A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/market/-34075.html en-us Thu, 17 May 2018 10:35:56 +0545 content <![CDATA[ग्रिन डेभलपमेन्ट बैंकको नबिकेको हकप्रद लिलामीमा, लिलामीपछि बैंकको चार गुणा शेयर थपिँदै]]> admin Thu, 17 May 2018 10:35:56 +0545 Dunlop Tyre काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद शेयर लिलाम बिक्रीको लागि खुला गरेको छ। बैंकले संस्थापक तर्फको तीन लाख ३७ हजार कित्ता र सर्वसाधारण तर्फको तीन लाख १३ हजार कित्ता बोलकबोल लिलाम मार्फत बिक्री गर्न लागेको हो।

बोलकबोल लिलामकालागि जेठ १० देखि १७ गतेसम्म आवेदन दिन पाइने बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। आवेदनकालागि सर्वसाधारणतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा र संस्थापक तर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम १० भाग जाने संख्या तर नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा ननाघ्ने गरी आवेदन दिन पाइनेछ।   


बैंकले १० करोड रुपैयाँ चुक्ता पूँजीको ४०० प्रतिशत अर्थात ४० लाख कित्ता हकप्रद शेयर माघ २ गते देखि फागुन २३ गतेसम्म बिक्री खुला गरेको थियो।
हकप्रद सकारेसँगै बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्ने छ।

नेपाल राष्ट्र बैंकबाट दुर्इ जिल्लामा कार्यक्षेत्र रहने गरी अनुमति पाएको बैंकले न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्छ। हकप्रद सँगै बैंकले न्युनतम चुक्ता पूँजी जुटाउनेछ। २०७० सालदेखि संचालनमा आएको बैंकको कार्यक्षेत्र म्याग्दी, बाग्लुङ र कास्की रहेको छ।

दोस्रो बजारमा बैंकको कारोबार
बुधबार दोस्रो बजारमा बैंकको कारोबार १५७ रुपैयाँमा भयो।  बैंकले ४०० प्रतिशत हकप्रद निष्कासन गर्ने भन्दै गर्दा दोस्रो बजारमा बैंकको अधिकतम कारोबार ७५० रुपैयाँसम्ममा भयो। हकप्रद निष्कासनपछि मूल्य समायोजन भएसँगै बैंकको कारोबार २०० रुपैयाँभन्दा माथि जान सकेको छैन। 

हकप्रदको प्रक्रिया सकिएसँगै शेयर बजारमा सूचिकृत शेयर पनि थपिनेछ जसले बजारमा चार गुणा शेयर बढ्ने छ।]]>
http://bizmandu.com/content/-34075.html http://bizmandu.com/content/-34075.html
comment <![CDATA[By: Bir bikram shrestha]]> Thu, 01 Jan 1970 05:30:00 +0530 20