पाँच अर्ब रुपैयाँले बढ्यो, एक खर्बको नजिक]]> admin Thu, 04 Oct 2012 04:36:10 +0545 प्रतिकित्ता ६६० रुपैयाँमा कारोवार हुँदा टेलिकमको बजार पुँजीकरण ९९ अर्ब रुपैयाँ पुग्यो । टेलिकमको सेयर मूल्य अब प्रतिकित्ता सात रुपैयाँले बढे बजार पुँजीकरण एक खर्ब रुपैयाँ नाघ्नेछ । सरकारी स्वामित्वको ९३ प्रतिशत सेयर भएको टेलिकमका १५ करोड कित्ता सेयर सूचीकृत छन् ।
विहिवार टेलिकमको सेयर प्रतिकित्ता ३४ रुपैयाँले बढ्दा पुँजीकरण पाँच अर्ब रुपैयाँले बढेको हो । टेलिकमले छ सय रुपैयाँको सीमा अघिल्लो साता पार गरेको थियो । यो साता बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य निरन्तर गिरावट भए पनि टेलिकमको सेयर मूल्य भने बढिरहेको छ ।
टेलिकमको आर्थिक वर्ष २०६६/६७ को क्लोजिङ प्राइस ४६० रुपैयाँ थियो भने आर्थिक वर्ष २०६७/६८ को क्लोजिङ प्राइस घटेर ४१९ रुपैयाँमा झरेको थियो । अघिल्लो आर्थिक वर्षमा ८४ रुपैयाँले बढेर ५०३ रुपैयाँ पुगेको थियो । साउन लागेदेखि मात्रै टेलिकमको सेयर मूल्यमा प्रतिकित्ता १५६ रुपैयाँले बढेको छ । बाणिज्य बैंकहरुले दिने लाभांसको दर र प्रतिफल घटेपछि लगानीकर्ताहरु टेलिकम, चिलिमे जस्ता कम्पनीका सेयरमा आर्कषित भएका छन् ।
टेलिकमका लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल रणनीतिक साझेदार भित्र्याउने खबरले दिएको छ । टेलिकममा ३० प्रतिशतको रणनीतिक साझेदार भित्र्याउन अर्थमन्त्रालयले गठन गरेको एउटा समितिले सुझाव दिएको छ । यही सुझवा पछि सरकार टेलिकममा रणनीतिक साझेदार भित्र्याउन छलफलमा छ ।
]]>
http://bizmandu.com/feed/nepse/-1182.html http://bizmandu.com/content/-1182.html
content <![CDATA[हिमालयन बैंकका सञ्चालकहरु १५ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने तयारीमा]]> admin Thu, 04 Oct 2012 00:04:40 +0545 काठमाडौ । पहिलो पटक विलेनियर क्लवमा छिरेको हिमालयन बैंकले ३० प्रतिशत लाभांस दिने भएको छ । बैंकले १५ प्रतिशत नगद र वाँकी वोनस सेयर दिने भएको हो । बैंकले लाभांस घोषणाका लागि भने अझै केही समय लगाउने सम्भावना छ । गतवर्ष पनि बैंकले कात्तिक तेस्रो साता लाभांसको घोषणा गरेको थियो ।
बैंकका अध्यक्ष निकट स्रोतका अनुसार, राष्ट्र बैंकले पुँजी पर्याप्तता अनुपातको अंकुश नलगाए नगद लाभांसको हिस्सा थप वढ्ने छ । बैंकले गत वर्ष एक अर्ब ५ करोड २५ लाख रुपैयाँ नाफा गरेको छ । यसअघि बैंकको नाफा ८९ करोड ३१ लाख रुपैयाँ थियो । बैंकमा सर्वसाधारणको १५ प्रतिशत सेयर छ । हबिब बैंक पाकिस्तानको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत सेयरमध्ये ठूलो हिस्सा अध्यक्ष मनोजबहादुर श्रेष्ठ, उपाध्यक्ष पीपी खेतान, प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाको नाममा छ ।
बैंकले गत वर्ष सेयरधनीलाई २० प्रतिशत वोनस सेयर र १६.८४ प्रतिशत नगद लाभांस दिएको थियो । पुँजी पर्याप्तता अनुपातका कारण बैंकले १५ प्रतिशतभन्दा माथि नगद लाभांस दिन सक्दैन । त्यही भएर बैंकले पुँजी २ अर्ब ४० करोड पुगेपनि यस पटक वोनस सेयर दिने तयारी गरेको हो ।
राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकले २ अर्ब पुँजी पु¥याए पुग्छ । १५ प्रतिशत वोनस सेयर दिए बैंकको पुँजी २ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ । बैंकको प्रति सेयर आम्दानी ४३.८५ पैसा छ । मूल्य आम्दानी अनुपात १४.८९ गुणा छ । बैंकको प्रति सेयर नेटवर्थ २१०.३ रुपैयाँ र प्रति सेयर सम्पतिको मूल्य २ हजार ३ सय १० रुपैयाँ छ ।]]>
http://bizmandu.com/feed/nepse/-1178.html http://bizmandu.com/content/-1178.html
content <![CDATA[बुक क्लोजपछि नबिलको सेयर मूल्य २६५ रुपैयाँले झर्यो, नयाँ मूल्य ११२० रुपैयाँ]]> admin Wed, 03 Oct 2012 04:44:08 +0545 नबिल बैंकले कात्तिक १ गते साधरणसभा गर्दैछ । बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांस वितरण गर्दैछ । उता बुक क्लोजपछि तल झरेको चिलिमे जलविद्युतको सेयर मूल्य माथि चढ्ने क्रम बुधवार पनि जारी रह्यो ।
बुधवार चिलिमेको सेयर मूल्य २० रुपैयाँले बढेर ९२६ रुपैयाँमा कारोवार भयो । मंगलवार पनि चिलिमेको सेयर मूल्य ठूलै वृद्धि भएको थियो ।
उता रोक्का भएपछिको पहिलो कारोवारमा एभरेष्ट बैंकको पनि ठूलै वृद्धि फेला परेको छ । एभरेष्ट इन्सुरेन्सको बुधवार प्रतिकित्ता ३२ रुपैयाँले सेयर मूल्य बढेर प्रतिकित्ता ३५७ रुपैयाँमा कारोवार भयो ।
चिलिमेको सेयर मूल्य र नेपाल टेलिकमको सेयर मूल्य बढे पनि बैकिङ्ग समूहको सेयर मूल्य तल झरेपछि बुधवार नेप्से रातो भयो । नेप्सेमा जलविद्युत र अन्य समूह बाहेक सबै सूचक तल झरेका छन् । यसले नेप्से सूचक शुन्य दशमलव १ अंकले तल झर्यो ।  
]]>
http://bizmandu.com/feed/nepse/-1167.html http://bizmandu.com/content/-1167.html http://bizmandu.com/assets/upload/contentthumb/nepalstockexchangebuilding37.jpg
content <![CDATA[स्टकमा रोक्का भएको एभरेष्ट इन्सुरेन्सको कारोवार फुक्का, बुधवारबाट कारोवार सुरु]]> admin Wed, 03 Oct 2012 02:27:57 +0545 एभरेष्टले बीमा समितिसँग मिस अण्डरस्ट्याण्डिङ्ग भएको भन्दै माफि मागेपछि कम्पनीको विवाद टुङ्गिएको थियो । स्टकले कम्पनीका विषयमा सोधको जवाफमा सन्तोषजनक जवाफ आएपछि बुधवारबाट एभरेष्टको कारोवार २२ दिनपछि फुक्का भएको हो ।
स्टकमा एभरेष्ट इन्सुरेन्सका १० लाख १२ हजार पाँचसय कित्ता सेयर सूचिकृत छन् । कम्पनीको पछिल्लो कारोवार प्रतिकित्ता ३२५ रुपैयाँमा भएको थियो । विवादपछि उद्योगपति राजेन्द्र खेतानले एभरेष्ट अध्यक्षबाट राजिनामा दिएका छन् । उनको बर्हिगमनलाई स्टक बजारले कसरी लिन्छ, त्यो भने हेर्न बाँकी छ  ।
]]>
http://bizmandu.com/feed/nepse/-1164.html http://bizmandu.com/content/-1164.html
content <![CDATA[चिलिमे पुरानै लयमा फर्कंदै, टेलिकमको वृद्धि पनि रोकिएन, नेरुडेलाई जोरको झट्का]]> admin Tue, 02 Oct 2012 04:37:15 +0545 जलविद्युत र बैकिङ्ग क्षेत्रका ठूला कम्पनीले निराशाजनक लाभांस घोषणा गरेपछि लगानीकर्ता टेलिकमतर्फ सिफ्ट भएका हुन् । यही बीचमा टेलिकमका रणनीतिक साझेदार भित्र्याउने चर्चा बढेपछि टेलिकमको सेयर ओरालो लागेको छैन । एक महिना अघिसम्म टेलिकमको सेयर ५८० वरिपरि कारोवार भैरहेको थियो भने दुई महिना अघिसम्म ५२० रुपैयाँको वरिपरि कारोवार भैरहेको थियो ।
मंगलवार स्टकमा जलविद्युत समूहका कम्पनीले पनि राम्रै प्रदर्शन गरे । चिलिमे र बुटवल पावरको सेयर मूल्य बढ्यो । बुक क्लोजपछि तल झरेको चिलिमेको सेयरले पनि विस्तारै रफ्तार लिन थालेको छ । मंगलवार चिलिमेको सेयर मूल्य २८ रुपैयाँले बढेर प्रतिकित्ता ९०० रुपैयाँमा कारोवार भयो । अरुणभ्यालीको सेयर मूल्य नौ रुपैयाँले तल झरेर कारोवार भयो ।
चिलिमेको सेयर मूल्य बढेपछि जलविद्युत समूहको सूचक १०.१७ अंकले बढ्यो । मंगलवार इन्सुरेन्स समूहका कम्पनीको मिश्रीत प्रतिक्रिया आयो । सूर्यलाइफ इन्सुरेन्स प्रतिशतका आधारमा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनी रह्यो भने नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सेयरधनीले गुमाउनुपर्यो । नेपाल लाइफ इन्सुरेन्सको १०६ रुपैयाँले तल झरेर १२०८ रुपैयाँमा कारोवार भयो ।
नेरुडेलाई झड्का
गतवर्षभन्दा झण्डै आधा लाभांस घोषणा गरेको नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य मंगलवार २३ रुपैयाँले तल झर्यो । नेरुडेल मंगलवार मात्रै १५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको थियो । बैंकले गतवर्ष ४० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो । नेरुडेको मंगलवार प्रतिकित्ता ३८७ रुपैयाँमा कारोवार भयो ।
]]>
http://bizmandu.com/feed/nepse/-1153.html http://bizmandu.com/content/-1153.html http://bizmandu.com/assets/upload/contentthumb/nepalstockexchangebuilding36.jpg
content <![CDATA[नरुडेको लाभांसमा ठूलो गिरावट, अघिल्लो वर्ष ५० प्रतिशत दिएको बैंकको यो वर्ष २६ प्रतिशत]]> admin Tue, 02 Oct 2012 03:51:54 +0545 बैंकले अघिल्लो वर्ष ४० प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले त्यो वर्ष तीन करोड रुपैयाँ मुनाफा कमाएको थियो भने अघिल्लो वर्ष जम्मा दुई करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । नेपाल स्टक एक्सचेञ्जमा बैंकका चार लाख कित्ता सेयर सूचिकृत छन् बैंकको अन्तिम कारोवार प्रतिकित्ता ४१० रुपैयाँमा कारोवार भएको थियो । उता गरिमा बिकास बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेको छ । गरिमाले १५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको थियो । गरिमाको कात्तिक ३ गते साधरणसभा हुँदैछ ।
]]>
http://bizmandu.com/feed/nepse/-1152.html http://bizmandu.com/content/-1152.html
content <![CDATA[बुक क्लोजपछि एसबीआईको सेयर मूल्य ६१ रुपैयाँ घट्यो, प्रतिकित्ता पाँच सय रुपैयाँ नजिक]]> admin Mon, 01 Oct 2012 05:27:03 +0545 ]]> http://bizmandu.com/feed/nepse/-1137.html http://bizmandu.com/content/-1137.html