A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/euro-2016.html en-us Wed, 20 Jun 2018 23:06:25 +0545 content <![CDATA[सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डहोल्डरले मेडिसिटी अस्पतालमा उपचार गराउँदा छुट पाउने ]]> admin Thu, 14 Jun 2018 10:11:41 +0545

काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल मेडिसिटी अस्पताल, भैंसेपाटी बिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित उक्त समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन्।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउँनेछन्।

सिटिजन्स बैंकले  देशैभरी फैलिएका  आफ्ना ७४  वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिदै आएको छ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधाहरु उपलब्ध गराउँदै आएको छ।

]]>
http://bizmandu.com/feed/euro-2016/20180614101141.html http://bizmandu.com/content/20180614101141.html
content <![CDATA[युरोको अर्को संस्करण १३ देशमा हुने, फाइनल लण्डनको वेम्बलीमा]]> admin Mon, 11 Jul 2016 20:49:39 +0545  
सन् १९६० बाट सुरु भएको युरोपको महादेशीय फुटबल प्रतियोगिता हरेक चार-चार वर्षमा हुने गर्छ। अहिलेसम्म एक संस्करणको प्रतियोगिता एकै देशले मात्र आयोजना गरेको थियो। तर अबदेखि आयोजनाको संरचना फरक हुने भएको छ।
 
सन् २०२० मा हुने १६ औं संस्करणको युरोकप एक देशमा मात्र नभएर १३ फरक देशमा सञ्चालन हुनेछ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको कार्यकारी समितिले यसअघि नै यसबारे निर्णय गरिसकेको छ।

 
सन् २०२० को युरोकपको सेमिफाइनल र फाइनल गरी कुल ३ खेल बेलायतको वेम्बली स्टेडियममा हुनेछ। वेम्बलीमा यसअघि सन् १९९६ को युरोकप फाइनल पनि आयोजना भएको थियो।
अजरबैजानको बाकु, इटलीको रोम, जर्मनीको म्युनिख र रसियाको सेन्ट पिटरसवर्गले क्वाटरफाइनलका एक-एक र समूह चरणका तीन-तीन खेल आयोजना गर्नेछन्। यस्तै बेल्जियमको ब्रसेल्स, डेनमार्कको कोपनहेगन, हंगेरीको बुढापेस्ट, नेदरल्याण्ड्सको आम्सरडम, आयरल्याण्डको डब्लिन, रोमानियाको बुखारेस्ट, स्कटल्याण्डको ग्लास्गो र स्पेनको विल्वाओले प्रिक्वाटरफाइनलका एक-एक र समूह चरणका तीन-तीन खेल आयोजना गर्नेछन्।
 
सन् २०१४ को अप्रिलमा युइएफएले आयोजनाको दाबेदारी दिएका १९ देशको नाम सार्वजनिक गरेको थियो। त्यसबाट सेम्टेम्बरमा १३ देशको छनोट गरिएको हो। यस्तै यसअघि एक देशले मात्र आयोजना गर्दा आयोजक स्वत: युरोकपको अन्तिम चरणका लागि छनोट हुने प्रावधान थियो। तर अब आयोजक १३ वटै देशले छनोट चरणमा सहभागिता जनाउनुपर्ने व्यवस्था छ।

छ समूहको अन्तिम प्रतियोगितामा छनोट भएका मध्ये बढीमा दुई आयोजक एउटै समूहमा पर्न सक्छन्। र, छनोट हुन सफल आयोजकले समूह चरणको दुई खेल होम ग्राउण्डमा खेल्न पाउनेछ।
]]>
http://bizmandu.com/feed/euro-2016/-19182.html http://bizmandu.com/content/-19182.html http://bizmandu.com/assets/upload/contentthumb/pizap.com14682418176061__.jpg
content <![CDATA[पोर्चुगलका सान्चेज युरो २०१६ को उत्कृष्ट युवा खेलाडी]]> admin Mon, 11 Jul 2016 10:45:10 +0545
सन् १९९४ जनवरी १ देखि यता जन्मेका खेलाडीहरु मध्येबाट युएफा टेक्निकल अफिसर लोएन लुपेसु, सर एलेक्स फर्गुसन र एलाइन गिरेसको कमिटीले सान्चेजलाई छनोट गरेको हो।
युरोकपको सुरुवाती चार मध्ये तीन खेलमा वैकल्पिक खेलाडीको रुपमा उत्कृष्ट प्रदर्शन गरेका सान्चेजले क्वाटरफाइनलमा पोल्याण्ड विरुद्धको खेलमार्फत् पहिलो रोजाईमा खेलेका थिए। पोल्याण्ड विरुद्ध बराबरी गोल फर्काएका सान्चेजले पोर्चुगलको लागि फिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका थिए। 

१६ वर्ष ३२८ दिनमा युरोकपको फाइनल खेल्दै सबैभन्दा कान्छो उमेरमा फाइनल खेल्ने र उपाधि जित्ने रेकर्ड समेत कायम गरेका सान्चेज आगामी सिजनदेखि जर्मन क्लब वायर्न म्युनिखबाट खेल्नेछन्। उनी युरो सुरु हुनु अघि मात्र पोर्चुगिज क्लब वेनफिकाबाट वायर्न म्युनिख पुगेका थिए।  

४८ वर्ष पुरानो रेकर्ड तोडे सान्चेजले, युरो उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी

युरोकपमा रेकर्ड राख्दै आएका पोर्चुगलले रेनाटो सान्चेजले अर्को रेकर्ड कायम गरेका छन्। सान्चेज युरोकपको उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उनले १८ वर्ष ३२८ दिनका हुँदा युरोकपको उपाधि जितेर रेकर्ड आफ्नो नाममा लेखाएका हुन्। 

यसअघि सन् १९६८ मा इटलीका पिएट्रो अनाटासीले २० वर्ष ६३ दिनको हुँदा युरोकपको उपाधि जितेका थिए। उनको रेकर्ड ४८ वर्षपछि सान्चेजले तोडेका हुन्। 

​सान्चेजले यसअघि पोर्चुगलका लागि सबैभन्दा कम उमेरमा मुख्य प्रतियोगिता खेल्ने, पहिलो रोजाईमा खेल्ने जस्ता रेकर्ड राखेका थिए भने युरोकपको सेमिफाइनल र फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड समेत राखेका थिए।
]]>
http://bizmandu.com/feed/euro-2016/-19166.html http://bizmandu.com/content/-19166.html http://bizmandu.com/assets/upload/contentthumb/66.jpg
content <![CDATA[​आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगलले जित्यो पहिलो पटक युरो उपाधि]]> admin Mon, 11 Jul 2016 07:48:09 +0545 वैकल्पिक खेलाडी एडरले अतिरिक्त समयमा गरेको एक मात्र निर्णायक गोलको मद्धतमा पोर्चुगल आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पहिलो पटक युरोकपको उपाधि जित्न सफल भएको छ।

स्टेड डे फ्रान्समा भएको खेलमा पोर्चुगलले फ्रान्सलाई १–० ले हरायो। खेलको २४ औं मिनटमै स्टार खेलाडी रोनाल्डो घाइते हुँदै मैदान बाहिरिएपनि वैकल्पिक खेलाडी एडरले पोर्चुगललाई जित दिलाए। एडरले १०९ औं मिनेटमा २५ मिटर टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। 

जितसँगै पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि जितेको छ। सन् २००४ मा पहिलो पटक फाइनल पुगेको पोर्चुगलले दोस्रो प्रयासमा उपाधि जितेको हो।

आयोजक फ्रान्स भने पहिलो पटक घरेलु भुमिमा भएको मुख्य प्रतियोगिताको उपाधि जित्न असफल भएको छ। यसअघि फ्रान्सले घरमै भएको  सन् १९८४ मा भएको युरोकप र १९९८ मा भएको विश्वकप उपाधि जितेको थियो।

निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

]]>
http://bizmandu.com/feed/euro-2016/-19163.html http://bizmandu.com/content/-19163.html http://bizmandu.com/assets/upload/contentthumb/ronaldo5.JPG
content <![CDATA[यस्ता छन् फ्रान्स र पोर्चुगलका सवल पाँच पक्ष]]> admin Sun, 10 Jul 2016 17:33:56 +0545
फ्रान्सले फाइनल पुग्ने क्रममा समूह चरणमा रोमानिया र अल्वानियालाई पराजित गर्यो।  स्विट्जरल्याण्डसँग गोलरहित बराबरी खेलेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड र क्वाटरफाइनलमा आइसल्याण्डलाई हरायो भने सेमिफाइनलमा जर्मनीमाथि २–० को जित हात पार्यो।
फाइनलसम्म पुग्दा फ्रान्सले जर्मनी बाहेक हरेक खेलमा राम्रो खेल्यो। फ्रान्सका एन्टोनी ग्रिज्मन, दिमित्री पायट, ओलिभर जिरुडमा इन्डिभिजुएल ब्रिलियन्स छ। यी खेलाडीको प्रदर्शनले नै फ्रान्सको प्रदर्शन राम्रो बनेको छ।

प्रतियोगिता अघि बढ्दै जाँदा फ्रान्सको टीम स्प्रिरिट राम्रो देखिएको छ। खेलाडीहरुले प्रदर्शनमा सुधार गर्दै आएका छन्। सेमिफाइनलमा जर्मनीसँग ६५/३५ को बल पोसेसन भएपनि फ्रान्स भाग्यले फाइनलसम्म पुगेको छ।

पोर्चुगल भने सुरुवात देखि नै भाग्यको साथमा अगाडी बढेको टोली हो। समूहको तीन खेलमा बराबरी खेलेको पोर्चुगल बेस्ट थर्डमा पर्दै नकआउट राउण्डमा क्वालिफाइ भयो। प्रिक्वाटरफाइनलमा क्रोएसियालाई हराउन पनि अत्रिरिक्त समय कुनुपर्यो। क्वाटरफाइनलमा पोल्याण्ड विरुद्ध १–१ को बराबरी खेल्दै पेनाल्टीसुटआउटमा हराउन सफल रह्यो। यसरी हेर्दा क्वाटरफाइनसम्म भाग्यमानी बनेको पोर्चुगल सेमिफाइनलमा वेल्सलाई मात्र निर्धारित समयमा हराउन सफल रहयो।
फाइनल कस्तो हुनेछ?
फाइनल भनेको फाइनल है। दुवै टोली उपाधि जित्नको लागि खेल्ने हो र दुवैलाई दबाब पनि हुन्छ। आयोजकका नाताले फ्रान्स फाइनलमा पुग्नु स्वभाविक पनि हो। नयाँमा बेल्जियम, पोर्चुगल र वेल्सको चान्स थियो। यसबाट पोर्चुगल फाइनल पुग्यो। फाइनलमा फ्रान्स फेभरेट हो भने पोर्चुगल अन्डरडग हो।
फाइनलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मुख्य आकर्षण हुनेछन्। पोर्चुगलको प्रदर्शन पनि रोनाल्डोमै केन्द्रित हुनेछ र फाइनलमा पनि रोनाल्डोकै मुख्य भुमिका रहने अनुमान छ। यस्तै निलम्वनबाट फर्केका विलियम कार्भाल्हो र चोटबाट फर्केका पेपेको आगमनले पोर्चुगललाई राहत मिलेको छ।
फ्रान्सले रोनाल्डोलाई कसरी खेल्न दिन्छ भन्नेमै पोर्चुगलको प्रदर्शन निर्भर रहन्छ। पोर्चुगलका लागि विङका प्लेअरले राम्रो खेलिरहेको छन् रोनाल्डो लगायतका खेलाडीलाई रोक्नु फ्रान्सेली डिफेन्डरलाई चुनौती हुनेछ। 

पोर्चुगललाई फ्रान्सलाई रोकेर खेल्ने वा आफु अगाडी बढेर खेल्ले दुईवटा विकल्प रहनेछ। अगाडी बढ्दा पछाडी कजाोर हुनेसक्छ। रोनाल्डोसँगै रेनाटो सान्चेज, नानी, मारिओ, पेपेको प्रदर्शनमा पोर्चुगलको प्रदर्शन र्भिर रहन्छ। 

यता फ्रान्सको अग्रपंक्ति सबैभन्दा राम्रो छ। एन्टोनी ग्रिज्मन, पायट र जिरुडले जुन किसिमले गोल गर्न सकेका छन्। फाइनलमा पनि उनीहरु चम्किने आशा छ। यस्तै गोलरक्षक ह्युगो लोरिस, डिफेन्डर प्याट्रिस एभ्रा, मटुइडीको प्रदर्शन पनि राम्रो छ। 

जसरी फ्रान्सका खेलाडीले इन्डिभिजुएल रुपमा प्रदर्शन गरेको छन् त्यसरी नै प्रदर्शन गर्ने हो भने पोर्चुगललाई गाह्रो पर्नेछ । फ्रान्स एज ए टीम नै उत्कृष्ट छ।
फाइनल खेल मुख्य गरी रोनाल्डो र फ्रान्सेली डिफेन्स तथा फ्रान्सको अग्रपंक्ति र पोर्चुगिज डिफेन्स हुने अनुमान गर्न सकिन्छ।  

इतिहासले पनि फ्रान्सलाई साथ दिएको छ। १९६० पछि फ्रान्सले घरेलु मैदानमा भएको मुख्य प्रतियोगितामा हारेको छैन। यसक्रममा फ्रान्सले १९८४ मा युरोकप र १९९८ मा विश्वकप जितेर आफुलाई प्रमाणित गरिसकेको छ।

यस्तै फ्रान्स लास्ट १० खेलमा पोर्चुगलसँग हारेको छैन। १९७५ मा २–० ले हारेपछि फ्रान्स ४० वर्षयता अपराजित छ। यस्तै १९८४ र २००० को युरो सेमिफाइनलमा पनि फ्रान्सले पोर्चुगललाई हराएको थियो भने २००६ को विश्वकप सेमिफाइनलमा पनि फ्रान्सले जितेको थियो। 
यसले फ्रान्सलाई मानसिक रुपमा बलियो बनाएको छ भने पोर्चुगललाई बढी दबाब छ।

फ्रान्सका बलिया पाँच पक्ष

१. सेमिफाइनलमा जर्मनी जस्तो सन्तुलित टीमलाई हराएकोले फ्रान्सको मोरल हाई छ। फ्रान्सले समूह चरणको स्विट्जरल्याण्ड विरुद्धको खेल बाहेक हरेक खेलमा गोल गरेको छ। सेमिफाइन्लमा भाग्यले साथ दिएतापनि फ्रान्सले हारियला जस्तो गरेर कुनै खेल खेलेको छैन। 

२. फ्रान्समा एन्टोनी ग्रिज्मन, ओलिभर जिरुड, दिमित्री पायट, पउल पोग्वा, ह्युगो लोरिस लगायत स्टार खेलाडी छन्। एक टीममा यतीक्का स्टार खेलाडी हुनु विपक्षीका लागि चुनौती बन्नेछ। 

३. अहिलेसम्म ६ गोल गर्दै सर्वाधिक गोलकर्तामा अगाडी रहेको ग्रिज्मन फर्ममा छन्। उनले कुनै बेला गोल गर्न सक्छन्। ग्रिज्मनलाई रोक्दा जिरुड, पायट पोग्वाले गोल गर्ने चान्स पाँउछन्।

४.सेट पिसमा पनि फ्रान्स राम्रो छ। टीम स्प्रिट राम्रो रहेको फ्रान्सले कुनै पनि बेला सेटपिसमा गोल गर्न सक्छ। खेलाडीहरुको तालमेल राम्रो छ। 

५. फ्रान्स गोल गर्नमा मात्र नभएर डिफेन्समा पनि राम्रो छ। गोलरक्षक ह्युगो लोरिस, एभ्राको नेतृत्वमा रहेको डिफेन्सलाइन राम्रो छ। पोर्चुगलका फरवार्डका लागि यिनीहरु बाधक बन्न सक्छन्।

यसबाहेक फ्रान्सलाई होम एड्भान्टेज छ र घरेलु दर्शकको समर्थन रहनेछन। घरेलु मैदानमा भएको मुख्य प्रतियोगितामा १८ खेलमा अपराजित रहेको फ्रान्स पोर्चुगलसँग ४० वर्षयता हारेको छैन।

पोर्चुगलका बलिया पाँच पक्ष

१.२४ टीमको सहभागिता रहेको सन् १९९० र १९९४ को विश्वकपमा क्रमश अर्जेन्टिना र इटली समूह चरणमा तेस्रो स्थानमा रहतोपनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनसम्म पुगेका थिए। समूह चरणमै संघर्ष गरेको टीमले फाइनलमा पनि संघर्ष गर्ने हो भने पोर्चुगलले जित्न सक्छ।

२. यदी पहिलो हाफमा पोर्चुगलले डिफेन्सिभ खेल्दै फान्सलाई रोक्न सक्यो भने दोस्रो हाफमा फ्रान्समाथि दबाब बढाउँदै गोल गर्न सक्छ र विजयी हुन सक्छ।

३. रोनाल्डो इअर बलमा गोल गर्न माहिर छन्। इअर बलमा रोनाल्डोलाई रोक्नु फ्रान्सेली डिफेन्सका लागि चुनौती हुनेछ। रोनाल्डोलाई मार्क गर्दा पोर्चुगलका सान्चेज, नानी लगायतले चान्स पाउन सक्छन्।

४. पेपेको आगमनले पोर्चुगललाई फाइदा हुनेछ भने फ्रान्सेली फरवार्डको लागि गोल गर्ने चुनौती हुनेछ। पेपेले पोल्याण्ड विरुद्धको क्वाटरफाइनलमा एक्लै विपक्षीको धेरै आक्रमण रोकेका थिए। चोटका कारण वेल्स विरुद्धको सेमिफाइनल गुमाएका पेपेको आगमनले पोर्चुगलको मनोवल उच्च बन्नेछ।

५. यदी खेल ट्राइबेकरमा गयो भने पोर्चुगल विजेता बन्न सक्छ। निर्धारित समयको खेल बराबरीमा रोकिने हो भने खेल ट्राइबेकरसम्म पुग्न सक्छ । 
यस्तो अवस्थामा फेभरेट टीम र होम टीमलाई बढी प्रेसर हुन्छ जसको फाइदा पोर्चुगलले उठाउन सक्छ। 
]]>
http://bizmandu.com/feed/euro-2016/-19158.html http://bizmandu.com/content/-19158.html http://bizmandu.com/assets/upload/contentthumb/IMG_83492111.JPG
content <![CDATA[युरो २०१६ फाइनल : कसले जित्ला उपाधि, पोर्चुगल कि फ्रान्स?]]> admin Sun, 10 Jul 2016 12:13:07 +0545  
यसअघि आठ पटक युरोकपमा सहभागिता जनाउँदा दुई पटक च्याम्पियन बनेको फ्रान्स तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने तयारीमा छ भने दोस्रो पटक फाइनल पुगेको पोर्चुगल पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ।


फ्रान्सले सन् २००० मा दोस्रो पटक उपाधि जितेको थियो । १६ वर्षपछि अहिले फाइनलमा पुगेको हो। यसक्रममा अपराजित रहेको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २–० ले हरायो। घरेलु मैदानमा शानदार इतिहास रहेको फ्रान्स फाइनलमा पनि यही लयलाई निरन्तरता दिने योजनामा छ। 
फ्रान्सले सन् १९८४ मा दोस्रो पटक युरो आयोजना गर्दा पहिलो पटक उपाधि जितेको थियो। यस्तै सन् १९९८ मा घरेलु मैदानमै भएको विश्वकप पनि फ्रान्सले जितेको थियो।

यता सन् २००४ मा घरेलु मैदानमै भएको युरोकपमा फाइनल पुगेपनि पोर्चुगल उपविजेतामै सिमित रह्यो। पोर्चुगल उपाधि भिडन्तमा ग्रिससँग पराजित भएको थियो। १२ वर्ष पछि युरोकपको फाइनल पुग्ने क्रममा पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई २–० ले हराएको थियो।



समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल समूहको तेस्रो स्थानमा थियो। तर ६ वटा समूहको तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चार भित्र पर्दै पोर्चुगल नकआउट चरणको लागि छनोट भएको थियो। सेमिफाइनल आइपुग्दासम्म पोर्चुगल निर्धारित ९० मिनेटमा कुनै पनि खेल जित्न सकेको थिएन।
 
क्रोएसिया विरुद्धको प्रिक्वाटरफाइनल अतिरिक्त समयमा जितेको पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएको थियो। तर वेल्सलाई भने पोर्चुगलले निर्धारित समयभित्रै पराजित गरेको थियो।

यता फ्रान्स भने समूह विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। समूहमा दुई जित र एक बराबरी नतिजा निकालेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड र क्वाटरफाइनलमा आइसल्याण्डलाई हराएको थियो। सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई समेत हराएको फ्रान्स फाइनलमा उच्च मनोवलका साथ प्रस्तुत हुने तयारीमा छ।


रोनाल्डो भर्सेस ग्रिज्मन
पोर्चुगल र फ्रान्स बीचको फाइनललाई रोनाल्डो भर्सेस ग्रिज्मनको भिडन्तको रुपमा हेरिएको छ। फाइनलसम्म आइपुग्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र फ्रान्सका एन्टोनी ग्रिज्मनले उत्कृष्ट प्रदर्शन गरेका छन्। 

दुवै खेलार्डीलाई फाइनलमा आफुलाई उत्कृष्ट सावित गर्ने मौका हुनेछ। ग्रिज्मन जारी प्रतियोगितामा ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छ भने ३ गोल गरेका रोनाल्डो दोस्रो स्थानमा छन्। 

प्रतियोगिताको सुरुवातमा प्रभाव जमाउन नसकेपनि दुवै खेलाडीले त्यसपछिका खेलहरुम भने निकै सुधार गरेका छन्। ग्रिज्मनले नकआउट चरणका तीन वटै खेलमा गोल गरेका थिए। समूह चरणमा अल्वानिया विरुद्ध एक गोल गरेका ग्रिज्मनले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड विरुद्ध २, क्वाटरफाइनलमा आइसल्याण्ड विरुद्ध १ र सेमिफाइनलमा जर्मनी विरुद्ध २ गोल गरेका थिए। 

यता रोनाल्डोले समूह चरणको दुई खेलमा गोल गर्न नसकेपनि हंगेरी विरुद्ध २ गोल गर्दै पोर्चुगललाई नकआउट चरणमा छनोट गराएका थिए। वेल्स विरुद्धको जितमा पनि रोनाल्डोले एक गोल गरेका थिए।

ग्रिज्मन सहित फ्रान्सका सबै खेलाडी फर्ममा छन्। उनलाई अग्रपंक्तिमा ओलिचर जिरुड र दिमित्री पायटले साथ दिनेछन् भने मिडफिल्डरमा मटुइडी, पोग्वा सिसोकोको साथ रहनेछ। 

यता पोर्चुगलमा रोनाल्डोसँगै नानी, युवा स्टार रेनाटो सान्चेज, जो मारिओ, पेप जस्ता खेलाडीहरु निर्णायक बन्न सक्छन्।
इतिहासमा फ्रान्स हावी
पोर्चुगल र फ्रान्स बीचको फुटबल इतिहासमा फ्रान्स हाबी भएको देखिन्छ। ४० वर्षयता पोर्चुगलले प्रान्सलाई हराउन सकेको छैन भने पोर्चुगल विरुद्धको पछिल्ला दश खेलमा फ्रान्स अपराजित छ। सन् १९७५ मा पोर्चुगलले फ्रान्सलाई २–० ले हराएपछि अहिलेसम्म हराउन सकेको छैन। 

यी दुई बीच सबैखाले गरेर अहिलेसम्म २४ खेल भएका छन् जसमा फ्रान्स १८ खेलमा विजयी भएको छ भने पोर्चुगलले ५ खेल मात्र जितेको छ। एक खेल भने बराबरीमै सकिएको थियो।

पछिल्लो पटक लिस्वनमै भएको खेलमा फ्रान्सले पोर्चुगललाई १–० ले हराएको थियो। मुख्य प्रतियोगितामा भने फ्रान्स र पोर्चुगल सन् २००६ को विश्वकप सेमिफाइनलमा अन्तिम पटक भिडेको थियो। जसमा जिनेदिन जिदानको पेनाल्टी गोलको मद्धतमा फ्रान्स १–० ले विजयी भएको थियो। 

युरोकपमा भने फ्रान्स र पोर्चुगल पहिलो पटक सन् १९८४ मा भिडेका थिए। सेमिफाइनल भिडन्तमा फ्रान्सले पोर्चुगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको थियो। सन् २००२ को युरोकप सेमिफाइनलमा पनि फ्रान्सले पोर्चुगललाई अतिरिक्त समयमै हराएको थियो।

सन् १९९८ मा विश्वकप र २००० मा युरोकप जित्दा फ्रान्सको कप्तान रहेका डिडियर डेसच्याम्प अहिले फ्रान्सेली टोलीको प्रशिक्षक छन्। पोर्चुगललाई हराउँदै फ्रान्सले युरो उपाधि जिते डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा युरो जित्ने पहिलो बन्नेछन्। 
 
  • खेल हुने समय       : मध्यराती १२ः४५ बजे
  • खेल हुने स्थान       : सेन्ट डेनिस, पेरिस
  • हेर्नलायक खेलाडी   : क्रिस्टियानो रोनाल्डो पोर्चुगल, एन्टोनी ग्रिज्मन फ्रान्स
  • हेड टु हेड            : पोर्चुगल ५, फ्रान्स १८, बराबरी १  
  • युरो सहभागिता      : पोर्चुगल ७, फ्रान्स  ९
  • फिफा वरियता       : पोर्चुगल ८, फ्रान्स १७  
  • मुख्य उपलब्धी       : पोर्चुगल उपविजेता २००४
  •                            फ्रान्स विजेता सन् १९८४, २००० 


 

फाइनल खेलका रेफ्रि टीम
 

  • रेफ्रि                      : मार्क क्लाटेनवर्ग इंगलयाण्ड
  • असिस्टेन्ट                : सिमोन बेक, जेक कोलिन, इंगल्याण्ड
  • एडिसनल असिस्टेन्ट    : एन्तोनी टेलर, आन्द्रे मारिनर, इंगल्याण्ड
  • फोर्थ अफिसियल       : भिक्टोर कसाई, हंगेरी
  • रिजर्भ असिस्टेन्ट        : ग्योर्जी रिङ, हंगेरी
 
]]>
http://bizmandu.com/feed/euro-2016/-19148.html http://bizmandu.com/content/-19148.html http://bizmandu.com/assets/upload/contentthumb/final21.jpg
content <![CDATA[फ्रान्स र पोर्चुगलबीचको फाइनल खेलाउने यी हुन् इंग्लिस रेफ्री]]> admin Sat, 09 Jul 2016 19:05:08 +0545  
४१ वर्षे क्लाटेनवर्गले गत मे मा भएको रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेल समेत खेलाएका थिए। एकै वर्षमा च्याम्पियन्स लिग र युरोकपको फाइनल खेलाउने उनी दोस्रो रेफ्री बन्ने भएका छन्। यसअघि सन् २०१२ मा पेड्रो प्रोएन्काले दुवै फाइनल खेलाउने अवसर पाएका थिए। पूर्व इलेक्ट्रिसियन समेत रहेका क्लाटनेवर्गले मे मा एफए कपको फाइनल समेत खेलाएका थिए।
 
फ्रान्समा जारी युरोमा उनले खेलाउन लागेको यो चौथो खेल हो। यसअघि बेल्जियम र इटली, चेक र क्रोएसिया तथा स्विट्जरल्याण्ड र पोल्याण्डबीचको खेल खेलाएका थिए। आइसल्याण्ड र अष्ट्रियाबीचको खेलमा भने फोर्थ अफिसियलको भूमिकामा थिए उनी।
 
सन् २००७ मा अन्तर्राष्ट्रिय रेफ्री बनेका क्लाटेनवर्गले सन् २०१२ को ओलम्पिक पुरुष फुटबलको फाइनल र २०१४ को युइएफए सुपर कपको फाइनल खेलाएका थिए।
 
उनी युरोकप फाइनल खेलाउने तेस्रो इंग्लिस रेफ्रीबन्नेछन्। यसअघि सन् १९६० मा आर्थर एलिस र १९६४ मा आर्थर हल्याण्ड फाइनल खेलका रेफ्री थिए।
 
फाइनल खेलका रेफ्री टीम
रेफ्री : मार्क क्लाटेनवर्ग, इंगल्याण्ड
असिस्टेन्ट रेफ्री : सिमोन बेक, जेक कोलिन, इंगल्याण्ड
एडिसनल असिस्टेन्ट रेफ्री : एन्तोनी टेलर, आन्द्रे मारिनर, इंगल्याण्ड
फोर्थ अफिसियल : भिक्टोर कसाई, हंगेरी
रिजर्भ असिस्टेन्ट रेफ्री : ग्योर्जी रिङ, हंगेरी
]]>
http://bizmandu.com/feed/euro-2016/-19141.html http://bizmandu.com/content/-19141.html http://bizmandu.com/assets/upload/contentthumb/13588849_1337090869651858_1364390654_o.jpg
content <![CDATA[युरोकप पुरस्कार: फ्रान्सले जिते दुई करोड ६५ लाख युरो, पोर्चुगलले जिते दुई करोड ५५ लाख किन ?]]> admin Sat, 09 Jul 2016 18:33:41 +0545
फ्रान्समा चलिरहेको १५ औं संस्करणको युरोकप उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगलबीच नेपाली समयअनुसार आइतबार मध्यरात प्रतिस्पर्धा हुँदैछ।
 
विजेताले मेडल, ट्रफीसँगै अर्बौं नगद पुरस्कार समेत प्राप्त गर्नेछन्।
 
सहभागी संख्या १६ बाट बढाएर २४ पुर्‍याएसँगै युइएफएले यसपटक पुरस्कार रकममा वृद्धि गरेको छ। जसअनुसार च्याम्पियन बन्न टोलीले २७ मिलियन युरो प्राप्त गर्ने अवसर पाउने थियो तर अब फ्रान्स र पोर्चुगल जसले जिते पनि २७ मिलियन पाउने छैन। किनकि कुल पुरस्कारमा समूह चरणको खेल नतिजाको बोनस समेत जोडिनेछ। समूह चरणका तीन वटै खेल जित्ने टीमले मात्र पूरै २७ मिलियन युरो प्राप्त गर्नेछ।
 
फ्रान्सले समूह चरणमा दुई खेल जित्दै एक बराबरी गरेको थियो भने पोर्चुगलले तीन वटै खेल बराबरी गरेको थियो। समूह चरणमा एक खेल जिते बराबर एक मिलियन युरो र एक खेल बराबरी गरे ५ लाख युरो पाउनेछ।
 
यस्तो अवस्थामा फ्रान्सले युरोकप २०१६ जिते २६.५ मिलयन युरो प्राप्त गर्नेछ भने पोर्चुगलले जिते २५.५ मिलियन युरो पाउनेछ। विजेताले र उपविजेताले मात्र नभई प्रतियोगितामा सहभागी भएका २४ वटै टीमले रकम प्राप्त गर्नेछन्।
 
प्रतियोगिताको सुरुमा सहभागिता स्वरुप प्रत्येक २४ राष्ट्रले ८ मिलियन युरो प्राप्त गर्नेछन्।
 
समूह चरणको खेल जित्नेले १ मिलियन तथा बराबरी गर्नेले ५ लाख युरो बोनस प्राप्त गर्नेछ। तर नकआउट चरण प्रवेश गर्ने टीमले भने बोनस पाउनेछैन। त्यसको सट्टा अन्तिम १६ मा पुग्नेले १.५ मिलियन र क्वाटरफाइनल पुग्नेले २.५ मिलियन प्राप्त गर्नेछन्। यस्तै सेमिफाइनलिष्टले ४ मिलियन युरो पाउनेछ ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले च्याम्पियन बने स्वरुप ८ मिलियन तथा उपविजेता हुनेले ५ मिलियन प्राप्त गर्नेछ।
]]>
http://bizmandu.com/feed/euro-2016/-19140.html http://bizmandu.com/content/-19140.html http://bizmandu.com/assets/upload/contentthumb/13621799_1337243242969954_1756949006_o.jpg
content <![CDATA[कहाँ चुक्यो विश्व च्याम्पियन जर्मनी?]]> admin Fri, 08 Jul 2016 10:01:10 +0545
६५ प्रतिशत बल पोजेसनमा राखे पनि आखिर कहाँ चुक्यो त विश्व च्याम्पियन जर्मनी?
खेलको टर्निङ प्वाइन्ट थियो मध्यान्तर अघिको स्टपेज टाइममा फ्रान्सले पाएको पेनाल्टी जसलाई ग्रिजम्यानले सफलतापूर्वक गोलमा परिणत गरे। वास्तवमा यो पेनाल्टी जर्मन खेलाडीले जानाजानी बल बाहिर पुर्‍याएपछि फ्रान्सले पाएको कर्नरको उपज थियो। कर्नरमा स्वान्सटाइगरले अनावश्यक ठाउँबाट बल क्लियर गर्ने क्रममा हातले छुन पुगे। इटालियन रेफ्रीले पेनाल्टी दिइहाले। 

मध्यान्तरपछि जर्मनीले कयौँ आक्रमण गरे तर फ्रान्सको मजबुत रक्षापंक्तिलाई भेद्न सकेन। अन्ततः काउन्टर अट्याकका क्रममा ग्रिजम्यानले नै गोलकिपर नेयरको टाङमुनिबाट बल छिराएर गोल गरे। प्रतियोगितामा जर्मनीले खाएको यो पहिलो पेनाल्टीबाहेकको गोल थियो। प्रतियोगिताभर जर्मनीले इटाली र फ्रान्सको दुई गोल पेनाल्टीबाट खाएको थियो। 

दोस्रो हाफमा डिफेन्डर जेरोम बोएटेङ चोटका कारण मैदान बाहिरिपछि जर्मनी कमजोर बनेको थियो।

यस्तै जर्मनीका लागि चोटका कारण अनुपस्थित रहेको मुख्य स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी केडिरा तथा निलम्वनमा परेका सेन्ट्रल डिफेन्डर माट्स हुमेल्सको अभाव पनि खड्कियो।



]]>
http://bizmandu.com/feed/euro-2016/-19124.html http://bizmandu.com/content/-19124.html http://bizmandu.com/assets/upload/contentthumb/607130625_LG_0640_9451C191B37C4FF4966EF146810B7160_3538.JPG
content <![CDATA[विश्व च्याम्पियन जर्मनीलाई हराउँदै फ्रान्स १६ वर्षपछि युरोकपको फाइनलमा]]> admin Fri, 08 Jul 2016 06:09:34 +0545 एन्टोनी ग्रिज्मनले दुई गोल गरेपछि  विश्व च्याम्पियन जर्मनीलाई हराउँदै आयोजक फ्रान्स १६ वर्षपछि युरोकपको फाइनलमा पुगेको छ।

फ्रान्सले अब उपाधिको लागि आगामी शनिबार राति पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।मार्सेमा शुक्रबार बिहान सम्पन्न खेलमा फ्रान्ससँग २–० ले पराजित हुँदै जर्मनी युरोकपबाट बाहिरिएको हो। जर्मनीलाई सेमिफाइनलमा पराजित गरेसँगै फ्रान्सले दुई वर्षअघि ब्राजिल विश्वकपमा बेहोरेको हारको बदला समेत लिएको छ।
 
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा जर्मनीले फ्रान्सलाई १–० ले पराजित गरेको थियो। यस्तै फ्रान्सले ५८ वर्षपछि मुख्य प्रतियोगितामा जर्मनीलाई पराजित गरेको छ। सन् १९५८ को विश्वकपमा जर्मनीलाई हराएको फ्रान्स त्यसपछि तीन वटा विश्वकपमा भने पराजित भएको थियो।

सन् २००० मा च्याम्पियन बनेको फ्रान्स युरोकपको फाइनलमा पुगेको १६ वर्षपछि पहिलो पटक हो।

जर्मनी विरुद्धको जितमा फ्रान्सका लागि ग्रिज्मनले दुवै हाफमा गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्दै ग्रिज्मनले फ्रान्सलाई अग्रता दिलाए। कप्तान बास्टिन स्वाइन्स्टाइगरले पेनाटी एरियामा बल ह्याण्ड गरेपछि फ्रान्सले पेनाल्टी प्राप्त गरेको हो।

एक गोलले पछि परेको विश्व विजेता जर्मनी दोस्रो हाफमा खेलमा फर्कने प्रयासमा थियो तर ७२ औं मिनेटमा ग्रिज्मनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन नसक्दा फ्रान्स २–० ले विजयी भयो। खेलमा जर्मनीले गोल गर्ने राम्रा अवसर प्राप्त गरेपनि गोल गर्न भने चुकेको थियो।

जर्मनीविरुद्ध दुई गोल गरेसँगै गोलसंख्या ६ पुर्याएका ग्रिज्मन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् र गोल्डेन बुट जित्ने सम्भावना बढाएका छन्। दोस्रो स्थानमा रहेका पोर्चुगलका रोनाल्डोको ३ गोल छ। 

तेस्रो पटक युरोकपको उपाधि जित्ने दाउमा रहेको फ्रान्सले अब फाइनलमा पोर्चुगलसँग खेल्नेछ। पोर्चुगल पहिलो सेमिफाइनलमा वेलसलाई पराजित गर्दै १२ वर्षपछि फाइनल पुगेको हो। फ्रान्स दुई पटकको विजेता हो भने पोर्चुगलले अहिलेसम्म उपाधि जित्न सकेको छैन।]]>
http://bizmandu.com/feed/euro-2016/-19122.html http://bizmandu.com/content/-19122.html http://bizmandu.com/assets/upload/contentthumb/euro6.JPG
content <![CDATA[युरो २०१६ मा छाप छोड्न सफल दुई 'राइजिङ स्टार']]> admin Thu, 07 Jul 2016 22:15:58 +0545  
कसले उपाधि जित्ने हो भन्ने चर्चा चलिरहँदा खेलाडीको बारेमा पनि चर्चा सुरु हुन थालेको छ। को हिट भए, को फ्लफ भए? युवा खेलाडीमध्ये कसले आफ्नो प्रतिभा देखाउन सके?
 
हामी जारी युरोकपमा आफ्नो छाप छोड्न सफल दुई खेलाडीको चर्चा गर्दैछौं।
 

जोसुअ किमिच, जर्मनी


जोसुअ किमिच जर्मनीका युवा फुटबलर हुन्। २१ वर्षको उमरेमै भर्सटाएल खेलाडीका रुपमा परिचित किमिच जर्मन क्लब वायर्न म्युनिखका लागि खेल्नछन्। गत वर्ष मात्र आर पी लेइपिगबाट उनी वायर्न पुगेका थिए। वायर्न गएकै वर्ष उनले जर्मन बुण्डेशलिगा र जर्मन कपको उपाधि जितिसकेका छन्।
 
युरोकप २०१६ को सुरुवाती दुई खेलमा अवसर नपाएका किमिचले त्यसपछिका तीन वटै खेलमा पुरा समय मैदानमा बिताए। इटली विरुद्धको क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा किमिचकले पनि गोल गरेका थिए।
 
सन् २०११ मा यु १७ टीमबाट जर्मनीका लागि खेल्न थालेका किमिचले त्यसपछि यु१८ यु १९ र यु २१ उमेर समूहबाट समेत खेलिसकेका छन्।
 
जर्मनी युवा टीमका प्रशिक्षक होस्ट हुबेसले किमिचको भर्सटाएलीटीलाई प्रशंसा गर्दै भनेका छन्, 'अट्याकिङ र डिफेन्सिभ दुवै रोलमा किमिचको एकदमै उच्च क्षमता र भर्सटायल छ।' बास्टिन स्वाइन्सटाइगरलाई उनी आफ्नो इन्पिरेसन मान्छन्।
 
नेपाली फुटबल विश्लेषक नवीन पाण्डे भने उनको प्रदर्शनलाई ब्राजिल पूर्व लेफ्ट ब्याक रोबर्टो कार्लोससँग तुलना गर्छन्। 'किमिच कार्लोस स्टाइलमा खेल्छन्, जथाभावी खेल्दैनन्,' उनले भने, 'बल रोकेर एक्सन देखाएर खेल्छन्। कार्लोससँग सिमिलिारिटिज छ, जेन्टल छ। टीममा राम्रो स्टारको रुपमा देखिएको छ।'
 
 

रेनाटो सान्चेज, पोर्चुगल


युरोकप २०१६ मा टीन स्टारका रुपमा उदाएका खेलाडी हुन्, पोर्चुगलका रेनाटो सान्चेज। भर्खरै १८ वर्ष मात्र भएका सान्चेजले जारी युरोकपमा भने गज्जबको प्रदर्शन गरिरहेका छन्।
 
आगामी सिजनबाट किम्मिचकै साथी हुने सान्चेज युरोकप सुरु हुनुअगाडि मात्र पोर्चुगिज क्लब वेनफिकाबाट जर्मन क्लब वायर्नमा आबद्ध भएका हुन्।
 
युरोकपका ६ मध्ये ३ खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सान्चेजले क्वाटरफाइनलमा पोल्याण्डविरुद्ध भने सुरुवातदेखि नै खेलेका थिए।
 
पोल्याण्डविरुद्ध खेलको दोस्रो मिनेटमै पछि परेको अवस्थामा सान्चेजले २३ औं मिनेटमा बराबरी गोल गरेका थिए। यस्तै पेनाल्टी सुटआउटमा पनि सान्चेजले गोल गरे। पोल्याण्डविरुद्ध पहिलो रोजाइमै मैदान उत्रेका सान्चेजले पोर्चुगलका लागि सबैभन्दा कम उमेरमा मुख्य प्रतियोगिता पहिलो रोजाइमा खेल्ने रोनाल्डोको रकेर्ड तोडेका थिए।
 
सान्चेजले सेमिफाइनलमा पनि वेल्सविरुद्ध पहिलो रोजाइमै खेलेका थिए।
 
क्रोएसिया विरुद्धको प्रिक्वाटरफाइनलमा खेलको दोस्रो हाफमा सान्चेज मैदान छिरेपछि पोर्चुगलको खेल नै सुध्रिएको थियो।
 
समूह चरण अन्तर्गत आइसल्याण्ड र हंगेरी विरुद्धको खेलमा पनि वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका सान्चेजले अष्ट्रियाविरुद्ध भने खेल्ने अवसर नै पाएनन्।
 
विशलेषक पाण्डे युरोकप खेल्ने नयाँ खेलाडीमा सान्चेज राम्रो खेलाडीका रुपमा आएको बताउँछन्। 'भविष्यमा केही देखाउँछन् जस्तो लाग्छ, वायर्नले छानेपछि देअर मस्ट वी समथिङ इन सान्चेज,' पाण्डे भन्छन्।
 
पुरा नाम रेनाटो जुनियर लेज सान्चेज रहेका उनले गत मार्चमा बुल्गेरियाविरुद्ध पोर्चुगलका लागि डेब्यु गरेका थिए। पोर्चुगलका लागि १५ खेल खेलेका सान्चेजले २ गोल गरेका छन्।
]]>
http://bizmandu.com/feed/euro-2016/-19120.html http://bizmandu.com/content/-19120.html http://bizmandu.com/assets/upload/contentthumb/13618038_1335356206491991_1352037717_n.jpg
content <![CDATA[युरो प्रिभ्यु : फ्रान्सलाई जर्मनीविरुद्ध बदला लिने मौका]]> admin Thu, 07 Jul 2016 15:52:27 +0545  
जर्मनी र फ्रान्स दुवै टोलीलाई सुरुदेखि नै उपाधि दाबेदारको रुपमा हेरिएको थियो। तर अब एक टोली मात्र फाइनल पुग्नेछ भने अर्कोको यात्रा सेमिफाइनलमै सकिनेछ।
 
दुई पूर्व विजेताहरुको भिडन्तमा आयोजक फ्रान्स सन् २०१४ को ब्राजिल विश्वकपमा बेहोरेको हारको बदला लिने दाउमा छ। क्वाटरफाइनलमा जर्मनीले फ्रान्सलाई १–० ले हराएको थियो। जर्मनी भने आयोजकलाई स्तब्ध पार्दै फाइनल पुग्ने योजनामा छ।
 
पछिल्लो संस्करणमा जर्मनी सेमिफाइनलबाटै आउट भएको थियो भने फ्रान्स क्वाटरफाइटलबाटै घर फर्केको थियो।
 
जारी युरोकपमा दुवै टोली अहिलेसम्म अपराजित छन्। दुवै टोलीले समूह चरणमा समान दुई जित र एक बराबरी नतिजा आत्मसात गरेका थिए।
 
जर्मनी गत संस्करणको फाइनलिष्ट इटलीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कीर्तिमानी आठौं पटक युरोकपको सेमिफाइनलमा पुगेको हो भने लगातार तेस्रो पटक। मुख्य प्रतियोगितामा इटलीलाई अहिलेसम्म हराउन नसकेको जर्मनीले नवौं प्रयासमा सफलता हात पारेको हो।
 
फ्रान्सले भने क्वाटरफाइनलमा जायन्ट किलर बनेर उदाएको आइसल्याण्डलाई ५-२ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। सन् २००० मा उपाधि जितेयता फ्रान्स सेमिफाइनल पुगेको हो।
 
जर्मनीले समूह चरणमा युक्रेन र उत्तरी आयरल्याण्डलाई हराएको थियो भने प्रिक्वाटरफाइनलमा स्लोभाकियालाई पराजित गरेको थियो। यस्तै, फ्रान्सले समूह चरणमा रोमानिया र अल्वानियालाई हराउँदा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो। प्रिक्वाटरफाइनलमा आयरल्याण्डलाई पराजित गरेको थियो।

 
अट्याक भर्सेस डिफेन्स

जर्मनी र फ्रान्सबीचको खेललाई अट्याक भर्सेस डिफेन्सको रुपमा हेरिएको छ। जर्मनीले अहिलेसम्म एक गोल मात्र बेहोरेको छ भने फ्रान्स सबैभन्दा बढी गोल गर्ने टोली हो।
 
फ्रान्सले अहिलेसम्म ११ गोल गरिसकेको छ र उसका ३ खेलाडी सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन्। एन्टोनी ग्रिज्मन, ओलिभर जिरुड र दिमित्री पायटको फरवार्ड लाइन निकै जमेको छ। कुनै पनि बेला यी स्ट्राइकर विपक्षीमाथि हाबी हुन सक्छन्। ग्रिज्मन ४ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छ भने भने जिरुड र पायटले समान ३ गोल गरेका छन्।
 
यता इटली विरुद्धको खेलमा एक मात्र गोल खाएको जर्मनीको डिफेन्स लाइन मजबुत छ। डिफेन्समात्र नभएर जर्मनीको गोलरक्षक पनि उत्कृष्ट छन्। मानुएल नोएले इटली विरुद्धको खेलमा पेनाल्टीमा मात्र गोल खाएका हुन्।
 
जारी युरोकपको सबैभ्नदा बढी क्लिनसिट नोएकै नाममा छ। उनले ४ खेलमा गोल खाएका छैनन्। डिफेन्समा जेरोम बोएटेङ, बेनेडिक्स हावडेज, जोनास हेक्टर र जोसुअ किमिचको लाइनअप उत्कृष्ट छ। सेन्ट्रल डिफेन्डर माट्स हुमेल्स भने निलम्बनका कारण फ्रान्सविरुद्ध खेल्न पाउने छैनन्।
 
हुमेल्लससँगै स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी केडिरा चोटका कारण फ्रान्सविरुद्ध खेल्न सक्नेछैनन्। गोमेज त युरोकपबाट नै आउट भइसकेका छन्। गोमेजको स्थानमा अगाडि थोमस मुलरलाई खेलाउने र मारियो गोट्चालाई पहिलो रोजाइमा खेलाउने योकिमले बताएका छन्। यस्तै कप्तान बास्टी पनि फ्रान्सविरुद्ध खेल्ने भएका छन्।

 
फ्रान्सका सबै खेलाडीहरु पूर्ण रुपमा फिट छन्। एक खेल निलम्बनमा परेका मिडफिल्डर एन गोले कान्टे र डिफेन्डर एदिल रामी जर्मनी विरुद्धको खेलमा उपलब्ध हुनेछन्। तर प्रशिक्षक डिडियर डेसच्यामसले डिफेन्डर उमटिटीलाई नै निरन्तरा दिने सम्भावना पनि छ। मिडफिल्डमा कान्टे र सिसोको मध्ये एकले खेल्नेछन्।
 

इतिहासमा फ्रान्स अगाडि, मुख्य प्रतियोगितामा जर्मनी हाबी

यी दुई राष्ट्रबीचको इतिहास हेर्दा फ्रान्स अगाडि छ भने मुख्य प्रतियोगिताहरुमा जर्मनी हाबी भएको देखिन्छ।
 
अहिलेसम्म भएको २७ खेलमा फ्रान्सले १२ खेल जितेको छ भने जर्मनीले ९ खेलमा जित हात पारेको छ। पछिल्लो पटक गत नोभेम्बरमा फ्रान्समै भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले जर्मनीलाई २–० ले हराएको थियो। तर मुख्य प्रतियोगितामा भने जर्मनी फ्रान्समाथि हाबी भएको छ।
 
सने १९५८ को विश्वकपमा फ्रान्सले जर्मनीलाई ६–३ ले पराजित गरेको थियो। तर त्यसपछिका विश्वकपको ३ भेटमा जर्मनीले जित हात पारेको छ।
 
१९८२ को विश्वकपमा जर्मनीले फ्रान्सलाई हराएको थियो। त्यसको ४ वर्षपछिको भेटमा जर्मनीले पुन: फ्रान्सलाई हरायो। २०१४ मा ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा जर्मनीले फ्रान्सलाई १–० ले हराएको थियो।
 
युरोकपमा पहिलो पटक आमनेसामने हुन लागेको यी २ टीमबीचको खेल रोमाञ्चक हुने फुटबल पण्डितहरुको विश्लेषण छ।
  • खेल हुने समय : मध्यरात १२:४५
  • खेल हुने स्थान : स्टेड भेलोड्रोम, मार्से
  • हेर्नलायक खेलाडी : मानुएल नोए-जर्मनी, एन्टोनी ग्रिज्मन-फ्रान्स
  • हेड टु हेड : जर्मनी ९, फ्रान्स १२, बराबरी ८ 
  • युरो सहभागिता : जर्मनी १२, फ्रान्स  ९
  • फिफा वरियता : जर्मनी ४, फ्रान्स १७ 
  • मुख्य उपलब्धि : जर्मनी विजेता सन् १९७२, १९८०, १९९६
  •  फ्रान्स विजेता सन् १९८४, २०००
   सेमिफाइनल खेलाउने रेफ्री
  • रेफ्री : निकोला रिजोली, इटली
  • असिस्टेन्ट रेफ्री : एलेनितो दि लिबेरातोर, माउरो टोनोलिनी, इटली
  • एडिसनल असिस्टेन्ट रेफ्री : डानिएल ओर्साटो, एन्टोनियो दामाटो, इटली
  • फोर्थ अफिसिएल : दमिर स्कोमिना, स्लोभेनिया  
]]>
http://bizmandu.com/feed/euro-2016/-19115.html http://bizmandu.com/content/-19115.html http://bizmandu.com/assets/upload/contentthumb/58.jpg
content <![CDATA[युरोकपमा क्रिस्टियानो रोनाल्डो बनाए चार रेकर्ड]]> admin Thu, 07 Jul 2016 11:21:33 +0545 क्लब फुटबलमा सबैखाले उपलब्धी आत्मसाथ गरिसकेका रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगलका लागि अहिलेसम्म ठुला उपाधि जित्न सकेका छैनन्। तर ३ पटकको फिफा वर्ष खेलाडी रोनाल्डोले युरोकपका प्राय रेकर्ड आफ्नो नाममा लेखाइसकेका छन्। 
फ्रान्समा जारी १५ औं संस्करणको युरोकप अन्तर्गत वेल्स विरुद्धको सेमिफाइनल खेलमा गोल गर्दै सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका रोनाल्डोले यसअघि नै विभिन्न रेकर्ड कायम गरिसकेका छन्। 
 
युरोकपमा रोनाल्डोले बनाएका रेकर्डहरु यस्ता छन्
 

१. मिचेल प्लाटिनीको रेकर्ड बराबरी

वेल्स विरुद्ध गोल गरेसँगै पोर्चुगलका रोनाल्डोले युरोकपमा फ्रान्सका मिचेली प्लाटिनीको नाममा रहेको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन्। वेल्स विरुद्ध गोल गर्दै रोनाल्डोले ३१ वर्ष पुरानो रेकर्ड बराबरी गरेका हुन्।
जारी युरोकपकपमा ३ गोल गर्दै रोनाल्डाले प्लाटिनीको ९ गोलको बराबरी गरेका हुन्। सन् १९८४ को एकमात्र युरोकप खेल्दा प्लाटिनीले ९ गोल गरेका थिए। जुन अहिलेसम्म एकै संस्करणमा भएको सर्वाधिक गोल हो।
फ्रान्समा युरोकप खेल्न जानुअघि रोनाल्डोले अघिल्ला तीन युरोकपमा ६ गोल गरेका थिए। रोनाल्डोले जारी युरोकप अन्तर्गत समूह चरणमा हंगेरी विरुद्धको खेलमा २ गोल गरेका थिए।
 
यस्तै छनोट र मुख्य प्रतियोगितामा समेत गरेर रोनाल्डोले सर्वाधिक २९ गोल गरिसकेका छन्। छनोट चरणमा मात्रै सर्वाधिक गोल गर्ने रेकर्ड भने आयरल्याण्डका रोबी केनको नाममा छ। केनले २३ गोल गरेका छन्।
 

२. तीन पटक सेमिफाइनल खेल्ने पहिलो खेलाडी

सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा डेब्यु गर्दै पहिलो पटक सेमिफाइनल खेलेका रोनाल्डो ३ वटा सेमिफाइनल खेल्ने पहिलो खेलाडी बनेका छन्। सन् २०१२ को संस्करणमा पनि रोनाल्डोले सेमिफाइनल खेलेका थिए। तर पोर्चुगल स्पेनसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो।
यस्तै जर्मनीका कप्तान बास्टिन स्वाइन्सटाइगर र लुकास पोडोल्स्कीले पनि सन् २००८ र २०१२ मा युरोकपको सेमिफाइनल खेलेका थिए। जारी युरोकपमा फ्रान्स विरुद्धको सेमिफाइनल खेल खेले उनीहरु पनि तीन सेमिफाइनल खेल्ने खेलाडी बन्नेछन्।
 

३. लगातार चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी

रोनाल्डो युरोकपको लगातार चार संस्करणमा गोल गर्ने पहिलो र एक मात्र खेलाडी बनेका छन्। सन् २००४ देखि २०१६ सम्म निरन्तर युरोकप खेलेका रोनाल्डो हरेक संस्करणमा गोल गर्न सफल भएका थिए। 
डेब्यु युरोमा २ गोल गरेका रोनाल्डोले सन् २००८ मा १ र सन् २०१२ मा ३ गोल गरेका थिए।
 
छनोट चरणमा समेत गरेर रोनालडोको गोलसंख्या २९ पुगेको छ । रोनाल्डोले छनोटमा २० गोल गरेका छन्।
 

४.युरोकपमा सर्वाधिक खेल खेल्ने रेकर्ड

रोनाल्डो युरोकप इतिहासमै सर्वाधिक खेल खेल्ने खेलाडी समेत बनेका छन्। जारी युरोकपमा ६ खेल खेलिसकेको रोनाल्डो अहिलेसम्म २० खेलमा सहभागिता जनाइसकेका छन् र अझै फाइनल खेल्न बाँकी नै छ।
सन् २००४ मा सबै ६ खेल खेलेका रोनाल्डोले २००८ मा ३ तथा २०१२ मा ५ खेल खेलेका थिए। यस्तै जर्मनीका कप्तन बास्टिन स्वाइन्स्टाइगर र इटलीका कप्तान तथा गोलरक्षक जियानलुजी बफोनले समान १७ खेलमा सहभागिता जनाएका छन्। कप्तानको रुपमा सर्वाधिक खेल खेल्ने रेकर्ड भने बुफोनकै नाममा छ। उनले कप्तान बनेपछि १३ खेल खेलेका छन्।
]]>
http://bizmandu.com/feed/euro-2016/-19108.html http://bizmandu.com/content/-19108.html http://bizmandu.com/assets/upload/contentthumb/-18366-4.jpg
content <![CDATA[पोर्चुगल १२ वर्षपछि युरोकपको फाइनलमा, वेल्स बाहिरियो]]> admin Thu, 07 Jul 2016 07:19:37 +0545 क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै युरोकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गर्दा वेल्सलाई पराजित गर्दै पोर्चुगल दोस्रो पटक युरोकपको फाइनलमा प्रवेश गरेको छ।

पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको वेल्सको ऐसिहासिक यात्रा सकिएको छ।

फ्रान्सको लियोनमा भएको पहिलो सेमिफाइनल खेलमा पोर्चुगलले वेल्सलाई २–०  ले पराजित गर्यो।

सन् २००२ मा पहिलो पटक युरोकपको फाइनलमा पुगेको पोर्चुगल १२ वर्षपछि पुन फाइनलमा पुग्न सफल भएको हो। घरेलु मैदानमा भएको उक्त फाइनलममा पोर्चुगल ग्रिससँग पराजित भएको थियो।


वेल्स विरुद्धको जितमा नायक बनेका पोर्चुगलका रोनाल्डोको एक गोल गरे भने अर्को गोलका लागि सहयोग गरे।

जारी युरोकपमा यसअघिका पाँच खेलमा निर्धारित समयमा जित हात पार्न नसकेको पोर्चुगलले पहिलो पटक निर्धारित समयमै जित निकाल्न सफल भएको छ। 

रोनाल्डो र वेलको भिडन्तका रुपमा हेरिएको खेलमा रोनाल्डोले आफुलाई प्रमाणित गर्दा बेललाई भने राम्सेको अनुपस्थिती स्पष्ट खड्कियो।

पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा तीन मिनेटमा पोर्चुगलको दुई गोल सम्भव भएको थियो। जसले खेलनै परिवर्तन गरिदियो।

जाओ मारियोलेको सर्ट कर्नर पासमा राफेल गुएरेइरोले गरेको लामो प्रहारलाई रोनाल्डोले हेड मार्फत गोल गर्दै ५० औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाए ।
वेल्स सम्हालिन नपाउँदै त्यसको तीन मिनेटपछि नै पोर्चुगलले अग्रता गोल थप्यो। यस पटक पनि रोनाल्डोकै भूमिका रह्यो। रोनाल्डोको पासमा नानीले गोल गर्दै पोर्चुगललको अग्रता दोब्बर पारे।

त्यसपछि वेल्सको खेलमा फर्कने सकेन। गारेथ बेलले डि एरिया बाहिरबाट गोल गर्न प्रयसा गरेपनि सफल हुन सकेनन्। 

यता वेल्स विरुद्ध गोल गरेसँगै रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने फ्रान्सका मिचेल प्लाटिनीको रेकर्ड बराबरी गरेका छन्। रोनालडोले जारी युरोपकमा ३ गोल गर्दै प्लाटिनीको नाममा रहेको ९ गोलको रेकर्ड बराबरी गरेका हुन्। सुरुवाती दुई खेलमा गोल गर्न नसकेका रोनाल्डोले हंगेरी विरुद्धको खेलमा दुई गोल गरेका थिए।

पोर्चुगलले अब फाइनलमा जर्मनी र फ्रान्स बीचको विजेतासँग खेल्नेछ। जर्मनीले फ्रान्सलाई हराए पोर्चुगलले आगामी वर्ष रुसमा हुने फिफा कन्फेडेरेसन कप खेल्नेछ।]]>
http://bizmandu.com/feed/euro-2016/-19104.html http://bizmandu.com/content/-19104.html http://bizmandu.com/assets/upload/contentthumb/99.JPG
content <![CDATA[प्रिभ्यु : पोर्चुगलविरुद्ध इतिहास रच्ने दाउमा वेल्स ]]> admin Wed, 06 Jul 2016 11:32:59 +0545 युरोकप २०१६ का सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा पोर्चुगल र वेल्सबीच प्रतिस्पर्धा हुँदैछ। लियोन स्थित स्टेड डे लियाने स्टेडियममा १२:४५ बजे खेल सुरु हुनेछ।
 
सेमिफाइनलसम्म आइपुग्दा यी दुई टोलीको कथा पूरै फरक छ। वेल्स समूह बीको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने पोर्चुगल समूह चरणमा तीनै खेल बराबरी गर्नै एक्लो टीम हो।
 
वेल्सले क्वाटरफाइनलमा बलियो मानिएको बेल्जियमलाई ३–१ ले हरायो, जुन सबैभन्दा राम्रो प्रदर्शन रह्यो। यस्तै पोर्चुगलले पेनाल्टीमा पोल्याण्डलाई ५–३ ले पराजित गरेको हो।
 
निर्धारित समयमा कुनै खेल जित्न नसकेको पोर्चुगल अपराजित छ तर प्रिक्वाटरफाइनलमा पनि पोर्चुगलले क्रोएसियालाई अतिरिक्त समयमै हराएको हो।यता वेल्सले भने समूह चरणमा इंगल्याण्डसँग हार बेहोरेको थियो। तर स्लोभाकिया र रसिया जस्ता टीमलाई पराजित गरेको वेल्सले प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको थियो।
 
वेल्स पहिलो सहभागितौ सेमिफाइनल पुगेको छ भने पोर्चुगल सातौं सहभागितामा पाँचौ पटक सेमिफाइनल पुगेको हो। यसअघि चार पटक सेमिफाइनल खेल्दा पोर्चुगल एकपटक मात्र फाइनल पुगेको थियो त्यो पनि ग्रिससँग पराजित हुँदै उपविजेता बन्यो।पहिलो सहभागितामै युरोकपको सेमिफाइनसम्म पुगेको वेल्स पोर्चुगलविरुद्ध ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा छ।
 

बेल भर्सेस रोनाल्डो

क्लब लेभलमा एकै क्लबबाट खेल्ने गारेथ बेल र रोनाल्डो युरोकपमा पहिलो पटक आमनेसामने हुँदैछन्। बेल्स र पोर्चुगलको खेललाई बेल भर्सेस रोनाल्डोको रुपमा पनि हेरिएको छ । तर बेलले यो बेल भर्सेस रोनाल्डो सिंगलभन्दा पनि टीम गेम भएको बताएका छन्। धेरै हदसम्म पोर्चुगल रोनाल्डोमा निर्भर रहेको छ भने वेल्स बेलभन्दा पनि टीम गेम खेल्ने टोलीको रुपमा अगाडि आएको छ।
 
क्वाटरफाइनलमा वेल्सले जसरी बेल्जियमलाई हरायो उनीहरु उत्कृष्ट त्यसले पनि वेल्सको क्षमता प्रमाणित गरिसकेको छ।बेल र रोनाल्डोडो क्लब लेभलमा स्पानिस रियल मड्रिडबाट खेल्छन्। त्यतिखेर गोल गर्नका लागि एकअर्कालाई सहयोग गर्ने यी दुई खेलाडी अब भने एकअर्का विरुद्ध कसरी गोल गर्ने भन्ने रणतीतिमा हुनेछन्। वेल र रोनाल्डोको लागि अहिले ठाउँ फरक, टीम फरक, अर्थ फरक बनेको छ। यस्तोमा जो चल्छ उसैले जित्ने निश्चित छ।
 
क्लब फुटबलमा सबैखाले उपलब्धि आत्मसात गरिसकेको रोनाल्डो जारी युरो खेल्ने ठुला स्टार हुन् तर उनले सोचेअनुरुप प्रदर्शन गर्न सकिरहेका छैनन्। समूह चरणमा हंगेरीविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्य खेलमा भने गोल गर्न सकेका छैनन्। यता समूह चरणको तीन वटै खेलमा गोल गरेको बेलले वेल्सका लागि शानदार प्रदर्शन गर्दै आइरहेका छन्। विशेषगरी फ्रिकिक र डेड बलहरुमा बेलको प्रदर्शन उत्कृष्ट छ।
 
वेल्स टीम गेमका कारण चर्चित छ भने पोर्चुगल वान म्यानमा निर्भर रहेको छ। रोनाल्डोको प्रदर्शन नै वेल्सविरुद्ध निर्णायक हुन सक्ने फुटबल पण्डितहरुको दाबी छ।नयाँ स्टारका रुपमा देखिएका रेनाटो सान्चेज पनि रोनाल्डोसँगै पोर्चुगलको मुख्य हतियारका रुपमा रहेका छन्। यस्तै नानीको प्रदर्शन पनि राम्रो छ।सब्सिच्युटको भूमिकामा मैदान छिर्ने रिकार्डो क्वारेस्माको भूमिका प्रभावकारी देखिँदै आएको छ।

 
राम्से आउट, घाटा र नाफा दुवै

सेमिफाइनल खेल्नुअघि वेल्सलाई सबैभन्दा चिन्ता राम्सेको अनुपस्थित नै हुनेछ। यसअघिका खेलमा अग्रपंक्तिमा बेललाई साथ दिँदै आएका राम्सेल निलम्बनका कारण सेमिफाइनल खेल्नेछैनन्। जसले गर्दा वेल्सलाई स्वाभाविक रुपमा घाटा लाग्नेछ। तर उनको अनुपस्थिति नै वेल्सको लागि फाइदा पनि हुन सक्नेछ।
 
राम्सेको स्थानमा खेल्ने नयाँ खेलाडीलाई खेलाउँदा झन् प्रदर्शन सुधारिन सक्नेछ भने विपक्षीले पनि उसलाई खासै नोटिस गर्नेछैन। यसको फाइदा वेल्सले लिन सक्नेछ। राम्सेको स्थानमा जोनी विलियम्स वा एण्डी किङले खेल्ने सम्भावना रहेको छ। यता डेभिसको स्थानमा जेम्स कोलिन्स वा ज्याज रिचर्डसले खेल्न सक्छन्।
 
यस्तै पोर्चुगलका विलियम कार्भाल्हो पनि निलम्बनका कारण वेल्सविरुद्ध खेल्नेछैनन् भने डिफेन्डर पेपेले खेल्ने सम्भावना कम छ। कार्भाल्होको स्थानमा डानिलोले खेल्ने सम्भावना बढी छ। यस्तै चोटका कारण कवाटरफाइनल गुमाएका राफेल गुएरेइरो र मिडफिल्डर आन्द्रे गोमेज पनि फिट भएका छन्।
 

इतिहास पोर्चुगलको पक्षमा

सन् १९८४ मा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको पोर्चुगल दोस्रो पटक फाइनलमा पुग्ने दाउमा छ। २००४ मा घरेलु भूमिमै भएको युरोकपमा पोर्चुगल उपविजेता बनेको थियो। पोर्चुगलले यसअघि पनि चार पटक सेमिफाइनल खेलिसकेको छ।
 
वेल्स भने पहिलो सहभागितामै फाइनल पुग्दै कीर्तिमान बनाउने योजनामा छ।पोर्चुगल र वेल्स मुख्य प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो। यसअघि भएका तीन खेलमा पोर्चुगलले दुई खेल जितेको छ भने वेल्स एक खेलमा विजयी भएको छ।
 
वेल्स सन् १९९२ पछि डेब्युमै सेमिफाइनल पुग्ने पहिलो टीम हो। यदि फाइनल पुगे सन् १९७२ मा जर्मनीपछि पहिलो टोली बन्नेछ।अहिलेसम्म सोभियत रुस, स्पेन, इटली र जर्मनीले पहिलो सहभागितामै उपाधि जितेका छन्। पोर्चुगल र वेल्स जो फाइनल पुगेपनि अहिलेसम्म युरोकप नतिजेको टोली फाइनल पुग्नेछ र उपाधि नै जिते युरोकपले नयाँ विजेता पाउनेछ।यदि अर्को सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई हराए जित्ने टीम आगामी वर्ष रसियामा हुने कन्फेडेरेसन कपमा छनोट हुनेछ।वेल्सले पोर्चुगलको विजेताले फाइनलमा जर्मनी र फ्रान्सको विजेतासँग उपाधिका लागि भिड्नेछ।

खेल हुने समय : मध्यरात १२:४५ बजे
खेल हुने स्थान : स्टेड डे लियोन, लियोन
हेर्नलायक खेलाडी : क्रिस्टियानो रोनाल्डो-पोर्चुगल, गारेथ बेल-वेल्स
हेड टु हेड : पोर्चुगल २, वेल्स १
युरो सहभागिता : पोर्चुगल ७, वेल्स १
फिफा वरियता : पोर्चुगल ८, वेल्स २५
मुख्य उपलब्धि : पोर्चुगल उपविजेता सन् २००४
 
सेमिफाइनल खेलाउने रेफ्री
रेफ्री : जोनास एरिकसन, स्वीडेन
असिस्टेन्ट रेफ्री : माथिएस क्लासेनिएस, डानिएल वार्नमार्क, स्वीडेन
एडिसनल असिस्टेन्ट रेफ्री : स्टेफाना जोहानसन, मार्कुस स्टोकवर्गसन, स्वीडेन
फोर्थ अफिसिएल : साइमोन मार्सिनिक, पोल्याण्ड
 
]]>
http://bizmandu.com/feed/euro-2016/-19088.html http://bizmandu.com/content/-19088.html http://bizmandu.com/assets/upload/contentthumb/13621437_1334495679911377_1791600651_o.jpg