A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/market/-34060.html en-us Wed, 16 May 2018 13:35:43 +0545 content <![CDATA[रैराङ हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, आइपिओमा ६ गुणा बढी आवेदन पर्यो]]> admin Wed, 16 May 2018 13:35:43 +0545 काठमाडौं। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सोमबारदेखि निष्कासन गरेको आइपिओमा दुई दिनमै ६ गुणा बढी आवेदन परेको छ।

एनआइविएल क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार बुधबारसम्म ४७ लाख १२ हजार कित्ताकालागि ४७ करोड १२ लाख रुपैयाँ बराबरको आवेदन परिसकेको छ जुन मागभन्दा ६ गुणा बढी हो।   


कम्पनीले सोमबारलेखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको छ जसमा कर्मचारीहरुको लागि ३३ हजार ६ सय र ४२ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६४ हजार कित्ताकालागि सर्वसाधारणले आवेदन दिन पाउँछन्।

प्रति साधारण शेयर १०० रुपैयाँको दरमा आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्तासम्मकालागि आवेदन दिन पाउँछन्। छिटोमा जेठ ३ गतेसम्म सर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।

आवेदकले धितोपत्र बोर्डबाट आस्वा सुविधाको अनुमति लिएका बैंक तथा वित्तीय संस्था लगायत घरबाटै मेरो शेयर मार्फत आवेदन दिन सक्छन्।]]>
http://bizmandu.com/content/-34060.html http://bizmandu.com/content/-34060.html
comment <![CDATA[By: Anil]]> Thu, 01 Jan 1970 05:30:00 +0530 26