A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/commodity.html en-us Wed, 20 Jun 2018 23:06:33 +0545 content <![CDATA[दैनिक नौसय लगानीकर्ता हुने कमोडिटी बजारमा अहिले मुस्किलले दुई सय]]> admin Thu, 06 Sep 2012 00:26:41 +0545 नेपाल धितोपत्र वोर्डले एक साताअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार, कमोडिटी एक्सचेन्जहरुले सफ्टवेयरमार्फत ठग्ने, विदेशी विनियमको कारोबार गर्ने, नाफा हुँदा कम दिने, घाटा भए धरौटी रकम  खाइदिने जस्ता वेथिति सार्वजनिक गरेको थियो । प्रतिवेदनमा ९० प्रतिशत लगानीकर्ता घाटामा जाने गरेको उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक भएसँगै ६ वटै एक्सचेन्ज कम्पनीबाट ग्राहक वाहिरिएका छन् । स्रोतका अनुसार दैनिक दुई/अढाइ सयको हाराहारीमा ग्राहकले छाडिरहेका छन् ।   अहिले कमोडिटी मेटल एक्सचेन्ज (कोमेन), मर्कन्टायल एक्सचेन्ज (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडेक्स), नेपाल स्पट एक्सचेन्ज (एनएसइ), कमोडिटी फ्युचर एक्सचेन्ज (सिएफएक्स) र वेक्स नेपाल सञ्चालनमा छन् । रिपोर्टले ६ वर्षमा लगानीकर्ताले ५० अर्ब लगानी गरेको उल्लेख छ ।
सेयर बजार घट्न थालेपछि एकाएक मौलाएको कमोडिटी फ्युचर कारोबारमा अहिले कंगाल हुने ग्राहक वढेका छन् । ग्राहकलाई सजिलै ठगेर नाफा गर्न सकिन्छ भनेर च्याउ उम्रेसरी खुलेका कमोडिटी फ्युचर कम्पनीहरुसँग दैनिक औषत नौ सय ग्राहक हुन्छन् । तर एक सातादेखि यो घटेर अढाइ सयको हाराहारीमा आइसकेको छ । एक वर्ष अघि दैनिक कारोबार गर्ने ग्राहक तीन हजारको हाराहारीसम्म थिए ।
नियामक निकाय र आवश्यक ऐन नहुँदा कमोडिटी फ्युचर बजार ग्राहकका लागि अर्को ‘क्यासिनो’ बनेको हो । यही बजारका एक जानकारका अनुसार, सुरुसुरुमा लगानी गर्ने एक सयमध्ये ९९ जनाले गुमाउँथे । अहिले यो घटेर ९० मा आएको छ । ग्राहक संख्या घटेर गुमाउने प्रतिशत कम आएको उनले बताए ।
अहिले नयाँ नयाँ सफ्टवेयर ल्यायौं भन्दै ग्राहकलाई आकर्षित गर्ने काम भइरहेको छ, उनले भने, सफ्टवेयरले ग्राहकलाई फाइदा गराउन सक्दैन, कम्पनीको सम्पति मात्र थपिएको हो । उनका अनुसार, कारोबार घटिरहँदा पनि कम्पनीहरु नफामा छन् । कम्पनी नाफामा जानुको एउटै कारण हो पारदर्शी कारोबार छैन । ग्राहकले गुमाइरहेका छन् ।
कम्पनी जसले खोले पनि हुन्छ घाटमा जाँदैजान्न, उनले भने, कमिसन नै धेरै हुन्छ । त्यसमाथि कसैले नियमन नगर्ने भएकाले कारोबारमा तलमाथि गर्न सकिन्छ । कम्पनीहरुले एक हजारको कारोबारमा २ सय ५० रुपैयाँसम्म पनि कमिसन राख्ने गरेका छन् ।
कम्पनीहरुले क्लियरिङ हाउस (कारोबार राफसाफ गर्ने) वेग्लै लगानीकर्ताको कम्पनी भनेर दावी गरिए पनि एक्सचेन्जकै एउटा पाटो हो । कारोबार गर्दा ग्राहक नाफामा गए पनि क्लियरिङ हाउसले गुमाउँछ । एक करोड रुपैयाँ पनि लगानी नभएको क्लियरिङ हाउस उस्तै परे एकै दिनमा घाटामा जाने पनि हुन सक्छ । त्यही भएर क्लियरिङलाई नाफामा लैजान कारोबारमा तलमाथि गरिन्छ ।
कारोबार गर्दा एक दुई दिनको अन्तरमा कम्पनीहरुको सफ्टवेयरमा समस्या देखिन्छ । यो प्राकृतिक समस्या होइन । एक्सचेन्ज आफैले अस्थायी रुपमा ल्याएको समस्या हो, ती अधिकारीले भने । बजारमा एकदमै तलमाथि भएको अवस्थामा घाटा हुन सक्ने विश्लेषणमा कम्पनीले सफ्टवेयरलाई समस्यामा देखाउँछ । बजार घटेको अवस्थामा सफ्टवेयर बनाएको वहाना पार्दै कम्पनीले नाफा निकाल्छ ।
एक्सचेन्ज कम्पनीको नाफा भनेको ग्राहकसँग लिने कमिसन मात्र हो । क्लियरिङ हाउसमा भने मूल्य र कमिसन दुवैबाट नाफा निस्कने भएकाले वढी हुन्छ । त्यही भएर एक्सचेन्ज कम्पनीले अरुलाई क्लियरिङको जिम्मा दिँदैनन् । आफैले नदेखिने गरी सञ्चालन गर्छन् ।
नेपाली एक्सचेन्ज कम्पनीहरुले सुन, चाँदी, तामा, कच्चा तेललगायतको कारोबार गर्छन् । ग्राहकले पैसाको वद्लामा सुनलगायतका वस्तु मागे त्यो पाइँदैन । कम्पनीहरुले तीन वर्षदेखि नेपाली कृषि उत्पादनको पनि ‘फ्युचर’ कारोबार गर्ने भन्दै आएका छन् । तर कसैले पनि गरेका छैनन् ।
]]>
http://bizmandu.com/feed/commodity/-838.html http://bizmandu.com/content/-838.html http://bizmandu.com/assets/upload/contentthumb/comodity_market_nepal2.jpg
content <![CDATA[कमोडिटीमा अनियमितता, रिद्धिसिद्धिका मालिकलाइ घाटाको कम्पनीबाट बोनस]]> admin Sat, 25 Aug 2012 01:05:31 +0545 कमोडिटिज एण्ड मेटल एक्सचेन्ज नेपाल लिमिटेड (कोमेन)
लेखापरीक्षण  प्रतिवेदन  अध्ययन  गर्दा  कारोवारका  लागि  सेटलमेण्ट  ग्यारेण्टी  फण्डको  कुनै  व्यवस्था  गरिएको पाइएको छैन  । कम्पनी लगातार घाटामा गएपनि कम्पनीका सञ्चालकहरू स्वयंले लाखौं रूपैंया पेश्कीका रूपमा लिएका छन् । कम्पनीका  सञ्चालक  नरेन्द्रकुमार  गुप्ताले  कम्पनीको  सञ्चालनको सुरुवातदेखि हालसम्म २ करोड २६ लाख ८१ हजार रूपैयाँ पेश्की लिएका छन् ।  यस्तै कम्पनीको प्रवद्र्धक रिद्धिसिद्धि इन्भेष्टमेन्टको  मुख्य  कम्पनी  रिद्धिसिद्धि  ज्वेलर्सले  पनि  पेश्की  भुक्तानी  लिइएको  देखिएको छ । कम्पनीमा  सञ्चित  घाटा बढेको भए पनि अर्कोतिर ऋण घटेको, कम्पनीको स्थिर पुँजीमा वृद्धि भएको देखिन्छ जुन तथ्याङ्क आफैंमा मेल खाने देखिँदैन । यस्तै आम्दानी अन्तर्गत आम्दानीको महत्वपूर्ण हिस्सा कमिशन र शुल्क भन्दा पनि अन्य आम्दानीको  रूपमा प्राप्त भएको देखिन्छ । सञ्चित घाटा बढिरहेको हुनाले कम्पनीले हालसम्म आयकर तिर्नुपरेको छैन भने बीचको एक आर्थिक वर्षमा अर्थात् २००८÷०९ मा सञ्चित घाटा हुदाहुँदै पनि ६ लाख ७२ हजार रूपैंया बोनस वितरण गरेको पाइएको छ ।
नेपाल मर्केन्टायल एक्सचेन्ज(मेक्स)
अन्तर्राष्ट्रिय स्तरका एक्सचेन्जसँग मिलेर कारोवार सञ्चालनका लागि मेक्स नेपालले बर्सा मलेसिया, जाकार्ता फ्युचर्स एक्सचेन्जसँग  पनि  पटकपटक  छलफलहरू  सम्पन्न  गरेको   देखिएको छ ।  केन्याको  बोर्ज  केन्या  र  श्रीलंकाको  मेक्स  लंकासँग सहकार्यको  लागि  अन्तिम  तयारी  गरिएको  वार्षिक  साधारणसभामा  प्रस्तुतको  अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । यसले मेक्स नेपालको विश्वका विभिन्न देशमा लगानी रहेको हुनसक्ने तथ्यलाई संकेत गरेको छ  । नेपालमा पुँजी पलायनलाई रोक्न  राष्ट्रको पुँजी खाता अपरिवत्र्य राखी सोही बमोजिम विदेशमा लगानीका लागि रोक लगाइएको छ तर मेक्सले अन्य देशका कम्पनीहरूसँग अति संवेदनशील डेरिभेटिभ बजार कारोवारका लागि सहकार्य
गर्नु जोखिमपूर्ण देखिन्छ ।  
मेक्स  नेपालको  प्रबन्धपत्रमा  ३०  प्रतिशत  सेयर  सर्वसाधारणलाई  जारी  गर्ने  व्यवस्था भएपनि विशेष साधारणसभाबाट एकै  जना  व्यक्ति  ३  पटक  भन्दा  बढी  सञ्चालक  पदमा  रहन  नपाउने  प्रतिबन्धात्मक  वाक्यांशलाई  संशोधन  गरी संस्थापकहरूको हकमा लागू नहुने व्यवस्था गरिएको पाइयो ।
नेपाल डेरीभेटिभ एक्सचेन्ज(एन्डेक्स)
अन्तर्राष्ट्रिय स्तरमा डिम्युचलाइज्ड संरचनामा चल्नुपर्ने एक्सचेन्जमा कुनै  पनि एक व्यक्तिको १ प्रतिशतसम्म सेयर रहनुलाई नै अधिकतम सीमा मानिएको पाइन्छ । तर एन्डेक्सको हकमा एउटै व्यक्ति समूह वा परिवारको नाममा ९६ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ ।
यसले एक्सचेन्जका लगानीकर्ता जोखिममा रहेको स्पस्ट हुन्छ । आम लगानीकर्ताले लगानीको विकल्पको रूपमा लिने डेरिभेटिभको कारोवार सञ्चालन गर्ने पब्लिक कम्पनीको रूपमा संस्था खडा गरेको निश्चित पारिवारिक घेराभित्र संस्था सञ्चालन भएको पाइएको छ ।
अझ  वासलातको  स्थिति  हेर्दा  पछिल्लो  दुई  आर्थिक  वर्षमा  ४  करोड  रूपैंया  भन्दा  बढी  रकम  सो  कम्पनीले  आफू स्वयम् डेरिभेटिभ कारोवारमा संलग्न भई कमाएको देखिन्छ । एक्सचेन्ज स्वयंले लगानीकर्तालाई कारोवार गर्न विभिन्न करारहरूको मूल्य प्रदान गर्ने, अटोमेटेड प्रणाली सञ्चालक र बजार निर्माताको भूमिका पनि आफैं निर्वाह गर्ने अनि स्वयम् एक्सचेन्ज आफैं कारोवारमा संलग्न हुने पद्धति गैर व्यावसायिक र लगानीकर्ताप्रति घातक देखिन्छ । नियमनको अभावमा  भएका  यस्ता  गतिविधिको  स्वतन्त्र  छानबिन  गरी  लगानीकर्ताको  हित  संरक्षण  गर्नु  आजको  टड्कारो आवश्यकता हो
नेपाल  स्पट  एक्सचेन्ज  लिमिटेड  (एनएसइ)  
वित्तीय डेरिभेटिभ उपकरण मध्ये हाताहाती वस्तुको किनबेच र हस्तान्तरण गर्न सकिने स्पट कारोवार सञ्चालन गर्ने उद्धेश्यले स्थापित एनएसइले फ्युचर्स  डेरिभेटिभहरूको कारोवार गराइरहेको पाइएको छ । यो  एक्सचेन्जले  अमेरिकी  डलर  र  नेपाली मुद्राको  विदेशी  विनिमय  कारोवार  समेत  गराइरहेको  पाइएको  छ  
वेल्थ  एक्सचेन्ज  प्राइभेट  लिमिटेड  (वेक्स)
वित्तीय डेरिभेटिभ उपकरण मध्ये हाताहाती वस्तुुको किनबेच र हस्तान्तरण गर्न सकिने स्पट कारोवार सञ्चालन गर्ने भनिएको  यो  दोश्रो  कम्पनी  हो  ।  आम  लगानीकर्ताहरूलाई  लगानीको  लागि  कारोवारस्थल  प्रदान  गर्ने  एक्सचेन्जका रूपमा  स्थापित  भए पनि  यो  कम्पनी  नितान्त  रूपले  व्याक्तिग  कम्पनीको  रूपमा  रहेको  हुँदा  कम्पनी  सीमित  केही व्यक्तिहरूको  नियन्त्रणमा  रहेको  स्पष्ट  हुन्छ  ।  निजी  कम्पनी  भएकाले  गर्दा  कम्पनी  ऐन  बमोजिम  पब्लिक  लिमिटेड सार्वजनिक  गर्नुुपर्ने  विवरणहरू,  पूरा  गर्नुपर्ने  प्रावधानहरू  पनि  यस  कम्पनीको  हकमा  आकर्षित  हुँदैनन  । डेरिभेटिभ बजारमा हुुने कारोवारको तुलनामा अत्यन्त सानो पुँजीमा सञ्चालित कम्पनी भएकाले यस कम्पनी अन्तर्गत कारोवार गर्ने लगानीकर्ताहरूलाई थप जोखिम देखिन्छ ।
कमोडिटिज  फ्युचर्स  एक्सचेन्ज  लिमिटेड  (सिएफएक्स)
कमोडिटिज डेरिभेटिभ एक्सचेन्जमा सूूचीकृत विशिष्टीकृत करारहरूको कारोवार गर्दा लगानीकर्ताले हरेक कारोवारमा एक्सचेन्जले  तोके  बमोजिम  सेवा  शुल्क  वा  कमिशन  तिर्नुुपर्ने  व्यवस्था  गरिएको  छ  ।  तर यसले  वस्तुुको  प्रकृति  तथा  करारमा  उल्लेखित  परिमाणको  आधारमा आफूखुशी फरक फरक दरमा शुल्क लिने गरी कारोवारको सेवा शुल्क वा कमिशन निर्धारण गरेको पाइयो ।
]]>
http://bizmandu.com/feed/commodity/-685.html http://bizmandu.com/content/-685.html http://bizmandu.com/assets/upload/contentthumb/comodity_market_nepal1.jpg
content <![CDATA[कमोडिटी मार्केटको नियमन दुई महिनाभित्र सुरु गर्ने धितोपत्र वोर्डको घोषणा]]> admin Sun, 12 Aug 2012 07:54:12 +0545
अध्यक्ष श्रेष्ठले आईतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल डेरिभेटिभ एक्सचेन्ज लि. (एनडेक्स) ले आयोजना गरेको नेपालको कमोडिटी बजार अन्तरक्रिया कार्यक्रममा संसद नभएकाले वस्तु विनिमय बजारलाई तत्काल ऐनको  दायरमा ल्याउन संभव नभएको उनले बताए ।
बोर्डले कम्पनीहरुको अवस्था अध्ययन समेत गरि सकेको उनले जानकारी दिए । कमोडिटी मार्केट्लाई निश्चित मापदण्ड तयार गरी त्यसकै आधारमा नियमन गर्ने उनले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले दुई महिनाभित्र बोर्डले कार्यविधी तयार गरेर कार्यन्वयका सुरु गर्ने बताए । कार्यक्रममा कमोडिटी मार्केट नियमन गर्न जोड दिइएको थियो । एन्डेक्सका अध्यक्ष सन्तोष प्रधानले कार्यपत्र प्रस्तुत गर्दै कमोडिटि सम्बन्धी नीति नियमको अभावले काम गर्न अफ्ठ्यारो परेको बताए । एन्डेक्सकै प्रमुख सञ्चालन अधिकृत विनोद ढकालले नियमन नहुँदा र कर नीति नभएका कारणे बजार लगाम विनाको घोडा भएको बताए ।
पत्रकार मदन लम्सालले कमोडिटी बजारमा भएको लगानीको स्रोत बारे जानकारी दिनुपर्ने बताए ।
]]>
http://bizmandu.com/feed/commodity/-530.html http://bizmandu.com/content/-530.html http://bizmandu.com/assets/upload/contentthumb/comodity_market_11.jpg
content <![CDATA[चाडपर्व सुरु, फलफूलको भाउ आकासियो, अनार प्रतिकिलो तीन सय, स्याउ १८० पुग्यो]]> admin Wed, 01 Aug 2012 22:33:44 +0545 अनार प्रति किलो २५० रुपैयाँबाट बढेर ३ सय रुपैयाँ, स्याउ १५० रुपैयाँबाट बढेर १ सय ८० रुपैयाँ, केरा प्रति दर्जन बढेर ९० रुपैयाँ पुगेको छ । त्यसैगरी आँप ५० रुपैयाँबाट बढेर ७० रुपैयाँ र मेवा ४० रुपैयाँबाट बढेर ६० रुपैयाँ कायम भएको छ  । फलफूल व्यवसायी महासंघले माग अनुसार आपूर्ति नभएकोले मूल्य बढेको जनाएको छ ।]]> http://bizmandu.com/feed/commodity/-423.html http://bizmandu.com/content/-423.html http://bizmandu.com/assets/upload/contentthumb/fruits04.jpg content <![CDATA[ भदौ १५बाट पैसाको प्रर्दशनी, तीन लाख दर्शकले अवलोक गर्ने]]> admin Tue, 17 Jul 2012 21:00:23 +0545 ‘आर्थिक अभियान’ दैनिक तथा ज्याम्ब टेक्नोलोजिजको आयोजनामा यो एक्स्पो हुन लागेको हो । एक्सपोमा लगानीकर्ताहरुलाई व्यापार तथा लगानी, बैंकिङ्ग, बिमा, म्युचुअल फण्ड, शेयर, कर रणनीति, कमोडिटिज र व्यक्तिगत लगानी योजनाका बारेमा विशेषज्ञहरुसंग प्रत्यक्ष सम्वाद गराउने आयोजकले बताएका छन् ।

एक्स्पोमा १ सय २२ भन्दा बढी विभिन्न क्षेत्रका स्टलहरु रहनेछन् । एक्स्पोमा नियामक संस्थाहरु, स्टक एक्स्चेञ्ज, कमोडिटी एक्स्चेञ्ज, बैंक तथा वित्तीय संस्थाहरु, मर्चेन्ट बैंकर्स, इन्भेष्टमेन्ट कम्पनीहरु, बीमा कम्पनी,  ब्रोकरेज कम्पनी  (स्टक कमोडिटीज), रेमिटान्स कम्पनी, डिपोजिटरीज तथा क्लियरिङ्ग हाउस, पोर्टफोलियो व्यबस्थापन कम्पनी, फाइनान्सियल नलेज म्यानेजमेन्ट लगायत रहने आयोजकले बताए  । एक्स्पोमा करिब ३ लाख दर्शकअरुले अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पोको मुख्य प्रायोजक नेपाल डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड (एन्डेक्स) हो ।
]]>
http://bizmandu.com/feed/commodity/-227.html http://bizmandu.com/content/-227.html http://bizmandu.com/assets/upload/contentthumb/money_expo.jpg
content <![CDATA[कमोडिटी फ्युचरले कंगाल बनायो, ग्राहक ६० प्रतिशतले घटे, कारोवार पनि घट्यो]]> admin Mon, 16 Jul 2012 22:35:00 +0545 नियामक निकाय र आवश्यक ऐन नहुँदा कमोडिटी फ्युचर बजार ग्राहकका लागि अर्को ‘क्यासिनो’ बनेको हो । यही बजारका एक जानकारका अनुसार, सुरुसुरुमा लगानी गर्ने १ सय जनामध्ये ९९ जनाले गुमाउँथे । अहिले यो घटेर ८० मा आएको छ । ग्राहक संख्या घटेर गुमाउने प्रतिशत कम आएको उनले बताए । ‘अहिले नयाँ नयाँ सफ्टवेयर ल्यायौं भन्दै ग्राहकलाई आकर्षित गर्ने काम भइरहेको छ,’ उनले भने, ‘सफ्टवेयरले ग्राहकलाई फाइदा गराउन सक्दैन । कम्पनीको सम्पति मात्र थपिएको हो ।’
अहिले मर्कन्टाइल एक्सचेन्ज (मेक्स) नेपाल, कमोडिटी मेटल एक्स्चेन्ज (कोमेन), नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडेक्स) र कमोडिटी फ्युचर एक्सचेन्ज (सिएफएक्स) कम्पनी सञ्चालनमा छन् । उनका अनुसार, कारोबार घटिरहँदा पनि कम्पनीहरु नफामा छन् । कम्पनी नाफामा जानुको एउटै कारण हो पारदर्शी कारोबार छैन । ग्राहकले गुमाइरहेका छन् ।
‘कम्पनी जसले खोलेपनि हुन्छ घाटमा जाँदैजान्न,’ उनले भने, ‘कमिसन नै धेरै हुन्छ । त्यसमाथि कसैले नियमन नगर्ने भएकाले कारोबारमा तलमाथि गर्न सकिन्छ ।’ कम्पनीहरुले एक हजारको कारोबारमा २ सय ५० रुपैयाँसम्म पनि कमिसन राख्ने गरेका छन् ।
कम्पनीहरुले क्लियरिङ हाउस (कारोबार राफसाफ गर्ने) वेग्लै लगानीकर्ताको कम्पनी भनेर दावी गरिए पनि एक्सचेन्जकै एउटा पाटो हो । कारोबार गर्दा ग्राहक नाफामा गए पनि क्लियरिङ हाउसले गुमाउँछ । एक करोड रुपैयाँ पनि लगानी नभएको क्लियरिङ हाउस उस्तै परे एकै दिनमा घाटामा जाने पनि हुन सक्छ । त्यही भएर क्लियरिङलाई नाफामा लैजान कारोबारमा तलमाथि गरिन्छ ।
कारोबार गर्दा एक दुई दिनको अन्तरमा कम्पनीहरुको सफ्टवेयरमा समस्या देखिन्छ । यो प्राकृतिक समस्या होइन । एक्सचेन्ज आफैले अस्थायी रुपमा ल्याएको समस्या हो । बजारमा एकदमै तलमाथि भएको अवस्थामा घाटा हुन सक्ने विश्लेषणमा कम्पनीले सफ्टवेयरलाई समस्यामा देखाउँछ । बजार घटेको अवस्थामा सफ्टवेयर बनाएको वहाना पार्दै कम्पनीले नाफा निकाल्छ ।
एक्सचेन्ज कम्पनीको नाफा भनेको ग्राहकसँग लिने कमिसन मात्र हो । क्लियरिङ हाउसले भने मूल्य र कमिसन दुवैबाट नाफा निस्कने भएकाले वढी हुन्छ । त्यही भएर एक्सचेन्ज कम्पनीले अरुलाई क्लियरिङको जिम्मा दिँदैनन् । आफैले नदेखिने गरी सञ्चालन गर्छन् । नेपाली एक्सचेन्ज कम्पनीहरुले सुन, चाँदी, तामा, कच्चा तेललगायतको कारोबार गर्छन् । ग्राहकले पैसाको वद्लामा सुनलगायतका वस्तु मागे त्यो पाइँदैन । कम्पनीहरुले तीन वर्षदेखि नेपाली कृषि उत्पादनको पनि ‘फ्युचर’ कारोबार गर्ने भन्दै आएका छन् । तर कसैले पनि गरेका छैनन् ।
]]>
http://bizmandu.com/feed/commodity/-224.html http://bizmandu.com/content/-224.html http://bizmandu.com/assets/upload/contentthumb/comodity_market_nepal.jpg
content <![CDATA[ नेपाल डेरिभेटिभले ल्यायो नयाँ सफ्टवेयर, नमूना कारोवार सफल]]> admin Sun, 01 Jul 2012 07:35:07 +0545 एक बर्ष अघि सफ्टवेयर खरिद गरिएको भएता पनि आन्तरिक परिक्षण गर्न प्रशस्त समय लिइएको र नमुना कारोबारको सफल परिक्षण पश्चात मात्र यसलाई लाईभ मार्केटमा जडान गरिएको हो । मेटाकोट्स इन्क सिंगापूर मार्फत दीर्घकालीन सम्झौता गरि एन्डेक्सले यसलाई बजारमा ल्याएको हो । नेपालका एक्सचेन्जहरुमा सिफटिसि को स्ट्याण्डर्ड पूरा गरेको सफ्टवेयर भित्र्याउने एन्डेक्स पहिलो एक्सचेन्ज हो ।
हाल प्रयोगमा रहेको भर्टेक्स एफ एक्स भन्दा धेरै सुबिधा रहेको यस सफ्टवेयरमा अत्याधुुनिक चार्टिङ सुबिधा उपलव्ध छ । वन क्लिक टेडिङ, अटोट्रेडिङ प्राविधिक तथा आधारभुत अध्ययन सुबिधा भएकोले एमटि फाइभले ट्रेडरहरुलाई नयाँ अनुभव दिनेछ भने कारोबारको गतिलाई बढाउने छ ।
राजधानीमा आइतबार भएको आफ्ना ब्रोकर मेम्बरहरुको भेलामा कम्पनिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रधानका अनुसार कम्पनिले एमटि फाइभको सफल जडान पश्चात स्थानीय करारहरुको कारोबारको लागि म्याचिङ इन्जिन पनि चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो ।]]>
http://bizmandu.com/feed/commodity/-65.html http://bizmandu.com/content/-65.html
content <![CDATA[अन्ततः डलर लडखडायो, आइतवार ९० रुपैयाँभन्दा तल झर्यो ]]> admin Sun, 01 Jul 2012 07:11:34 +0545 काठमाडौं । अन्ततः आइतवार नेपाली बजारमा डलरको विनिमयदर घटेर ९० भन्दा तल झ¥यो । नेपाल राष्ट्र बैंकले आइतवारका लागि प्रति डलरको विनिमयदर ८९ रुपैयाँ ३० पैसा तोकेको छ । विजमाण्डूले डलरको विनिमयदर ९० भन्दा तल झर्ने प्रक्षेपण शुक्रवार नै गरेको थियो ।
सोमवारका लागि राष्ट्र बैंकले डलरको विक्री मूल्य ८८ रुपैयाँ ७० पैसा र खरिद मूल्य ८९ रुपैयाँ ३० पैसा तोकेको छ । भारतमा प्रधानमन्त्री मनमोहन सिंहले अर्थमन्त्रालयको पनि जिम्मेवारी लिंदै सुधारका कार्यक्रम थाल्ने घोषणा गरेपछि भारुको अधिमूल्यन भएको थियो ।
त्यस लगत्तै युरोजोनका दुई मुलुकलाई वित्तीय संकटबाट मुक्ति दिलाउन युरो राष्ट्रका सरकार प्रमुखहरु सहमत भएपछि डलर कमजोर बनेको थियो । युरो र भारतीय रुपैयाँ मजबुत हुँदा नेपालमा पनि डलरको मूल्य घटेको हो । नेपाल र भारतीय मुद्रावीच स्थिर विनिमयदर तोकिएकाले नेपाली मुद्रामा त्यसको सीधा असर पर्छ ।
अघिल्लो शुक्रवार र शनिवार डलर रेकर्ड महँगो हुँदै ९१ रुपैयाँ ८८ पैसाको स्तरमा पुगेको थियो । सोमवार डलरको अझै अधिमूल्यन हुने र डलर ८९ रुपैयाँ तल झर्ने सम्भावना छ । डलरसँगै पाउण्डस्ट्रलिङ, युरो लगायतका अन्य मुद्रा समेत अवमूल्यन भएका छन् । राष्ट्र बैंकले सोमवारका लागि पाउण्ड १४०.२८ मा, युरो ११३.०५ मा, चिनियाँ युआन १४.०५को विनिमय दर तोकेको छ ।]]>
http://bizmandu.com/feed/commodity/-63.html http://bizmandu.com/content/-63.html