A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/corporate/20181204091517.html en-us Tue, 04 Dec 2018 09:15:17 +0545 content <![CDATA[भारतमा सिजी फुड्सले साधारण शेयर जारी गर्दै, २०२० मा शेयर निष्काशन, न्युयोर्क स्टक छुने लक्ष्य]]> admin Tue, 04 Dec 2018 09:15:17 +0545 Siddartha Bank काठमाडौं। चौधरी समूहको सिजी फुड्सले भारतीय बजारमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। सिजीले सन् २०२० मा साधारण शेयर जारी गर्नुका साथै तयारी चाउचाउ बाहेक अन्य दैनिक उपभोग्य वस्तुको उत्पादनसमेत थाल्ने भएको छ।

भारतमा अहिलेको बार्षिक उत्पादन क्षमतालाई दोब्बर पार्दै सन् २०२० सम्ममा ५ लाख प्याकेट चाउचाउ बिक्री गर्ने कम्पनीको योजना छ।


योबाहेक सिजी कर्प ग्लोबलले सौन्दर्य प्रशाधन र लुगा धुने पाउडर (नयाँ ब्राण्ड) को साथै लोकप्रिय वाइवाइ ब्राण्डमा तयारी खाजा, अन्न लगायतको उत्पादनसमेत ल्याउने भएको छ। 

चौधरी समूहका अध्यक्ष बिनोद चौधरीले भने, सन् २०२० मा हाम्रो सिजी फुड इण्डियाले प्राथमिक शेयर जारी गर्ने छ। सिजी फुड इण्डियाको बार्षिक कारोबारको आकार १ हजार करोड भारु बराबर छ। 

अध्यक्ष चौधरीले भने, हामी युरोपेली कम्पनीसँगको सहकार्यमा पर्सनल केयरका उत्पादन लिएर सन्‌ २०१९ मा बजार प्रवेश गर्नेछौं। नेपालमा हामी पहिलेदेखि नै अत्यावश्यक वस्तु र खाद्यान्न उत्पादन गरिरहेका छौं।

गत साता मात्रै कजाकिस्तानमा चाउचाउ प्लान्ट खरिद गरेको सिजी कर्प ग्लोबलले बंगलादेशमा यसै महिनादेखि वाइवाइ चाउचाउ उत्पादन शुरु गर्दैछ। इजिप्टको राजधानी कायरो नजिकै साथै श्रीलंकामा समेत वाइवाइको प्लान्ट बिस्तार गरिन लागेको चौधरीले जानकारी दिए।



न्यूयोर्क स्टक एक्सचेञ्जको लक्ष्य
विनोद चौधरीले वाइवाइ कसरी ग्लोबल ब्राण्ड बन्दै छ भनेर आत्मकथामा पनि लेखेका छन्।

चौधरी भन्छन्- रोजगार निम्ति विदेश जाँदा पनि नेपालीले वाइवाइसँग नाता तोड्न सकेका छैनन्। अनि सोच्छु, अरु कति देशका कति विमानस्थलमा नेपालीहरु वाइवाइसँग नाता गाँस्दै विदेशी भूमिमा ओर्लिरहेका होलान्। वाइवाइका कार्टुन ओसार्दै होलान्। विदामा घर फिरेका साथीसँग वाइवाइकै फरमाइस गरिरहेका होलान्। साथीले कोसेली ल्याइदिएको वाइवाइ छिट्टै निख्रिएला भनेर पुर्याइ पुर्याइ खाँदै होलान्।
 
कम्तिमा वाइवाइसँगै हुर्किएका पुस्ता जहाँजहाँ पुगेका छन्, त्यहाँत्यहाँ वाइवाइ नपुर्याइ म यो यात्रा  बिसाउँदिन। 
 
यी सम्पूर्ण कुराको धरातलमा उभिएर म के विश्वासका साथ भन्नसक्छु भने, सिजी फुड्स (ग्लोबल) कुनै दिन भारतको स्टक एक्सचेञ्ज हुँदै सिंगापुर र न्युयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत हुनेछ।]]>
http://bizmandu.com/content/20181204091517.html http://bizmandu.com/content/20181204091517.html http://bizmandu.com/assets/upload/contentthumb/aq0woepoVKxp.jpg
comment <![CDATA[By: dharma]]> Thu, 01 Jan 1970 05:30:00 +0530 9 comment <![CDATA[By: Ajaya Ghimire]]> Thu, 01 Jan 1970 05:30:00 +0530 11 comment <![CDATA[By: Rajesh]]> Thu, 01 Jan 1970 05:30:00 +0530 10 comment <![CDATA[By: Umesh]]> Thu, 01 Jan 1970 05:30:00 +0530 11