A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/life-style.html en-us Wed, 20 Jun 2018 23:07:37 +0545 content <![CDATA[पोर्चुगलका जबरजस्त फ्यान राजेन्द्र खेतान भन्छन् : सेमिफाइनलसम्म त जसरी पनि पुग्छ टिम]]> admin Wed, 20 Jun 2018 14:04:08 +0545

काठमाडौं। चर्चित व्यवसायी राजेन्द्र खेतान पोर्चुगलका जबरजस्त फ्यान हुन्। पोर्चुगलको फ्यान हुनुको कारण खुला छ - उनी त्यही देशको अवैतनिक वाणिज्यदूतसमेत हुन्। 
 
खेतानले नेपालमा व्यवसायिक फुटबल खेलका लागि शहीद कप गराउन गराउन सहयोगी भूमिका खेलेका थिए। त्यसैका आधारमा अहिले पनि नेपालमा व्यवसायिक फुटबल हुन सक्नेमा विश्वस्त छन्। 
 
प्राविधिक विकासले यसपटकको विश्वकप झनै सहज भएको बताउँछन् उनी। भन्छन्, ‘सोसल मिडियाले झनै रोमाञ्चक बनाएको छ।‘ 
 
विश्वकप कतिको लाग्या छ त यसपाला? 
 
‘आफूले प्रतिनिधित्व गरेको मुलुक पोर्चुगलले खेल्या छ। साथीहरु पनि फुटबलमा लागेका छन्। बेलुका हुने बित्तिकै माहोल परिवर्तन भइहाल्छ।‘ 
 
फुटबलमा लगानी
फुटबलमा पहिले लगानी गरेको सुनाउँछन् उनी। ‘हामी हुँदाखेरी सानमिगलबाट त्यत्रो ठूलो अवार्ड राखेर शहीद कप सुरु गरेको हो,’ उनले भने, ‘त्यतिबेला कर्पोरेट सेक्टरबाट पहिलो पटक भएको थियो त्यो।‘
 
पछि विवादहरुले प्रतियोगिता निरन्तर भएन। चुनावको माहोलले रोकियो। फुटबल संघको विवादले पनि काम गर्यो। ‘अरु टिम त त्यस्तै हो तर जसले आयोजना गर्ने उही ठीक भएन,’ खेतानले भने, ‘त्यसपछि खेतान समूह फुटबल प्रवर्द्धनबाट पछि हट्यो।‘ 
 
राज्यले नीतिगत रुपमा काम थाल्यो भने फुटबल व्यवसायिक रुपमा अगाडि आउनसक्ने उनको विश्वास छ। ‘क्रिकेटमा त सुरु भइसकेको छ। अब फुटबलमा पनि आउन सक्छ,’ उनले भने, ‘राज्यले लक्ष्य लिएर अगाडि बढ्नु पर्यो। निजी सम्बन्ध, राजनीतिक दबाबका आधारमा खेलाडी छनौट हुनु भएन। खेलाडी तयार भए व्यापारीले आफै लगानी गर्न चाहन्छ।‘
 
नेपाल पोर्चुगल नाता
धेरै नेपाली भएको युरोपको तेस्रो मुलुक पोर्चुगल हो। खेतानका अनुसार पोर्चुगलमा लगभग २० हजार नेपाली छन्। २० हजार नेपालीले नेपालमा २० लाख नेपालीलाई प्रभाव पार्ने उनको तर्क छ। 
 
‘पोर्चुगललाई समुद्र र स्पेनले घेरेको छ। बाँकी मुलुकसँग उसको बोर्डर जोडिएको छैन,’ तुलना गर्दै सुनाए, ‘नेपाललाई पनि भारत र चीनले बाहेक अरुले छोएको छैन। पोर्चुगल र हाम्रो संस्कृति पनि मिल्छ। फुटबलप्रतिको क्रेजको रफ्तार र मापदण्ड उस्तै उस्तै लाग्छ मलाई।‘
 
गएको केही वर्षमका पोर्चुगल भाग्यमानी रहँदै आएको उनको बुझाइ छ। संयुक्त राष्ट्रसंघको महासचिव पोर्चुगलबाटै भए। युरोभिजन भनेर संसारको सबभन्दा ठूलो सांगीतिक प्रतिस्पर्धाको आयोजना पनि यसपाला पोर्चुगलकै हात लाग्यो। पछिल्लो युरोकप पनि पोर्चुगलकै कब्जामा आयो। पछिल्लो म्याचमा रोनाल्डोले ह्याट्रिक गरे। ‘अन्तर्राष्ट्रिय बजारमा सानो मुलुक भए पनि ठूला मुलुकहरुसँग प्रतिस्पर्धा गरेर कतै न कतै आफ्नो क्षमतालाई देखाइरहेको छ,’ खेतानले भने, ‘सानो मुलुक भएपछि त्यसप्रति आस्था जाग्ने, माया जाग्ने हुँदोरहेछ।‘
 
खेतानको नजरमा संसारकै उत्कृष्ट टिमहरुमा पर्छ पोर्चुगलको राष्ट्रिय टिम। उत्कृष्ट खेलाडीहरुको टीमअप छ। ‘कतैकतै हामीले हिमाल भन्दा, बुद्धको जन्म स्थलभन्दा जानकीको मुलुक भन्दा पशुपतिनाथको मन्दिरको पर्यावाचीका रुपमा नेपाललाई चिनिन्छ,’ उनले सविस्तार लगाए, ‘त्यसैगरी पोर्चुगललाई युरोपमा पनि र बाहिर पनि फुटबल भन्ने बित्तिकै सम्झिहाल्दा रहेछन्। पोर्चुगलको प्रर्यावाची फुटबल हो।‘ 
 
चस्माले दिएन खेल्न 
स्कुलमा थोरथोरै फुटबल नखेलेका होइनन् उनले। तर उनको चस्माको मोटाइले गर्दा डर थियो – फुट्ने। ‘ग्लास फुटेर आँखामा पर्ला भनेर हजुरबुबाले मलाई खेल्नु दिनु हुन्थेन,’ उनले सुनाए, ‘त्यसकारण स्पोर्टसम्यान भइएन।‘ 
 
दिनको कति घण्टा फुटबलमा जान्छ त उनको? व्यस्तताका कारण अहिले उनी रिभ्युमै चित्त बुझाउँछन्। ‘सेमिफाइनलबाट भने सबै काम छोडेर गेम हेर्छु,’ उनले भने, ‘पहिले असारतिर बजेट आउँदा क्लोजिङ्ग हुन्थ्यो र व्यस्तता हुन्थ्यो। अहिले बजेट आइसकेको छ त्यसैले म्याच हेर्न सजिलो भएको छ।‘


 
फ्यान फलोइङको लेखाजोखा
खेतानको अनुमानमा ब्राजिल र अर्जेन्टिनामा ७० प्रतिशत मान्छेहरु विभाजित देखिन्छन्। र, बाँकी अरु मुलुकको पक्षमा छन्। ‘मेरो हकमा मलाई विश्वास छ कि पोर्चुगल सेमिफाइनलसम्म पुग्न सक्छ,’ उनले भने, ‘टप पाँच टीममा पोर्चुगल पर्छ।‘
 
केही खेलले उनलाई अचम्मित पनि पारेको छ। ‘अहिले हेर्नु न, आइस्ल्यान्डको टीमले अचम्म गर्यो। अर्जेनटिनाले पाएको मौका पनि गुमायो,’ खेतानले भने, ‘एउटा कुरा के देखिन्छ भने सबै टिमले यो चार वर्ष असाध्यै राम्रो तयारी गरेछन्।‘ 
 
विगतभन्दा यसपाली बढी रोमान्चक भइरहेको विश्लेषण छ खेतानको। ‘गएको चार वर्षमा पहिले सोसल मिडियामा मान्छेको जुन कभरेज थियो त्यो अहिलेको हजारौं गुना बढेको छ,’ थपे, ‘त्यसले सबैतिर असर परेको छ। साँझ खाना खान जाँदा पनि कुन ठाउँमा फुलबल हेराइराखेको छ त्यही ठाउँमा जाँउ भन्ने हुन्छ। त्यो किसिमको एउटा मोबिलाइज गरेको छ।‘
 
प्रविधिले खेलको रुप फेरेको बताउँछन् उनी। ‘नयाँ प्रविधिले गर्दा स्टेडियममा बसेका मान्छेभन्दा बाहिरका मान्छेले एनालाइसिस छिटो गर्न सक्छन,’ उनले भने, ‘अहिले धेरै परिवर्तन आएको छ। हेर्ने क्वालिटीमा पनि परिवर्तन ल्याएको छ।‘
 
उनको रोजाइका खेलाडी
खेलाडीहरुलाई फुटबलका भगवान भन्छन् राजेन्द्र। ‘स्पोर्टसम्यानका रुपमा रोनाल्डोको आफ्नै क्रेज छ। फुलबलका मान्छेले दैवको रुपमा लिन्छन्,’ उनले भने, ‘मेसीको रफ्तारलाई पनि मन पराउँछन्।‘ 
 
यस्ता खेलाडीका कारण खेलप्रतिको सोच फेरिएको लाग्छ उनलाई। ‘पहिले खेललाई वाइह्यात भनिन्थ्यो। तर अहिले रोनाल्डो, मेसीका कारण मान्छेहरुले आफ्ना छोराछोरीलाई गेमप्रति पनि चासो दिन भन्छन्,’ उनले समाजको फेरिएको मानसिकता व्याख्या गरे।
]]>
http://bizmandu.com/feed/life-style/porcuglkaa-jbrjst-phyaan-raajendr-khetaan-bhnchn-semiphaainlsmm-t-jsrii-pni-pugch-ttim.html http://bizmandu.com/content/porcuglkaa-jbrjst-phyaan-raajendr-khetaan-bhnchn-semiphaainlsmm-t-jsrii-pni-pugch-ttim.html http://bizmandu.com/assets/upload/contentthumb/Jexrfrw5PyWY.jpg
content <![CDATA[रोयल इन्फिल्डको र्याली, युवा शशक्तीकरण प्रमुख उद्देश्य]]> admin Wed, 20 Jun 2018 12:32:07 +0545
 
काठमाडौं। नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले रोयल इन्फिल्ड “युथ इम्पावरमेन्ट थ्रु मोटरसाइकल स्पोर्ट” कार्यक्रम आयोजन गरेको छ। 
 
युवाहरुको सशक्तिकरण अनि खेल्कुद प्रति आकर्षित गर्न नेपाल ओलम्पिक कमिटिको सहयोगमा संस्थागत उत्तर दायित्व पुरा गर्दै रोयल इन्फिल्ड (बुलेट) मोटरसाइल र्याली आयोजना गरेको हो। ¥यालिको उद्घाटन नेपाल ओलम्पिक कमिटिका प्रेसिडेन्ट तथा सांसद जीवनराम श्रेठले गरेका थिए। 
 
फ्ल्याग अफ रोयल इन्फिल्डका हेड अप्m अपरेसन मेघराज पौडेल र स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष् विष्णुगोपाल श्रेष्ठल  गरेका थिए। ¥यालिमा ४२ वटा रोयल इन्फिल्ड मोटर साइकलमा ५० जना रइडर उपस्थित थिए। 
 
र्याली नेपाल ओलम्पिक कमिटिको भवनबाट सुरु भएर पाटन, कुपण्डोल, त्रिपुरेश्वर, बसन्तपुर, टेकु, बल्खु हुँदै झम्सिखेलको स्पोर्टस हाइभ एन्ड बारमा समापन भएको थियो। सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, खेल्कुद प्रतिको आकर्षण तथा स्वास्थ्य जीवनशैलीको सन्देश प्रवाह गर्ने  र्यालीको मुख्य उद्देश्य रहेको थियो।
 
]]>
http://bizmandu.com/feed/life-style/20180620123207.html http://bizmandu.com/content/20180620123207.html http://bizmandu.com/assets/upload/contentthumb/Q77JsQ5pgDPZ.jpg
content <![CDATA[सिभिल बैंक र छक्का पञ्जा ३ बीच सम्झौता, वित्तीय साक्षरता कार्यक्रम अघि बढाइने]]> admin Tue, 19 Jun 2018 18:19:49 +0545

काठमाडौं। सिभिल बैंक छक्का पञ्जा ३ चलचित्रसँग आवद्ध भएको छ।
 
सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र छक्का पञ्जा ३ का निर्देशक  दिपाश्री निरौलाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 
सम्झौताअनुसार बैंकले चलचित्रमार्फत वित्तीय साक्षरता कार्यक्रमलाई अघि बढाउने जनाइएको छ। 
]]>
http://bizmandu.com/feed/life-style/20180619181949.html http://bizmandu.com/content/20180619181949.html http://bizmandu.com/assets/upload/contentthumb/2qdGhasZdyx3.JPG
content <![CDATA[आइएमई र आइएमई पेको वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक, विजेताले बैंकक घुम्ने अवसर पाउने]]> admin Mon, 18 Jun 2018 18:08:21 +0545

काठमाडौं। आइएमई लिमिटेड र आइएमई पेले आइएमई वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन्। विश्वकप फुटबलको २१औँ संस्करणअन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सबै यो उत्सवमा सहभागी हुन सकन् कम्पनीले जनाएको छ। 
 
आइएमई लिमिटेड तथा आइएमई पेका आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ।
 
सहभागीहरुले वेभ पेजमा रहेको एपमा लगइन गर्दै एक हजार प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन्। पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिने कम्पनीले जनाएको छ। 
 
सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ। खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने जनाइएको छ। थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलनका लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिने कम्पनीको भनाइ छ।
 
प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ। अधिक सङ्ख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’अन्तर्गत एकजोडीलाई ४ रात ५ दिनलामो बैंङ्कक भ्रमणको अवसर मिलाइने कम्पनीको भनाइ छ। 
 
यस्तै प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनेछन्। यसरी छनोटमा पर्ने सेवाग्राहीले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नेछन्। 
]]>
http://bizmandu.com/feed/life-style/20180618180820.html http://bizmandu.com/content/20180618180820.html http://bizmandu.com/assets/upload/contentthumb/AvY6zdjwszNd.JPG
content <![CDATA[किमले किन रोजे अमेरिकामा बनेको पुरानो एयर चाइनाको विमान? २३ वर्ष पुरानो जहाजमा छन् यस्ता सुविधा]]> admin Mon, 18 Jun 2018 13:34:07 +0545
                                                                           तस्विर:एएफपी
उत्तर कोरियाली नेता किम जोङ उनले गत आइतवार पोयङयाङबाट सिंगापुरको हवाइ यात्रा गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनमा भेट्न जाँदा एयर चाइनाको पुरानो विमान प्रयोग गरेर सिंगापुर उत्रिए।

यसअघि उनका बुबा र हजुरबुबालार्इ हवाइजहाजमा यात्रा गर्दैनथे। सन् २०११ पछि उत्तर कोरियाको नेतृत्वमा आएका उनी पहिलो पटक ४७०० किलोमिटरको लामो हवाइ यात्रा गरे। प्योङयाङबाट दक्षिणपूर्वी एसियाली शहर सिंगापुर यात्रामा उनी निश्चिन्त थिए। सुरक्षाको कुनै खतरा महसुस गरेनन्।
चीनको सरकारी स्वामित्व समेत रहेको विमानबाट बेइजिङले किमलार्इ ट्रम्पसँगको वार्ताका लागी लग्न कुनै संकोच मानेन। कोरियाली प्रायद्वीपबाट अमेरिकाको फिर्ती र शान्तिका लागि चीनले महत्त्वपूर्ण कदम चालेको हो।

किम सोही विमानको प्रयोग गर्दै मंगलबार नै स्वदेश फर्किए।

प्योङयाङसँग लामो दुरीको यात्रा गर्नका लागि अत्याधुनिक विमान छैन। ट्रम्पले किमलार्इ भविष्यमा ह्वाइट हाउसको पाउन बनेर अमेरिका आउन निम्तो दिने बताएका छन्। यस्तोमा बेइजिङले किमको यात्राका लागि पुन: सहयोग गर्न सक्छ।

चिनियाँ समाचारपत्रहरूले पनि बेइजिङको लजिस्टिक समर्थनले उत्तर कोरिया र अमेरिकाबिचको सम्बन्ध सुधार गर्न सहयोग गरेको उल्लेख गरेका छन्।

अमेरिकामा बनेको थियो किम चढेको विमान

उत्तर कोरियाली नेता किम भन्दा पहिले, बोइङ ७४७-४०० जम्बो जेटबाट चिनियाँ राष्ट्रपति जियांग जेमिन, हु जुन्ताओ देखि सि जिङपिङका साथै प्रधानमन्त्री छु रोनजी, वेन जियाबाओ र ली खछ्याङले समेत यो विमानबाट लामो यात्रा गरेका छन्। चीनको 'एयर फोर्स वान'को रुपमा चिनिने यही विमानले चीनबाट विदेशका राजकीय पाहुना बोक्ने गर्थ्यो।

यो विमान बोइङको एवरेट प्लान्टमा १९९५ मा बनाइएको थियो। बी-२४४७ को रूपमा दर्ता गरिएको यो विमानले बेइजिङबाट, सांघाई, गुआंगजाओ, शेन्जेन र हङकङ जस्ता प्रमुख क्षेत्रमा व्यावसायिक उडानहरूको लागि पनि प्रयोग गरिएको थियो।

सिन्ह्वाले चीनको विदेश मन्त्रालयका प्रोटोकल विभागका पूर्व प्रमुख लु पेक्सइनलार्इ उद्धत गर्दै २०१३ मा चीनसँग प्रमुख नेताहरूको 'आर्थिक उपार्जनको उद्देश्यका'   लागि कुनै छुट्टै विमान नभएको दाबी गरेको थियो। 

बोइङ ७४७ को दैनिक मर्मतका लागि अझै ४० हजार अमेरिकी डलर पर्दछ। उडान नगर्ने विमानहरूमा प्रायः   मेकानिकल खराबीहरूमा आउन सक्छ।

तर राजनेताहरुका लागि एयर ट्राफिकसँग सम्बद्ध हुन, प्लस क्याबिनहरू वा राज्यको अत्याधुनिक उपकरणहरूको आशा नगरे नि हुन्छ। चिनियाँ एभिएसन वफ्सले विमानको फोरममा उल्लेख गरेको अनुसार विमान पुरानो देखाएको छ, न्यु-फ्रिलिन्ड इकोनोमी क्लास र बनोट नयाँ विमानहरूमा देखिदैन।

किमको साथमा आएकाहरुका लागि व्यक्तिगत सिटहरूको अघि महँगा स्क्रिनहरु नहुन सक्छन्। आधुनिक विमानहरूमा सामान्यतय व्यक्तिगत रुपमा मनोरञ्जनका लागि प्रयोग हुने यन्त्रहरु, म्युजिक वा मूभी अन डिमाण्ड उनीहरूको सीटमा नहुन सक्छन्।  किनभने त्यो विमानमा  केही संख्यामा टिभी स्क्रिनहरू  मात्र छन्।

विमान २३ वर्ष पुरानो

२३ वर्ष पुरानो विमान आफ्नो सेवाकालको अन्तिम चरणमा छ र चिनियाँ ध्वजावाहकहरु नयाँ विमानहरूसँग फैलिरहेका छन्। चिनियाँ नेताहरू  आरामदायी  शैलीमा  भ्रमणका लागि  सन् २००० मा बनाइएका नयाँ बोइङ ७४७, बी - २४७२  हरूमा छान्दैछन्।



एयर चाइनाले आफ्नो व्यावसायिक महत्त्वका लागि नयाँ बोइङ ७४७-८ आइ (बी -२४७९)  लाई सूचीबाट हटाएको छ।  र सैन्य र गुप्त सेवाले सि जिङपिङ र भावी नेताहरुका लागि  यो विमानलार्इ चीनको पहिलो राजकिय विमानका नाताले वर्षौदेखी छुट्टै हेर्दै आएको छ।]]>
http://bizmandu.com/feed/life-style/20180618133407.html http://bizmandu.com/content/20180618133407.html http://bizmandu.com/assets/upload/contentthumb/i7EhCt2KNVee.jpg
content <![CDATA[विश्वकप लक्षित हाइसेन्सको नयाँ उपहार योजना, नगद छुटदेखि बम्पर उपहारसम्म पाइने]]> admin Sun, 17 Jun 2018 16:29:35 +0545 काठमाडौं। नेपालको लागि हाइसेन्स ब्राण्डको आधिकारिक वितरक नविन डिष्ट्रिब्युटर्स प्रालिले विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै 'हाइसेन्स वर्ल्डकप २०१८ एक हैन, दुई हैन, तीन अफर' ल्याएको छ। 
 
यो योजना अन्तर्गत हाइसेन्सको ३२ इन्च वा सोभन्दा माथिको टिभी खरीद गर्दा ग्राहकहरुले ३० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्नेछन्। यस्तै उनीहरुले एउटा स्क्य्राच कार्ड पनि प्राप्त गर्ने र त्यसबाट थप नगद वा राइस कुकर, भ्याकुम क्लिनर वा इलेक्ट्रिक बर्तन आदिको गिफ्ट ह्याम्पर पाउन सक्ने कम्पनीले जनाएको छ। 
 
यस्तै गोला प्रथाबाट छानिने बम्पर पुरस्कारमा साइड वाइ साइड रेफ्रिजेरेटर, सिंगल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन अथवा टेलिभिजन पनि उपहारमा पाउन सक्ने कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ।
]]>
http://bizmandu.com/feed/life-style/20180617162935.html http://bizmandu.com/content/20180617162935.html http://bizmandu.com/assets/upload/contentthumb/TbL2tmuviRLX.png
content <![CDATA[दुई वर्षदेखि शिथिल रुसी अर्थतन्त्रको विश्वकप कनेक्सन, अर्बौं खर्चिँदा पनि दीर्घकालिन लाभ छैन]]> admin Thu, 14 Jun 2018 17:10:46 +0545
 
केही दिनअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरका फूटबल फ्यानहरुलाई विश्वकप हेर्न रुस आउनु भन्दै भिडियो मार्फत निम्ता गरे।  
 
उनले विश्वकै सबैभन्दा ठूलो इभेन्ट हेर्न रुस पुग्न आग्रह गर्दै यो प्रतियोगिता आफ्नो देशको लागि ‘सर्वाधिक खुशी’ र ‘गौरव’ भएको समेत बताए। 
 
राष्ट्रपति पुटिनले विश्वकप आयोजना गर्न पाउनुलाई सबैभन्दा ठूलो खुशी र गौरबको क्षण भएको बताउँदै गर्दा रुसी अर्थतन्त्रलाई प्रतियोगिताबाट के फाइदा पुग्ला भनि विश्लेषण हुन थालेका छन्। यसै क्रममा भएका बिभिन्न अनुसन्धान तथा अध्ययनहरुबाट के निष्कर्ष आएको छ भने रुसी राष्ट्रपति पुटिनले भने झैं प्रतियोगिताबाट रुसले केवल खुशी र गौरव महसुस गर्न मात्र पाउनेछ न कि ठूलो आर्थिक लाभ।  
 
समग्र विश्लेषण तथा अध्ययनहरुको सार के हो भने विश्वकप आयोजनाले रुसको अर्थतन्त्र अल्पकालीन रुपमा मात्र चलायमान हुनेछ र यसले दुई वर्षदेखि शिथिल देखिएको रुसी अर्थतन्त्रलाई उकास्न खासै ठूलो योगदान गर्नेछैन।  
 
रुसले विश्वकपमा हालसम्मकै सबैभन्दा ठूलो धनराशी खर्च गरेको छ। रुसले जुन १४ देखि आगामी जुलाई १५ तारिखसम्म होस्ट गर्न लागेको सबैभन्दा ठूलो फूटबल प्रतियोगिताका लागि १४ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ जुन विश्वकपकै इतिहासको सबैभन्दा महँगो प्रतियोगिता समेत बनेको छ। रुसले प्रतियोगिता आयोजनाका लागि खर्च गरेको रकम सन् २०१४ मा विश्वकप आयोजना गर्दा ब्राजिलले खर्च गरेको रकमभन्दा तीन गुनाले बढी हो।  
 
रुसी मिडियाहरुका अनुसार फूटबल प्रतियोगिताका लागि रुसको कुल ८८३ अर्ब रुबल अर्थात १४.२ अर्ब डलर खर्च हुनेछ।
 

प्रतियोगिताको ‘अफिसियल कस्ट’ ११ अर्ब डलरमात्र भएपनि रुसले यातायात पूर्वाधारका लागि ६.११ अर्ब डलर, स्टेडियम निर्माणकालागि ३.४५ अर्ब डलर तथा अन्य आवासीय प्रबन्धकालागि ६८० मिलियन डलर खर्च हुने मस्को टाइम्सले जनाएको छ। 
 
रुसले विश्वकप आयोजना गर्ने भनेपछि यसको तयारीका लागि बनाइएको ‘अफिसियल बजेट’ मा १२ पटक फेरबदल भएको बताइएको छ। 
 
रुसका  बिभिन्न ११ वटा शहरका स्टेडियममा विश्वकप अवधीभर फूटबल खेलहरु आयोजना हुनेछन् जसका लागि रुसले यातायात तथा अन्य पूर्वाधार विकासमा धेरै ठूलो खर्च गरेको छ।  तर यति ठूलो धनराशी खर्चिदा आयोजक राष्ट्र रुसको २ वर्षदेखि संकुचनमा रहेको अर्थतन्त्रलाई प्रतियोगिताले झिनो तथा अल्पकालीन सुधार मात्र दिने अध्ययन प्रतिवेदनले देखाएका छन्। 
 
विश्वकपको आयोजनाबाट रुसको जिडिपीमा १५ अर्ब डलरको फाइदा हुने रुसी सरकारको विश्लेषण समेत सार्वजनिक भएको छ। जुन तथ्यलाई बिभिन्न अध्ययन प्रतिवेदनले नकारेका छन्। 


 
जर्मनीको कमर्ज बैंकले यस तथ्यलाई नकार्दै भनेको छ हालसम्म विश्वकप संचालन गर्ने देशहरुको अर्थतन्त्रमा प्रतियोगिता संचालन गरेकै कारण कुनै ठूलो आर्थिक फाइदा भएको देखिएको छैन। 
 
आजदेखि सुरु हुन गैरहेको विश्वकप फूटबलले आफ्नो देशले अन्तराष्ट्रिय चर्चा पाउनुका साथै अर्थतन्त्रमा पनि छलाङ ल्याउने विश्वास राष्ट्रपति पुटिनले गरेका छन्। तर यसको बिपरित बिश्लेषकहरुले भने यो विश्वकपबाट रुसले दीर्घकालीन उपलब्धी भने हासिल नगर्ने दावी गरेका छन्। 
 
रुसले यो खेलकुद प्रतियोगिताबाट जुन आर्थिक उपलब्धीको अपेक्षा गरेको छ त्यो त्यति ठूलो नहुने विश्लेषणहरु भैरहेका छन्। गत महिना मात्रै रुसमा विश्वकपले के कस्तो प्रभाव पार्ला भनि प्रसिद्ध मुडि इन्भेष्टर सर्भिसले गरेको अध्ययनमा प्रतियोगिताबाट रुसले ‘लङ टर्म बेनिफिट’ लिन नसक्ने विश्लेषण गरिएको छ। 
 
प्रतियोगिताका लागि आवश्यक पूर्वाधार विकासका लागि रुसले धेरै खर्च गरिसकेको छ तर प्रतियोगिताबाट आउने नाफाले रुसी अर्थतन्त्रको मजबुतीका लागि दीर्घकालीन असर नपर्ने प्रतिवेदनको ठहर छ।
 
प्रतियोगिता अवधिभर अर्थतन्त्रमा देखिने गतिशिलताले रुसको १.३ खर्ब डलरको अर्थतन्त्रमा धमिलो मात्र प्रभाव छोड्ने मुडि इन्भेष्टर सर्भिसका वरिष्ठ उपाध्यक्ष क्रिष्टिन लिन्डोले बताए। 
 
नयाँ पूर्वाधार विकासले थप ट्याक्स रेभेन्यू सिर्जना गर्ने तथा भविष्यमा पूँजीगत खर्चमा कटौती हुने मुडी इन्भेष्टरको प्रतिवेदनमा उल्लेख छ।  यसबाट रुसको सरकारी बित्त अवस्थामा नकारात्मक प्रभाव पर्ने बताइएको छ। 
 

रुसले प्रतियोगिता अवधिभर ५ लाख ७० हजार विदेशी  फूटबल फ्यान तथा ७ लाख रुसीहरु म्याच हेर्न आउने अपेक्षा गरेको छ। यसबाट पर्यटन क्षेत्र फस्टाउने र होटल तथा रेष्टुरेन्ट ब्यवसाय चलायमान हुने सरकारी अपेक्षा छ तर विश्लेषकहरुले यसलाई अल्पकालीन मात्र मानेका छन्।
 
अल्पकालीन रुपमै भएपनि रुसी अर्थतन्त्र चलायमान हुने विश्लेषण हुँदै गर्दा मुडि इन्भेष्टर सर्भिसको अध्ययन भनिएको छ- विश्वकपको सबैभन्दा बढी लाभ मस्कोमा रहेका बिमानस्थलहरुलाई हुनेछ जहाबाट लाखौंका संख्यामा फूटबल फ्यानहरु रुस छिर्नेछन्।  
 
रुसका मुख्य शहरका रुपमा मस्को र सेन्ट पिटर्सबर्गलाई मुख्य रुपमा ‘फ्यान-हब’का रुपमा मानिएको छ जहाँ विश्वकप अवधीभरमा चारलाख पर्यटकले भ्रमण गर्ने अपेक्षा गरिएको छ।
 
प्रतियोगिता आयोजकले भनेका छन् – ‘यो प्रतियोगिताले फूटबल मात्र देखाउने छैन रुस के हो भनेर विश्वलाई देखाउने छ। यसले विश्वको सुन्दर शहरका रुपमा मस्कोलाई चिनाउने छ भने रुसप्रतिको छवि पूरै बदलिन सहयोग पुग्ने छ।’ 
 

बजार अनुसन्धान कम्पनी यूरोमोनिटरका अनुसार वर्ल्डकप सकिएपनि प्रतियोगिता संचालन गरेकोमा रुसलाई थप पर्यटक भित्र्याउने अवसर प्राप्त हुनेछ। 
 
अध्ययन अनुसार सन् २०२२ सम्ममा रुसले पर्यटन क्षेत्रमा ४ प्रतिशतको बृद्धिको अपेक्षा गरेको छ। जसकालागि विश्वकप संचालनले पनि सकारात्मक प्रभाव पार्नेछ। 
 
यूरो मोनिटरका अनुसार सन् २०१८ मा विश्वकपकै आयोजकको हैसियतले रुसको पर्यटन क्षेत्रमा १.४ प्रतिशतको बृद्धि हुनेछ। 
 
रुस हालसम्म पनि अमेरिका, यूरोपेली युनियन तथा अन्य देशहरुको आर्थिक प्रतिबन्धबाट ग्रुज्रिरहेको छ। सन् २०१४ को क्रिमिया तथा पूर्वी युक्रेनमाथिको हस्तक्षेपको कारण देखाउँदै अमेरिका तथा बिभिन्न देशहरुले रुसमाथि लगाएको आर्थिक नाकाबन्दी कायमै छ। यसैको असर स्वरुप बिगत २ वर्षदेखि रुसको अर्थतन्त्र खस्कदै गएको छ। 
 
यहि पृष्ठभूमिलाई मनन गर्दै रुसी राष्ट्रपति पुटिनले फूटबल खेललाई राजनीतिभन्दा पर राख्दै देशको पर्यटन प्रवर्द्धनलाई नै विश्वकप आयोजनाको मुख्य मुद्दा बनाएका छन्। बुधबार मन्तब्य दिँदै उनले भनेका छन्-‘फुटबललाई राजनीतिभन्दा पर राखेकोमा फिफालाई धेरै धेरै धन्यवाद।’ 
]]>
http://bizmandu.com/feed/life-style/duii-vrssdekhi-shithil-rusii-arthtntrko-vishvkp-kneksn-arbaun-khrcindaa-pni-diirghkaalin-laabh-chain.html http://bizmandu.com/content/duii-vrssdekhi-shithil-rusii-arthtntrko-vishvkp-kneksn-arbaun-khrcindaa-pni-diirghkaalin-laabh-chain.html
content <![CDATA[आजको विश्वकप उद्घाटन समारोह र म्याच : कति बजेदेखि? कुन च्यानलमा हेर्ने? ]]> admin Thu, 14 Jun 2018 16:06:00 +0545

काठमाडौँ। विश्वले सर्वाधिक रुचाउने खेल फुटबलको महाकुम्भ विश्वकप फुटबलको ज्वरो आजदेखि उत्कर्षमा पुग्ने क्रम सुरु हुँदैछ।
विश्वकप फुटबल प्रतियोगिताको सुरुवात आजदेखि हुँदैछ। एक महिना लामो प्रतियोगिताका लागि विश्वभरका फुटबल प्रशंसकहरु तयार भई बसेका छन्।

कति बजेदेखि सुरु हुन्छ?
आजको उद्घाटन खेल रसिया र साउदी अरेबियाबीच हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने ९ बजे (८:४५) मा सुरु हुनेछ। त्यसभन्दा दुई घण्टाअघि उद्घाटन समारोह हुनेछ। अर्थात् नेपाली समय अनुसार पौने ७ बजे (६:४५) देखि उद्घाटन समारोह हुनेछ।

उद्घाटन समारोहमा करिब ५ सयको संख्यामा नर्तक, जिम्न्यास्ट र ट्राम्पोलिनिस्टहरुले विश्वलाई स्वागत गर्नेछन्। उद्घाटन समारोहमा प्रदर्शन गर्नेहरुमा रुसी कलाकार आइडा गारिफुल्लिना, अंग्रेज कलाकार रब्बी विलियम्स, विल स्मिथ, निक ज्याम आदि रहेका छन्। ब्राजिली स्टार रोनाल्डो पनि उद्घाटन समारोहमा देखिनेछन्। बलिउड स्टारमा वरुण धवन र ऋतिक रोशन देखिँदैछन्।  ८० हजारको संख्यामा फुटबल फ्यानहरु स्टेडियममा उपस्थित हुनेछन्। 

कुन च्यानलमा हेर्ने?
फिफाद्वारा प्रकाशित आधिकारिक मिडिया राइट्स होल्डरको सूचीमा नेपालसहित दक्षिण एसियाका देशहरुमा आधिकारिक प्रसारण संस्था सोनी पिक्चर्स नेटवर्क इन्डिया रहेको छ।

सोनीले आफ्नो टेन २ र टेन २ एचडीमा अंग्रेजी भाषामा कमेन्ट्रीसहित विश्वकप खेलहरुको प्रत्यक्ष प्रसारण गर्दैछ। सोनी टेन ३ र टेन थ्री एचडीमा भने हिन्दी भाषामा कमेन्ट्रीसहित प्रत्यक्ष प्रसारण हुनेछ।

चार वटा नेपाली च्यानलमा पनि
फिफाले आधिकारिक रुपमा सार्वजनिक गरेको प्रसारण संस्थाहरुमा उल्लेख नभए पनि मिडिया हबका अनुसार प्रसारण अधिकार किनेर चार वटा नेपाली च्यानलमा पनि विश्वकप फुटबल प्रतियोगिताको लाइभ प्रसारण गरिँदैछ।



चार वटा च्यानलमध्ये स्याटेलाइट र केबल टिभी बिना सामान्य एन्टिनाले समेत हेर्न सकिने गरी राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनमा विश्वकप फुटबल हेर्न सकिनेछ। त्यसैगरी नेपाल टेलिभिजनकै अर्को च्यानल एनटिभी प्लसमा पनि विश्वकप लाइभ हेर्न सकिनेछ।

निजी टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनमा एचडीमा विश्वकप लाइभ प्रसारण हुनेछ। त्यसैगरी नेपालको एकमात्र डिटिएच डिसहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस एचडीमा पनि नेपाली भाषामा कमेन्ट्रीसहित विश्वकप फुटबल लाइभ हेर्न सकिनेछ।

नेपाली च्यानलहरुमा विश्वकप उद्घाटन समारोह प्रत्यक्ष प्रसारण हुने/नहुने प्रष्ट छैन।

नेपालसहित दक्षिण एसियाली देशका लागि विश्वकप उद्घाटन समारोह स्याटेलाइट च्यानलहरु सोनी टेन १, सोनी टेन ३ र सोनी इएसपिएनमा साँझ ६ बजेर १५ मिनेटदेखि हेर्न सकिनेछ।

फिफाका अनुसार नेपालको इन्टरनेट, मोबाइल र रेडियोमा प्रसारण अधिकार समेत सोनी पिक्चर्स नेटवर्क इन्डियाले किनेको छ। सोनीको आधिकारिक वेबसाइट तथा एप सोनी लिभमार्फत् मोबाइल र इन्टरनेटमा विश्वकप उद्घाटन समारोह र म्याचहरुको प्रत्यक्ष प्रसारण हुनेछ।

यद्यपि नेपालमा कन्टेन्ट देखाउने कि नदेखाउने भन्ने अधिरका सोनी पिक्चर्स नेटवर्कसँग नै रहनेछ। उसले आफ्नो विज्ञापन र लक्षित दर्शकलाई विचार गरी आफ्नो कन्टेन्ट भारतमा मात्र देखिने बनाउन पनि सक्छ।
]]>
http://bizmandu.com/feed/life-style/20180614160600.html http://bizmandu.com/content/20180614160600.html
content <![CDATA[लामो बोल्ने केशव वडाललाई '३० सेकेन्ड' मै रोके गभर्नरले, 'मन्त्री भइसकेको मान्छे नबोले पनि हुन्छ']]> admin Tue, 12 Jun 2018 16:13:08 +0545

काठमाडौं। आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले 'फ्लोर ओपन' गरेपछि सुरुमै कमलेश अग्रवालले बोल्ने मौका पाए।
 
उनले बोलेपछि सहकारी अभियन्ता केशव वडालले माइक मागे। गभर्नरले 'हजुर पछि बोल्नु होला लामो बोल्नु हुन्छ' भनेर बैंकर्स संघका अध्यक्षलाई समय दिए। 
 
१५/२० जनाले आफ्नो सुझाव राखिसकेपछि गभर्नर नेपालले अब कसैको सुझाव छुटेको भए दुई जनालाई समय दिने उद्घोष गरे। 
 
'मेरो बाँकी छ' भन्दै केशव वडालले हात उठाए। 
 
हजुर त हुँदै हुनुहुन्छ नि। हजुरले भाषण नै गर्ने हो। एकछिनमा गरौला नि भनेर फेरि अरुबाटै सुझाव लिने भन्दै मञ्चबाट मान्छे खोज्न थाले।
 
उनले पत्रकारहरुलाई पनि सुझाव भए दिन आग्रह गरे। त्यसपछि बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले बोल्नलाई फेरि हात उठाए।
 
गभर्नरले 'तपाईले अघि नै बोलिसक्नु भयो। अब के छ र?' भनेर तर्काउन खोज्दै थिए, ढुङ्गानाले एउटा सानो सुझाव छ भनेर कुरा राख्न थाले।
 
त्यसपछि पनि गभर्नरले कोही बाँकी हुनु हुन्छ भनेर सोधे।
 
फेरि वडालले म छु नि। मेरो पनि सुझाव छ भनेर समय मागे।
 
'हजुर सांसद भइसकेको मान्छे। हजुरले त संसदमा बोल्ने हो नि?' गभर्नरले समय तर्काए।
 
त्यसपछि पुन: बडालले सानो सुझाव छ भनेर माइक मागे।
 
वडालले माइक समेतपछि गभर्नरले फेरि भने- तपाई पूर्वमन्त्री जस्तो मान्छे। ल एकदमै छोटो है, जे सुझाव छ त्यही मात्र दिनु होला। १० सेकेन्ड मात्रै है।
 
त्यसपछि वडालले आफ्नो गुनासो करिव ३० सेकेन्डमा सके। सुझाव दिन भ्याएपछि उनले ठट्टा गरे- छोटो पनि बोल्दो रैछु नि है म।
 
त्यसपछि हलमा सबैले पर्रर ताली बजाए। यसअघि सुझाव दिएकाले भनाइ सक्दै गर्दा ताली बजेको थिएन। केशव बडाल साधारणतया निकै लामो भाषण गर्छन्। त्यही भएर गभर्नर नेपालले उनलाई तर्काइरहेका थिए।
]]>
http://bizmandu.com/feed/life-style/20180612161308.html http://bizmandu.com/content/20180612161308.html http://bizmandu.com/assets/upload/contentthumb/6ku8NlLSOEJZ.jpg
content <![CDATA[रसियामा हुने विश्वकप फुटवल डिस होमको 'एक्सन स्पोर्ट्स च्यानल' मा, नेपाली भाषामै कमेन्ट्री]]> admin Mon, 11 Jun 2018 17:26:12 +0545

काठमाडौं। रुसमा अर्को साताबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ। च्यानलमा मात्र  विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ। 
 
प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन्। डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो। खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन्।

फुटबल जगत बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन।
 
चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ। उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन्। ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो।
 
प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपालि भाषामा नै हुने हुदा बिश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिशहोमले जनायको छ।

नेपालमा पहिलो पटक बिश्वकप नेपाली भाषामा प्रशारण हुन लागेकोले दर्शकहरुमा कौतुहलता र गुणस्तरमा शंका उपशंका समेत रहेको छ तर नेपालका प्रख्यात तथा फुटबल कमेण्टेटरिमा विज्ञता हाशिल गरेका सन्जिब शिल्पकार भयकोले गुणस्तरमा कुनै कमी नहुने डिशहोमले बिश्वाश दिलायको छ।  
]]>
http://bizmandu.com/feed/life-style/20180611172612.html http://bizmandu.com/content/20180611172612.html http://bizmandu.com/assets/upload/contentthumb/UNZUvL0HiNOz.PNG
content <![CDATA[तस्बीरमा यस्तो देखिन्छ चीनले बनाइदिने भनेको मितेरी पुल, रेल छिर्ने केरुङ बजार तस्बीरमा]]> admin Mon, 11 Jun 2018 14:43:09 +0545 काठमाडौं। सरकारले हिजो मात्र तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी तथा चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव स्वीकृत गरेको छ। दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ।
 
केरुङबाट चीनको रेल नेपाल छिर्ने छ। 

नेपालमा रेल भित्र्याउन संभावना भएको र नेपालीहरु घुम्न जाने मुख्यस्थल केरुङ बजार। केरुङका स्थानीयवासीले झुपडी घर हटाएर आधुनिक आवास र व्यवसायिक आवास निर्माण गर्न थालेका छन्। 


दैनिक १०० भन्दा बढी मालवाहक ट्रक आवतजावत गर्ने सीमा क्षेत्र मितेरी पुल रसुवागढी नाका। ]]>
http://bizmandu.com/feed/life-style/20180611144309.html http://bizmandu.com/content/20180611144309.html
content <![CDATA[ब्यापारमा रामदेवलाई टक्कर दिँदै रविशंकर,पतन्जलीसँग प्रतिस्पर्धा गर्न २०० करोड खर्चिने]]> admin Mon, 11 Jun 2018 14:36:11 +0545

नयाँ दिल्ली। भारतमा बाबा रामदेवको पतन्जलीलाई टक्कर दिनेगरी अर्का योगी श्री श्री रविशंकरको ब्राण्ड बजारमा आएको छ। रामदेवको पतन्जलीका उत्पादनहरुले राम्रो बजार बनाइरहेका बेला हर्बल उत्पादनकै साथमा रविशंकरको ब्राण्ड ‘श्री श्री तत्व’ बजारमा आएको हो।
रविशंकरले आफ्नै एफएमसिजी ब्राण्ड बजारमा ल्याएका छन् र त्यसको बजार बढाउन कसरत पनि गरिरहेका छन्। हालै रविशंकरको एफएमसिजी ब्राण्ड श्री श्री तत्वको प्रचारकालागि कम्पनीले २ सय करोड भारु खर्च गर्न लागेको सार्वजनिक भएको छ।

आयुर्वेदिक तथा हर्बल उत्पादनको सेगमेन्टमा नयाँ ब्राण्डका रुपमा श्री श्री रविशंकरले तत्व ब्राण्ड बजारमा ल्याएका हुन्।उनको कम्पनीले भारतभर १ हजार स्टोर मार्फत उत्पादनलाई बजारमा फिँजाउने योजना बनाएको छ।

कम्पनीको प्रचारकालागि मास मिडिया बिज्ञापन तथा आउटडोर क्याम्पेनमाथि ठूलो रकम खर्च गर्ने बताइएको छ। श्री श्री तत्व स्टोर्स श्री श्री आयुर्वेद ट्रस्ट अन्तर्गत खुल्न लागेको हो। ट्रस्टका सिइओ तेज कटपिटियाका अनुसार यो  बर्ष एग्रेसिभ रुपमा बिज्ञापन गरी उत्पादनको बिस्तार गरिने छ।

ट्रस्टले आक्रामक बिज्ञापन गर्ने र यो अघिल्लो वर्षको तुलनामा फरक किसिमको हुने पनि उनले बताएका छन्। ट्रस्टले बर्षमा ४ वटासम्म ठूला बिज्ञापन क्याम्पेन चलाउने छ जसमा ठूला टेलिभिजन च्यानहरुपनि सहभागी हुने बताइएको छ।

ट्रस्टले बिज्ञापनमा खर्च गर्ने बजेटबारे केही पनि जानकारी नदिएपनि यो वर्ष प्रमोसनकालागि २०० करोड रुपैयाँ खर्च गर्न लागेको एजेन्सीहरुले बताएका छन्।
पतन्जली कै जस्तो श्री श्री तत्वको दन्त मन्जन, साबुन, स्याम्पु जस्ता पर्सनल केयरका सामाग्रीहरुका साथै खाद्य उत्पादनपनि ल्याएको छ।

तत्वको पर्सनल केयरतर्फ फेस वास, क्रिम, लोसन, स्याम्पु छ भने घ्यू, चामल, नरिवल तेल जस्ता खाद्य उत्पादनहरु पनि छन्।

पर्सनल केयर तर्फ बजारमा प्राकृतिक तथा हर्बल उत्पादनहरुको बजार ४१ प्रतिशत रहेको अनुमान गरिएको छ।

बाबा रामदेवको पतन्जली आयुर्वेदको बार्षिक बिक्री १० हजार करोडभन्दा बढी रहेको छ। पतन्जलीको टर्नओभरमा तीब्र बृद्धि भैरहेको कारण बहुराष्ट्रिय कम्पनीहरुकै पोर्टफोलियोमा असर परिरहेका बेला श्री श्री रविशंकरको ब्राण्डले पनि बजारमा दह्रो उपस्थिती जनाउने तयारी गरेको बताइएको छ।

रविशंकरको ब्राण्डले बाबा रामदेबकै  ब्यापारको बजार खोस्ने एजेन्सीहरुले अनुमान गरेका छन्।
 
 ]]>
http://bizmandu.com/feed/life-style/byaapaarmaa-raamdevlaaii-ttkkr-dindai-rvishnkr-ptnjliisng-prtisprdhaa-grn-200-krodd-khrcine.html http://bizmandu.com/content/byaapaarmaa-raamdevlaaii-ttkkr-dindai-rvishnkr-ptnjliisng-prtisprdhaa-grn-200-krodd-khrcine.html
content <![CDATA[मोदी सरकारको क्यासलेस इकोनोमीलाई झट्का, कहाँबाट आयो भारतीयको खल्तीमा यति धेरै पैसा!]]> admin Mon, 11 Jun 2018 10:19:41 +0545

नयाँ दिल्ली। भारतको अर्थतन्त्रलाई क्यासलेस बनाउन मोदी सरकारले लामो समयदेखि गरिरहेको प्रयास बिपरित भारतीयहरुको खल्तीमै टन्न पैसा राख्ने गरेको देखिएको छ।
यति बेला भारतीयहरुको हातैमा रहेको नगद १८.५ लाख करोड भारुभन्दा माथि पुगेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ जुन अहिलेसम्मकै माथिल्लो स्तर हो।

यो नगद नोटबन्दीको समयको भन्दा दुईगुना बढी हो। नोटबन्दीपछि जनताको हातमा नगद ७.८ लाख करोड भारुमात्र रहेको थियो। तर अब भने यो बढेर रेकर्डस्तरमै पुगेको भारतीय रिजर्भ बैंकको तथ्यांक छ।

हाल भारतमा चलनचल्तीमा रहेको कुल नगद १९.३ लाख करोडभन्दा धेरै छ जबकी नोटबन्दीपछि यो ८.९ लाख करोड भारुमा खुम्चिएको थियो। चलनचल्तीमा रहेको कुल मुद्रामध्ये बैंकमा रहेको नगद घटाउँदा मानिसको गोजीमा कति पैसा छ भन्ने थाहा पाउन सकिन्छ।

केही महिना पहिले भारतका बिभिन्न प्रान्तमा नगदको संकट रहेको बताइएको थियो तर यसको बिपरित मानिसको हातमा प्रशस्त नगद भएको तथ्यांक भारतीय रिजर्भ बैंकले सार्वजनिक गरेको हो।

आरबीआईले जारी गरेको तथ्यांकका अनुसार एक वर्ष पहिलेको तुलनामा रिजर्व करेन्सी ३० प्रतिशतले बढेको छ। नोटबन्दीको समयमाभन्दा यसमा दुईगुनाले बृद्धि भएको देखिएको छ। नोटबन्दीभन्दा पहिला २०१६ को जनवरीमा कुल १७.९ लाख करोड रुपैयाँ चलनचल्तीमा थियो।

मोदी सरकारले क्यासलेस इकोनोमी भनिरहँदा सन् २०१४ को मेमा मोदी सरकार बनेदेखि नै मानिसको हातमा नगद बढिरहेको देखिएको छ। त्यसबेला १३ लाख करोड खल्तीमा रहेकोमा एक बर्षमा बढेर १४.५ लाख भन्दा धेरे भएको र सन् २०१६ को म  सम्ममा १६.७ लाख करोड भएको देखिन्छ।

अक्टोबर २०१६ मा मानिसको हातमा १७ लाख करोडभन्दा बढी रुपैयाँ पुगेको देखिन्छ। नोटबन्दीको समयमा यसमा केही समय ह्वात्तै गिरावट आयो । तर सन् २०१७ को फेब्रुअरीमा फेरि बढेर १० लाख करोडभन्दा बढी र सन् २०१७ को सेप्टेम्बरसम्ममा १५ लाख करोड भयो।

नोटबन्दीको समयदेखि नै मोदी सरकारले क्यासलेस इकोनोमीतर्फ अघि बढिरहेको भनेपनि केन्द्रीय बैंकको तथ्यांक अनुसार हाल भारतीयको खल्तीमा १८.५ लाख करोड भारु भन्दा बढी नगद देखिन्छ।]]>
http://bizmandu.com/feed/life-style/20180611101941.html http://bizmandu.com/content/20180611101941.html
content <![CDATA[काठमाडौं सबैभन्दा सस्तो, फागुनको तुलनामा वैशाखमा मूल्यवृद्धि घट्यो, खानेकुरा महँगिए]]> admin Sun, 10 Jun 2018 16:12:00 +0545

काठमाडौं। फागुनको तुलनामा वैशाखमा मूल्यवृद्धि घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। फागुनमा ६ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिती वैशाखमा ४.१ प्रतिशतमा सिमित भएको छ। यद्यपि गत वर्षको वैशाखको ३.४ प्रतिशतको मूल्यवृद्धिको तुलनामा भने यो वर्षको वैशाखको केही धेरै हो। 
 
वैशाख मसान्तमा खाद्य मुद्रास्फिती ३.२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो दर ०.२ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा तरकारी, फलफूल, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डालगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 
 
वैशाखमा गैर–खाद्य मुद्रास्फिती ४.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.० प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको लत्ता कपडा तथा जुत्ता, घरायसी उपयोगका सामानलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 
 
क्षेत्रगत आधारमा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.३ प्रतिशत, पहाडमा ५.७ प्रतिशत, तराईमा ४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ।
 
अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा २.८ प्रतिशत, पहाडमा ४ प्रतिशत, तराईमा ३.६ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको थियो। 
]]>
http://bizmandu.com/feed/life-style/20180610161200.html http://bizmandu.com/content/20180610161200.html http://bizmandu.com/assets/upload/contentthumb/QmNxlCz95wwr.jpg
content <![CDATA[भारतकै धनी मुकेश अम्बानीको तलब दश वर्षदेखि समान, तलबभन्दा १२० गुना बढी छ लाभांश ]]> admin Sun, 10 Jun 2018 11:29:48 +0545
कल्पना गरौं त, कुनै कर्मचारीको तलब लगातार १० वर्षसम्म तलब नबढ्दा कस्तो अवस्था हुन्छ। १० वर्षसम्म एउटै तलबमा जीवन यापन गर्न सकिएला? सोच्न पनि सकिन्न। तर मुकेश अम्बानी सामान्य मानिस होइनन्। त्यसैले उनको तलब बिगत एक दशकदेखि एकनास छ।

अझ दश वर्षअघि उनले आफूले लिँदै आएको तलब घटाएका समेत थिए। र हालसम्म एकैनास तलब लिएर काम गरिरहेका छन्। भारतका सबैभन्दा धनाढ्य रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा एमडी मुकेश अम्बानी १० वर्षसम्म तलब नबढ्दा पनि खुशी छन्।
मुकेश अम्बानीले सन् २००८/२००९ देखि आफ्नो तलब,भत्ता सुविधा तथा कमिशन पनि बढाएका छैनन्। उनी बार्षिक १५ करोड भारु तलब खान्छन्। दश वर्षअघि उनले खाँदै आएको बार्षिक २४ करोड भारु तलब घटाएर १५ करोडमा झारेका थिए।  

रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको प्रतिबेदनमा कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर मुकेश अम्बानीको कुल तलब १५ करोड भारतीय रुपैयाँ  उल्लेख गरिएको छ।

तर उनले आफ्नो कम्पनीबाट तलबका रुपमा जति पैसा लिन्छन् त्यो त उनको कुल कमाइको एकदम सानो अंश मात्र हो। ब्लुम बर्गको प्रतिवेदन अनुसार १० वर्षमा उनले तलब बापत कुल १५० करोड बुझे जुन उनले कम्पनीबाट पाउने मुनाफाको एक प्रतिशत भन्दा पनि कम रकम हो।

कम्पनीका सबैभन्दा ठूला शेयरधनी अम्बानीले १० वर्षमा लाभाशंका रुपमा १४,५५३ करोड कमाए।  सन् २००८ देखि रिलायन्सले जम्मा ३१,६१६ करोडको लाभाशं बितरण गर्यो जसमा १४,५५३ करोड भारु रकम अम्बानी परिवारमा पुगेको छ।

सन् २००९ मा उनले आफ्नो बार्षिक तलब १५ करोड रुपैयाँ तय गरे र दश वर्षसम्म यसमा कतिपनि बृद्धि गरेनन् तर उनले कम्पनीका अन्य एक्जेक्युटिभ डाइरेक्टरहरुको तलब भने बढाएका छन्।  

अरुको तलब बढाएर आफ्नो नबढाउनुलाई मुकेशले उदाहरणिय बन्न गरेको कोशिशको रुपमा कम्पनीले लिएको जनाएको छ। मुकेश अम्बानीको ‘डिभिडेन्ट इनकम’ नै उनको तलबको १२० गुनाले बढी छ। कम्पनीको प्रतिबदेनमा भनिएको छ कि मुकेश अम्बानी तथा उनको परिवारको सुरक्षा प्रबन्ध मिलाउनकालागि जति खर्च हुन्छ त्यो भने उनको तलबको प्याकेजभित्र राखिएको छैन।  

अम्बानीकी पत्नी निता अम्बानीले पनि कम्पनीको  नन-एक्जेक्युटिभ डाइरेक्टरको हैसियतमा कमिसन बापत करोडमा पैसा बुझ्छिन्। गतबर्ष  निता अम्बानीलाई १ करोड ३० लाख भत्ता तय भएकोमा यो बर्ष बढाएर डेढ करोड बनाइएको कम्पनीले जनाएको छ। उनले कम्पनीको बोर्डमा छिन् त्यसमा पनि उनले सिटिङ फि बापत ६ लाख बुझ्छिन्।

अम्बानीका अतिरिक्त रिलायन्स इन्डस्ट्रिज लिमिटेडको बोर्डमा पारिवारिक नातेदार निखिल मेसवानी र हितल मेसवानकीका साथै  एक्जेक्युटिभ डाइरेक्टर पिएमएस प्रसाद र रिफाइनरी चिफ पवन कुमार कपिल होलटाइम डाइरेक्टरका रुपमा छन्।  निता अम्बानी बाहेक नन-एक्जेक्युटिभ डाइरेक्टरका रुपमा अन्य ९ जना सदस्य पनि कम्पनीमा छन्।]]>
http://bizmandu.com/feed/life-style/bhaartkai-dhnii-mukesh-ambaaniiko-tlb-dsh-vrssdekhi-smaan-tlbbhndaa-120-gunaa-bddhii-ch-laabhaansh.html http://bizmandu.com/content/bhaartkai-dhnii-mukesh-ambaaniiko-tlb-dsh-vrssdekhi-smaan-tlbbhndaa-120-gunaa-bddhii-ch-laabhaansh.html http://bizmandu.com/assets/upload/contentthumb/zKsjkHo70UV6.jpg