A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/corporate/20181101094445.html en-us Thu, 01 Nov 2018 09:44:45 +0545 content <![CDATA[सूचना प्रविधिका सामानमा पनि भन्सार! कम्प्युटर मनिटरलार्इ टेलिभिजन सेट मान्दै भन्सार]]> admin Thu, 01 Nov 2018 09:44:45 +0545 NCHL
काठमाडौं। तीन महिना अघि आयातित डेल ब्राण्डको कम्प्युटर मनिटर वीरगञ्ज भन्सार कार्यलयले रोकिदियो ।

कम्प्युटर मनिटर आयात गरेर टेलिभिजनको रुपमा बिक्री गरेको भन्दै भन्सार कार्यालयले एचडीएमआई भएको मनिटरमा टेलिभिजन सरह कर तिर्नुपर्ने जिकिर गर्यो।तर, व्यवसायीहरुले भने कम्प्युटर सम्बन्धी पार्टपुर्जामा शून्य भन्सार रहेको भन्दै कर तिर्न नमानेपछि तीन महिना यता कम्प्युटर मनिटरको भन्सार क्लियरेन्स भएको छैन । तीन महिनादेखि भन्सारको गोदाममा मनिटर थन्किएको छ।


 विश्व व्यापार संगठनको सदस्य राष्ट्रले नै कम्प्युटरको पार्टपुर्जामा शुन्य भन्सार हुनुपर्ने प्रावधान छ। त्यही आधारमा नेपालमा आयात हुने सूचना प्रविधि सम्वन्धी सामान शुन्य भन्सारमै आइरहेको थियो। तर एकाएक अर्थमन्त्रालयको निर्देशनमा कम्प्युटर मनिटरमा समेत टेलिभिजन सेट जसरी भन्सार लगाउने निर्णय भयो। व्यवसायीका अनुसार अहिले पूराना आयात भएका मनिटर मात्रै बिक्री भइरहेका छन्।

व्यवसायीहरुले कम्प्युटर मनिटर भनेर डिस्प्ले बोर्डको आयात गरेको भन्सारका अधिकारीहरुले शंका गरेपछि व्यवसायी र भन्सार अधिकारीहरु बीच विवाद बढेको छ। भन्सार कार्यालयले टेलिभिजनमा जत्तिकै कर लगाए मनिटरमा पनि २० प्रतिशत भन्सार शूल्क र १० प्रतिशत अन्तशूल्क लाग्छ । त्यसमा १३ प्रतिशत भ्याट जोड्दा कम्प्युटर मनिटरमा कर मात्रै ४३ प्रतिशत तिर्नुपर्छ।

नियोटेरिक, ओशियान, जेनेरेशन नेक्स्ट लगायतका आधा दर्जन डिस्ट्रिव्यूटर्सहरुले आयात गरेको कम्प्युटर मनिटर अहिले भन्सार कार्यलयहरुमै अलपत्र परेका छन् । वीरगंज भन्सार कार्यलयका प्रवक्ता सन्तोष यादवले सेटअप बक्स लगाएर टेलिभिजनको रुपमा प्रयोग गर्न मिल्ने कम्प्युटर मनिटरलाई टेलिभिजन सरह कर लिने व्यवस्था गरिएको बताए ।

‘भन्सारका अधिकारीहरुले टेलिभिजन र कम्प्युटरको मनिटर नचिन्दा करोडौ रुपैयाँ लगानीका सामान भन्सार कार्यलयमा अलपत्र परेको छ । सरकारको जसरी पनि राजस्व बढाउने नीतिले व्यवसायिक वातावरण प्रभावित भयो’, ओशियन कम्प्युटरका सुरेश कायस्थले भने । कम्युटर आयात गरी बिक्री गर्दै आएका अर्का एक व्यवसायीले भने, ‘डेल ब्राण्डको कम्प्युटर निर्माण गर्ने कम्पनीले टेलिभिजन त बनाउँदैन । कुनै बस्तुको हार्मोनिक कोडको आधारमा भन्सार दर लाग्ने हो । कम्प्युटर मनिटर र टेलिभिजनको हार्मोकि कोड नै फरक छ ।’ ब्राण्डेड कम्प्युटरका एउटा डिष्ट्रिव्यूटरले वर्षमा ८० हजारदेखि एक लाख कम्प्युटर मनिटर आयात गर्ने गरेका छन् ।

व्यवसायीहरुले भने टेलिभिजन र कम्प्युटर मनिटरको प्राविधिक बनावट नै फरक हुने भएकाले मनिटरमा टेलिभिजन सरह कर नलगाउन वीरगञ्ज भन्सार कार्यलय र भन्सार विभागमा पटक पटक अनुरोध गरे पनि सुनुवाई भएको छैन।सूचना प्रविधि व्यवसायीहरुको संस्था कम्प्युटर एशोशियन महासंघले टेलिभिजन र कम्प्युटर मनिटरको प्राविधिक बनावटको फरक भएकोले शुन्य भन्सारनै हुनुपर्ने जिकिर गर्दै निवेदन दिएको छ। तर अहिलेसम्म कुनै सुनुवार्इ भएको छैन। भन्सारका अधिकारीहरु भने व्यवसायीलाई ३० प्रतिशत धरौटी राखेर सामान छुटाउन दवाव दिन थालेका छन् । तर, व्यवसायीहरु भन्सार कार्यलयले भने अनुसार धरौटी राख्न तयार छैनन् ।

‘अहिले उहाँहरु ३० प्रतिशत धरौटी राखेर सामान छुटाउनुस र भन्सार शूल्क परिमार्जनको लागि पुनरावेदन गर्नुस भनिरहेका छन्’, एक व्यवसायीले भने, ‘भन्सारमा राखेको धरौटी फिर्ता भएको इतिहास छैन् । धरौटीमा राखेर सामान छुटाउने हो भने मनिटरमा  पनि ३० प्रतिशत राजश्व तिर्न तयार हुनु हो । त्यसपछि सामानको मूल्य कति राखेर विक्री गर्ने अन्यौल हुन्छ ।’

व्यवसायीहरुले नयाँ सामान मगाउन एलसी खोल्नुपर्ने बेलामा धरौटी राख्न नसक्ने जवाफ भन्सार अधिकृतहरुलाई दिएका छन् । यता भन्सार विभागका महानिर्देशक तोयम रायले कम्प्युटरको मनिटर भन्सार कार्यलयमा रोकिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । उनले भने, ‘चिनीको आयात रोकिएको चाहीँ थाहा छ, कम्प्युटर मनिटरको विषयमा केही थाहा छैन । कानुनले स्पष्ट गरेका वस्तुहरुलाई भन्सार कार्यलयमा रोक्नुपर्ने कारण छैन ।’ यसअघि कम्प्युटर एशोशिएशन महासंघका पदाधिकारी र व्यवसायीहरुलाई भने उनै महानिर्देशक रायले धरौटीमा सामान छुटाउन सुझाव दिएका थिए ।

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले व्यवसायीहरुले आयात गरेको वस्तु कम्प्युटर मनिटर वा डिस्प्ले बोर्ड के हो भन्ने छुट्टयाउन भन्सार विभागलाई निर्देशन दिएको बताए । ‘मलाई यो विवादको विषयमा राम्रोसँग थाहा छ । व्यवसायीहरुले ल्याएको कम्प्युटर मनिटर नै हो कि डिस्प्ले बोर्ड हो भन्ने कुरा यकिन गर्ने काम भन्सार विभागले गरिरहेको छ’, ढुंगानाले भने ।





]]>
http://bizmandu.com/content/20181101094445.html http://bizmandu.com/content/20181101094445.html http://bizmandu.com/assets/upload/contentthumb/cXNgavJ1mt2K.jpg
comment <![CDATA[By: Realist]]> Thu, 01 Jan 1970 05:30:00 +0530 11 comment <![CDATA[By: Realist]]> Thu, 01 Jan 1970 05:30:00 +0530 13