A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/market/20180913095641.html en-us Thu, 13 Sep 2018 09:56:41 +0545 content <![CDATA[कालिका पावरको आइपिओ आजदेखि बिक्री, ११ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि खुला]]> admin Thu, 13 Sep 2018 09:56:41 +0545 NCHL काठमाडौं। कालिका पावरले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आजदेखि आजदेखि बिक्री खुला भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरमा ११ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि छिटोमा असोज १ गतेसम्म र पहिलो चरणमा नविकेमा असोज २८ गतेसम्म बिक्री खुला गरेको छ। 

कम्पनीले सर्वसाधारण समूहतर्फ १२ लाख कित्ता छ्ट्टाएकोमा २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलार्इ बाँडफाँड गरिसकेको छ। सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मको लागि आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धक काठमाडौं क्यापिटल मार्केटले जनाएको छ। 


आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। कम्पनीको क्रेडिट रेटिङ 'इक्रा एनपि आइपिओ ग्रेड ४' रहेको छ। यो रेटिङले औषतभन्दा तल रहेको जनाउँदछ।  

कम्पनीको प्रति मेगावाट लागत २३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल लागत एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ। कम्पनीले अबको २९ वर्षसम्म विद्युत उत्पादन गर्न सक्नेछ। 

कम्पनीले लगानीकर्ताको एक सय रुपैयाँ साढे ९ वर्ष भित्रमा लाभांसमार्फत फिर्ता गर्नेछ। भर्खर उत्पादन थालेको कम्पनीले दुर्इ वर्षदेखि प्रति शेयर आम्दानी ११ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। ]]>
http://bizmandu.com/content/20180913095641.html http://bizmandu.com/content/20180913095641.html http://bizmandu.com/assets/upload/contentthumb/IdUIeOKBcPud.jpg
comment <![CDATA[By: Deepak]]> Thu, 01 Jan 1970 05:30:00 +0530 13