A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/media.html en-us Wed, 20 Jun 2018 23:09:02 +0545 content <![CDATA[कान्तिपुरको विवाद, 'टेबल टक'बाट समाधान नभए रामेश्वर थापा अदालत जाने ]]> admin Mon, 13 Aug 2012 05:28:33 +0545 काठमाडौं । अन्तत कान्तिपुरबाट साझेदार रामेश्वर थापाको नमिठो बर्हिगमन भएको छ । दुइ साझेदारवीच विवाद भएपछि अचानक प्रिन्टलाइनबाट नाम हटाइएका रामेश्वर थापा र कैलास सिरोहियापक्षवीच छलफल हुनेछ । छलफलबाट समस्या समाधान नभए रामेश्वर अदालत जाने तयारीमा छन् । स्रोतका अनुसार सहमति नभए रामेश्वर अदालत जानेछन् ।
सोमवारदेखि कान्तिपुरको प्रिन्टलाइनबाट थापाको नाम हटेको हो तर यस विषयमा कान्तिपुरमा कुनै पनि टिप्पणी भने प्रकासित गरिएको छैन । साझेदार कैलास सिरोहियाले कान्तिपुरको मूल्यांकन भएको २५० करोडमध्ये २४ दशमलव ६ प्रतिशत लगानीको ६१ करोड रुपैयाँ फिर्ता गरेपछि थापाको नाम प्रिन्टलाइनबाट हटाउने सहमति भएको थियो । थापाले रकम नपाउँदै प्रिन्टलाइनबाट नाम हटेको हो ।
विजमाण्डू डटकमले कान्तिपुरका दुई साझेदार छुट्टिन लागेको र सम्पत्ति मूल्याङ्कन भएको दुई समाचार प्रकासित गरेको थियो । अन्तत विजमाण्डूको ब्रेकिङ कान्तिपुरले  औपचारिक (अफिसियल) बनाइदिएको छ ।
यसैवीच इकान्तिपुरडट कमका अनुसार कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष एंव प्रवन्ध निर्देशक कैलाश सिरोहियालाई पितृ शोक परेको छ । सिरोहियाका पिता घासीराम सिरोहियाको ९८ वर्षको उमेरमा मंगलवार विहान ६ वजे उनको जनकपुर नगर पालिका १ मिल्स एरियास्थित पुस्तैनी घरमा निधन भएको छ । समाजसेवी स्वर्गीय सिरोहिया जनकपुर उद्योग वाणिजय संघका संस्थापक महासचिव थिए । उनको निधनको समाचार सार्वजनिक भए लगत्तै उनको मिल्स एरियास्थित निबासमा बिहानैदेखि आफ्न्त, शुभेच्छुक, उद्योगी व्यबसायी र स्थानीयबासीको भिड लागेको छ । निधनको समाचार सुनेर उनका छोरा कैलाश सिरोहिया पत्नी स्वस्तिका सिरोहिया सहित जनकपुर पुगिसकेका छन् । जेठा छोरा गोपाल सिरोहिया पनि जनकपुर आउँदैछन् ।स्वर्गीय सिरोहियाको तीन छोरा र ६ जना छोरी छन् । परिवारका सदस्यहरु भेला भएपछि अपरान्ह जनकपुरको पवित्र गंगासागरको डिलमा अवस्थित स्वर्गद्वारीमा अन्तिम संस्कार गर्ने उनका माहिला छोरा गोवीन्द सिरोहियाले बताए ।

कान्तिपुरको मूल्याङ्कन २५० करोड, समझदारीपत्रमा हस्ताक्षर, कान्तिपुर अब ‘ओभरक्यापिटलाइज्ड'

काठमाडौं । कान्तिपुर पब्लिकेशनलाई साढे दुई अर्ब रुपैयाँ मूल्यांकन गर्दै रामेश्वर थापालाई ६१ करोड रुपैयाँ दिएर विदा गर्ने प्रारम्भिक समझदारी पत्रमा कान्तिपुरका दुई साझेदारले हस्ताक्षर गरेका छन् । थापा र कैलाश सिरोहियाले सम्पत्ति मूल्याङ्कनसम्वन्धि समझदारीपत्रमा हस्ताक्षर गरेपछि कान्तिपुर औपचारिक रुपमा टुक्रिएको छ ।
वरिष्ठ चार्टड एकाउन्टेन्ट बिष्णुकुमार अग्रवालको नेतृत्वमा चार्टड एकाउण्टेण्टको समूहले कान्तिपुर पब्लिकेशन प्रा.ली.को सम्पत्ति र दायित्वको मूल्याङ्कन गरेको थियो । कान्तिपुर पब्लिकेशनको मूल्याङ्कन साढे दुई अर्ब गरेपछि ‘आरविटेटर’का रुपमा रहेका वरिष्ठ अधिवक्ता सुशिल पन्तले थापा कान्तिपुरबाट बाहिरिने खाकाको प्रारम्भिक सहमति पत्रमा दुवै जनालाई हस्ताक्षर गराएका थिए ।
यो सहमति अनुसार, २४.६ प्रतिशत सेयर भएका रामेश्वर थापाले  ६१ करोड रुपैयाँभन्दा वढी रकम पाउने छन् । सहमति पत्रमा हस्ताक्षर गरेसँगै थापा कान्तिपुरबाट औपचारिक रुपमा बाहिरिएका छन् । सिरोहियाबाट थापाले सेयर हिस्सावापतको रकम पाएपछि कान्तिपुर पब्लिकेशनको प्रिन्टलाईनबाट थापाको नाम हटनेछ ।
चार वर्षको अवधिमा कान्तिपुरको मूल्यांकन एक अर्ब १० करोड रुपैयाँले बढाइएको छ । चार वर्षअघि ५० प्रतिशतका साझेदार विनोदराज ज्ञवालीले छोड्दा कान्तिपुरको मूल्यांकन एक अर्ब ४० करोड रुपैयाँ गरिएको थियो ।
कान्तिपुर पब्लिकेसन सुरुमा २ करोड रुपैयाँ लगानीमा स्थापना भएको हो । स्थापनाकालमा श्याम गोयन्का र ज्ञवाली समुहले एक/एक करोड रुपैयाँ राखेर थापाथलीमा घर भाडा लिइ कान्तिपुर सुरु गरेका थिए । गोयन्का कान्तिपुर छाड्दा २० लाख रुपैयाँ घाटा खाइ ८० लाख रुपैयाँ लिएर वाहिरिएका थिए । गोयन्का कान्तिपुरबाट बाहिरिएपछि सिरोहिया र ज्ञवाली परीवारको ५०/५० प्रतिशत सेयर राखिएको थियो ।
दुई करोडबाट सुरु भएको कम्पनीमा २० वर्षपछि सिरोहियाले थापालाई विदा गर्दा उनको कुल लगानी १ सय ३० करोडभन्दा वढी हुने छ । कान्तिपुरले अहिले झन्डै एक अर्ब रुपैयाँ ऋण लिएको स्रोतले बतायो ।
कान्तिपुरले नेपाल इन्भेष्टमेन्ट बैंक लिड रहेको बैंकहरुको समूहबाट मात्रै ७० करोड रुपैयाँ ऋण लिएको छ । विनोदराज ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्टसँगै ग्लोबल, सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ७० करोडको क्रेडिट सीमा सहितको ऋण दिएका हुन् । अहिले कान्तिपुरले त्यही ऋण सीमाबाट कागज खरिदको काम गर्छ ।
कान्तिपुर पब्लिकेशनले कान्तिपुर, दि काठमाण्डू पोष्ट, नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो पनि कान्तिपुर पब्लिकेशनकै भगिनी संस्था हो । तर कान्तिपुर टेलिभिजन भने छुट्टै लगानी संरचनामा चलिरहेको छ । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ ।
यसबाहेक कान्तिपुरसँग तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ ।
स्रोतका अनुसार गत आर्थिक वर्षमा कान्तिपुरले विज्ञापन र पत्रिकाको विक्री आय गरी कुल १ अर्ब ३५ करोड हाराहारीको कारोवार गरेको छ । कान्तिपुरको व्यवस्थापन निकटस्थ स्रोतका अनुसार कुल कारोवारको ३५ प्रतिशत मुनाफा बस्छ । गत आर्थिक वर्षमा उच्च नाफा भएकै कारण कान्तिपुरले आफ्ना कर्मचारीका लागि ३७ दिनको बोनस दिने घोषणा गरेको छ ।
एकपछि अर्को साझेदारलाई ठूलो रकम भुक्तानी गर्दै गएपछि कान्तिपुरमा सिरोहियाको लगानी वढ्दै गएको छ । लगानी बढेपछि कान्तिपुर अब ‘ओभर क्यापिटलाइज’ कम्पनी भएको छ । यसले कान्तिपुर माथि वढी नाफा गर्न दवाव परेको छ । कम्पनीले जग्गामा गरेको लगानीले प्रतिफल नदिँदा पनि वढी नाफा निकाल्नु पर्ने दवावमा कान्तिपुर रहेको स्रोतले जानकारी दियो ।

टुट्यो दोस्ती, छुट्यो पाटर्नरशिप: ४५ करोड नाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट रामेश्वर अलग

काठमाडौं । वार्षिक करिव ४५ करोड रुपैयाँको मुनाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट लगानीकर्ता रामेश्वर थापा बाहिरिने भएका छन् । साढे चार वर्ष अघि कान्तिपुरबाट विनोदराज ज्ञवाली छुट्टिएपछि थापा २४ दशमलव ६ प्रतिशत सेयर हिस्सेदार बन्दै कान्तिपुरमा प्रवेश गरेका थिए ।
थापा बाहिरिने भएपछि अहिले चार्टड एकाउन्टेन्ट बिष्णु कुमार अग्रवालको नेतृत्वमा चार जना चार्टड एकाउण्टेण्टले कान्तिपुर पब्लिकेशन प्रा.ली.को सम्पत्ति र दायित्वको मूल्याङ्कन गरिरहेका छन् । थापा र सिरोहिया दुवै जनाले वरिष्ठ अधिवक्ता सुशिल पन्तलाई ‘आरविटेटर’का रुपमा नियुक्त गरेको स्रोतले जानकारी दियो ।
थापा कान्तिपुरबाट बाहिरिएपछि सिरोहियाले पनि सिम्रिक एअरमा भएको आफ्नो २५ प्रतिशत सेयरबाट हात झिक्ने भएका छन्, त्यसैकारण अहिले कान्तिपुरको मात्रै होइन, सिम्रिक एअरको पनि सम्पत्ति र दायित्वको मूल्याङ्कन भैरहेको छ, स्रोतले भन्यो ।
चालु आर्थिक वर्षको हिसाव किताव आउन केही दिन बाँकी छ, यो हिसाव किताव आएको एक सातामा थापा र सिरोहिया छुट्टभिन्न भएको खबर आउनेछ, स्रोतले बतायो । थापा र सिरोहियाको व्याक्तिगत टकरावका कारण कान्तिपुरमा दुईजनावीच केही महिनादेखि मनमुटाव बढेको थियो ।
थापाले कान्तिपुरमा आफू पनि सेयर साझेदार भएको र, केही कर्मचारी नियुक्ति बढुवा र सरुवा गर्न पाउनुपर्ने अधिकार माग्दै आएका थिए । आफ्ना निकटस्थहरुसँग उनी एक चौथाईको सेयरधनी भए पनि आफूले कान्तिपुर रेडियोमा समेत एक जनालाई समेत सरुवा गर्न नसक्ने अवस्थामा छु भन्थे । उता सिरोहिया भने थापाजी राम्रो मान्छे हो तर उहाँले कान्तिपुरको ब्राण्डलाई ‘मिस युज’ गर्नुभयो भन्ने आरोप लगाउँथे ।
कान्तिपुर अहिले नेपालको सबैभन्दा ठूलो र बढी मुनाफा गर्ने कम्पनी हो । कान्तिपुरले चालु आर्थिक वर्षमा झण्डै एक अर्ब ३५ करोड रुपैयाँको कारोवार गरेको छ । कान्तिपुरको व्यवस्थापन निकटस्थ स्रोतका अनुसार कुल कारोवारको ३५ प्रतिशत मुनाफा बस्छ । यसको अर्थ कान्तिपुरले चालु आर्थिक वर्षमा झण्डै ४२ देखि ४६ करोड भित्र मुनाफा गर्छ ।
कान्तिपुरको कारोवार नेपाली मिडियामा दोस्रो स्थानका लागि लडिरहेका गोरखापत्र, नागरिक र अन्नपूर्णभन्दा तेब्बर छ । यी तीन ठूला दैनिकको वार्षिक कुल कारोवार ३५ देखि ४० करोड रुपैयाँको हाराहारीमा छ ।
कान्तिपुरले नेपाल इन्भेष्टमेन्ट बैंक लिड रहेको बैंकहरुको समूहबाट ७० करोड रुपैयाँ ऋण लिएको छ । विनोदराज ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्टसँगै ग्लोबल, सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ७० करोडको क्रेडिट सीमा सहितको ऋण दिएका हुन् । अहिले कान्तिपुरले त्यही ऋण सीमाबाट कागज खरिदको काम गर्छ ।
कान्तिपुर पब्लिकेशनले कान्तिपुर, दि काठमाण्डू पोष्ट, नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो पनि कान्तिपुर पब्लिकेशनकै भगिनी संस्था हो । तर कान्तिपुर टेलिभिजन भने छुट्टै लगानी संरचनामा चलिरहेको छ । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ ।
यसबाहेक कान्तिपुरसँ तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ ।
कान्तिपुरका अहिले एक लाख ४५ हजार ग्राहक छन् भने एक किलो सुन अफरले ८० हजार ग्राहक थपिएका छन् । थापालाई विदा गरेपछि कान्तिपुरमा नयाँ लगानीकर्ता आउने सम्भावना छ । स्रोतका अनुसार सिरोहियाले कान्तिपुर पब्लिकेशनमा पनि लगानी  गर्न गैरआवासिय नेपाली उपेन्द्र महतोलाई आग्रह गरेका थिए । तर महतोले पत्रिकामा लगानी नगर्ने स्पष्ट गरेपछि उनले अर्को लगानीकर्ता खोजिसकेका छन् । तर स्रोतले नयाँ लगानीकर्ताका वारेमा भने स्पष्ट पारेन ।
यसअघि स्थापनाकालदेखिका साझेदार विनोदराज ज्ञवालीले कान्तिपुरबाट ७५ करोड रुपैयाँ लिएर हिंडेका थिए । त्यतिवेला कम्पनीको चल अचल सम्पत्ति र ब्राण्ड भ्यालुसहित एक अर्ब ५० करोड रुपैयाँ मूल्यांकन गरिएको थियो । कानूनी रुपमा भने ज्ञवालीले कान्तिपुरबाट २५ करोड रुपैयाँ मात्र लिएका थिए । २५ करोडमध्ये आठ करोड रुपैयाँ लगानी र १७ करोड रुपैयाँ मुनाफा भन्दै त्यति मात्रको लाभकर तिरेका थिए । थापा कान्तिपुरमा प्रवेश गर्दा ३५ करोड रुपैयाँका हाराहारीमा लगानी गरेका थिए ।]]>
http://bizmandu.com/feed/media/-547.html http://bizmandu.com/content/-547.html http://bizmandu.com/assets/upload/contentthumb/kantipur1.jpg
content <![CDATA[कान्तिपुरको मूल्याङ्कन २५० करोड, रामेश्वरलाई ६१ करोड, एमओयुमा हस्ताक्षर]]> admin Sat, 04 Aug 2012 21:34:09 +0545 वरिष्ठ चार्टड एकाउन्टेन्ट बिष्णुकुमार अग्रवालको नेतृत्वमा चार्टड एकाउण्टेण्टको समूहले कान्तिपुर पब्लिकेशन प्रा.ली.को सम्पत्ति र दायित्वको मूल्याङ्कन गरेको थियो । कान्तिपुर पब्लिकेशनको मूल्याङ्कन साढे दुई अर्ब गरेपछि ‘आरविटेटर’का रुपमा रहेका वरिष्ठ अधिवक्ता सुशिल पन्तले थापा कान्तिपुरबाट बाहिरिने खाकाको प्रारम्भिक सहमति पत्रमा दुवै जनालाई हस्ताक्षर गराएका थिए ।
यो सहमति अनुसार, २४.६ प्रतिशत सेयर भएका रामेश्वर थापाले  ६१ करोड रुपैयाँभन्दा वढी रकम पाउने छन् । सहमति पत्रमा हस्ताक्षर गरेसँगै थापा कान्तिपुरबाट औपचारिक रुपमा बाहिरिएका छन् । सिरोहियाबाट थापाले सेयर हिस्सावापतको रकम पाएपछि कान्तिपुर पब्लिकेशनको प्रिन्टलाईनबाट थापाको नाम हटनेछ ।
चार वर्षको अवधिमा कान्तिपुरको मूल्यांकन एक अर्ब १० करोड रुपैयाँले बढाइएको छ । चार वर्षअघि ५० प्रतिशतका साझेदार विनोदराज ज्ञवालीले छोड्दा कान्तिपुरको मूल्यांकन एक अर्ब ४० करोड रुपैयाँ गरिएको थियो ।
कान्तिपुर पब्लिकेसन सुरुमा २ करोड रुपैयाँ लगानीमा स्थापना भएको हो । स्थापनाकालमा श्याम गोयन्का र ज्ञवाली समुहले एक/एक करोड रुपैयाँ राखेर थापाथलीमा घर भाडा लिइ कान्तिपुर सुरु गरेका थिए । गोयन्का कान्तिपुर छाड्दा २० लाख रुपैयाँ घाटा खाइ ८० लाख रुपैयाँ लिएर वाहिरिएका थिए । गोयन्का कान्तिपुरबाट बाहिरिएपछि सिरोहिया र ज्ञवाली परीवारको ५०/५० प्रतिशत सेयर राखिएको थियो ।
दुई करोडबाट सुरु भएको कम्पनीमा २० वर्षपछि सिरोहियाले थापालाई विदा गर्दा उनको कुल लगानी १ सय ३० करोडभन्दा वढी हुने छ । कान्तिपुरले अहिले झन्डै एक अर्ब रुपैयाँ ऋण लिएको स्रोतले बतायो ।
कान्तिपुरले नेपाल इन्भेष्टमेन्ट बैंक लिड रहेको बैंकहरुको समूहबाट मात्रै ७० करोड रुपैयाँ ऋण लिएको छ । विनोदराज ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्टसँगै ग्लोबल, सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ७० करोडको क्रेडिट सीमा सहितको ऋण दिएका हुन् । अहिले कान्तिपुरले त्यही ऋण सीमाबाट कागज खरिदको काम गर्छ ।
कान्तिपुर पब्लिकेशनले कान्तिपुर, दि काठमाण्डू पोष्ट, नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो पनि कान्तिपुर पब्लिकेशनकै भगिनी संस्था हो । तर कान्तिपुर टेलिभिजन भने छुट्टै लगानी संरचनामा चलिरहेको छ । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ ।
यसबाहेक कान्तिपुरसँग तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ ।
स्रोतका अनुसार गत आर्थिक वर्षमा कान्तिपुरले विज्ञापन र पत्रिकाको विक्री आय गरी कुल १ अर्ब ३५ करोड हाराहारीको कारोवार गरेको छ । कान्तिपुरको व्यवस्थापन निकटस्थ स्रोतका अनुसार कुल कारोवारको ३५ प्रतिशत मुनाफा बस्छ । गत आर्थिक वर्षमा उच्च नाफा भएकै कारण कान्तिपुरले आफ्ना कर्मचारीका लागि ३७ दिनको बोनस दिने घोषणा गरेको छ ।
एकपछि अर्को साझेदारलाई ठूलो रकम भुक्तानी गर्दै गएपछि कान्तिपुरमा सिरोहियाको लगानी वढ्दै गएको छ । लगानी बढेपछि कान्तिपुर अब ‘ओभर क्यापिटलाइज’ कम्पनी भएको छ । यसले कान्तिपुर माथि वढी नाफा गर्न दवाव परेको छ । कम्पनीले जग्गामा गरेको लगानीले प्रतिफल नदिँदा पनि वढी नाफा निकाल्नु पर्ने दवावमा कान्तिपुर रहेको स्रोतले जानकारी दियो ।

यो पनि पढ्नुहोस् ।

टुट्यो दोस्ती, छुट्यो पाटर्नरशिप: ४५ करोड नाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट रामेश्वर अलग

http://www.bizmandu.com/content/-148.html#.UB3gg6BeP1Q]]>
http://bizmandu.com/feed/media/-448.html http://bizmandu.com/content/-448.html http://bizmandu.com/assets/upload/contentthumb/final_kailash_rameswor.jpg