A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/health.html en-us Wed, 20 Jun 2018 23:07:19 +0545 content <![CDATA[अर्थ नीति बारे स्पष्ट हुन सातै प्रदेशका अर्थमन्त्रीसँग युवराज खतिवडाको बैठक, 'दोहोरो कर पर्दैन']]> admin Thu, 26 Apr 2018 12:47:07 +0545
केन्द्रीय अर्थमन्त्री डा. खतिवडाले सातै प्रदेशका अर्थमन्त्रीसँग छलफलपछि धेरै कुराहरु स्पष्ट हुने बताए। ब्यवसायीहरुले खासगरी दोहोरो करको कुरा उठाएपछि त्यस बारे प्रादेशिक सरकारसँग छलफल गर्न बैठक बस्न लागेको हो।

सातै प्रदेशका सरकार सबै काम आँफै गर्छै भनेर हिँडिरहेका बेला केन्द्रीय पहलमा परिषद्को वैठक बस्न लागेको हो। 'निजी क्षेत्रले गर्न सक्ने काम सरकारले गर्ने होइन भनेर मैले भनिरहेको छु,' खतिवडाले भने, 'अलिअली सरकारी सहयोग हुँदा निजी क्षेत्र आउँछ भने त्यसमा होस्टे गर्नु पर्छ भन्ने गरेको छु।' उनले निजी क्षेत्रले गर्नै नसक्ने काम मात्र सरकारले गर्नु पर्ने बताए।

'मैले प्रादेशिक सरकारहरुलाई सबै काम आँफै गर्छु भनेर नहिँड्नुस् निजी क्षेत्रले सक्ने काममा उनीहरुको सहभागिता खोज्नुस् भनेको छु' उनले भने, 'आगामी बैठकमा पनि यो कुरा राख्छु। ब्यवसायीहरु दोहोरो करको मारमा पर्दैनन् भन्ने प्रतिबद्धता जनाउन चाहन्छु।'

अर्थमन्त्री खतिवडाले टेलिभिजन कार्यक्रम अर्थको अर्थ २५औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा निजी क्षेत्रलाई आस्वस्थ पार्न खोजेका हुन्। ]]>
http://bizmandu.com/feed/health/-33653.html http://bizmandu.com/content/-33653.html
content <![CDATA[नुन बढी खानुहुन्छ ? त्यसमाथि पेट दुख्छ ? चेकअप गर्नुहोस् ! क्यान्सर पनि हुनसक्छ ]]> admin Mon, 23 Jul 2012 07:37:14 +0545 वल्र्ड क्यान्सर रिसर्च फण्ड (डब्लुसिआरएफ) का अनुसार नुन कम खानेलाई पेटको क्यान्सर हुने संभावना कम हुन्छ । खानामा धेरै नुन खाँदा हाई ब्लडप्रेसरको समस्या हुने र हर्ट एट्याकको खतरा बढि हुने भन्ने कुरा पहिले नै सार्वजनिक भए पनि नुनको अधिक मात्राले क्यान्सर पनि हुन सक्ने कुरा पहिलो पटक पत्ता लागेको हो । डब्लुसिआरएफका अनुसार हाल मानिसहरु दैनिक रुपमा ८.६ ग्राम नुन खाने गर्छन । प्रतिवेदनले दैनिक ६ ग्राम अर्थात एक चिया चम्चा भन्दा धेरै नुन खान नहुने बताएको छ । हेरक व्यक्तिले ६ ग्रामको सीमामा रहेर नुन खपत गर्ने हो भने पेटको क्यान्सर १४ प्रतिशतले घटाउन सकिन्छ ।
विकसित एवं अविकसित दुबै खाले मुलुकमा पेटको क्यान्सर प्रमुख समस्याका रुपमा देखिन थालेको प्ररिप्रेक्ष्यमा यो तथ्य सार्वजनिक भएको हो । विकसित मुलकमा पर्ने इंगल्याण्डमा हेरक वर्ष ६ हजारलाई पेटको क्यान्सर हुने गरेको क्यान्सर रिसर्च युकेको अनुमान छ । रोगले ग्रस्त भए मात्रै उपचारको खोजी गरिने भएकोले पेटको क्यान्सरको सफल उपचार सदैव सम्भव नहुने भएकाले यो रोग लाग्नबाट जोेगिनु नै सजिलो उपाय हो । नुनको मात्रा कम गर्नका लागि थप नुन मिसाईएका खाद्यपदार्थहरु जस्तै पाउरोटी, कर्नफ्लेक्स, आलु चिप्स जस्ता वस्तुको सेवन कम गर्नुका सार्थ हरिया साग सब्जी एवं फलफुलमा जोड दिनुपर्ने अध्ययनको सुझाव छ ।
अध्ययनले साद्यपदार्थमा ट्राफिक लाइटको जस्तो सिग्नल राख्न सके राम्रो हुने बताएको छ । जस अनुसार अत्याधिक नुन हुने खाद्यवस्तुमा रातो, अलि कम हुनेमा पँहेलो र ठिक्क हुनेमा हरियो संकेत राख्न सकिन्छ । डब्लुसिआरएफका अनुसार प्रति १०० ग्राम भोजनमा १.५ ग्राम भन्दा धेरै नुन छ भने त्यसलाई अत्याधिक नुनयुक्त भोजन मान्नुपर्छ । यसैगरी १.५ देखि ०.३ ग्राम भएकोलाई मध्यम नुन भएको र ०.३ वा सो भन्दा कम भएको भोजनलाई कम नुनयुक्त खानाको रुपमा वर्गिकरण गर्न सकिन्छ । शिशु र ११ वर्ष मुनीकाले भने अझै कम नुन सेवा गर्नुपर्ने सो अध्ययनको निष्कर्ष छ । एक वर्ष कम उमेरका शिशुहरुले दैनिक १ ग्राम खानु उपयुक्त हुन्छ ।
आमाको स्तनपान गरिरहेका बच्चाहरुलाई सोहि दुधबाट आवश्यक नुन प्राप्त हुने हुनाले थप नुन नदिन सुझाइएको छ । एक वर्ष भन्दा माथिका वच्चाको हकमा १ देखि ३ वर्षकालाई दैनिक २ ग्राम, ४ देखि ६ कालाई ३ ग्राम, ७ देखि १० कालाई दैनिक ५ ग्राम र ११ देखि माथिकालाई दैनिक ६ ग्राम नुन उपयुक्त हुने उल्लेख गरिएको छ । अध्ययनले स्ट्याण्डर्ड प्याकिङयुक्त खाद्यवस्तुहरुमा भएको नुनको मात्रा त्यसमा उल्लेख गरिएको सोडियमको आधारमा निर्धारण गर्न सकिने बताएको छ । प्याकेटमा उल्लेख गरिए बमाजिमको सोडियम मात्रालाई २.५ ले भाग गर्दा सो वस्तुमा प्रयोग भएको नुनको मात्रा निस्कन्छ । प्योकटमा सोडियमको संकेत अंग्रेजी अक्षर एनए लेखिएको हुन्छ वा सोडियम नै लेखिएको हुन्छ । ]]>
http://bizmandu.com/feed/health/-303.html http://bizmandu.com/content/-303.html http://bizmandu.com/assets/upload/contentthumb/salt-shaker1.jpg