A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/development-banks.html en-us Wed, 20 Jun 2018 23:05:54 +0545 content <![CDATA[क्लिन इनर्जी बैंक छैठौं वर्षमा, १० भन्दा बढी विद्युत परियोजनामा लगानी]]> admin Fri, 07 Sep 2012 23:53:21 +0545 बैकले यसै वर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट विकास बैक तथा वित्तीय संस्थाहरुको समूह अन्तर्गत नेसनल बेस्ट प्रजेन्टेड एकाउन्ट अवार्ड २०११ जितेको छ । बैकले गत आर्थिक वर्ष २१ करोड ४८ लाख सञ्चालन मुनाफा गर्न सफल भएको छ ।
यसैवीच एनएमबी बैक र प्राक्टिकल एक्सभन नेपालबीच ग्रामिण क्षेत्रका बेरोजगार युवा तथा लघु व्यवसायमा संलग्न व्यत्तिःको वित्तीय सेवामा पहुँच अभिवृद्धि गर्न विभिन्न कार्यक्रम लागु गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र बमोजिम कैलाली, धनगढी, डोटी र अछाम जिल्लमा यो कार्यक्रम लागु हुनेछ ।]]>
http://bizmandu.com/feed/development-banks/-857.html http://bizmandu.com/content/-857.html
content <![CDATA[सिटी बैंकले सेयरधनीलार्इ प्रस्ताव गर्यो, ३० प्रतिशत लाभांस नेप्सेमा स्वागत]]> admin Sun, 02 Sep 2012 04:05:10 +0545 काठमाडौं । सिटी विकास बैंकले लगानीकर्तालाई ३० प्रतिशत लाभांसको घोषणा गरेको छ । ३० प्रतिशतमध्ये १५ प्रतिशत बोनस सेयर हो भने १५ प्रतिशत नगद लाभांश हो । बैंकको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकबाट स्वीकृती र साधरणसभाबाट अनुमोदन हुने गरी लाभांसको प्रस्ताव गरेको हो ।
पोखरामा प्रधान कार्यालय रहेको मुक्तिानाथ विकास बैंकले पनि साढे २७ प्रतिशत नगद र साढे २२ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय सञ्चालक समितिबाट गराइसकेको छ ।
सिटी बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर तथा साढे छ प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले अघिल्लो वर्षभन्दा नाफा दोब्बरले बढाए पनि सेयरधनीलाई लाभांश भने दोब्बर दिएन । बैंकले गत वर्ष पाँच १९ लाखरुपैयाँ नाफा कमाएको थियो भने त्यस अघिल्लो वर्ष दुई करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । सिटीको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ ।
सर्वसाधरण लगानीकर्ताले ३० प्रतिशत लाभांस दिने बैंकको नेप्सेमा जोडदार स्वागत गरेका छन् । प्रतिशतका आधारमा आइतवार सिटीको सेयर मूल्य सबैभन्दा बढी बढ्यो । एकै दिन १८ रुपैयाँले सेयर मूल्य बढेर सिटीको कारोवार भयो । यो प्रतिशतका आधारमा नौ दशमलव ८८ प्रतिशत हो ।
नेपाल स्टक एक्सचेञ्जमा सिटी बैंकको पछिल्लो कारोवार एकसय ६० रुपैयाँमा भएको थियो ।
]]>
http://bizmandu.com/feed/development-banks/-784.html http://bizmandu.com/content/-784.html http://bizmandu.com/assets/upload/contentthumb/city_development_bank.jpg
content <![CDATA[भाजुरत्न फाइनान्स भिबोर बिकास बैंकसँग मर्ज, आजबाट एकीकृत कारोवार]]> admin Sat, 01 Sep 2012 21:09:41 +0545 दुवै कम्पनी मर्ज भएपछि ७५ करोड चुक्ता पुँजी भएको विकास बैंक बन्नेछ । भिवोरको अहिले ६८ करोड १७ लाख रुपैयाँको चुक्ता पुँजी छ भने भाजुरत्नसँग सात करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ ।
नेपाल स्टकमा सूचीकृत यी दुई कम्पनीमध्ये भिवोरको पछिल्लो कारोवार ११२ रुपैयाँमा भएको थियो भने भाजुरत्नको ११६ रुपैयाँमा भएको थियो । मर्ज भएपछि कम्पनीको चुक्ता पुँजी बढाएर एक अर्ब ३६ करोड पुर्याउने लक्ष्य राखिएको छ । भिवोरमा भाजुरत्नको प्रमुख प्रवद्र्धक ज्योती समूहले १४ करोड ८० लाख रुपैयाँ र भिवोरका प्रवद्र्धकले २० करोड ८० लाख रुपैयाँ थप्ने योजना छ ।
कम्पनीले थप २४ करोड १० लाख रुपैयाँ मर्जर वा हकप्रद सेयर जारी गरेर उठाउने योजना बनाएको छ । योजना अनुसार काम भए भिवोरमा संस्थापकको ६१ प्रतिशत र सर्वसाधरणको ३९ प्रतिशत सेयर रहनेछ ।
घरजग्गा कारोवारलाई केन्द्रमा राखेको भिवोर दुई वर्ष अघिदेखि संकटमा छ । घरजग्गा ओरालो लागेपछि सुरु भएको संकट अहिले केही जारी छ । एक साता अघि मात्रै भिवोरले रविभवनमा भएको जग्गा प्रभाकरण सम्शेर राणाको कम्पनी सौर्य हाउजिङलाई एक अर्ब ३७ करोड ५० लाख रुपैयाँमा विक्री गरेको थियो । भिवोरले अन्य ठाउँका सम्पत्ती समेत विक्री गर्दै आएको छ । कम्पनीले अब आफूलाई विशुद्ध बैकिङमा केन्द्रित गर्ने योजना बनाएको छ ।]]>
http://bizmandu.com/feed/development-banks/-777.html http://bizmandu.com/content/-777.html http://bizmandu.com/assets/upload/contentthumb/vibor_dev_bank1.jpg
content <![CDATA[मुक्तिनाथको ‘बम्पर’ बोनस, लगानीकर्तालाई साढे २७ प्रतिशत नगद, साढे २२ प्रतिशत सेयर]]> admin Fri, 31 Aug 2012 07:10:35 +0545 बैंकले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नाफा दोब्बरले वृद्धि गर्न सफल भएका कारण उच्च दरमा लाभांश दिन लागेको हो । बैंकले प्रकासित गरेको २०६९ असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा ७ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ६६ लाख मुनाफा आर्जन गरेको थियो ।
खराव कर्जाको जोखिम व्यवस्था वापत व्यवस्था गर्नुपर्ने रकम अघिल्लो वर्षको तुलनामा उच्च दरमा घटेका कारण बैंकको मुनाफामा उच्च बृद्धि भएको हो । आव २०६७÷६८ मा बैंकले संभावित नोक्सानीकालागि एक करोड ७४ लाख रुपैयाँमा छुट्टयाएकोमा गत आव मा ७६ लाख मात्रै छुट्टयाउनुपरेको थियो ।
२० करोड चु्क्ता पुँजी भएको बैंकको २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत छन् । विहिवारको कारोवारबाट बैंकको सेयर मूल्य प्रति कित्ता २९३ रुपैंयामा भैरहेको छ ।
 
]]>
http://bizmandu.com/feed/development-banks/-771.html http://bizmandu.com/content/-771.html http://bizmandu.com/assets/upload/contentthumb/prithivechowk.jpg
content <![CDATA[भिवोर र भाजुरत्न एक, एकीकृत कारोवार भदौ १७ बाट, विस्तारको यस्तो छ योजना]]> admin Fri, 24 Aug 2012 07:20:56 +0545 दुवै कम्पनी मर्ज भएपछि ७५ करोड चुक्ता पुँजी भएको विकास बैंक बन्नेछ । भिवोरको अहिले ६८ करोड १७ लाख रुपैयाँको चुक्ता पुँजी छ भने भाजुरत्नसँग सात करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ । नेपाल स्टकमा सूचीकृत यी दुई कम्पनीमध्ये भिवोरको पछिल्लो कारोवार ११२ रुपैयाँमा भएको थियो भने भाजुरत्नको ११६ रुपैयाँमा भएको थियो । मर्ज भएपछि कम्पनीको चुक्ता पुँजी बढाएर एक अर्ब ३६ करोड पु¥याउने लक्ष्य राखिएको छ । भिवोरमा भाजुरत्नको प्रमुख प्रवद्र्धक ज्योती समूहले १४ करोड ८० लाख रुपैयाँ र भिवोरका प्रवद्र्धकले २० करोड ८० लाख रुपैयाँ थप्ने योजना छ ।
कम्पनीले थप २४ करोड १० लाख रुपैयाँ मर्जर वा हकप्रद सेयर जारी गरेर उठाउने योजना बनाएको छ । योजना अनुसार काम भए भिवोरमा संस्थापकको ६१ प्रतिशत र सर्वसाधरणको ३९ प्रतिशत सेयर रहनेछ । घरजग्गा कारोवारलाई केन्द्रमा राखेको भिवोर दुई वर्ष अघिदेखि संकटमा छ । घरजग्गा ओरालो लागेपछि सुरु भएको संकट अहिले केही जारी छ । एक साता अघि मात्रै भिवोरले रविभवनमा भएको जग्गा प्रभाकरण सम्शेर राणाको कम्पनी सौर्य हाउजिङलाई एक अर्ब ३७ करोड ५० लाख रुपैयाँमा विक्री गरेको थियो । भिवोरले अन्य ठाउँका सम्पत्ती समेत विक्री गर्दै आएको छ । कम्पनीले अब आफूलाई विशुद्ध बैकिङमा केन्द्रित गर्ने योजना बनाएको छ ।

प्रभाकर राणाले १३७ करोडमा किने रविभवनको ४५ रोपनी, पाँचतारे डिलक्स होटल खोल्दै

http://www.bizmandu.com/content/-488.html#.UDd3r6BeP1Q
]]>
http://bizmandu.com/feed/development-banks/-680.html http://bizmandu.com/content/-680.html http://bizmandu.com/assets/upload/contentthumb/vibor_dev_bank.jpg
content <![CDATA[खतिवडाको निर्देशन विपरित सोसलले उच्च नाफाका लागि जोखिममा लगानी]]> admin Mon, 20 Aug 2012 23:02:41 +0545 गभर्नर खतिवडाले जे नगर्नु भनेर नक्सालबाट फर्केका थिए, बैंकले त्यही गर्यो, जसको परिणाम १८ महिनापछि सार्वजनिक भएको छ । परिणाम सार्वजनिक हुँदा बैंक १० करोड रुपैयाँमा घाटामा छ । सोसियल डेभलपमेन्ट बैंकले एकै व्यक्तिलाई दिएको नौ करोड रुपैयाँ डुवेपछि बैंक ठूलो नोक्सानीमा परेको हो । यस पटक ऋण नउठेका कारण बैंकले ९ करोड २४ लाख रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ । यसैका कारण बैंक १० करोड ४ लाख रुपैयाँ घाटामा छ ।

डेढ वर्ष  अघि  सोसल डेभलपमेन्ट बैंकको उद्घाटन गर्दै गभर्नर खतिवडाले भनेका थिए, बैंक स्वभाविक नाफाको पछाडि लाग्नु पर्छ । सामाजिक सेवामा जोड दिनु पर्छ । सामान्य नाफा कमाउने गरी लाग्नु भयो भने बेंकलाई पनि राम्रो हुन्छ । ग्राहक पनि खुसी हुन्छन्

अघिल्लो वर्ष व्याज आम्दानी २ करोड ७१ लाख गरेको बैंकले यसपाली जम्मा एक करोड ६३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । बैंकले अघिल्लो वर्ष डुवेको ऋणसमेत उठाउन सकेको छैन । डेढ वर्षअघि बैंकको उद्घाटन गर्दै राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले हिजो यतिको वृद्धि थियो आज त्योभन्दा वढी हुनु पर्छ भनेर हुँदैन । नाफाका लागि संस्थापक सेयरधनी र सञ्चालकले पनि दवाव दिनु हुँदैन । बैंक स्वभाविक नाफाको पछाडि लाग्नु पर्छ । सामाजिक सेवामा जोड दिनु पर्छ । सामान्य नाफा कमाउने गरी लाग्नु भयो भने बेंकलाई पनि राम्रो हुन्छ । ग्राहक पनि खुसी हुन्छन्, भन्दै शुभकामना दिएका थिए ।
शुभकामना विपरित बैंकले छिटो र धेरै मुनाफाका लागि उच्च जोखिममा लगानी गर्यो, जुन लगानीले बैंक नाफामा त जान सकेन, विकास बैंकमै सबैभन्दा धेरै घाटा भएका बैंकहरुको सूचीमा अघि आयो । गभर्नर खतिवडाले शुभकामना दिएको वर्ष बैंकले सात लाख ४४ हजार नाफा कमाएको थियो ।
उच्च जोखिममा गरेको लगानीले सुरुमा राम्रै प्रतिफल दिन्छ, माघमा खुलेको बैंकले असारको वासलातमा साढे सात लाख नाफा पनि गर्यो तर दिर्घकालमा १० करोडको घाटा लाग्यो ।
बैंक घाटामा गएसँगै खराव ऋणको अंश शुन्यबाट वढेर १९.६५ प्रतिशत पुगेको छ । ३८ करोड २६ लाख चुक्ता पुँजी भएको बैंकले सर्वसाधारणमा सेयर जारी गरिसकेको छैन । बैंकले ५४ करोड १८ लाख ऋण लगानी गरेको छ । बैंकसँग ४५ करोड रुपैयाँ निक्षेप छ ।
उता बजारमा पर्याप्त तरलता भए पनि तरलता अभावसँग जुधिरहेको कुवेर मर्चेन्टको पनि घरजग्गा गएको ऋण डुवेको छ । कुवेर मर्चेन्टले १० करोड ५३ लाख रुपैयाँ घाटामा गएको छ । कुवेर मर्चेन्टले नोक्सानी व्यवस्थामा ५ करोड १६ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष कम्पनीले एक करोड ३४ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्ष डुवेका ऋण पनि कम्पनीले उठाउन सकेको छैन ।
निक्षेप घट्न थालेपछि कम्पनीले वढी व्याज दिन थालेकाले यसपाली ब्याज घाटा भएको छ । कम्पनीलाई व्याज घाटा १ करोड ४१ लाख रुपैयाँ भएको छ । कम्पनीको निक्षेप १ अर्ब १६ करोडबाट घटेर ८० करोडमा आएको छ ।
]]>
http://bizmandu.com/feed/development-banks/-634.html http://bizmandu.com/content/-634.html
content <![CDATA[पाथीभरा विकास बैंकले सेयरधनीलाइ १३ प्रतिशत नगद लाभांस दिने]]> admin Thu, 16 Aug 2012 21:50:06 +0545 http://bizmandu.com/feed/development-banks/-595.html http://bizmandu.com/content/-595.html content <![CDATA[त्रिवेणी विकास बैंकले १३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने]]> admin Wed, 15 Aug 2012 04:16:28 +0545 बैंकले यस आर्थिक वर्षमा पाँच करोड ९४ लाख रुपैयाँ संचालन मुनाफा तथा तीन करोड ७८ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो गत वर्षको तुलनामा संचालन मुनाफामा २० प्रतिशत तथा खुद मुनाफामा २१ प्रतिशतले बढि हो ।
बैंकले आर्थिक वर्ष २०६८÷६९ मसान्तसम्म दुई अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरको छ भने  एक अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ  । निक्षेप गतवर्षभन्दा ४४ प्रतिशत र कर्जा लगानी २४ प्रतिशतले बढी हो ।
यसैवीच बैंकले     त्रीवेणी घर कर्जा तथा सेयर कर्जाको पनि सुरुवात गरेको छ । बैंकले १५ वर्षसम्म घरकर्जाको लागि १२.९९ प्रतिशत व्याज तथा सेयर कर्जाको लागि १४.५० प्रतिशत व्याज निर्धारण गरेको छ । घरजग्गा कर्जा अन्तरगत १० लाखदेखि ९० लाख सम्म तथा सेयर कर्जाको लागि पाँच लाखदेखि ५० लाखसम्म  लिन सकिने बैंकले जानकारी दिएको छ ।
 
]]>
http://bizmandu.com/feed/development-banks/-570.html http://bizmandu.com/content/-570.html
content <![CDATA[मनास्लु बैंकले खोल्यो चितनवको नारायणघाटमा नयाँ शाखा]]> admin Thu, 09 Aug 2012 22:12:44 +0545 ]]> http://bizmandu.com/feed/development-banks/-509.html http://bizmandu.com/content/-509.html content <![CDATA[ज्योति विकास बैंक ११ करोड नाफामा, एनआइडीसीको विराटनगरमा एटिएम]]> admin Tue, 24 Jul 2012 23:46:25 +0545 http://bizmandu.com/feed/development-banks/-319.html http://bizmandu.com/content/-319.html content <![CDATA[सिभिकको ११ करोड रुपैयाँ निक्षेप, ११ लाख नाफा]]> admin Fri, 20 Jul 2012 22:54:14 +0545 बैंकको ४ हजार २ सय ५८ जना ग्राहक निक्षेपतर्फ रहेको र ३ सय १४ जना ऋणी रहेका छन् । बैंकले छिट्टै सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । बैंकले १ करोड २० लाख मूल्य बराबरको सेयर जारी गर्न लागेको हो । अहिले बैंकको अधिकृत पूँजी १० करोड,जारी पूँजी ४ करोड र चुक्ता पूँजी २ करोड ८० लाख रुपैयाँ छ ।]]> http://bizmandu.com/feed/development-banks/-270.html http://bizmandu.com/content/-270.html content <![CDATA[गोर्खा बैंक चलाउने जिम्मा कृषि प्रेमुरालाई, निक्षेप फिर्ता सुरु]]> admin Mon, 16 Jul 2012 00:09:55 +0545 बैंक चलाउन सञ्चालकबीच विवाद हुन थालेपछि बैंकले पैसा फिर्ता गर्न छाडेको थियो । बैंकमा निर्मल गुरुङ, डिवी बम्जन र राकेश अडुकिया मूख्य सञ्चालक समुह रहेको छ । करिव १ महिनाअघि तीन वटै सञ्चालक समुहबीच बैंकलाई अगाडि वढाउन सहमति भएको थियो ।
सहमति अनुसार, राकेश अडुकिया समुहको कृषि प्रेमुरा होल्डिङ प्रालीले कार्ययोजना बनाएर बैंक चलाउने जिम्मा पाएको छ । बैंकले महिनाको एक पटकका दरले निक्षेप फिर्ता गर्ने छ । बैंकमा ५० हजार जम्मा गरेकाले ५ हजार रुपैयाँ पाउने छन् । २ लाखसम्म हुनेले १० हजार, ५ लाखसम्म हुनेले १५ हजार, १० लाखसम्म हुनेले २० हजार, २५ लाखसम्म हुनेले ३० हजार, ५० लाखसम्म हुनेले ५० हजार र त्यसभन्दा माथि हुनेले १ लाख रुपैयाँका दरले मासिक भुक्तानी पाउने छन् ।

]]>
http://bizmandu.com/feed/development-banks/-212.html http://bizmandu.com/content/-212.html http://bizmandu.com/assets/upload/contentthumb/gurkha_bank.jpg