A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/food-beverage.html en-us Wed, 20 Jun 2018 23:07:10 +0545 content <![CDATA[चार दशकदेखि सञ्चालन भैरहेको नाङ्लो बन्दपछि बिलखबन्द कर्मचारी, निराश कर्मचारी भन्छन् के गर्ने?]]> admin Sun, 21 Dec 2014 17:24:37 +0545
काठमाडौं। काठमाडौंको दरवारमार्गमा रहेको नाङ्लो रेष्टुरेन्ट बन्द हुँदा त्यसमा कार्यरत ८० मध्ये झण्डै २० जना कर्मचारी पार्किङसँगै रहेको चिया पसलमा गफमा व्यस्त थिए। वर्षौंदेखिको रोजीरोटी खोसिँदा चिन्ता मिश्रित अनुहारमा उनीहरु कृत्रिम हाँसो पनि निकाल्ने कोसिस गर्दै थिए।
 
पिकनिकमा रमाइरहेको अनुहारको खुशी खोस्ने निर्णय व्यवस्थापनले सुनाएपछि अहिले घरको न घाटको भनेजस्तै अवस्थामा पुगेका छन्। आइतबार अपरान्ह बिजमाण्डूको टोली नाङ्लो रेष्टुरेन्टमा पुग्दा उनीहरुले व्यक्त गरेको विचार सुन्दा यस्तै लाग्थ्यो।
 

१९ वर्षदेखि नाङ्लोमा काम गरिरहेका स्वतन्त्र होटल मजदूर युनियन नाङ्लो इकाइका उपाध्यक्ष धनबहादुर थापा भन्छन्, ‘हामी त खुशीमा रमाइरहेका थियौं, एक्कासी यस्तो खबर सुन्यौं, के गर्ने कसो गर्ने अहिलेसम्म कुनै टुंगो छैन्।‘
 
दैनिक ४ लाखको कारोबार

नाङ्लो रेष्टुरेन्ट नचलेर बन्द भएको होइन। काठमाडौंका अरु रेष्टुरेन्टले जस्तो यसले ग्राहक पर्खनु पनि पर्दैनथ्यो। तर पनि एक्कासी बन्द हुन पुग्यो रेष्टुरेन्ट। ‘कम्तिमा पनि दैनिक चार लाख रुपैयाँको कारोबार हुन्थ्यो,’ एक कर्मचारीले भने, ‘यहाँ पिक डेमा सातलाख रुपैयाँसम्मको कारोबार भएको हामीलाई थाहा छ।‘
 

नाङ्लो बन्द भए पनि नाङ्लो बेकरी भने खुला छ

कर्मचारीहरु पनि रेष्टुरेन्ट बन्द हुनुको कारणबारे बेखबर जस्तै देखिन्छन्। ‘हामी त रमाइरहेका थियौं, एक्कासी सरले भोलिबाट बन्द हुन्छ भन्नुभयो,’ युनियनका सचिव सोमनाथ देवकोटाले भने, ‘सबै साथीहरुलाई हाम्रो सम्पर्कमा रहन भनेका छौं, के गर्ने भन्ने अझै टुंगो लागिसकेको छैन।‘
 
सामान अन्त लैजाने तयारी

नाङ्लो रेष्टुरेन्ट बन्द गरेपछि व्यवस्थापनले भने त्यहाँका सामान अन्यत्र लैजाने तयारी गरेको छ। नाङ्लो व्यवस्थापनले यहाँका सामान सेन्ट्रल किचेन सानेपा र नाङ्लो एक्सप्रेस न्यूरोडमा सामान सार्न लागेको कर्मचारीहरुले जानकारी दिए ।
 
‘हामी यहाँ विहान आउँदा बन्द भइसकेो थियो,’ उपाध्यक्ष थापाले भने, ‘अहिले सामान प्याक गरेर लैजाने तयारी भइरहेको छ।‘ नाङ्लोको भित्र सामान प्याक गरिरहँदा गार्डले भित्र प्रवेश गर्न रोक लगाएका थिए ।
 
कर्मचारीलाई सर्भिस चार्ज मात्रै दैनिक ४ सय

सामान्य रेष्टुरेन्टमा काम गर्ने कर्मचारीले सर्भिस चार्ज बापत कति रुपैयाँ पाउलान्? नाङ्लोमा काम गर्ने कर्मचारीले दैनिक झण्डै चारसय रुपैयाँ सर्भिस चार्जको पैसा पाउँदै आएका थिए।
 

‘अघिल्लो महिना दिनको तीनसय ९१ रुपैयाँ सर्भिस चार्ज पाउने थियौं,’ थापाले भने, ‘त्यो पैसा लिन बाँकी छ, एचआरमा सम्पर्क गरेर लिनु भनेका छन्।‘
 
त्यस अघिका महिनामा पनि कर्मचारीले मासिक १० हजार रुपैयाँ भन्दा धेरै सर्भिस चार्जको पैसा पाउँदै आएका थिए।
 
जिफन्ट गुहार्दै कर्मचारी
कर्मचारी युनियनका प्रतिनिधि पनि अब आफ्ना माउ युनियन गुहार्ने मुडमा पुगेका छन्। उनीहरु आ-आफ्ना माउ युनियनकोमा पनि पुगिसकेका छन्।
‘जिफन्टको कार्यालयमा हाम्रो टोली पुगेको छ,’ सचिव देवकोटाले भने, ‘यहाँ सल्लाह गरेर कसरी अगाडि बढ्ने भन्ने निश्कर्ष निकाल्छौं।‘

व्यवस्थापन पक्षबाट एकतर्फी रुपमा रेष्टुरेन्ट बन्द गर्नु दु:खद भएको भन्दै उनीहरुले फेरि संचालन गर्नुपर्ने माग गर्दै आएका छन्। नाङ्लोमा कार्यरत अधिकांश कर्मचारी स्थायी छन्। 

थप पढ्नुहोस्
कर्मचारीले पिकनिकमा सुन्नुपर्यो नाङ्लो बन्द भएको खबर, व्यवस्थापन भन्छ, 'विषेश परिस्थिती'

]]>
http://bizmandu.com/feed/food-beverage/-9967.html http://bizmandu.com/content/-9967.html http://bizmandu.com/assets/upload/contentthumb/nanglo_closed_(7).JPG
content <![CDATA[बन्द केएफसी, पिज्जाहट र क्रिमवेल एक महिनापछि आइतवारबाट खुल्यो]]> admin Sun, 16 Sep 2012 07:45:29 +0545 काठमाडौं । मजदुरसँगको विवादका कारण बन्द भएको एक महिनापछि आइतवारबाट बहुराष्ट्रिय फुड चेन केएफसी, पिज्जाहट र क्रिमवेल रेष्टुरेण्ट आइतवारबाट खुलेका छन् । मजदुरले व्यवस्थापनका वरिष्ठ कर्मचारीमाथि कुटपिट गरेको भन्दै साउन ३० गतेबाट देवयानी इन्टरनेशनलले काठमाडौंमा सञ्चालन गरेका पाँच आउटलेट बन्द गरेको थियो । दरवारमार्गमा रहेको केएफसी, पिज्जा हट, क्रिमवेल र त्रिपुरेश्वरमा रहेको केएफसी र पिज्जाहट डेलिभरी एक महिनादेखि बन्द थिए ।
अघिल्लो साता मजदुरसँग तीन बुँदे सहमतिपछि केएफसी आइतवारबाट खुलेको हो । मजदुरसँग कम्पनीको विनियम अनुसार कर्मचारी परिचालन हुने, कम्पनीले पनि नेपालको श्रम कानून मान्ने सहमति भएको छ । केएफसीका वैद्य माओवादी मजदुरहरुले यो अवधिमा श्रम ऐन अनुसार टे«ड युनियन पनि दर्ता गरिसकेका छन् ।
]]>
http://bizmandu.com/feed/food-beverage/-959.html http://bizmandu.com/content/-959.html http://bizmandu.com/assets/upload/contentthumb/kfc35.jpg
content <![CDATA[इटालियन कफीको स्वाद नेपालमा, कफी चेन वरिस्टा लाभाजको काठमाडौंमा आउटलेट]]> admin Thu, 13 Sep 2012 22:52:18 +0545 काठमाडौं । अन्तर्राष्ट्रिय कफी चेन ‘वरिस्टा लाभाजा’को काठमाडौं लाजिम्पाटमा पहिलो पटक शाखा खुलेको छ । यो क्याफेको मिस नेपाल श्रृष्टि श्रेष्ठले विहिवार उद्घाटन गरिन् । भारतको वरिस्टा लाभाजासँग फ्रान्चाइज सम्झौता गरी नाङलो, एनई ग्रुप र सांग्रिला होटल्स ग्रुपको संयुक्त लगानीमा यो क्याफे सञ्चालनमा आएको हो । क्याफेलाई नेपालमा प्रिमियम वेभरेजेज एन्ड फुड प्रालिले सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठले एक वर्षभित्रै काठमाडौ उपत्यकामा पाँच वटा आउटलेट सञ्चालनमा ल्याउने जानकारी दिए । उनका अनुसार एउटा आउटलेटको लागि एक करोड रुपैयाँ लाग्छ । काठमाडौ उपत्यकापछि पोखरामा यो क्याफेको आउटलेट खुल्नेछ । यो क्याफेमा काम गर्ने कामदारलाई भारतमा तीन साता तालिम दिइएको थियो ।
कार्यक्रममा लाभाजाका दक्षिण एसिया निर्देशक आर शिवशंकरले नेपालमा फ्रान्चाइज खोल्न पाउँदा खुशी लागेको बताए । यो क्याफे भारतमा सञ्चालन भएको १३ वर्ष पूरा भइुसकेको छ । भारतमा यसको १ सय ६० आउटलेट छन् । दक्षिण एसियामा यसको बंगलादेश, माल्दिभ्स र श्रीलंकमा पनि फ्रान्चाइज छ ।
नेपालपछि पाकिस्तान र म्यानमारमा यसको फ्रान्चाइज खोेल्ने भएको छ । यसमा बन्ने कफी भारतमै उत्पादित कफीका दाना ल्याएर बनाउने कम्पनीले जनाएको छ । क्याफेमा कफीसँगै स्ट्रबेरी स्वादको फ्रुटी फ्राजस्ट, म्यांगो, वाटरमेलन र किवीका जुस, आरोमेरिक कटेज चिज स्यान्डविच, स्यान्डविच ब्राउन गार्लिक ब्रेड, रोस्टेड पनिर, पेपेरोसिनी चिकेन डिलाइट, क्रिप्स एन्ट सफ्ट बेक्ड स्यान्डविच, बनाना वालनट मफिन लगायतका खाना उपलब्ध हुने प्रिमियम बेभरेजेजका प्रवन्ध निर्देशक श्यामसुन्दरलाल कक्षपतीले जानकारी दिए ।
]]>
http://bizmandu.com/feed/food-beverage/-936.html http://bizmandu.com/content/-936.html http://bizmandu.com/assets/upload/contentthumb/MIS056.jpg
content <![CDATA[सोल्टी होटलमा चिनियाँ परिकारको मज्जा, फेरी खुल्यो चाइना गार्डेन]]> admin Sat, 08 Sep 2012 22:09:08 +0545 काठमाडौं । नेपाल आउने चिनियाँ पर्यटकले आफ्नो स्वादको खानेकुरा नपाएर हैरानी खेपेका छन् । राम्रो चिनियाँ रेष्टुरेन्टको अभावले खानामै समस्या भोगेको अधिकांश चिनियाँ पर्यटकले बताउने गरेका छन् ।
यही समस्यालाई मध्यनजर गर्दै सोल्टी क्राउन प्लाजामा चिनियाँ परिकारको विशेषता भएको चाइना गार्डेन पुनः सञ्चालनमा ल्याएको छ । नेल्सन वाङले विकास गरेका यो रेष्टुरा भारतको सबैभन्दा बढी अवार्ड पाउने चिनियाँ रेष्टुरेन्ट हो । होटेलको लबी छेउमा रहेको यो रेष्टुरेन्ट आर्कषक चिनियाँ कलासंस्कृति झल्कने छ । यो रेष्टुरेन्टमा ९२ जनासम्म अट्न सक्छन् । यो रेष्टुरेन्टमा तीन सय परिकार उपलब्ध हुनेछ ।  रेष्टुरेन्टमा क्रिस्पी एरोम्याटिक डक, स्मोक्ड चिल्ली प्राउन लगायतका परिकार समेत थपेको छ ।]]>
http://bizmandu.com/feed/food-beverage/-867.html http://bizmandu.com/content/-867.html http://bizmandu.com/assets/upload/contentthumb/china_garden.jpg
content <![CDATA[के चकलेट खाए हर्ट अट्याक हुँदैन् ? स्वीडेनको अनुसन्धान त यसै भन्छ]]> admin Fri, 31 Aug 2012 05:35:31 +0545 अनुसन्धानमा सहभागिहरुले दश वर्ष लामो अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन् । अध्ययनमा सहभागी भएका मानिसलाई चार भागमा बाँडिएको थियो जसमध्ये एक समूहमा चकलेट खाँदै नखाने मानिस थिए भने त्यसपछिका समूहमा रहेका मानिसहरुमा चकलेटको मात्रा बढाउँदै लगिएको थियो । सवैभन्दा धेरै चलकलेट खाने समूहमा पर्नेहरुले हप्ताको ६३ ग्राम तौल बरावरको चकलेट बार खाएका थिए ।
सबै समूहको अध्ययन गर्दा चकलेट नखानेको तुलनामा चकलेट खानेहरुलाई हर्ट अट्याक हुने संभावना १७ प्रतिसतले कमि पाइएको न्युरोलोजी जर्नलमा प्रकासित लेखमा उल्लेख गरिएको छ । चललेटमा हुने फ्लाभोनाईडस् नामको तत्वले गर्दा हर्ट अट्याक हुने संभावन कम भएको अनुसन्धानमा सहभागी प्रोफेसर सुसान्ना लार्सनले बताईन ।
यता, स्ट्रोक एसोसिएसनले भने अनुसन्धानको नतिजाले चकलेज जति खाए पनि हुन्छ भन्न नखोजेको बताएको छ । चकलेट खाँदाका अन्य धेरै बेफाईदा भएकोले ठिक्क मात्रामा मात्रै खानुपर्ने उसको सुझाव छ । अनुसन्धनकर्ताले पनि उच्च चिनी र चिल्लो पदार्थ भएका चकलेटबाट सचेत रहनुपर्ने बताएका छन् ।
]]>
http://bizmandu.com/feed/food-beverage/-770.html http://bizmandu.com/content/-770.html http://bizmandu.com/assets/upload/contentthumb/mr372969fedcb431_1.jpg
content <![CDATA[चिनियाँ फुड चेन यो चाइना क्याफेले पनि यसै वर्ष काठमाडौंमा आउटलेट खोल्ने]]> admin Tue, 28 Aug 2012 23:20:26 +0545 भारतमा यो चाइनाको चेन सञ्चालन गरिरहेको मुड्स हस्पिट्यालिटीले यही वर्ष भित्र काठमाडौंमा नयाँ आउटलेट खोल्ने जानकारी दिएको हो ।
मुड्स हस्पिट्यालिटीका प्रवन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष कपुरले इकोनोमिक टाइम्ससँग यो वर्ष भित्र यो क्याफेको नेपालमा आउटलेट खोलिने बताए । यो आर्थिक वर्ष भित्र कम्पनीले मध्यपूर्व, दक्षिण अफ्रिका, नेपाल र मरिससमा आउलेट खोल्ने योजना तयार गरेको छ, उनले भने ।
कम्पनीले भारतमा पनि यो वर्ष युवामैत्री दश क्याफे खोल्न लागेको छ । कम्पनीले यस्तो क्याफेको पहिलो आउटलेट आगामी दश दिन भित्र खुल्ने जानकारी पनि दिए । ५० करोड रुपैयाँको कम्पनी मुड्स हस्पिट्यालिटीले भारतमा यो चाइनाका ५० क्याफे सञ्चालन गरिरहेको छ । त्यसमध्ये आधा कम्पनीले सञ्चालन गरेको हो भने आधा आउटलेट फ्रन्चाइजी हुन् । कम्पनीले भारतमा दुईवटा डिमसम ब्रोज रेष्टुरेण्ट पनि सञ्चालन गरिरहेको छ ।
कम्पनीले यो चाइना र डिमसम ब्रोजका लागि बजारबाट ६० करोड भारु उठाउने योजना बनाएको छ । कम्पनीले सन् २००७ मा म्याट्रिक्स पाटनर इण्डियाबाट सेवा विस्तारका लागि २७ करोड रुपैयाँ उठाएको थियो  ।
यो क्याफे खोल्नका लागि कम्तिमा पनि दुई हजार स्क्वायर फिटको स्पेश चाहिनछ । कम्पनीले अब खोलिने रेष्टुरेण्टहरु बढी मुनाफादायी हुने बताए । यो चाइनामा पारदर्शी किचन हुने जानकारी दिंदै कपुरले चिनीयाँ परिकार र विशेष मदिराहरु सर्भ गरिने जानकारी दिए ।
भारतमा चिनीयाँ खाना, चिनियाँ मूल्य योजनामा कम्पनी लोकप्रिय भएको थियो तर पछि यो योजना त्यति सफल हुन सकेन । तर कम्पनीले अहिले भने गुणस्तरीय चिनियाँ खाना उचित मूल्यमा भन्ने नयाँ योजना ल्याएको छ ।
भारतमा अहिले फास्टफुड निक्कै लोकप्रिय भएको छ भने ठूला फास्टफुड कम्पनीले सर्वसाधरणसँ पैसा उठाएर सेवा विस्तार गर्दै आएका छन् । यो वर्ष मे महिनामा चिनियाँ चेन रेष्टुरेण्ट स्पेशियालिटी रेष्टुरेण्टले बजारबाट एक अर्ब ७५ करोड रुपैयाँ उठाएको थियो ।
गत वर्ष टिभिएस क्यापिटलले ओम पिज्जा एण्ड इट्सका लागि एक करोड १० लाख डलर उठाएको थियो । त्यसैगरी आइसिआईसिआई भेन्चरले केएफसी, पिज्जा हटको सञ्चालक देवयानी इन्टरनेशनलका लागि बजारबाट पाँच करोड ६० लाख डलर उठाइदिएको थियो ।
]]>
http://bizmandu.com/feed/food-beverage/-740.html http://bizmandu.com/content/-740.html http://bizmandu.com/assets/upload/contentthumb/313457-thai-feista-yo-china.jpg
content <![CDATA[पिज्जाहट बन्द भएकै बेला आयो अर्को फुड चेन, इटालीयन खानाका साथ लिटिल इटाली]]> admin Tue, 28 Aug 2012 21:30:42 +0545 काठमाडौं । अन्तराष्ट्रिय फुड चेन केएफसी र पिज्जा हट बन्द भएकै बेला अर्को चेन रेष्टुरेण्ट लिटिल इटालीको पहिलो शाखा काठमाडौंमा खुलेको छ । भारतका प्रमुख १५ शहरमा चेन रेष्टुरेण्ट चलाएको लिटिल इटालीले नेपाली लगानीकर्तासँगको साझेदारीमा यो रेष्टुरेण्ट खोलेको हो ।
रेष्टुरेण्टमा इटाली खाना, वाइन, वियर र ककटेल उपलब्ध भएको कम्पनीले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । दरवारमार्गको लिटिल इटालीमा एकै पटकमा १२० जनाले इटालीको स्वाद लि सक्छन् ।
भारतका १५ शहरमा २६ वटा आउटलेटबाट सेवा दिइरहेको लिटिल इटालीमा ग्राहकले गुणस्तरीय इटालीयन परिकार पाउने कम्पनीका प्रबन्ध निर्देशक राज मेहताले जानकारी दिए ।
कम्पनीले साताको एक दिन बुफे लन्च, क्याटरिङ र होम डेलिभरीको सेवा समेत दिने जानकारी पत्रकार सम्मेलनमा दिइयो । लिटिल इटालीमा जुप्पे सुप, वुड बर्न पिज्जा, पास्ता, मेस्किन स्पेशियलीटी लगायतका परिकारमा विभिन्न भेराइटी पाइने कम्पनीले जानकारी दिएको छ ।
]]>
http://bizmandu.com/feed/food-beverage/-738.html http://bizmandu.com/content/-738.html http://bizmandu.com/assets/upload/contentthumb/italy1.jpg
content <![CDATA[इन्द्रेणी फुड ल्यान्डमा ह्यापी लन्च आवर, ५० प्रतिशत छुटमा खाना]]> admin Wed, 22 Aug 2012 22:38:14 +0545 काठमाडौ । इन्द्रेणी फुड ल्यान्ड वानेश्वरले पचास प्रतिशत छुट सहित ह्यापी लन्च आवर योजना ल्याएको छ । योजना अनुसार खसी मासु खानालाई तीन सय, कुखुराको मासु खानालाई २ सय ७५ र सादा खानालाई २ सय रुपैयाँमा पाइनेछ । यो भन्दा अघि मासु खानालाई छ सय, कुखुरा मासु खानालाई ५ सय ५० र सादा खानालाई ४ सय रुपैयाँ थियो । फूड ल्याण्डले यो वाहेक रेष्टुरेन्ट मेन्यूमा २० प्रतिशत छुट दिने जनाएको छ ।
]]>
http://bizmandu.com/feed/food-beverage/-659.html http://bizmandu.com/content/-659.html http://bizmandu.com/assets/upload/contentthumb/casual-dining.jpg
content <![CDATA[किन बन्द छ केएफसी ? व्यवस्थापन वार्तामा नै नबसेपछि समस्या, सोमवार अर्को वार्ता]]> admin Sat, 18 Aug 2012 23:09:17 +0545 स्रोतका अनुसार महासंघले शुक्रवार छलफलका लागि वार्तामा आउन व्यवस्थापन र मजदुरलाई आव्हान गरेको थियो । बिहान ११ बजे तय गरिएको बैठकमा मजदुर, श्रम कार्यालयका प्रतिनिधी र महासंघ प्रतिनिधी आए पनि व्यवस्थापनबाट प्रतिनिधित्व नभएपछि बैठक स्थगित गरिएको थियो ।
शुक्रवार महासंघका प्रतिनिधीहरुले व्यवस्थापनलाई वार्तामा बस्न राजी गराएपछि अर्को बैठक बस्ने भन्दै निस्किएका थिए । महासंघ स्रोतका अनुसार केएफसी व्यवस्थापनले सोमवार बिहान वार्तामा बस्ने जानकारी दिएको छ । स्रोतले भन्यो, मजदुर र मालिकवीच ठूलो विवाद छैन, वार्तामा बसे समस्या सुल्झिन्छ ।
विवाद के हो ?
केएफसी व्यवस्थापनले मंगलवार प्रेस वक्तव्य जारी गर्दै भनेको थियो, मजदुरले प्रवन्धकमाथि हातपात र दुरव्यवहार गरे, त्यसै कारण कम्पनी अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । मजदुरहरुले भने व्यवस्थापक माथि कहिल्यै र कहिं पनि दुरव्यवहार नभएको दावी गरेका छन् ।
मुल विवाद कम्पनीमा ट्रेड युनियन दर्ता प्रक्रिया सुरु भएपछि भएको हो, कर्मचारी स्रोतले भन्यो । ट्रेड युनियन दर्ता भएपछि व्यवस्थापनले एकतर्फी ताला लगाएको हो, ताला अझै खुलेको छैन, स्रोतले भन्यो ।
वैद्य माओवादी निकटका मजदुरहरुले केफएसी, पिज्जाहट र क्रिमवेलको सञ्चालन कम्पनी देवयानी इन्टरनेशनलमा मजदुर संगठन दर्ता प्रक्रिया सुरु गरेका थिए । मजदुर संगठन दर्ता गर्न उनीहरुले ६७ जनाको हस्ताक्षरसहितको कागजात श्रम कार्यालयमा बुझाएका थिए ।
श्रम कार्यालयबाट मजदुर संगठनको दर्तासमवन्धी प्रमाणपत्र आउनै लाग्दा व्यवस्थापनले देवयानी इन्टरनेशनल बन्द भएको घोषणा गरेको थियो । यसअघि उनीहरुले २०६८ चैतमा पनि माओवादी नटुक्रिंदै संगठन दर्ताको काम अघि बढाएका थिए ।
केएफसी दरवारमार्गमा भएका मजदुरको हस्ताक्षरसहित दर्ता प्रक्रियाका लागि आवेदन दिएपछि व्यवस्थापनले संगठन दर्ताका लागि हस्ताक्षर संख्या नपुगेको जानकारी दिंदै श्रम कार्यालयमा पत्र लेखेको थियो । केएफसी दरवारमार्ग कुनै कम्पनी नभएको र यसको प्यारेन्ट कम्पनी देवयानी इन्टरनेशनल भएको भन्दै संगठन दर्ताका लागि हस्ताक्षर संख्या नपुग्ने जानकारी दिएपछि प्रक्रिया रोकिएको थियो ।
माओवादी टुक्रिएपछि संगठनको पकड बलियो बनाउन वैद्य माओवादीले केएफसीमा संगठन दर्ता प्रक्रिया फेरी सुरु गरेको हो । तर्थद समितीका एक सदस्यले भने कम्पनीसँग हाम्रो कुनै पनि माग छैन, हामी वैधानिक प्रक्रियाबाट संगठन दर्ता मात्रै गर्दैछौं । उनले वार्तामा बस्न व्यवस्थापनलाई पटक पटक आग्रह गरिएको पनि जानकारी दिए । तर व्यवस्थापन वार्तामा बस्न नचाहेको उनले बताए ।
व्यवस्थापनको प्रतिक्रिया आएन
यस विषयमा देवयानी इन्टरनेशनलका नेपाल प्रतिनिधी विष्णुवद्र्धन रेड्डी र नेपाली व्यवस्थापक रोशन अडिगाले कुनै प्रतिक्रिया दिएनन् ।
कति छ तलव
देवयानी इन्टरनेशनलमा संगठन दर्ता प्रक्रियामा गएका मजदुरहरुको आधारभूत तलव जम्मा ३५ सय रुपैयाँ छ । उनीहरुलाई व्यवस्थापनले तीन हजार रुपैयाँ भत्ता थपेर मासिक छ हजार पाँच सय रुपैयाँ दिने गरेको छ । यसबाहेक प्रत्येक महिना हरेक कर्मचारीलाई सातदेखि आठ हजार रुपैयाँको हाराहारीमा सेवा शुल्कको रकम आउँछ । कम्पनीले विक्री हुने सामानको दश प्रतिशत सेवा शुल्क लिन्छ, जुन शुल्कको ठूलो हिस्सा कर्मचारीलाई मासिक तलवमा जोडेर दिइन्छ । व्यवस्थापनले केएफसीमा २८० कर्मचारी भएको बताए पनि अहिले त्यहाँ १६५ जना कर्मचारी कार्यरत छन् ।
कारोवार के छ ?
कम्पनीले औषतमा पाँचवटा आउटलेटबाट दैनिक आठ लाख रुपैयाँको विक्री गर्ने गर्दछ । यसमध्ये दुई लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र सेवा शुल्कको वापत उठेको हुन्छ । कम्पनीको नेट सेल्स छ लाख रुपैयाँ बराबर छ, स्रोतले भन्यो । यो हिसावमा कम्पनीले वार्षिक २२ करोड रुपैयाँको कारोवार गर्दछ । कम्पनीले रेष्टुरेण्टमा प्रयोग हुने अधिकांश सामान भारतबाट आयात गर्दछ भने केएफसीका लागि आवश्यक चिकेन ब्राजिलबाट आयात गर्दछ । तै पनि सबै खर्च कटाएर कम्पनीलाई २० देखि ३० प्रतिशतको हाराहारीमा मुनाफा बस्छ, स्रोतले भन्यो । यो आधारमा कम्पनीले वार्षिक चारदेखि छ करोड रुपैयाँको हाराहारीमा मुनाफा कमाउँछ ।
देवायानी इन्टरनेशनलले काठमाडौको दरवारमार्गमा केएफसी, पिज्जाहट र क्रिमवेल रष्टुरेण्ट सञ्चालन गर्दै आएको छ भने  व्लुवर्ड मलमा केएफसी र पिज्जा हट डेलिभरी सञ्चालन गर्दै आएको छ ।  तीन वर्ष अघि भारतका लगानीकर्ता रविकान्त जयपुरियाको कम्पनी आरजे कर्पको सबसिडरी देवयानी इन्टरनेशनलले काठमाडौंमा मल्टिनेशनल फुड चेन केएफसी र पिज्जा हट खोलेको हो । नेपालमा पप्सीका उत्पादन गर्ने बरुण बेभरेज र धापासीमा बनाइएको बरुण हाउजिङमा समेत जयपुरीयाले लगानी गरेका छन् । देवयानीले पाँचवटा रेष्टुरेणट खोल्न नेपालमा झण्डै २० करोड रूपैयाँ लगानी गरेको छ । यी पाँच स्टोरबाट दैनिक औषतमा आठ लाख रूपैयाँ बराबरको कारोवार हुने गरेको छ ।
]]>
http://bizmandu.com/feed/food-beverage/-614.html http://bizmandu.com/content/-614.html http://bizmandu.com/assets/upload/contentthumb/MG_2970.jpg
content <![CDATA[कर्मचारीसँग विवाद भएपछि बन्द भयो केएफसी, पिज्जा हट र क्रिमवेल रष्टुरेण्ट]]> admin Tue, 14 Aug 2012 05:01:09 +0545
काठमाडौं । कर्मचारीले समस्या सिर्जना गरेपछि लगानीकर्ता कम्पनी देवयानी इन्टरनेशनलले काठमाडौंमा खुलेका केन्टुकी फ्राइड चिकेन(केएफसी), पिज्जा हट र क्रिमवेल आजदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । देवायानी इन्टरनेशनलले काठमाडौको दरवारमार्गमा केएफसी, पिज्जाहट र क्रिमवेल रष्टुरेण्ट सञ्चालन गर्दै आएको थियो । कम्पनीले व्लुवर्ड मलमा केएफसी र पिज्जा हट डेलिभरी सञ्चालन गर्दै आएको थियो । 
केएफसी, पिज्जाहट र क्रिमवेलमा मजदुरहरुले युनियन दर्ता सुरु भएपछि विवाद सुरु भएको हो । विवादका क्रममा कर्मचारीले मानव संसाधन विभागका प्रमुखलाई र्दुव्यवहार गरेका थिए । देवायानीले जारी गरेको प्रेस विज्ञप्तिमा मानव संसाधन विभागका प्रवन्धक तथा अन्य वरिष्ठ कर्मचारीलाई कुटपिट गरेको, ज्यान लिने धम्की दिएको र कम्पनीको गुणस्तर अनुसारको सेवा सुविधा प्रदान नगरेको जानकारी दिइएको छ ।कम्पनीमा १८० जनाले रोजगारी पाइरहेका थिए । 
कम्पनीका अनुसार सोमवार श्रम कार्यालय टेकुमा पत्र दर्ता गर्न गएका कम्पनीका मानव संसाधन विभाग प्रमुख कृष्ण शर्मालाई कम्पनीमै कार्यरत कामदार र अन्य व्याक्तिको मिलेमतोमा लछारपछार गरिएको थियो । शर्मालाई कुटपिट गरेको, मोटरसाइकल लडाएर लछारपछार गरेको र पत्र दर्ता गर्न जाँदा लगेको सक्कल पत्रहरु लुटपाट गरेको आरोप पनि कम्पनीले कर्मचारीमाथि लगाएको छ  ।
तीन वर्ष अघि भारतका लगानीकर्ता रविकान्त जयापुरियाको कम्पनी आरजे कर्पको सबसिडरी देवयानी इन्टरनेशनलले काठमाडौंमा मल्टिनेशनल फुड चेन केएफसी र पिज्जा हट खोलेको हो । नेपालमा पप्सीका उत्पादन गर्ने बरुण बेभरेज र धापासीमा बनाइएको बरुण हाउजिङमा समेत ताजपुरीयाले लगानी गरेका छन् ।
देवयानीले पाँचवटा रेष्टुरेणट खोल्न नेपालमा झण्डै २० करोड रूपैयाँ लगानी गरेको छ । यी पाँच स्टोरबाट दैनिक औषतमा १० लाख रूपैयाँ बराबरको कारोवार हुने गरेको छ । कम्पनीमा कार्यरत मजदुरहरूले भने युनियन खोल्ने तयारी भएपछि व्यवस्थापनले ताला लगाएको दावी गरेका छन् ।

]]>
http://bizmandu.com/feed/food-beverage/-556.html http://bizmandu.com/content/-556.html http://bizmandu.com/assets/upload/contentthumb/kfc3.jpg
content <![CDATA[लोकल ठर्रा भयो विश्वकै खाउँखाउँ लाग्ने पेय, आँपको लस्सी पछारियो]]> admin Sun, 12 Aug 2012 08:43:56 +0545 न्युयोर्क । नामुद जँड्याहाले समेत घुटुक्क निल्दा मुख विगार्ने लोकल ठर्रा विश्वकै उत्कृष्ट ५० पेयहरुको सूचीमा  परेको छ । अमेरिकी संचार कम्पनी सिएनएनले सार्वजनिक गरेको सूचीमा ४१ नम्बरमा पर्न सफल नेपाली रक्सीको बखान गर्ने सिएनएन भन्छ, कोदो वा चामलबाट बनाईने रक्सी नाकमा ठुस्स गन्ध आउँछ र हरहर भइरहेको आँतलाई शितलता प्रदान गर्छ ।  नेपालीहरु चाडपर्व मनाउने क्रममा यसको सेवन गर्छन, हाम्रो विचारमा रक्सि आफंैमा उत्सवको कारण हो ।
सिएनएनको सो सुचीमा भारतको पेय आँपको लस्सी ५० औं नम्बरमा छ । अर्थात पेय पदार्थको सूचीमा लोकल ठर्राले लस्सीलाई समेत पछि पारेको छ । । सिएनएनले २०११ को डिसेम्बरमा प्रकासित गरेको सूचीलाई ११ अगस्ट २०१२ मा पुनः अपडेट गरेको हो । सूचीमा नेपाली रक्सी र उत्कृष्ट १० स्थानमा रहेका पेय पदार्थको स्थान परिवर्तन भएको छैन ।    
सीएनएनको सूचीमा पहिलो नम्बरमा सर्वव्यापि पेय पदार्थ पानी परेको छ भने पानीलाई पछ्याउँदै अमेरीकाको कोकाकोला दोश्रो नम्बरमा, इथियोपियाको कफि तेस्रो, वियर चौथो, चिया पाँचौं स्थानमा परेका छन् । मलेसियाली पेयर एयर माटा कुसिङ छैंटौं स्थानमा छ भने अमेरीकी सुन्तलाको रस सातौं, रेड वाईन आठौं, इंगल्याण्डको जीन र टनिकको मिश्रण नवौं तथा चकलेट र अमेरिकी कन्फेक्सनरी परिकार मार्समाल्लोसको मिश्रण दशौं स्थानमा छ ।]]>
http://bizmandu.com/feed/food-beverage/-532.html http://bizmandu.com/content/-532.html http://bizmandu.com/assets/upload/contentthumb/3906512732_4c5476df33.jpg