A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/market.html en-us Wed, 20 Jun 2018 23:08:46 +0545 content <![CDATA[मौद्रिक नीति लेखिरहेको राष्ट्र बैंकतिर शेयर लगानीकर्ताको आँखा, सुचक ८ अंक बढिले झर्यो]]> admin Wed, 20 Jun 2018 15:41:05 +0545

काठामडौं। बढ्नका लागि मौद्रिक नीतिलाई पर्खिरहेको शेयर बजार बुबार ८.३४ अंक तल ओर्लिएको छ। सुधक १२१८ अंक हाराहारीमा आइपुगेको हो।
 
कारोबार रकममा सामान्य सुधार देखिए पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेका छन्। दिनभरिमा १५६ कम्पनीका २७ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएका छन्।
 
ट्रेडिङ सुचक स्थिर देखएपनि सबै सुचक रातो भएका छन्। बीमा ४१ अंक हाराहारी झरेको छ। नेपाल टेलिकम सुचिकृत अन्य सुचक करिव ८ अंकले ओर्लिएको छ। बैंक तथा वित्तीय संस्थाका सुचकहरु पनि रातो भएका छन्।
 
१५६ कम्पनीमध्ये ३१ वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ। ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ। 
]]>
http://bizmandu.com/feed/market/20180620154105.html http://bizmandu.com/content/20180620154105.html
content <![CDATA[आइएमई जनरल इन्स्योरेन्सको १०:८ हकप्रद दिने तयारी, धितोपत्र बोर्डमा दियो आवेदन ]]> admin Wed, 20 Jun 2018 13:30:29 +0545
कम्पनीले हकप्रद शेयर निष्कासनकालागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले साविक १० शेयरधनीलाई आठ शेयरका दरले हकप्रद निष्कासन गर्ने भएको छ।
कम्पनीले ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ।

हकप्रद शेयर निष्कासनकालागि कम्पनीले ग्लोवल आइएमइ क्यापिटललाइ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पूँजी ५४ करोड पुगेको छ ।

हकप्रदपछि कम्पनीको ९७ करोड २० लाख रुपैयाँ पूँजी पुग्नेछ । तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड रुपैयाँ नाफा गरेको  जनाएको छ ।]]>
http://bizmandu.com/feed/market/aaiemii-jnrl-insyorensko-10-8-hkprd-dine-tyaarii-dhitoptr-borddmaa-diyo-aavedn.html http://bizmandu.com/content/aaiemii-jnrl-insyorensko-10-8-hkprd-dine-tyaarii-dhitoptr-borddmaa-diyo-aavedn.html
content <![CDATA[अनलाइन प्रणाली छिटो ल्याउन लगानीकर्ताले दवाव दिने, नेप्सेलाई भने-'हामीलाई नअल्मल्याउ']]> admin Tue, 19 Jun 2018 16:58:58 +0545

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणाली तोकिएको समयमा नल्याएमा दवाव दिने भएका छन्।
नेप्सेले यस भन्दा अगाडि ढिलामा पनि जेठदेखि अनलाइन प्राणाली सुरु हुने भनेको थियो। त्यसपछि पनि साउनदेखि अनलाइन प्रणाली र पुरानै प्रणाली एकै साथ प्रयोग गर्ने जानकारी दिएको थियो।

तर अझै प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण अझै दशैँ कुर्नुपर्ने समाचार आएसँगै लगानीकर्ताहरुले सम्बन्धित निकायलार्इ औपचारिक रुपमा नेप्से तथा सम्बन्धित निकायमा दवाद दिने लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।

प्रत्येक भेटमा साउनमा अनलाइन प्रणाली लागु हुने भन्ने तर संचारमाध्यममा दशैँ अगाडि मात्रै आउने समाचार आउँदा लगानीकर्ता अन्योलमा परेको भन्दै उनले सही मिति तोक्न नेप्सेलाई अनुरोध गरे।

'लगानीकर्तालार्इ अलमल्याउनु भएन। नेप्सेले पटक पटक मिति सार्ने गरेकोले यस अगाडि नै तोकिएको मितिमा अनलाइन प्रणाली ल्याउन दवाव दिन्छौ।’- उनले भने।

नेपाल सरकार, नियामक निकाय तथा सञ्चार माध्यमबाट फरक फरक कुराहरु आउदा शेयर बजारमा धेरै नै असर परेको हुँदा एक दुर्इ दिन भित्रै सबै क्षेत्रलार्इ एकै स्थानमा बोलाएर छलफल गर्ने योजना बनाएको पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले बताए।

कार्यान्वयन गर्नै नसक्ने विषयमा पनि सरकारी तथा नियनकारी निकायले शेयर बजार जस्तो अति संवेदनशिल क्षेत्रमा जस्ता पनि निर्णय गर्दा लगानीकर्ता मार परेको उनले बताए।

नेपाल स्टक एक्सचेन्ज विगत तीन वर्षदेखि पहल गरेपनि कहिले मुद्दाको कारण कहिले प्रशासनिक प्रक्रियाको कारण देखाउँदै पटक पटक मिति सारिरहेको छ।

अहिले तयार पारिरहेको सफ्टवेयरकालागि १४ महिना अगाडि नै जेठको पहिलो साता हस्तान्तरण गर्ने सम्झौता भएको भएपनि भर्खर ब्रोकर कार्यालयमा प्रारम्भिक परीक्षण सुरु भएको छ।

यससँगै अझै धेरै प्राविधिक कार्य गर्न बाँकी रहेको हुँदा लगानीकर्ताले  अनलाइन कारोबारकालागि कम्तिमा पनि दशैँ कुर्नु पर्ने देखिएको हो।    ]]>
http://bizmandu.com/feed/market/20180619165858.html http://bizmandu.com/content/20180619165858.html
content <![CDATA[आइएमई लाइफको शेयर निष्कासन सिभिल क्यापिटलले गर्ने, बिक्री प्रवन्धक तोकियो]]> admin Tue, 19 Jun 2018 16:41:33 +0545

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको एकसय रुपैयाँ अंकित दरका साठी लाख कित्ता साधारण शेयर निष्कासनकालागि सिभिल क्यापिटल मार्केटलाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ ।

उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्फबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरे।  

हाल कम्पनीको चुक्तापूँजी  १ अर्व ४० करोड  रुपैयाँ रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी २ अर्व रुपैयाँ कायम हुने बिज्ञप्तीमा उल्लेख छ। शेयर निष्कासनपछि कम्पनीमा संस्थापक शेयर स्वामित्व७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत पुग्ने बताइएको छ ।

कम्पनीले गतवर्षको भदौदेखि कारोवार शुरु गरी हालसम्म देशभर ५० शाखा उपशाखामार्फत बीमा सेवा दिँदै आएको जनाएको छ।]]>
http://bizmandu.com/feed/market/20180619164133.html http://bizmandu.com/content/20180619164133.html
content <![CDATA[९ अंकले घटेको शेयर बजारमा नेपाल बैंकको बढी कारोबार, लगानीकर्ता किन भए निराश]]> admin Tue, 19 Jun 2018 15:40:56 +0545

काठमाडौं। मंगलबार शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सूचक ८.९७ अंकले घटेर १२२६.१८ अंकमा ओर्लिएको हो। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७१ अंकले घटेर २५७.४२ अंकमा ओर्लिएको छ।
नेप्सेले निर्माण गरिरहेको स्वचालित अनलाइन प्रणाली तोकिएको समयमा नआउने खवर सार्वजनिक भएसंगै लगानीकर्ताको मनोबल खस्किँदा बजार घटेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले वताए।

मंगलबार कारोवारको सुरुमा बजार सामान्य देखिएको थियो। कारोवारको सुरुवाती पहिलो २० मिनेट एक अंकले बढेको बजार त्यसपछि भने घट्न थालेको थियो। एक बजेसम्म १२२६ अंक सम्म ओर्लिएको बजार त्यसपछि केहि समय सम्हालिएपनि पौने दुईबजेपछि पून घटेर बन्द भएको हो।

मंगलबार १५७ कम्पनीका पाँच लाख ८७ ‍हजार कित्ता शेयर २० करोड ८४ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल बैंकको दुई करोड ६७ लाख रुपैयाँ बराबरको कारोवार भयो। 

मंगलबार कारोवारमा आएका नौ समुहको सूचक घटेका छन्। बैंक ५.८६, होटल ८.५ विकास बैंक १४.४८, जलविद्युत २.६२, फाइनान्स ३.१२, बीमा ९३.९, उत्पादनमुलक १९.१२, अन्य ३.४६  र लघुवित्त १४.२९ अंकले घटेका छन्।

मंगलबार सबैभन्दा बढी समता माइक्रोफाइनान्सका शेयरधनीले करिव १० प्रतिशत कमाए भने राधी विद्युत कम्पनीका शेयरधनीले करिव पाँच प्रतिशत गुमाए।  
 
 
 
 
 ]]>
http://bizmandu.com/feed/market/20180619154056.html http://bizmandu.com/content/20180619154056.html
content <![CDATA[नेपाल बैंकको 'फेवर' मा आफ्नै निर्णयमा वर्ष दिन पनि टिकेन सेबोन, संस्थागतलाई खुलेकै दिनदेखि एफपिओ]]> admin Tue, 19 Jun 2018 14:12:22 +0545
 
काठमाडौं। धितोपत्र बजारमा प्राथमिक शेयर निष्काशन गर्ने कम्पनीले आफ्नो शेयरमा एकजना लगानीकर्तालाई अधिकतम कति कित्ता शेयर लगानी गर्न दिने भन्ने आफैँ निर्णय गर्न पाउने भएका छन्। धितोपत्र निष्काशनसम्बन्धि यसअघिको व्यवस्था परिमार्जन गर्दै नेपाल धितोपत्र बोर्डले यस्तो निर्णय गरेको हो। 
 
निष्काशन भएका प्राथमिक शेयर बिक्री हुन छाडेपछि धितोपत्र बोर्डले धितोपत्र निष्काशनसम्बन्धि नियममा संशोधन गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै शेयर निष्काशन गर्ने कम्पनीले नै आफ्नो शेयरमा एकजना लगानीकर्तालाई कति कित्तासम्म लगानी गर्न दिने भन्ने निर्णय गर्न पाउँछ। 
 
यसअघि निष्काशित शेयरमा लगानीकर्ताले निष्काशन हुने शेयरको आकारअनुसार अधिकतम ०.५ प्रतिशतसम्म आवेदन दिन पाउने व्यवस्था थियो। बोर्डले सोमबार गरेको निर्णयअनुसार अबदेखि निष्काशित शेयरमा एक व्यत्ति वा संस्थालाइ अधिकतम कति कित्तासम्म आवेदन गर्न दिने भन्ने अधिकार स्वयं कम्पनीले नै तोकेर शेयर आह्वान गर्नु पर्नेछ।
 
यसैगरी प्रिमियमसहित निष्काशन भएका धितोपत्र र एफपिओमा निष्काशन भएकै दिनदेखि संस्थागत लगानीकर्तालाई पनि आवेदन खुला गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले जानकारी दिए। यो ब्यवस्था सोमबारदेखि नै लागू भइसकेको छ।
 
गत वर्ष जेठ १४ गते सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउन भन्दै बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा तोकिएको अवधिभित्र शेयर बिक्री नभएमा मात्रै संगठित संस्थाले खरिद गर्न सक्ने व्यवस्था गरेको थियो।
 
बुटवल पावर कम्पनी लिमिटेडले गत माघ १५ गतेबाट ५०१ रुपैयाँका दरले एफपिओ जारि गरेको थियो। तर निष्कासित सवै शेयर बिक्री नभएपछि ५८ करोड रुपैयाँ बराबरको एफपिओ अण्डर राइटरले उठाउनु परेको थियो। यसैगरि हालै निष्काशन भएको एनएमबी बैकको एफपिओ पनी सोमबारसम्म ५० प्रतिशत मात्रै बिक्री भएको छ। चाँडै नेपाल बैकले एफपिओ निष्काशन गर्दै छ। यसैलाइ मध्यनजर गर्दै बोर्डले नियम परिमार्जन गरेको हो।
]]>
http://bizmandu.com/feed/market/nepaal-bainkko-phevr-maa-aaphnai-nirnnymaa-vrss-din-pni-ttiken-sebon-snsthaagtlaaii-khulekai-dindekhi-ephpio.html http://bizmandu.com/content/nepaal-bainkko-phevr-maa-aaphnai-nirnnymaa-vrss-din-pni-ttiken-sebon-snsthaagtlaaii-khulekai-dindekhi-ephpio.html http://bizmandu.com/assets/upload/contentthumb/EqbPfZKU4mEX.JPG
content <![CDATA[अनलाइनबाट कारोबार गर्न सर्वसाधारणले छिटोमा दशै कुर्नु पर्ने, कम्पनी छनौट गर्ने काम सुरु]]> admin Tue, 19 Jun 2018 09:49:47 +0545
 
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तयार गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीबाट कारोबार गर्न आमसर्वसाधारण लगानीकर्ताले छिटोमा दशैंसम्म कुर्नु पर्ने देखिएको छ। नेप्सेले 'युजर एसेप्टेन्स टेस्टिङ (युएटी)' र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि मात्रै अनलाइन प्रणालीमा कारोबार लैजाने भएकोले कारोबार गर्न दशैं कुर्नु पर्ने भएको हो।
 
नेप्सेले तयार गरेको अनलाइन प्रणालीको बिहीबारदेखि नेपाल स्टक ब्रोकर एसोसिएसनले सिफारिस गरेका पाँच ब्रोकर कम्पनीमार्फत अनलाइन प्रणालीको परीक्षण भइरहेको छ। ब्रोकर कम्नीले परीक्षण सकेलगत्तै नेप्सेले युएटी गराउने छ।
 
युएटी परीक्षणका लागि एक महिनाको समय राखेर नेप्सेले सूचनासमेत प्रकाशित गरिसकेको छ। युएटी परीक्षणका लागि सफ्टवेयर सेवा प्रदायक कम्पनीहरूले असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन्। सोमवारसम्म  पाँच स्वदेशी/विदेशी कम्पनीले परीक्षणका लागि आशय व्यक्त गरेको नेप्सेका एक अधिकारीले जानकारी दिए। जसमा दुई विदेशी कम्पनी रहेका छन् भने तीन कम्पनी स्वदेशी छन्। आवेदन दिने समय असार १० सम्म रहेकाले यो सङ्ख्या बढ्न सक्ने ती अधिकारीको भनाइ छ।
 
युएटी गर्दा नेप्से र बाइकोबिच भएको करार सम्झौता, एसआरएस (सिस्टम रिक्वायर स्पेसिफिकेसन) बमोजिम सफ्टवेयर बनेको छ/छैन परीक्षणमा एकिन गरिने छ। सफ्टवेयरको सुरक्षा प्रणालीका विषयलाई परीक्षणमा बढी जोड दिइने ती अधिकारीको भनाइ छ। यसैका लागि नेप्सेले अन्तर्राष्ट्रिय स्तरमा काम गरेको कम्पनीलाई प्राथमिकता दिने ती अधिकारीले बताए। युएटी परिक्षणका लागि नेप्सेले करिब एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याको छ।   
 
आवेदन दिएका कम्पनीमध्येबाट आएका आशयपत्रलाई नेप्सेले अध्ययन गरी एक कम्पनी छनौट गर्नेछ। कम्पनीको आशयपत्र अध्ययन गर्ननै नेप्सेलाई कम्तीमा दुईदेखि तीन साता लाग्ने ती अधिकारीको भनाइ छ। अध्ययनपछि छनौट भएको कम्पनीलाई नेप्सेको सञ्चालक समिति बैठकले परीक्षणको अनुमति दिने छ। यो प्रक्रिया सम्पन्न हुन कम्तीमा असार अन्तिम साता सम्म लाग्ने छ।
 
अनुमति दिँदा कम्पनीलाई सम्झौता भएको दुई महिनाभित्र सम्पूर्ण परीक्षण सक्न निर्देशन दिने तयारी नेप्सेको छ। साथै युएटी परीक्षण गर्ने कम्पनीले नै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) समेत प्राप्त गर्ने प्रक्रिया सम्पन्न गर्नु पर्ने प्रावधान नेप्सेले समेट्ने भएको छ। जसले अन्तर्राष्ट्रिय स्तरमै सफ्टवेरको मान्यता पाउने नेप्सेको योजना छ।   
 
परीक्षण गर्ने जिम्मा पाएको कम्पनीलाई परीक्षण सम्पन्न गर्न भदौको अन्तिम सातासम्म लाग्ने छ। युएटी परीक्षण सम्पन्न भएपछि नेप्सेले अनलाइन कारोबार सुरु गर्न नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि अनुमति माग्ने छ। बोर्डले तत्कालै स्वीकृति दिए छिटोमा असोजको दोस्रो सातासम्म सर्वसाधारण लगानीकर्ताले अनलाइनबाट शेयर कारोबार गर्न पाउने छन्। 
 
पूर्ण स्वचालित अनलाइन प्रणाली जडान गर्न नेप्सेले गत वर्ष बेङ्ग्लोरस्थित भारतीय कम्पनी इन्फिनिटी कम्प्युटर सोलुसनलाइ ठेक्का दिएको थियो। कम्पनीको तर्फबाट नेपालको वाइकोले नेप्सेसँग डिल गर्दै आएको छ। सम्झौतामा कम्पनीले १४ महिनामा सम्पूर्ण प्रणालीको विकास गरी नेप्सेलाई हस्तान्तरण गर्ने उल्लेख छ। 
]]>
http://bizmandu.com/feed/market/anlaainbaatt-kaarobaar-grn-srvsaadhaarnnle-chittomaa-dshai-kurnu-prne-kmpnii-chnautt-grne-kaam-suru.html http://bizmandu.com/content/anlaainbaatt-kaarobaar-grn-srvsaadhaarnnle-chittomaa-dshai-kurnu-prne-kmpnii-chnautt-grne-kaam-suru.html http://bizmandu.com/assets/upload/contentthumb/VlmtiYA8LKwP.jpg
content <![CDATA['वेटेड एभरेज' समाचारले रातो शेयर बजारलाई हरियो बनायो, नेपाल बैंकलाई एफपिओमा सकस]]> admin Mon, 18 Jun 2018 15:08:12 +0545
 
काठमाडौं। बोनश र हकप्रद शेयरको आधार मूल्यमा कर लगाउने बिषयमा सरकार केही लचक हुनसक्ने संकेत देखिएपछि शेयर बजार हरियो बनेको छ। 
 
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लिएरिङ लिमिटेडले शेयर कारोबारमा 'वेटेड एभरेज' का आधारमा हकप्रद र बोनस शेयरको आधार मूल्य निकालेर पुँजीगत लाभकर गणना गर्न सरकारलाई सुझाव दिएको समाचार सार्बजनिक भएसँगै घटेको बजार बढेर बन्द भएको हो।
 
अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितलाई सुझाव दिँदै तीनवटै निकायले मध्यमार्गी बाटो सुझाएको समाचार सार्बजनिक भएको थियो। 
 
घटेर १२२१ अंकमा आइसकेको बजारले पुरानो गिरावटलाई रिकभर गर्दै करिव २ अंकको बृद्धिसहित बन्द भएको हो। सुचक १२३५ अंकमा उक्लिएको छ।
 
कारोबार रकम भने खस्किएको छ। दिनभरीमा १९ करोड ५२ लाख रुपैयाँको किनबेच भएको छ। बैंकिङ, विकास बैंक, फइनान्स र उत्पादनमूलक सुचक घटेका छन्। बाँकी सबै सुचक हरियो भएको छ। खासगरी नेपाल टेलिकम सुचिकृत अन्य सुचक चलाएर बजारलाई बढाउन खोजिएको छ।
 
२८० रुपैयाँका दरले एफपिओ निस्कासन तयारी गरिरहेको नेपाल बैंकलाई दोस्रो बजारले भने अप्ठेरोमा पारेको छ। मूल्य घटेर २९८ रुपैयाँमा आइसकेको छ। सोमबार सबैभन्दा बढि नेपाल बैंकको एक करोड ३४ लाखको शेयर किनबेच भएको छ।
 
समता लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाएका छन्। राधि विद्युतका शेयरधनीले १० प्रतिशत हाराहारी गुमाएका छन्।
]]>
http://bizmandu.com/feed/market/vettedd-ebhrej-smaacaarle-raato-sheyr-bjaarlaaii-hriyo-bnaayo-nepaal-bainklaaii-ephpiomaa-sks.html http://bizmandu.com/content/vettedd-ebhrej-smaacaarle-raato-sheyr-bjaarlaaii-hriyo-bnaayo-nepaal-bainklaaii-ephpiomaa-sks.html
content <![CDATA[सेबोन, नेप्से र सिडिएससीको अर्थलाई सुझाव: पुँजीगत लाभकर गणनामा नयाँ विधि उपयुक्त]]> admin Mon, 18 Jun 2018 12:46:56 +0545 बिजमाण्डू। नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लिएरिङ लिमिटेडले शेयर कारोबारमा 'वेटेड एभरेज' का आधारमा हकप्रद र बोनस शेयरको आधार मूल्य निकालेर पुँजीगत लाभकर गणना गर्न सरकारलाई सुझाव दिएका छन्। 
 
अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितलाई सुझाव दिँदै तीनवटै निकायले मध्यमार्गी बाटो सुझाएको हो। पुँजीगत लाभकर गणनाका विषयमा उठेको विवाद समाधानका लागि संयुक्त सुझाव दिँदै तीन निकायले नयाँ बाटो प्रस्तुत गरेका हुन्। 
 
नियामकसमेतले दिएको सुझावअनुसार लगानीकर्ताले जति मूल्यमा शेयर खरिद गरेको छ, त्यसमा हकप्रद र बोनस शेयरको आधार लागत मूल्य जोडिन्छ। यसरी जोडेर आएको रकमलार्इ जम्मा शेयर संख्याले भाग गरेपछि आउने फललाई नै 'वेटेड एभरेज' मानिन्छ। यसै मूल्यका आधारमा पुँजीगत लाभकर असुल गर्न सकिने विकल्प दिइएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। 
 
'वेटेड एभरेज' निकाल्दा दोस्रो या प्राथमिक बजारबाट शेयर खरिद गर्दाको जम्मा लागतमा हकप्रदको लागत जोडिन्छ। तर बोनस शेयरमा लागत नपर्ने हुँदा यसलार्इ नजोड्न सक्छ। यसबाट जम्मा लागत निकालिन्छ। यसै मूल्यलार्इ आधार मानेर लगानीकर्ताले शेयर बिक्री गर्दा हुने नाफामा मात्रै लाभकर तिर्नु पर्छ। 
 
यो गणना विधिले 'घाटामा पनि कर तिर्नु पर्यो' भन्ने लगानीकर्ताको गुनासोलाई पनि सम्बोधन गरेको उनले बताए। 'यो वैज्ञानिक विधि हो, यसले लगानीकर्तालाई अन्याय हुँदैन,' उनले भने। यो विधिअनुसार लगानीकर्ताले बोनस तथा हकप्रद शेयर प्राप्त गर्नुभन्दा अगाडि खरिद गरेको मूल्यका आधारमा 'वेटेड एभरेज प्राइस' निकालिन्छ। यसले गर्दा लगानीकर्ताले जुनसुकै समयमा शेयर खरिद गरेको भए पनि किनेकै मूल्यलार्इ आधार मानिन्छ।
 
यसअघि सरकारले हकप्रद तथा बोनस शेयरको लागि बुक क्लोजपछि समायोजन भएको मूल्यलार्इ आधार मानेर पुँजीगत लाभकर गणना गर्दै आएको थियो। तर यसमा लगानीकर्ताले जतिसुकै अगाडि खरिद गरेको भए पनि गणना हुँदैन थियो। यस सुझावअनुसार लगानीकर्ताले शेयर खरिद गरेको मूल्यका आधारमा 'वेटेज एण्ड एभरेज' निकालेर पूँजीगत लाभकर गणना गर्दा केहि फरक आउनेछ। 
 
तर दुई साताअघि आन्तरिक राजस्व विभागले आय कर ऐन २०५८ को परिच्छेद ८ मा रहेको व्यवस्थालार्इ कार्यान्वय गर्ने भन्दै बोनस र हकप्रद शेयरको आधार मूल्यमा पुँजीगत लाभकर गणाना गर्न निर्देशन दियो। यो प्रणालीबाट लाभकर गणना गर्दा घाटामा कर तिर्नुपर्ने भन्दै लगानीकर्ताले निरन्तर आन्दोलन गर्नुका साथै कारोबार नै ठप्प पारेपछि सरकारले अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो।
 
यसै समितिले सरोकारवाला निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससीसँग सुझाँव माग गरेको थियो। तीनवटै निकायले संयुक्त रुपमा सुझाव दिएका हुन्।
]]>
http://bizmandu.com/feed/market/20180618124656.html http://bizmandu.com/content/20180618124656.html http://bizmandu.com/assets/upload/contentthumb/RNPF5TmTrvcr.jpg
content <![CDATA[प्रभु बैंकको नविकेको २२ लाख ३१ हजार कित्ता हकप्रद लिलाममा, असार ११ देखि आवेदन दिन पाइने]]> admin Mon, 18 Jun 2018 10:07:29 +0545
काठमाडौं। प्रभु बैंकले हकप्रद निष्काशनबाट नविकेको २२ लाख ३१ हजार कित्ता हकप्रद शेयर लिलामीबाट बिक्री गर्ने भएको छ।

बैंकले गत माग ७ गतेदेखि फागुन २३ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात २ करोड ३५ कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको थियो। निष्काशन मध्ये संस्थापक तर्फ १५ लाख ६० हजार कित्ता र सर्वसाधरण तर्फ ६ लाख ७१ हजार कित्ता हकप्रद बिक्री भएको थिएन। यो शेयर बिक्रीका लागि असार ११ देखि १८ गतेसम्म खुला गरिएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ।
बोलपत्र आवेदनको लागि न्यूनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि पाइनेछ। तर यसभन्दा अगाडी कायम शेयर सहित नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमा भन्दा बढि नाघ्ने गरि आवेदन दिन नपाइने बैंकले जनाएको छ। आवदेनको लागि प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु रहेका छन्।

एक वर्षको अवधिमा दोस्रो बजारमा अधिकतम ४१८ रुपैयाँ र न्यूनतम १९९ रुपैयाँमा कारोबार भएको छ। आइतबार १९९ रुपैयाँमा कारोबार भएको छ। हकप्रद बिक्री सँगै बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ। बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा ८६ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ भने जगेडा कोषमा तीन अर्ब रुपैयाँ भन्दा धेरै जम्मा भएको छ।


]]>
http://bizmandu.com/feed/market/20180618100729.html http://bizmandu.com/content/20180618100729.html http://bizmandu.com/assets/upload/contentthumb/I05dNA75KjXG.JPG
content <![CDATA[एनएमबी बैंकको एफपिओमा पौने दुर्इ अर्बको आवेदन पर्यो, अब संस्थागत लगानीकर्ताले आवेदन दिन पाउने]]> admin Sun, 17 Jun 2018 18:01:16 +0545

काठमाडौं। एनएमबी बैंकले निष्काशन गरेको एफपिओमा ४५ प्रतिशत मात्रै आवेदन परेको छ।
बैंकको एफपिओ छिटोको अवधिमा ५५ प्रतिशतको लागि माग नपरेपछि बैंकले विवरणपत्र अनुसार सोमबारदेखि सर्वसाधारणसहित अन्य संस्थागत लगानीकर्ताले पनि आवदेन दिन पाउने व्यवस्था गर्न लागेको हो।

आइतबारसम्ममा ५१ हजार आवदेकबाट एक अर्ब ७२ करोड रुपैयाँको आवेदन परेको हो। बैंकहरुबाट सम्पूर्ण आवेदन सिस्टममा अध्यावधिक गर्न केहि समय लाग्ने भएकाले अझै बढ्न सक्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषका इन्भेष्टमेन्ट म्यानेजर रोशनजंग कार्कीले जानकारी दिए।

तीन अर्ब ८० करोड रुपैयाँको एफपिओ निष्काशन भएको थियो।बैंकले ढिलोमा असार २८ गतेसम्म बिक्री खुला गर्न पाउने भए पनि सोमबारबाट माग अनुसारको आवेदन पर्ना साथ बिक्री बन्द हुनेछ।  
]]>
http://bizmandu.com/feed/market/enembii-bainkko-ephpiomaa-paune-duri-arbko-aavedn-pryo-ab-snsthaagt-lgaaniikrtaale-aavedn-din-paaune.html http://bizmandu.com/content/enembii-bainkko-ephpiomaa-paune-duri-arbko-aavedn-pryo-ab-snsthaagt-lgaaniikrtaale-aavedn-din-paaune.html
content <![CDATA[ब्याज दर बृद्धिको असर शेयर बजारमा, १४ अंकले ओर्लियो सुचक, कारोबार रकम पनि खुम्चिँदै]]> admin Sun, 17 Jun 2018 15:35:31 +0545

काठमाडौं। साताको पहिलो दिन शेयर वजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सूचक १४.०७ अंकले घटेर १२३३.२३ अंकमा ओर्लिएको हो। 
 
केहि दिनदेखि बैंक वित्तीय संस्थाले ब्याजदर बृद्धि गर्न प्रतिस्पर्धा थालेकाले शेयर बजार प्रभावित भएको इन्भेस्टर फोरमका महासचिव राजन लम्सालको विश्लेषण छ। बैकको ब्याजदर बढ्दा बजारमा अझै तरलता समस्या यथावत रहेको अनुमान लगानीकर्ताले गर्न थालेका छन्। लगानीकर्ताले शेयर खरीद बिक्री कम गर्दा बजार घटेको लम्सालको तर्क छ।
 
दिनभरीमा १५८ कम्पनीका २४ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। सबैभन्दा बढि ग्रमिण विकास लघुवित्त वित्तीय संस्थाको दुई करोड २७ लाख रुपैयाँ बराबरको कारोवार भएको छ। 
 
कारोवारमा आएका नौ समुहमा होटलबाहेक सबै उपसूचक घटेका छन्। होटल २८.९५ अंकले बढेको छ। बैक १२.५१, विकास बैक १२.९९, जलविद्युत २७.०५, फाइनान्स ६.५२, बीमा ७२.४, उत्पादन मुलक ७.२३ , अन्य ९.१३ र लघुवित्त २०.७६ अंकले घटेका छन्। 
 
 सबैभन्दा बढि राधि विद्युत कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन्। प्रइम लाइफ इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा बढी करिब सात प्रतिशतले गुमाएका छन्। 
]]>
http://bizmandu.com/feed/market/20180617153531.html http://bizmandu.com/content/20180617153531.html
content <![CDATA[नेपाल बैंकले एफपिओ निष्कासन अनुमति पायो, प्रतिकित्ता २८० रुपैयाँ हाल्दा कति नाफा होला?]]> admin Sun, 17 Jun 2018 13:18:04 +0545
बैंकले आधार मुल्य(फेसभ्यालु) प्रतिकित्ता एक सय रुपैयाँमा एक सय ८० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता दुई सय ८० रुपैयाँमा एफपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ।
बैंकले चार अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ बराबरका एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ निष्कासनकालागि बोर्डबाट अनुमति पाएको हो।

बैंकको शेयर मूल्य गत बिहीबार दोस्रो बजारमा प्रतिकित्ता तीन सय १४ रुपैयाँमा झरेको थियो। आइतबार बजार खुल्नासाथ बैंकको प्रतिकित्ता मूल्य चार रुपैयाँ थप घटेर तीनसय १० रुपैयाँमा कारोबार भैरहेको छ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ जसमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व छ।
एफपिओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ।

एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। प्रिमियममा आएको रकम जगेडा कोषमा बस्ने छ।

बैंकले एफपिओ निष्कासनकालागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई यस अघिनै नियुक्त गरिसकेको छ।
 ]]>
http://bizmandu.com/feed/market/20180617131804.html http://bizmandu.com/content/20180617131804.html
content <![CDATA[एनएमबीको एफपिओमा साढे ९५ करोडको आवेदन, भोलिदेखि संस्थागत लगानीकर्ताको पालो]]> admin Sun, 17 Jun 2018 10:33:56 +0545

काठमाडौं। एनएमबी बैंकले निष्कासन गरेको एफपिओ पहिलो चरणमा बिक्री नहुने भएको छ।
पहिलो चरणमा बिक्री नभएपछि भोलिदेखि संस्थागत लगानीकर्ताले आवदेन दिन पाउने धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक नागरिक लगानी कोषका इन्भेष्टमेन्ट म्यानेजर रोशनजंग कार्कीले जानकारी दिए।

बैंकले निष्कासन गरेको एफपिओमा आज १० बजेर १५ मिनेटसम्ममा ३४ हजार ३०० आवदेकबाट ९५ करोड ४५ लाख रुपैयाँको आवेदन परेको छ।

बैंकले छिटोमा आजसम्म निष्कासन गर्ने भनेको भए पनि अझै दुर्इ अर्ब ८४ करोड रुपैयाँको आवेदन आवश्यक पर्छ।

पहिलो चरणमा बिक्री नभएमा दोस्रो चरणको लागि बिक्री खुला भएसँगै संस्थागत लगानीकर्ता म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनी, बीमा कम्पनीले पनि आवेदन दिन पाउनेछन्।

संस्थागत लगानीकर्ताको लागि बिक्री खुला भएसँगै बैंकको एफपिओ सजिलै बिक्री हुने कार्कीले बताए। अधिकांश आवेदन न्यूनतम १० कित्ताकालागि आवेदन परेपछि ३४ हजार ३०० जनाले आवेदन दिएपनि पूरै बिक्री नभएको हो।

जम्मा निष्कासन भएको एक करोड १४ लाख कित्तामध्ये अहिलेसम्म २८ लाख ६६ हजार कित्ताकालागि आवेदन परेको छ।]]>
http://bizmandu.com/feed/market/20180617103356.html http://bizmandu.com/content/20180617103356.html
content <![CDATA[नाडेप लघुवित्तको शेयर १० गतेबाट, ४ लाख ८० हजारमध्ये ४ लाख ३२ हजार मात्र सर्वसाधारणलाई]]> admin Fri, 15 Jun 2018 09:52:48 +0545 काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेबाट साधारण शेयर निस्कासन गर्ने भएको छ। न्यूनतम २० कित्ताका लागि आवेदन दिनु पर्ने शेयरका लाग अन्तिम मिति असार १३ गते तोकिएको छ।
 
कम्पनीको शेयरका लागि अधिकतम २४ सय कित्तासम्म आवेदन दिन सकिन्छ। 
 
१०० रुपैयाँ अंकित दरका शेयरमध्ये कम्पनीका कर्मचारीलाई २४ हजार कित्ता छुट्याइएको छ। अर्को २४ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई निस्कासन हुने छ।
 
कुल ४ लाख ८० हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्एर बाँकी चार लाख ३२ हजार कित्ता सर्वसाधारणलाई जारी गरिने कम्पनीले जनाएको छ। कम्पनीको शेयर निस्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।
 
]]>
http://bizmandu.com/feed/market/20180615095248.html http://bizmandu.com/content/20180615095248.html http://bizmandu.com/assets/upload/contentthumb/aX31JhtlnKRP.jpg