A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/market/20180912154320.html en-us Wed, 12 Sep 2018 15:43:20 +0545 content <![CDATA[लाभांश घोषणा हुन थालेपछि शेयर बजारमा सकारात्मक प्रभाव देखियो, १३ अंकले बढेर बजार बन्द]]> admin Wed, 12 Sep 2018 15:43:20 +0545 Dunlop Tyre काठमाडौं। सूचीकृत कम्पनीहरूले लाभांश घोषणालाई तीव्रता दिएसँगै शेयर बजारमा लगातार सुधार देखिन थालेको छ। यस साताको सुरुवाती दिनमा सूचकमा गिरावट देखिएपनी पछिल्लो दुई दिनदेखि शेयर बजार बढ्दो क्रममा देखिएको छ।

बुधबार सूचक १३.०६ अंकले  बढेर १२३०.७१ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७९ अंकले बढेर २६०.८९ अंकमा उक्लिएको छ। 


बैंक तथा वित्तीय संस्थाको ब्याजदर क्रमिक रूपमा घट्दै गएको कारण लगानीकर्ता सकारात्मक हुँदा शेयर बजार उकालो लागेको एक ब्रोकरले बताए। लगानीकर्तालाई सूचीकृत कम्पनीहरूले घोषणा गरेको लाभांशमा बोनस शेयरलाई प्राथमिकता दिँदा समेत लगानीकर्तामा सकारात्मक प्रभाव परेकाले बजार बढ्न टेवा मिलेको उनको तर्क छ। 

बुधबार १६५ कम्पनीमा १३ लाख ९३ हजार कित्ता शेयर ४३ करोड २९ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी एनआइसी एसिया बैंकको चार करोड ८९ लाख रुपैयाँको किनबेच भएको छ।

उपसूचक मिश्रित देखिएका छन्। १० समूहको कारोबारमा तीन समूह घटेका छन् भने सात समूह बढेका छन्। रिडी हाइड्रोपावर कम्पनीको शेयरधनीले करिब ६ प्रतिशत कमाए भने आइसिएफसी फाइनान्सकाका शेयर धनीले करिब ६ प्रतिशत गुमाए। ]]>
http://bizmandu.com/content/20180912154320.html http://bizmandu.com/content/20180912154320.html http://bizmandu.com/assets/upload/contentthumb/odCs951vpj01.jpeg
comment <![CDATA[By: Basanta Mani Pokharel]]> Thu, 01 Jan 1970 05:30:00 +0530 11