A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/food-beverage/-532.html en-us Sun, 12 Aug 2012 08:43:56 +0545 content <![CDATA[लोकल ठर्रा भयो विश्वकै खाउँखाउँ लाग्ने पेय, आँपको लस्सी पछारियो]]> admin Sun, 12 Aug 2012 08:43:56 +0545 NCHL न्युयोर्क । नामुद जँड्याहाले समेत घुटुक्क निल्दा मुख विगार्ने लोकल ठर्रा विश्वकै उत्कृष्ट ५० पेयहरुको सूचीमा  परेको छ । अमेरिकी संचार कम्पनी सिएनएनले सार्वजनिक गरेको सूचीमा ४१ नम्बरमा पर्न सफल नेपाली रक्सीको बखान गर्ने सिएनएन भन्छ, कोदो वा चामलबाट बनाईने रक्सी नाकमा ठुस्स गन्ध आउँछ र हरहर भइरहेको आँतलाई शितलता प्रदान गर्छ ।  नेपालीहरु चाडपर्व मनाउने क्रममा यसको सेवन गर्छन, हाम्रो विचारमा रक्सि आफंैमा उत्सवको कारण हो ।
सिएनएनको सो सुचीमा भारतको पेय आँपको लस्सी ५० औं नम्बरमा छ । अर्थात पेय पदार्थको सूचीमा लोकल ठर्राले लस्सीलाई समेत पछि पारेको छ । । सिएनएनले २०११ को डिसेम्बरमा प्रकासित गरेको सूचीलाई ११ अगस्ट २०१२ मा पुनः अपडेट गरेको हो । सूचीमा नेपाली रक्सी र उत्कृष्ट १० स्थानमा रहेका पेय पदार्थको स्थान परिवर्तन भएको छैन ।    
सीएनएनको सूचीमा पहिलो नम्बरमा सर्वव्यापि पेय पदार्थ पानी परेको छ भने पानीलाई पछ्याउँदै अमेरीकाको कोकाकोला दोश्रो नम्बरमा, इथियोपियाको कफि तेस्रो, वियर चौथो, चिया पाँचौं स्थानमा परेका छन् । मलेसियाली पेयर एयर माटा कुसिङ छैंटौं स्थानमा छ भने अमेरीकी सुन्तलाको रस सातौं, रेड वाईन आठौं, इंगल्याण्डको जीन र टनिकको मिश्रण नवौं तथा चकलेट र अमेरिकी कन्फेक्सनरी परिकार मार्समाल्लोसको मिश्रण दशौं स्थानमा छ ।]]>
http://bizmandu.com/content/-532.html http://bizmandu.com/content/-532.html http://bizmandu.com/assets/upload/contentthumb/3906512732_4c5476df33.jpg
comment <![CDATA[By: biraj thapa]]> Thu, 01 Jan 1970 05:30:00 +0530 251