A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/headline.html en-us Wed, 20 Jun 2018 23:06:51 +0545 content <![CDATA[अर्थमन्त्रीलाई भारतीय राजदूतको आग्रह, 'भारतीय लगानीमा सञ्चालित आयोजनाको सुरक्षा होस्']]> admin Wed, 20 Jun 2018 17:53:04 +0545

काठमाडौं। भारतीय राजदूत मञ्जीवसिंह पुरीले भारतीय लगानीमा सञ्चालित आयोजनामा सुरक्षा चुनौती बढेको भन्दै त्यसको सम्बोधनका लागि अर्थमन्त्री डा युवराज खतिवडासँग आग्रह गरेका छन्। बुधबार अर्थमन्त्रीसँग भेट गर्दै राजदूत पुरीले भारतीय लगानीमा सञ्चालित आयोजनामा सुरक्षा चुनौती बढेकाले सम्बोधनका लागि आग्रह गरेका हुन्। 
 
केही दिनअघि भारतीय लगानीमा अघि बढिरहेको अरुण तेस्रो जलविद्युत आयोजनामा विप्लव माओवादीले बम आक्रमण गरेको थियो। त्यस्तै केही समयअघि माथिल्लो कर्णाली जलविद्युत आयोजनाका गाडीमा पनि आगजनी भएको थियो। 
 
राजदूत पुरीले स-साना कारणले नेपालमा आयोजना कार्यान्वयनमा समस्या हुने भन्दै ती समस्या समाधानका लागि अर्थमन्त्री खतिवडासँग आग्रह गरेका अर्थमन्त्रीका एक सहयोगीले जानकारी दिए। 
 
राजदूत पुरीले नेपालको विकास प्रक्रियामा सहयोग गर्न भारत सधैं तयार रहेको भन्दै निरन्तर सहयोगको प्रतिबद्धता पनि जनाएका छन्।
]]>
http://bizmandu.com/feed/headline/20180620175304.html http://bizmandu.com/content/20180620175304.html http://bizmandu.com/assets/upload/contentthumb/c1A4QSipw23K.jpg
content <![CDATA[जनरल इन्स्योरेन्सले बीमा कारोबार थाल्यो, सर्वसाधारणलाई शेयर जारी गरिने, हात्तीसारमा कार्यालय]]> admin Wed, 20 Jun 2018 17:40:50 +0545

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीले बुधबारदेखि कारोबार सुरु गरेको छ। कम्पनीले हात्तीसार काठमाडौंमा कर्पोरेट कार्यालय खोलेर कारोबार सुरु गरेको हो। 
 
कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालयको शुभारम्भ गरेका छन्। कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ। 
 
कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थातथा प्रतिष्ठित व्यापारिक घरानासमेतको लगानी रहेको कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर जारी गर्ने तयारी भइरहेको जनाएको छ।  ]]>
http://bizmandu.com/feed/headline/20180620174050.html http://bizmandu.com/content/20180620174050.html http://bizmandu.com/assets/upload/contentthumb/0nvCKyJ7E25p.JPG
content <![CDATA[मौद्रिक नीति लेखिरहेको राष्ट्र बैंकतिर शेयर लगानीकर्ताको आँखा, सुचक ८ अंक बढिले झर्यो]]> admin Wed, 20 Jun 2018 15:41:05 +0545

काठामडौं। बढ्नका लागि मौद्रिक नीतिलाई पर्खिरहेको शेयर बजार बुबार ८.३४ अंक तल ओर्लिएको छ। सुधक १२१८ अंक हाराहारीमा आइपुगेको हो।
 
कारोबार रकममा सामान्य सुधार देखिए पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेका छन्। दिनभरिमा १५६ कम्पनीका २७ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएका छन्।
 
ट्रेडिङ सुचक स्थिर देखएपनि सबै सुचक रातो भएका छन्। बीमा ४१ अंक हाराहारी झरेको छ। नेपाल टेलिकम सुचिकृत अन्य सुचक करिव ८ अंकले ओर्लिएको छ। बैंक तथा वित्तीय संस्थाका सुचकहरु पनि रातो भएका छन्।
 
१५६ कम्पनीमध्ये ३१ वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ। ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ। 
]]>
http://bizmandu.com/feed/headline/20180620154105.html http://bizmandu.com/content/20180620154105.html
content <![CDATA[महालक्ष्मी ब्राण्डमा नयाँ तोरी तेल उद्योग, ३२५ रुपैयाँ लिटर, सानो लगानीमा जिल्लामै उद्योग ]]> admin Wed, 20 Jun 2018 15:35:33 +0545 बागलुङ। महालक्ष्मी तेल उद्योगले प्रशोधित शुद्ध तोरीको तेल बजारमा ल्याएको छ। उद्यमी सुवास राजभण्डारीको एकल लगानीमा खुलेको उद्योगले दैनिक एक सय लिटरसम्म तेल उत्पादन गर्ने गरेको छ। 
 
धवलागिरि क्षेत्रका उपभोक्तालाई लक्ष्य गरी तेल उद्योग सञ्चालन गरेको उद्यमी राजभण्डारीले बताए। आधुनिक उपकरणजडित जिल्लाकै पहिलो उद्योग भएको उनको दावी छ। तोरी पेल्न र शुद्धीकरणको लागि इटालीयन प्रविधिका ‘स्ट्रेलर’ र ‘कम्प्रेसन’ यन्त्र जडान गरिएको छ। 
 
तीन चरणमा तेल छानिन्छ। परीक्षण उत्पादन गरी तेलको गुणस्तर कायम गरेर बजारमा पठाइएको राजभण्डारीले बताए। तेलको मूल्य प्रति लिटर ३२५ रुपैयाँ कायम गरिएको छ। बाह्र लिटरभन्दा बढी खरिद गर्नेलाई प्रति लिटर तीन सयका दरले तेल उपलब्ध गराउने गरिएको छ।
 
एक महिलाअघि सञ्चालन गरिएको उद्योगबाट उत्पादित तेल बागलुङसँगै, म्याग्दी, पर्वत र मुस्ताङको बजारमा पुगेको छ। यस क्षेत्रमा न्यून मात्रमा उत्पादन हुने भएकोले उद्योगको लागि बाहिरबाट तोरी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। उनले करीब ३० लाख रुपैयाँको लागतमा सो उद्योग सञ्चालन गरेका हुन्। 
]]>
http://bizmandu.com/feed/headline/mhaalkssmii-braannddmaa-nyaan-torii-tel-udyog-325-rupaiyaan-littr-saano-lgaaniimaa-jillaamai-udyog.html http://bizmandu.com/content/mhaalkssmii-braannddmaa-nyaan-torii-tel-udyog-325-rupaiyaan-littr-saano-lgaaniimaa-jillaamai-udyog.html
content <![CDATA['डेट एक्सपायर' सामान ल्याएर नेपालमा बिक्री, मिति मेटाएर नयाँ लेभल लगाउने गिरोह प्रहरी फन्दामा]]> admin Wed, 20 Jun 2018 14:58:43 +0545

वीरगंज।तपार्इ खानुभएको जुश कस्तो छ? मिति हेर्नुभएको छ?विदेशबाट आयात भएको विभिन्न उपभोग्य वस्तुको पूरानो लेभल मेटाएर नयाँ लेभल लगाउने गिरोह प्रहरीले पक्राउ गरेको छ।
म्याद गुज्रिएका सामानमा नयाँ मिति प्रिन्ट गर्ने गिरोहलार्इ पर्सा प्रहरीले वुधबार नियन्त्रणमा लिएको हो।म्याद गुज्रिएको समानमा नयाँ म्याद प्रिन्ट गर्ने एक गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।वीरगंज–५ रेल्वे रोडस्थित कौशल श्रीवास्तवको घरमा छापा मारेर ती समूहलार्इ प्रहरीले पक्राउ गरेको हो।‘

गोप्य सूचनाको अधारमा छापा हानी समानमा म्याद बढाउने गिरोहलाई समातेका छौ,हाल दुई जनालाई पक्राउ पनि गरिएको छ,विस्तारै यो कारखाना चलाउने गिरोहको बारेमा रहस्य खुल्दै जानेछ,’पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने ।

तीन पहिलेनै म्याद गुज्रिएको कोरियन कम्पनी डेलोश ब्राण्डको जुशमा नयाँ मिति राखेर बेचिरहेको भेटिएपछि प्रहरीले निगरानी बढाएको थियो।

गत मार्चमै म्याद सकेको जुसलाई नयाँ म्याद प्रिन्ट गरी बजारमा पठाउने तयारी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगंज–११ श्रीपुरका लक्ष्मी साह कानु र पर्सा सुखवाप्रसौनी १ का ओमबहादुर कार्की रहेका छन् ।

कार्की घर गोदाम रेखदेख गर्ने व्यक्ति हुने भने कानु जुसको पछाडी पछि रहेको मितिलाई थिनरको सहायकताले मेटी नयाँ म्याद प्रिन्ट गर्ने प्राविधिक भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सौरभ सेल इन्टरनेशनल घण्टाघरको नाममा दर्ता रहेको फर्मबाट उक्त गोदाम र कारखाना सञ्चालनमा रहेको छ ।फर्मका सञ्चालक मूख्य कौशल श्रीवास्तव पक्राउ परेका छैनन्। प्रहरीले कोरियन जुसको ८० कार्टुन अर्थात ३५ सय पिस जुसको बोतल बरामद गरेको छ ।उक्त स्थानबाट आन्तरिक राजस्व कार्यालय पर्साको स्टाम्प,कर अधिकृतको छापलगायत दुई दर्जन विभिन्न कार्यालय तथा फर्मको छाप बरामद गरेको छ ।

]]>
http://bizmandu.com/feed/headline/20180620145843.html http://bizmandu.com/content/20180620145843.html http://bizmandu.com/assets/upload/contentthumb/WTcZvm4GZr9v.jpg
content <![CDATA[दुर्इ दशक अघि भारत निकासी हुने चप्पल उद्योग किन भए धरासायी? आधा दर्जन उद्योग संकटमा]]> admin Wed, 20 Jun 2018 14:48:16 +0545

वीरगन्ज। भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् ।
सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रममा वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन् ।यसका साथै सस्तो मूल्य र आकर्षक देखिने चिनियाँ चप्पल भित्रिने क्रममा समेत वृद्धि भएपछि स्वदेशी चप्पल उद्योग थप सङ्कटमा परेका हुन् ।

चप्पल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ (रबरजन्य पदार्थ) को चर्को मूल्य र बढ्दो भन्सार महसुललाई जोडेर पुराना प्रविधिबाट आफ्नो उत्पादन बजारमा ल्याउँदा भारतीय र चिनियाँ चप्पल उद्योगसँग मूल्य र आकर्षणमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगी व्यवसायीको भनाइ छ ।चप्पल उद्योगको संरक्षणका लागि भारतकै हाराहारीमा नेपालमा पनि भन्सार महसुल कायम गर्न उद्योगीले सरकारसँग आग्रहसमेत गरेका छन् ।

“सरकारले लगानीमैत्री वातावरण दिने प्रतिबद्धता देखाउँदै आएपनि व्यवहारमा त्यसो देखिएको छैन्”, उद्योगी भन्छन् — सरकारी नीतिका कारण बारा र पर्साका आधा दर्जनभन्दा बढी चप्पल उत्पादन गर्ने उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।चप्पल व्यवसायी अनबर हकले भने– स्वदेशी चप्पल उद्योगको संरक्षणका लागि अवैध आयात नियन्त्रण र चप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुललाई न्यून गर्नुपर्दछ ।

चप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थ (रवरजन्य पदार्थ) भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्दछ । आयात गर्दा यातायात खर्च बढी लाग्ने र मौज्दात नियन्त्रणमा कठिनाइ उत्पन्न हुने भएकाले उत्पादन लागतसमेत बढ्ने दाबी उनको छ ।

त्यसैले यी उद्योगको प्रवद्र्धनका लागि सरकारले यस्ता कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट वा अत्यन्त न्यून गर्नुपर्ने र अन्तःशुल्क खारेजी गर्नुपर्ने माग निजी क्षेत्रको छ ।

खुल्ला सिमानाका कारण अवैधरूपमा भित्रिने भारतीय चप्पलका कारण पनि मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको दाबी सम्बन्धित उद्योगी र व्यवसायीको छ । स्वदेशी चप्पल उद्योग सङ्कटग्रस्त बन्दै गएपछि अहिले बजारमा गुणस्तरहीन चप्पल भारतीय बजारबाट चोरी पैठारी भई नेपाल भित्रिने गरेका छन् ।

सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय चप्पल व्यापारीले मासिक करोडौँ मूल्य बराबरका चप्पल अवैधरूपमा भित्र्याउने गरेका छन् । वैध तरिकाबाट चप्पल आयात गर्दा भारतीय सीमावर्ती बजारको तुलनामा यहाँ २५ देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ । यसले गर्दा सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारमा भन्दा भारतीय बजारमा सामान खरिद गर्छन् ।

“हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्नैपर्छ”, एक व्यवसायीले भने – खुल्ला सिमाना भएका कारण अवैध आयात गर्न त्यत्ति अप्ठ्यारो छैन । चप्पललाई १० प्रतिशत क्यारिड खर्च दिँदा भारतीय बजारबाट भनेको ठाउँमा पुयाइदिने गर्छन् । त्यसो गर्दा पक्राउ परेको खण्डमा आयातकर्ताले नै व्यहोर्नु पर्ने हुन्छ ।

चप्पलको अवैध आयात नियन्त्रण गर्नेतर्फ भने राजस्व गस्ती, प्रहरी प्रशासन र राजस्व अनुसन्धान कार्यालयलगायतका जिम्मेवार निकाय मौन छन् । अवैध आयात नियन्त्रण गर्ने जिम्मेवार निकायकै संरक्षणमा अवैध कारोबारले प्रोत्साहन पाएको हो, वीरगन्जका एक व्यापारीले रासससँग भने – व्यपारीसँग उनीहरूको मिलोमतो भएकाले नै अवैध चप्पल नेपाल भित्रिरहेका छन् ।

भारतबाट चप्पल ओसार्ने व्यक्तिले भन्सार क्षेत्रमा जाँच गर्ने जनपद र सशस्त्र प्रहरीलाई परिमाणको आधारमा केही निश्चित रकम बुझाउँछन् । चप्पलका ठूला व्यापारीले भने प्रहरीलाई महिनावारी दिएर कारोबार गर्ने गरेको स्रोतले जनाएको छ । यसरी अवैधरूपमा भित्रिएको चप्पल वीरगन्जका केही व्यापारीले देशका विभिन्न क्षेत्रमा पुयाउँदै आएको दाबी स्रोतको छ ।

दुई दशक अघिसम्म यहाँका चप्पल उद्योगले आन्तरिक माग पूरा गर्नुका साथै भारतमा समेत निर्यात गर्दै आएका थिए । तर चप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थको भन्सार महसुलमा भएको वृद्धिका कारण अहिले भारतीय उद्योगको उत्पादनभन्दा नेपाली उत्पादनमा झन्डै २० देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ । यसले गर्दा नेपाली उत्पादनको बिक्री कम भई उद्योग सङ्कटमा पर्न थालेका छन् ।

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा आधा दर्जन भन्दा बढी साना तथा मझौला चप्पल उद्योग छन् । ती उद्योग सङ्कटग्रस्त बन्दै गएपछि झन्डै रु एक अर्बको लगानी प्रभावित भएको छ भने त्यसमा कार्यरत एक हजार मजदुरको प्रत्यक्ष रोजगारी गुम्न सक्ने खतरा पनि बढेको छ ।

]]>
http://bizmandu.com/feed/headline/20180620144815.html http://bizmandu.com/content/20180620144815.html http://bizmandu.com/assets/upload/contentthumb/3H7a7SyBzd3v.jpg
content <![CDATA[युवा परिषदले शैक्षिक प्रमाणपत्र धितोमा २ लाखसम्म ऋण दिने, यस्तो छ प्रक्रिया, कसले पाउँछ ऋण?]]> admin Wed, 20 Jun 2018 14:40:35 +0545
परिषदका अनुसार ३५ जना बेरोजगार युवालाई ऋण दिइनेछ। सामान्य विषयमा स्नातक उत्तिर्ण र प्राविधिक विषयमा डिप्लोमा उत्तिर्ण गरका युवाले ऋणका लागि आवेदन दिन पाउनेछन्।
परिषदका अनुसार असार मसान्तिभत्रमा नै छनौट भएका युवाले ऋण पाउने छन्। ऋण लिनका लागि शैक्षिक प्रमाणपत्रको साथै आफूले व्यवसाय गर्ने स्थानीय तहको सिफारिस बुझाउनु पर्नेछ।

आवेदन दिएका उद्यम गर्न चाहने युवामध्ये परिषदले विभिन्न क्षेत्र समेटिने गरी छनौट गर्ने र त्यसैका आधारमा ऋण पाइने परिषदका उपसचिव कर्णबहादुर भुवाजीले जानकारी दिए। उनका अनुसार परिषदले छनौट भएका युवालाई वित्तीय संस्थामार्फत ऋण दिनेछ।



परिषदले विशेष प्राथमिकता क्षेत्र र प्राथमिकता क्षेत्र गरी दुई समूहमा आवेदकलाई छुट्याएर ऋण दिनेछ। पिछडिएको क्षेत्र, गरिबी, दलित र अपांगता भएका व्यक्तिलाई विशेष प्राथमिकता प्राप्त क्षेत्र भनिएको छ। अन्य बेरोजगार युवालाई प्राथमिकता क्षेत्र भनी वर्गीकरण गरिएको छ।

व्यवसाय गर्न चाहने युवाले आफूले ऋण लिएको ५ वर्षभित्रमा परिषदलाई ऋण तिर्नुपर्नेछ। ऋण दुरुपयोग भएमा कडाईका साथ कारबाही गरिने पनि षरिषदले जनाएको छ। परिषदबाट ऋण लिने युवाले सेवा शुल्कलगायत कुनै पनि शुल्क तिर्नु पर्दैन।

सरकारले चालु आर्थिक वर्षमा परिषदलाई स्वरोजगार कार्यक्रम अघि बढाउन ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। चालु वर्षमा यो कार्यक्रम पहिलोपटक कार्यान्वयन गर्न खोजिएकाले कार्यविधिलगायत अन्य प्रक्रिया पुरा गर्न समय लागेका ढिलाई भएको भुवाजीले बताए।

यसअघि परिषदले गत वर्षबाट एक निर्वाचन क्षेत्रमा एक समूहलाई ५ लाख रुपैयाँ निर्ब्याजी ऋण दिन सुरु गरेको छ। गत वर्ष २३१ समूहलाई समूहमा ऋण दिइएकोमा यो वर्ष १७२ समूहलाई दिइएको छ।
]]>
http://bizmandu.com/feed/headline/20180620144035.html http://bizmandu.com/content/20180620144035.html
content <![CDATA[३३ किलो सुन प्रकरणमा तानिए सुन व्यवसायी विमल पोदार, पक्राउ पछि बयान लिइँदै]]> admin Wed, 20 Jun 2018 14:37:00 +0545

काठमाडौं।सुन व्यवसायी विमल पोदार पक्राउ परेका छन्। डिल्लीबजारमा रहेको कार्यालयबाट आज उनलाई पक्राउ गरिएको हो।
३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्। सरकारद्वारा गठित विशेष छानविन समितिले उनलाई नियन्त्रणमा लिएको हो। पोदारसँग समितिले बयान लिइरहेको छ।]]>
http://bizmandu.com/feed/headline/20180620143700.html http://bizmandu.com/content/20180620143700.html
content <![CDATA[चिनियाँलार्इ आश्वस्त पार्दै प्रधानमन्त्रीले भने- ‘निजी उद्योग राष्ट्रियकरण गरिँदैन']]> admin Wed, 20 Jun 2018 14:32:09 +0545

बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन्।
चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने अवगत बताए।

सरकारले विदेशी लगानीका लागि व्यवहारतः उपयुक्त वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै स्थिर तथा समृद्धिका लागि प्रतिबद्ध सरकारले ती क्षेत्रमा चिनियाँ लगानी वृद्धि हुने अपेक्षा गरेको भन्नुभयो ।

नेपालमा दर्ता भएका विदेशी लगानीकर्ताले आफ्ना जग्गा खरिद बिक्री गर्नसक्ने भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि प्रकारको विभेद नरहेको र निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति नभएको उनले बताए।

नेपालमा सहज र सुलभ श्रमशक्ति पाइने, विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगका लागि निश्चित अवधिसम्म करका दायरा खुकुलो रहेको जानकारी दिँदै प्रधानमन्त्रीले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले आर्थिक विकासको पूर्वाधार खडा गर्ने र दुवै मुलुक सीमापार आर्थिक क्षेत्र तथा रेलमार्ग अगाडि बढाउन प्रतिबद्ध रहेको बताए।

 हालै नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)को पार्टी एकताले नेपालमा राजनीतिक स्थिरता निर्माण गर्ने र स्थिरतासँगै स्पष्ट मार्गचित्रका साथ समृद्ध नेपाली सुखी नेपालीको लक्ष्य लिई विकास र समृद्धितर्फको यात्रा तय गरेको बताए।

राजनीतिक स्थिरताले नीतिगत निरन्तरता र एकरुपता ल्याउनुका साथै विदेशी लगानीको पूर्वशर्तका नीतिमा थप प्रष्टता हुने उनले बताए।नेपाल र चीनबीच प्राचीनकालदेखि भूगोल, संस्कृति र परम्पराका आधारमा मैत्री सम्बन्ध रहेको र यो राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समेत फैलिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘नेपाल एक चीन नीति’प्रति प्रतिबद्ध हुँदै चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सिद्धान्तमा अविचलित रहेको दृढता पेश गरे।

उनले भने, “हामी दुई असल छिमेकी मात्रै होइनौं । विश्वसनीय विकास साझेदार पनि हौँ । हामी चीनको आर्थिक र प्रविधिका क्षेत्रमा विकास भएका नवीनतम् क्षमताको सहयोगबाट नेपालले विकासको परिदृश्यमा आफूलाई परिणत गर्न सक्नेछौँ ।

चीनका राष्ट्रपति सी जिन पिङको दूरदृष्टिमा आधारित ओबर परियोजनामा नेपाल जोडिएको र यस प्रयासले आफूहरुलाई दुई देशबीचमा सहयोग र सहकार्यका प्रचुर सम्भावनालाई आमन्त्रण गरिरहेको बताउँदै प्रधानमन्त्रीले नेपालमा चिनियाँ पर्यटकको आकर्षण प्रधानमन्त्रीले खुशी व्यक्त गरे।
]]>
http://bizmandu.com/feed/headline/ciniyaanlaari-aashvst-paardai-prdhaanmntriile-bhne-nijii-udyog-raassttriykrnn-grindain.html http://bizmandu.com/content/ciniyaanlaari-aashvst-paardai-prdhaanmntriile-bhne-nijii-udyog-raassttriykrnn-grindain.html
content <![CDATA[पोर्चुगलका जबरजस्त फ्यान राजेन्द्र खेतान भन्छन् : सेमिफाइनलसम्म त जसरी पनि पुग्छ टिम]]> admin Wed, 20 Jun 2018 14:04:08 +0545

काठमाडौं। चर्चित व्यवसायी राजेन्द्र खेतान पोर्चुगलका जबरजस्त फ्यान हुन्। पोर्चुगलको फ्यान हुनुको कारण खुला छ - उनी त्यही देशको अवैतनिक वाणिज्यदूतसमेत हुन्। 
 
खेतानले नेपालमा व्यवसायिक फुटबल खेलका लागि शहीद कप गराउन गराउन सहयोगी भूमिका खेलेका थिए। त्यसैका आधारमा अहिले पनि नेपालमा व्यवसायिक फुटबल हुन सक्नेमा विश्वस्त छन्। 
 
प्राविधिक विकासले यसपटकको विश्वकप झनै सहज भएको बताउँछन् उनी। भन्छन्, ‘सोसल मिडियाले झनै रोमाञ्चक बनाएको छ।‘ 
 
विश्वकप कतिको लाग्या छ त यसपाला? 
 
‘आफूले प्रतिनिधित्व गरेको मुलुक पोर्चुगलले खेल्या छ। साथीहरु पनि फुटबलमा लागेका छन्। बेलुका हुने बित्तिकै माहोल परिवर्तन भइहाल्छ।‘ 
 
फुटबलमा लगानी
फुटबलमा पहिले लगानी गरेको सुनाउँछन् उनी। ‘हामी हुँदाखेरी सानमिगलबाट त्यत्रो ठूलो अवार्ड राखेर शहीद कप सुरु गरेको हो,’ उनले भने, ‘त्यतिबेला कर्पोरेट सेक्टरबाट पहिलो पटक भएको थियो त्यो।‘
 
पछि विवादहरुले प्रतियोगिता निरन्तर भएन। चुनावको माहोलले रोकियो। फुटबल संघको विवादले पनि काम गर्यो। ‘अरु टिम त त्यस्तै हो तर जसले आयोजना गर्ने उही ठीक भएन,’ खेतानले भने, ‘त्यसपछि खेतान समूह फुटबल प्रवर्द्धनबाट पछि हट्यो।‘ 
 
राज्यले नीतिगत रुपमा काम थाल्यो भने फुटबल व्यवसायिक रुपमा अगाडि आउनसक्ने उनको विश्वास छ। ‘क्रिकेटमा त सुरु भइसकेको छ। अब फुटबलमा पनि आउन सक्छ,’ उनले भने, ‘राज्यले लक्ष्य लिएर अगाडि बढ्नु पर्यो। निजी सम्बन्ध, राजनीतिक दबाबका आधारमा खेलाडी छनौट हुनु भएन। खेलाडी तयार भए व्यापारीले आफै लगानी गर्न चाहन्छ।‘
 
नेपाल पोर्चुगल नाता
धेरै नेपाली भएको युरोपको तेस्रो मुलुक पोर्चुगल हो। खेतानका अनुसार पोर्चुगलमा लगभग २० हजार नेपाली छन्। २० हजार नेपालीले नेपालमा २० लाख नेपालीलाई प्रभाव पार्ने उनको तर्क छ। 
 
‘पोर्चुगललाई समुद्र र स्पेनले घेरेको छ। बाँकी मुलुकसँग उसको बोर्डर जोडिएको छैन,’ तुलना गर्दै सुनाए, ‘नेपाललाई पनि भारत र चीनले बाहेक अरुले छोएको छैन। पोर्चुगल र हाम्रो संस्कृति पनि मिल्छ। फुटबलप्रतिको क्रेजको रफ्तार र मापदण्ड उस्तै उस्तै लाग्छ मलाई।‘
 
गएको केही वर्षमका पोर्चुगल भाग्यमानी रहँदै आएको उनको बुझाइ छ। संयुक्त राष्ट्रसंघको महासचिव पोर्चुगलबाटै भए। युरोभिजन भनेर संसारको सबभन्दा ठूलो सांगीतिक प्रतिस्पर्धाको आयोजना पनि यसपाला पोर्चुगलकै हात लाग्यो। पछिल्लो युरोकप पनि पोर्चुगलकै कब्जामा आयो। पछिल्लो म्याचमा रोनाल्डोले ह्याट्रिक गरे। ‘अन्तर्राष्ट्रिय बजारमा सानो मुलुक भए पनि ठूला मुलुकहरुसँग प्रतिस्पर्धा गरेर कतै न कतै आफ्नो क्षमतालाई देखाइरहेको छ,’ खेतानले भने, ‘सानो मुलुक भएपछि त्यसप्रति आस्था जाग्ने, माया जाग्ने हुँदोरहेछ।‘
 
खेतानको नजरमा संसारकै उत्कृष्ट टिमहरुमा पर्छ पोर्चुगलको राष्ट्रिय टिम। उत्कृष्ट खेलाडीहरुको टीमअप छ। ‘कतैकतै हामीले हिमाल भन्दा, बुद्धको जन्म स्थलभन्दा जानकीको मुलुक भन्दा पशुपतिनाथको मन्दिरको पर्यावाचीका रुपमा नेपाललाई चिनिन्छ,’ उनले सविस्तार लगाए, ‘त्यसैगरी पोर्चुगललाई युरोपमा पनि र बाहिर पनि फुटबल भन्ने बित्तिकै सम्झिहाल्दा रहेछन्। पोर्चुगलको प्रर्यावाची फुटबल हो।‘ 
 
चस्माले दिएन खेल्न 
स्कुलमा थोरथोरै फुटबल नखेलेका होइनन् उनले। तर उनको चस्माको मोटाइले गर्दा डर थियो – फुट्ने। ‘ग्लास फुटेर आँखामा पर्ला भनेर हजुरबुबाले मलाई खेल्नु दिनु हुन्थेन,’ उनले सुनाए, ‘त्यसकारण स्पोर्टसम्यान भइएन।‘ 
 
दिनको कति घण्टा फुटबलमा जान्छ त उनको? व्यस्तताका कारण अहिले उनी रिभ्युमै चित्त बुझाउँछन्। ‘सेमिफाइनलबाट भने सबै काम छोडेर गेम हेर्छु,’ उनले भने, ‘पहिले असारतिर बजेट आउँदा क्लोजिङ्ग हुन्थ्यो र व्यस्तता हुन्थ्यो। अहिले बजेट आइसकेको छ त्यसैले म्याच हेर्न सजिलो भएको छ।‘


 
फ्यान फलोइङको लेखाजोखा
खेतानको अनुमानमा ब्राजिल र अर्जेन्टिनामा ७० प्रतिशत मान्छेहरु विभाजित देखिन्छन्। र, बाँकी अरु मुलुकको पक्षमा छन्। ‘मेरो हकमा मलाई विश्वास छ कि पोर्चुगल सेमिफाइनलसम्म पुग्न सक्छ,’ उनले भने, ‘टप पाँच टीममा पोर्चुगल पर्छ।‘
 
केही खेलले उनलाई अचम्मित पनि पारेको छ। ‘अहिले हेर्नु न, आइस्ल्यान्डको टीमले अचम्म गर्यो। अर्जेनटिनाले पाएको मौका पनि गुमायो,’ खेतानले भने, ‘एउटा कुरा के देखिन्छ भने सबै टिमले यो चार वर्ष असाध्यै राम्रो तयारी गरेछन्।‘ 
 
विगतभन्दा यसपाली बढी रोमान्चक भइरहेको विश्लेषण छ खेतानको। ‘गएको चार वर्षमा पहिले सोसल मिडियामा मान्छेको जुन कभरेज थियो त्यो अहिलेको हजारौं गुना बढेको छ,’ थपे, ‘त्यसले सबैतिर असर परेको छ। साँझ खाना खान जाँदा पनि कुन ठाउँमा फुलबल हेराइराखेको छ त्यही ठाउँमा जाँउ भन्ने हुन्छ। त्यो किसिमको एउटा मोबिलाइज गरेको छ।‘
 
प्रविधिले खेलको रुप फेरेको बताउँछन् उनी। ‘नयाँ प्रविधिले गर्दा स्टेडियममा बसेका मान्छेभन्दा बाहिरका मान्छेले एनालाइसिस छिटो गर्न सक्छन,’ उनले भने, ‘अहिले धेरै परिवर्तन आएको छ। हेर्ने क्वालिटीमा पनि परिवर्तन ल्याएको छ।‘
 
उनको रोजाइका खेलाडी
खेलाडीहरुलाई फुटबलका भगवान भन्छन् राजेन्द्र। ‘स्पोर्टसम्यानका रुपमा रोनाल्डोको आफ्नै क्रेज छ। फुलबलका मान्छेले दैवको रुपमा लिन्छन्,’ उनले भने, ‘मेसीको रफ्तारलाई पनि मन पराउँछन्।‘ 
 
यस्ता खेलाडीका कारण खेलप्रतिको सोच फेरिएको लाग्छ उनलाई। ‘पहिले खेललाई वाइह्यात भनिन्थ्यो। तर अहिले रोनाल्डो, मेसीका कारण मान्छेहरुले आफ्ना छोराछोरीलाई गेमप्रति पनि चासो दिन भन्छन्,’ उनले समाजको फेरिएको मानसिकता व्याख्या गरे।
]]>
http://bizmandu.com/feed/headline/porcuglkaa-jbrjst-phyaan-raajendr-khetaan-bhnchn-semiphaainlsmm-t-jsrii-pni-pugch-ttim.html http://bizmandu.com/content/porcuglkaa-jbrjst-phyaan-raajendr-khetaan-bhnchn-semiphaainlsmm-t-jsrii-pni-pugch-ttim.html http://bizmandu.com/assets/upload/contentthumb/Jexrfrw5PyWY.jpg
content <![CDATA[आइएमई जनरल इन्स्योरेन्सको १०:८ हकप्रद दिने तयारी, धितोपत्र बोर्डमा दियो आवेदन ]]> admin Wed, 20 Jun 2018 13:30:29 +0545
कम्पनीले हकप्रद शेयर निष्कासनकालागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले साविक १० शेयरधनीलाई आठ शेयरका दरले हकप्रद निष्कासन गर्ने भएको छ।
कम्पनीले ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ।

हकप्रद शेयर निष्कासनकालागि कम्पनीले ग्लोवल आइएमइ क्यापिटललाइ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पूँजी ५४ करोड पुगेको छ ।

हकप्रदपछि कम्पनीको ९७ करोड २० लाख रुपैयाँ पूँजी पुग्नेछ । तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड रुपैयाँ नाफा गरेको  जनाएको छ ।]]>
http://bizmandu.com/feed/headline/aaiemii-jnrl-insyorensko-10-8-hkprd-dine-tyaarii-dhitoptr-borddmaa-diyo-aavedn.html http://bizmandu.com/content/aaiemii-jnrl-insyorensko-10-8-hkprd-dine-tyaarii-dhitoptr-borddmaa-diyo-aavedn.html
content <![CDATA[ होङसी शिवम सिमेन्टले केही दिनभित्रै एनएस पाउने, सिमेन्टको मूल्य ८५० रुपैयाँ, कस्तो छ गुणस्तर?]]> admin Wed, 20 Jun 2018 12:42:18 +0545

काठमाडौं।नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्टले केही दिनभित्रै नेपाल गुणस्तर चिन्ह(एनएस)पाउने भएको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागले उत्पादित सिमेन्टको सबै परीक्षण पूरा गरेर प्रतिवेदन तयार गरिसकेको जनाएको छ।'सिमेन्टको गुणस्तर अध्ययनको प्रतिवेदन आइसकेको छ।केही दिनभित्रै बोर्ड बैठक बसेर हामीले निर्णय गर्दैछौ',विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिजमाण्डूसँग भने,गुणस्तर चिन्ह पाउन योग्य देखिएको छ।'

उद्योग एक महिना अघिदेखि संचालनमा आएको हो।तर पूर्ण क्षमतामा भने चलेको छैन।स्रोतका अनुसार सुरुवातमा सिमेन्टको गुणस्तर राम्रो नभएपछि उत्पादन बजारमा पुर्याएन।'अहिले उद्योग पूर्ण क्षमतामा चलेको छैन।सिमेन्टको गुणस्तरनै राम्रो हुन नसकेकोले उत्पादन कम भएको हो'उद्योगका एक कर्मचारीले बिजमाण्डूलार्इ भने ,सुरुवातमा मेसिनहरु सेट नभइसकेकोले गुणस्तरमा सबै उद्योगको समस्या हुने गर्छ।'

उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ। पूर्ण क्षमता १२ हजार टन हो। उत्पादनको नाम ‘होङसी’ हुने छ।सिमेन्टको मूल्य ८ सय ५० रुपैयाँ राखिएको स्रोतले बतायो।पाल्पामा क्लिङकर खानी किनेको छ। तर अहिले उद्योगमा आवश्यक चुनढुंगा भने शिवम र भारतबाट ल्याएको हो।खानीसम्म बाटो नपुगेकोले अन्यत्रबाट चुनढुंगा लिएको हो। दुई सय बिघा क्षेत्रफलमा फैलिएको होङशी शिवम सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी छ।
 
उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ। उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन्। उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्छ।]]>
http://bizmandu.com/feed/headline/20180620124218.html http://bizmandu.com/content/20180620124218.html
content <![CDATA[प्रधानमन्त्रीको चीन भ्रमण: करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी सम्झौता]]> admin Wed, 20 Jun 2018 11:07:44 +0545

काठमाडौँ ।चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन्।

बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको हो। एकैपटक यति ठूलो क्षमताको आयोजना निर्माणमा सम्झौता भएसँगै सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारा सफल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीको सहकार्यमा निर्माण हुन लागेको ६०० मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना सम्झौता भएकामध्ये सबैभन्दा ठूलो परियोजना हो। भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव ९जिएमआर० कम्पनीले निर्माण गर्ने भनेर लिएको सो आयोजना एक महिना पहिले बुटवल पावर कम्पनीलाई बिक्री गरेको हो।

बुटवल पावर कम्पनीले चिनियाँ लगानीकर्तासँगको साझेदारीमा सो परियोजना अगाडि बढाउन लागेको छ।बुटवल पावर कम्पनीसँगको साझेदारीमा चिनियाँ लगानीकर्ताले करिब एक हजार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

कूल ६०० मेगावाट माथिल्लो मस्र्याङ्दी आयोजना निर्माण गर्न बुटवल पावरको संयोजनमा चिनियाँ कम्पनी एससीआइसी इन्टरनेशनल लिमिटेड, जिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीको शेयर लगानी रहने छ।

सो परियोजना अगाडि बढाउनेसम्बन्धी सम्झौतामा बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र चिनियाँ लगानीकर्ताबीच ‘फ्रेमवर्क एग्रिमेन्ट’ भएको छ।जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हिमताल हाइड्रोपावर कम्पनी प्रालिले सबै शेयर बुटवल पावर र चिनियाँ साझेदारलाई बिक्री गरेको थियो। लमजुङ र मनाङको सीमामा पर्ने सो आयोजना अब अगाडि बढ्ने भएको छ।

बुटबल पावर कम्पनी र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहने गरी एसीआइजी इन्टरनेशनल नेपाल नामक संयुक्त कम्पनी नेपालमा स्थापना भइसकेको छ।यस्तै, सिद्धकाली पावर कम्पनी लिमिटेड कम्पनीले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी जलविद्युत् आयोजना निर्माण गर्ने विषयमा समेत सम्झौता भएको छ।

धादिङको गल्छीमा आयोजना स्थल रहने सो आयोजना अगाडि बढाउन यसअघि नै सिद्धकाली पावरले चिनियाँ लगानीकर्तासँग प्रारम्भिक सम्झौता गरेको हो।

चिनियाँ कम्पनी डोङफ्याङ इन्टरनेशनल कर्पोरेशनले सो परियोजना निर्माण गर्ने भएको छ। डोङफ्याङ टर्वाइन तथा जेनेरेटर उत्पादक कम्पनी हो। यो आयोजना इञ्जिनियरिङ, खरिद निर्माण र वित्तीय व्यवस्थापन ९इपिसिएफ० ढाँचामा निर्माण गर्नेसम्बन्धी सम्झौता भइसकेको छ। आयोजना निर्माण आगामी साउनदेखि शुरु गर्ने तयारी छ।

नुवाकोट र धादिङको सीमामा निर्माण हुन लागेको सो आयोजनामा रु १० अर्ब २९ करोड चिनियाँ कम्पनीले लगानी गर्नेछ । निर्माण सम्पन्न भएको एक वर्षभित्र प्रवद्र्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैंकको सहकार्यमा चिनियाँ कम्पनीलाई ऋण तिर्नेछ।

आयोजनाको कूल लागत रु १४ अर्ब ७० करोड रहेको छ। सम्झौतामा सिद्धकाली पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने र डोङफ्याङका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका अध्यक्षसमेत रहनुभएका शैलेन्द्र गुरागाईलगायतको समूहले प्रवद्र्धन गर्न लागेको सुरी न्यादी जलविद्युत् आयोजना इञ्जिनियरिङ, प्रोक्यूरमेन्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्न लागिएको परियोजना हो।

नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवर्द्धक सिउरी न्यादी पावर प्रालिबीच गत वर्ष नै विद्युत् खरीद सम्झौता भइसकेको छ।

लमजुङ, भुलभुलेमा अवस्थित ४० दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो। सम्झौतानुसार हिउँदमा प्रतियुनिट आठ दशमलव ४० र वर्षामा चार दशमलव ८० पैसामा प्राधिकरणले विद्युत् खरीद गर्ने भएको छ। गुरागाईका अनुसार आयोजना निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतका दरले महशुल वृद्धि हुनेछ।

न्यादी खोलाको ६ दशमलव ८ घमि प्रतिसेकेण्ड पानीलाई ३० मि लामो र तीन मि उचाइको बाँध बाँधिनेछ। उक्त आयोजनाको पानीलाई सुरुङमार्फत काफलडाँडा पुर्‍याएर विद्युत् उत्पादन गरिनेछ। विसं २०७९ साउन ९ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको तारीकुना सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।

यस्तै, हाइड्रो सोलुसन प्रवद्र्धक रहेको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र चिनियाँ लगानीकर्ताबीच आयोजना विकास गर्ने सम्झौता भएको हो । कूल १६४ मेगावाट क्षमताको सो आयोजना म्याग्दी जिल्लामा पर्छ।]]>
http://bizmandu.com/feed/headline/20180620110744.html http://bizmandu.com/content/20180620110744.html
content <![CDATA[प्रधानमन्त्रीको चीन भ्रमण:६० करोडमा खानी किनेको सिमेन्ट कम्पनी हुवासिनसँग सम्झौंता]]> admin Wed, 20 Jun 2018 10:45:02 +0545

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा हुवासिन सिमेन्टसँग सम्झौंता भएको छ।उद्योग स्थापनाका लागि बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरे।
सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्नेछ। सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ। धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ।

हुवासिन त्यही कम्पनी हो जसले ६० करोडमा खानी किनेको थियो।यो खानीको टेण्डर हुँदा स्वदेशी कम्पनीले १२ करोड रुपैयाँ मात्रै हालेका थिए।स्वदेशी लगानीकर्ता भन्दा झण्डै ६ गुणा बढी मूल्य हालेपछि स्वदेशी लगानीकर्ता समेत आश्चर्यचकित भएका थिए।चीनको यो कम्पनी तात्कालिन प्रधानमन्त्री केपी ओलीका पालामा लगानीका लागि आएको थियो।

ओली प्रधानमन्त्री भएकै बेला लगानी बोर्डमार्फत २०७२ मंसिर २६ गते ह्वासिनले नेपालमा १४ अर्ब ४० करोड रुपैयाँ सिमेन्ट उद्योग खोल्ने प्रस्ताव स्वीकृत भएको थियो।लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने प्रावधान छ।धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका र मकवानपुरको राक्सी राङ्क गाउँपालिकामा पर्ने उक्त चुनखानी क्षेत्रमा चार वर्षभित्र अध्ययन सकेर उत्खनन् कार्य सुरु गर्ने लक्ष्य राखिएको छ।

ह्वासिनले अहिले ३० भन्दा बढी देशमा खनिज उद्योगमा काम गरिरहेको छ।आफैले उत्खनन गरेको चुनढुङ्गाबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने ह्वासिनको योजना छ।सुरुमा नेपाली साझेदार सहित लगानी ल्याउने योजनामा रहेको उक्त कम्पनीले अहिले शतप्रतिशत चिनियाँ लगानीमा उद्योग स्थापना गर्ने भएको हो।

पहिला नेपाली साझेदार ल्याउन ह्वासिन नारायणी नाम राखेको कम्पनीले अहिले नाम परिवर्तन गरेर ह्वासिन सिमेन्ट मात्रै राखेको छ।यो नाम समेत बोर्डले स्वीकृत गरिसकेको छ। सुरुमा वीरगञ्ज औद्योगिक करिडोर वरपर उद्योग स्थापना गर्ने योजना सहित २०७२ सालमै लगानी बोर्डमा निवेदन दिएपनि अहिले धादिङ/मकवानपुरमा रहेको चुनढुङ्गा खानीको अध्ययन/उत्खननको जिम्मा पाएसँगै धादिङको नौबिसेमा उद्योग स्थापना गर्ने भएको छ।

]]>
http://bizmandu.com/feed/headline/20180620104501.html http://bizmandu.com/content/20180620104501.html http://bizmandu.com/assets/upload/contentthumb/PJlCaEAiNQlc.jpg
content <![CDATA[प्रदेश नम्बर १ मा करका दर यथावत्, गाडी चढ्नेलाई थप भार, ब्यापार ब्यवसाय गर्नेलाई सस्तो]]> admin Wed, 20 Jun 2018 10:17:10 +0545

विराटनगर। प्रदेश नम्बर १ ले कर र शुल्कका कुनै पनि दरमा वृद्धि गरेको छैन। प्रादेशिक संरचनामा गएको पहिलो वर्ष भएको तथा आवश्यक बृहत् अध्ययन र सूक्ष्म अनुसन्धान गर्न नसकिएको कारण देखाउँदै कर र शुल्कका दरमा वृद्धि नगरिएको प्रदेश सरकारले जनाएको छ।
 
प्रदेश सभाले आइतबार पारित गरेको आर्थिक ऐन–२०७५ मा तोकिएका कर र शुल्कका दरहरू गत आर्थिक वर्षकै अनुसार राखिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले जानकारी दिए।
 
जसअनुसार महानगरपालिका क्षेत्रमा जग्गाको राजिनामा गर्नुपरेमा मालपोत कार्यालयमा थैलीको ५ प्रतिशत राजस्व तिर्नुपर्ने भएको छ। प्रदेश सभाले पारित गरेको आर्थिक ऐन २०७५–अनुसार महानगरपालिका क्षेत्रमा जमिनको राजिनामा, सट्टापट्टा र सगोलनामाको लिखतको थैली अङ्कमा ५ प्रतिशत राजस्व लाग्ने भएको हो।
 
महानगरपालिकामा ५ प्रतिशतको राजस्वलाई उपमहानगरपालिका क्षेत्रमा ४ दशमलव ५, नगरपालिकाभित्र ४ र गाउँपालिकामा २ प्रतिशत कायम गरिएको छ।
 
सामूहिक आवास योजना (अपार्टमेन्ट) अन्तर्गत निर्मित भवनसहितको घरजग्गामा पनि आर्थिक ऐनले महानगरपालिका, उपमहानागरपालिक, नगरपालिका र गाउँपालिका क्षेत्रमा क्रमशः ५, ४ दशमलव ५, ४ र २ प्रतिशत राजस्व निर्धारण गरेको छ।
 
सामूहिक आवास योजनाअन्तर्गत निर्मित भवन आवास इकाइको रजिस्ट्रेसनमा भने महानगरपालिका, उपमहानागरपालिक, नगरपालिका र गाउँपालिका क्षेत्रमा लिखतको थैली अङ्कको क्रमशः ४, ३, २ र १ प्रतिशत राजस्व तिर्नुपर्ने ऐनमा उल्लेखित छ।
 
त्यस्तै छोडपत्र गर्दा चार प्रकारका स्थानीय तहमा भिन्नाभिन्नै दरको राजस्व तिर्नुपर्ने छ। जसअनुसार महानगरपालिका, उपमहानागरपालिक, नगरपालिका र गाउँपालिका क्षेत्रमा थैली अङ्कको क्रमशः २ दशमलव ५, २, २ र १ प्रतिशत राजस्व बुझाउनु पर्ने छ।
आर्थिक ऐनले बकसपत्र, अंशवण्डा, मानो छुट्टिँदा, शेषपछिको बकसपत्रको लिखत गर्दा लगायतका सबै प्रकारका शीर्षकमा राजस्वका दरहरू तोकेको छ।
 
घरजग्गा रजिस्ट्रेसन शुल्क स्थानीय तहले असुल गर्नुपर्ने भए पनि तत्काल मालपोत कार्यालयले नै सङ्कलन गर्ने नेपाल सरकारको निर्णय छ। स्थानीय तहमा आवश्यक साधनस्रोत, प्रविधि, जनशक्ति र कार्यालयको व्यवस्थापन नभएसम्म नेपाल सरकारबाट तोकिएको कार्यालयले सङ्कलन गर्ने आर्थिक ऐनमा लेखिएको छ।
 
घरजग्गाबाट सङ्कलित रकममध्ये साठी प्रतिशत स्थानीय तहमा र बाँकी ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा दाखिला गर्नुपर्ने ऐनमा तोकिएको छ।
 
त्यसैगरी सवारी–साधन करमा १ हजार सिसी सम्मका कार, जिप, भ्यान र माइक्रो बसमा वार्षिक २१ हजार, १ हजार १ देखि १५ सय सिसीसम्म २३ हजार, १५ सय १ देखि २ हजार सिसीसम्म ३० हजार, २ हजार १ देखि २५ सय सिसीसम्म ३५ हजार ५ सय, २५ सय १ देखि २९ सय सिसीसम्म ४१ हजार र २९ सय १ सिसीदेखि माथिका सबैमा ५८ हजार ५ सय रुपैयाँ राजस्व तोकिएको छ।
 
आर्थिक ऐनले ट्रेक्टरमा वार्षिक ४ हजार ५ सय, मिनिट्रक वा मिनिबसलाई २४ हजार ५ सय र ट्रक वा बसलाई ३३ हजार रुपैयाँ कर तोकेको छ। त्यस्तै १२५ सिसी सम्मको मोटर साइकलले वार्षिक २८ सय, १२६ देखि २५० सिसी सम्मको मोटर साइकलले ४५ सय, २५१ देखि ४ सय सिसी सम्मकोले ९ हजार र ४०१ सिसीभन्दा माथिको मोटरसाइकलले १६ हजार ५ सय कर तिर्नुपर्ने आर्थिक ऐनमा उल्लेख छ।
 
सवारी साधन करबाट सङ्कलित रकममध्ये ६० प्रतिशतले हुन आउने रकम प्रदेश सञ्चित कोषमा र ४० प्रतिशत प्रदेश विभाज्य कोषमा दाखिला गर्नुपर्ने गरी आर्थिक ऐनले तोकेको छ।
 
दहत्तर–बहत्तर शुल्कअन्तर्गत ढुङ्गा, गिट्टी, रोडा र ग्रावेलमा प्रति क्युबिक फिट ३ रुपैयाँ, बालुवामा २ रुपैयाँ ५० पैसा, भरौट वा बलौटे माटोमा १ रुपैयाँ २५ पैसा र चुन ढुङ्गामा ३ रुपैयाँ राजस्व तोकिएको छ। दहत्तर–बहत्तर शुल्कको ६० प्रतिशत स्थानीय तहले र ४० प्रतिशत प्रदेश सञ्चित कोषमा मासिक रूपमा जम्मा गर्नुपर्ने ऐन पारित गरिएको छ।
 
मनोरञ्जन करतर्फ चलचित्र घर, हाटबजार, मेला, सांस्कृतिक प्रदर्शन हल, थिएटर तथा कन्सर्टमा टिकटमा उल्लेखित रकमको ५ प्रतिशत तोकिएको छ। 
 
प्रदेश १ ले घरजग्गा रजिस्ट्रेसनबाट १ अर्ब ४ करोड ६३ लाख २० हजार, सवारीसाधन करबाट १ अर्ब ४१ करोड ६० लाख १३ हजार र मनोरञ्जन करबाट १० करोड सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको छ।
 
]]>
http://bizmandu.com/feed/headline/20180620101709.html http://bizmandu.com/content/20180620101709.html http://bizmandu.com/assets/upload/contentthumb/40sWmFBFFPLR.PNG