A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/commercial-banks/-1266.html en-us Thu, 11 Oct 2012 21:51:14 +0545 content <![CDATA[नौं वर्षपछि नेपाल बैंकको सेयर कारोबार, ओटिसीमा पहिलो पटक सेयर किनबेच]]> admin Thu, 11 Oct 2012 21:51:14 +0545 काठमडौं । नेपाल स्टक एक्सचेन्जमा खोभर द काउन्टर ओटिसी बजारमार्फत नेपाल बैंक लिमिटेडको कारोबार भएको छ । चार वर्षअघि ओटिसी कारोबार खुला गरिएपनि अहिलेसम्म कुनै पनि कम्पनीको सेयर किनबेच भएको थिएन ।
नेपाल बैंकको सेयर भने ९ वर्षपछि किनबेच भएको हो । सरकारी स्वामित्वको नेपाल बैंकले २ हजार ६ सय ६४ कर्मचारीका लागि छुट्याइएको ७१ हजार ९ सय २८ कित्ता सेयरको कारोबार भएको हो। प्रतिकित्ता एक सय रुपैयाँका दरले कारोबार भएको एक्सचेन्जले जनाएको छ।
 असोज मसान्तभित्र सेयर सूचीकरणका लागि आवेदन दिइने बैंकको तयारी छ
। नेपाल बैंकले कर्मचारीका लागि ५ प्रतिशत हकप्रद सेयर उपलब्ध गराएको हो।
एक्सचेन्जले सूचीकरणबाट हटाएको, विभिन्न कारणले सूचीकरण हुन नसकेको र सूचीकरण प्रक्रियामा नआएका पब्लिक लिमिटेड कम्पनीको सेयर कारोबार गराउन ओटिसी बजार सुरु गरे पनि अहिलेसम्म कारोबार हुन सकेको थिएन।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सूचीकरण खारेज गरिएको थियो। नेप्सेले विभिन्न चरणमा ४२ कम्पनीको सेयर सूचीकरण खारेज गरेपनि कसैको पनि ओटिसीमा किनबेच भएको थिएन। ओटिसीमा ऋणपत्रको पनि किनबेच गर्न सकिन्छ।
एक्सचेन्जले सूचीकरण खारेज गरेका विभिन्न कम्पनीका सेयरधनीको ६५ करोड ८७ लाख रुपैया" बराबरको सेयर रोकिएका छन्। ओटिसी बजारमा कारोबार गर्दा लगानीकर्ताको सेयर नगदमा परिणत हुनसक्छ। तर, यसका बारेमा सर्वसाधारणलाई जानकारी नहु"दा उनीहरुको करिब ६६ करोड रुपैया" कागजमै खुम्चिएको छ।
ओटिसीमा कारोबार गर्न सेयर दलालको सहयोग पनि लिनु पर्दैन। सोझै नेप्सेमा गएर ओटिसीको कारोबार गर्न सकिन्छ। यसमा २५ हजारसम्मको कारोबार गर्दा २ प्रतिशत, ५० हजारसम्म डेढ प्रतिशत र योभन्दा माथि १ प्रतिशत सेवा शुल्क लाग्छ।
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न पैसा उपलब्ध गराइसकेको छ। सेयर सूचीकरण गरेपछि सरकारको नाममा सेयर वितरण हुन्छ। बैंकले हकप्रद निस्कासन पछि मात्रै सरकारी पैसा पुँजीमा देखाउन पाउँछ। सरकारले यो बैंकलाई एक अर्ब ३७ करोड रुपैयाँ उपलब्ध गराएको हो।
बैंकले पुँजी वृद्धि गर्न प्रति एक बराबर ९.५ प्रतिशतका दरले हकप्रद निस्कासन गर्न लागेको हो। बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर छ। यसबाहेक नेपाल बैंकमा वाणिज्य बैंकहरुको ४.९२ र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर स्वामित्व छ। बैंकलाई ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ।
'मंसिरमा हकप्रद सेयर बाँडफाँड गर्ने गरी यसै महिना सेयर सूचीकरण गर्ने योजना छ,' श्रेष्ठले भने। धितोपत्र ऐन अनुसार हकप्रद निस्कासन गर्न कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएको हुनुपर्छ।
बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। यसलाई ४ अर्ब पुर्‍याउने बैंकको योजना छ। बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ।
नेपाल बैंकमा वित्तीय समस्या आएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो। सुधार कार्यक्रमपछि बैंकको अवस्थामा सुधार आएको छ। अझै पनि बैंकको वित्तीय अवस्था पूर्ण रुपमा स्वस्थ छैन। वित्तीय स्वास्थ पुरै ठिक हुन पुँजी बढाउनु पर्ने भएकाले बैंकले सेयर जारी गर्न लागेको हो।
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने र ७५ वर्ष पुरा गरेको बैंकले आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांश बाँड्ने योजना बनाएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०६८/६९ मा ६० करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ। अघिल्लो वर्षको नाफा ३८ करोड ४० लाख रुपैयाँ थियो।]]>
http://bizmandu.com/content/-1266.html http://bizmandu.com/content/-1266.html
comment <![CDATA[By: anil dev nakarmi]]> Thu, 01 Jan 1970 05:30:00 +0530 103 comment <![CDATA[By: arjun kumar ban]]> Thu, 01 Jan 1970 05:30:00 +0530 139