A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/headline/20180713142213.html en-us Fri, 13 Jul 2018 14:22:13 +0545 content <![CDATA[सिन्डिकेट खारेजपछि नयाँ बस संचालनको लहर, रिद्धी सिद्धीले अस्पतालदेखि अस्पतालसम्म सेवा थाल्यो]]> admin Fri, 13 Jul 2018 14:22:13 +0545 NCHL

काठमाडौं।
रिद्धी सिद्धी यातायातले शुक्रबारदेखि १० वटा बस संचालनमा ल्याएको छ।


चोभार-जावलाखेल-महाराजगंज-नारायणथान रुटबाट सेवा थालिएको कम्पनीका सञ्चालनका नारायण पौडेलले जानकारी दिए।उनका अनुसार बस चोभार-मेडिसिटी-लगनखेल-जावलाखेल-सातदोबाटो-कोटेश्वर-बानेश्वर-माइतीघर-पुतलीसडक-हात्ततीसार-प्रहरी तालिमकेन्द्र-टिचिङ-महाराजगंज हुँदै नारायणथानसम्म संचालनमा आउने र  सोही रुट बसहरु फिर्ता हुनेछन्।

कम्पनीले उपत्यकाभित्र अधिकांश अस्पतालहरुलार्इ लक्षित गरेर सेवा सुरु गरेको हो। कम्पनीका सञ्चालक पौडेलका अनुसार अस्पतालसम्म पुग्ने विरामी र उनीहरुका आफन्तहरुलार्इ विशेष प्राथमिकता राखेर सेवा सुरु गरिएको हो। नाफा भन्दा पनि सेवाको भावनाबाट प्रेरित भएर बस सेवा सञ्चालनमा ल्यार्इएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार विहान ५ बजेदेखि वेलुकी ६ बजेसम्म निरन्तर सेवा दिने कम्पनीले जनाएको छ।



केही साताभित्रै ११ थप बस ल्याएर सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ।कम्पनीका सञ्चालक पौडेलका अनुसार सिन्डिकेट खारेजपछि स्वस्थ प्रतिस्पर्धामा व्यवसाय गर्न सहज भएकाले कम्पनीले सेवा थालेको हो।

बसमा चालकसहित ३३ सिट क्षमताका रहेका छन्।बसमा आरामदायी सिटहरु रहेका छन् भने बस फराकिलो तथा ह्ययाङगर स्ट्रयाम्प जडान गरिएकाले उभिएर समेत सहजै यात्रा गर्न सकिने कम्पनीको दाबी छ।


]]>
http://bizmandu.com/content/20180713142213.html http://bizmandu.com/content/20180713142213.html http://bizmandu.com/assets/upload/contentthumb/QoJyMgGUsEy6.jpg
comment <![CDATA[By: Tek Rawal]]> Thu, 01 Jan 1970 05:30:00 +0530 55