A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/market/20181104154527.html en-us Sun, 04 Nov 2018 15:45:27 +0545 content <![CDATA[ शेयर बजारमा दोहोरो अंकको पहिरो, धितोपत्र बोर्डको सूचनाले समेत लगानीकर्ताको आत्मविश्वास बढेन्]]> admin Sun, 04 Nov 2018 15:45:27 +0545 NCHL
काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से १३.७० अंकले सूचक घटेर १ हजार २ सय ७.२८ अंकमा ओर्लिएको छ।

सेन्सेटिभ इन्डेक्स २.८६ अंकले घटेर २ सय ५६.८१ अंकमा झरेको छ। शेयर बजार लगातार घटेपछि नेपाल धितोपत्र बोर्डले केही दिनअघि अनावश्यक भ्रमका पछि नदौड्न आग्रह गरेको थियो। तर यो आग्रहले समेत लगानीकर्ताको मनोबल बढेन्।पछिल्लो समय शेयर बजार व्याज दरको दबाब रहेका कारण शेयर बजार घटेको हो।लगानीकर्ताले पहिलो त्रैमासको समाप्तिपछि व्याजदर घट्ने अपेक्षा गरेका थिए।


तर बैक बित्तिय संस्थाले आउने दिनमा लगानी योग्य पूँजीको अभाब हुने प्रक्षेपण गरेपछि लगानीकर्ताको मनोबल खस्किएको हो। पछिल्लो समय बाणिज्य बैकहरुले नगद लाभांसलार्इ प्राथमिकतामा राख्न थालेपछि लगानीकर्ताको मनोबल खस्किएको एक लगानीकर्ताले बताए। लगानीकर्ताले यस अघि बाणिज्य बैकहरुले बोनस शेयर घोषणाको अपेक्षा गरेका थिए।

आइतबार १५४ कम्पनीका २७ लाख २९ हजार कित्ता शेयर ५६ करोड ४७ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी माछापुच्छ्रे बैकको संस्थापक शेयर खरिद बिक्री भयो। १६ करोड ५६ लाख रुपैयाँको कारोबार गर्दै बैक कारोबार रकमको आधारमा पहिलो भएको हो।

आईतबार १० समूहको कारोबार भयो। अन्य बाहेक सबै उपसूचक घटे।अन्य ०.५७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै बाणिज्य बैक समूह १.५९ प्रतिशतले घटेको छ। आइतबार समता माइक्रो फाइनान्सका शेयरधनीले करिब आठ प्रतिशत कमाएका छन्।लाइफ इन्स्योरेन्सका शेयरधनीले करिब ६ प्रतिशत गुमाए। 

 
]]>
http://bizmandu.com/content/20181104154527.html http://bizmandu.com/content/20181104154527.html http://bizmandu.com/assets/upload/contentthumb/X9ORDtkzgnDj.PNG
comment <![CDATA[By: Ram]]> Thu, 01 Jan 1970 05:30:00 +0530 14