A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/commercial-banks.html en-us Wed, 20 Jun 2018 23:06:43 +0545 content <![CDATA[नौं वर्षपछि नेपाल बैंकको सेयर कारोबार, ओटिसीमा पहिलो पटक सेयर किनबेच]]> admin Thu, 11 Oct 2012 21:51:14 +0545 पनि कम्पनीको सेयर किनबेच भएको थिएन ।
नेपाल बैंकको सेयर भने ९ वर्षपछि किनबेच भएको हो । सरकारी स्वामित्वको नेपाल बैंकले २ हजार ६ सय ६४ कर्मचारीका लागि छुट्याइएको ७१ हजार ९ सय २८ कित्ता सेयरको कारोबार भएको हो। प्रतिकित्ता एक सय रुपैयाँका दरले कारोबार भएको एक्सचेन्जले जनाएको छ।
 असोज मसान्तभित्र सेयर सूचीकरणका लागि आवेदन दिइने बैंकको तयारी छ
। नेपाल बैंकले कर्मचारीका लागि ५ प्रतिशत हकप्रद सेयर उपलब्ध गराएको हो।
एक्सचेन्जले सूचीकरणबाट हटाएको, विभिन्न कारणले सूचीकरण हुन नसकेको र सूचीकरण प्रक्रियामा नआएका पब्लिक लिमिटेड कम्पनीको सेयर कारोबार गराउन ओटिसी बजार सुरु गरे पनि अहिलेसम्म कारोबार हुन सकेको थिएन।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सूचीकरण खारेज गरिएको थियो। नेप्सेले विभिन्न चरणमा ४२ कम्पनीको सेयर सूचीकरण खारेज गरेपनि कसैको पनि ओटिसीमा किनबेच भएको थिएन। ओटिसीमा ऋणपत्रको पनि किनबेच गर्न सकिन्छ।
एक्सचेन्जले सूचीकरण खारेज गरेका विभिन्न कम्पनीका सेयरधनीको ६५ करोड ८७ लाख रुपैया" बराबरको सेयर रोकिएका छन्। ओटिसी बजारमा कारोबार गर्दा लगानीकर्ताको सेयर नगदमा परिणत हुनसक्छ। तर, यसका बारेमा सर्वसाधारणलाई जानकारी नहु"दा उनीहरुको करिब ६६ करोड रुपैया" कागजमै खुम्चिएको छ।
ओटिसीमा कारोबार गर्न सेयर दलालको सहयोग पनि लिनु पर्दैन। सोझै नेप्सेमा गएर ओटिसीको कारोबार गर्न सकिन्छ। यसमा २५ हजारसम्मको कारोबार गर्दा २ प्रतिशत, ५० हजारसम्म डेढ प्रतिशत र योभन्दा माथि १ प्रतिशत सेवा शुल्क लाग्छ।
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न पैसा उपलब्ध गराइसकेको छ। सेयर सूचीकरण गरेपछि सरकारको नाममा सेयर वितरण हुन्छ। बैंकले हकप्रद निस्कासन पछि मात्रै सरकारी पैसा पुँजीमा देखाउन पाउँछ। सरकारले यो बैंकलाई एक अर्ब ३७ करोड रुपैयाँ उपलब्ध गराएको हो।
बैंकले पुँजी वृद्धि गर्न प्रति एक बराबर ९.५ प्रतिशतका दरले हकप्रद निस्कासन गर्न लागेको हो। बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर छ। यसबाहेक नेपाल बैंकमा वाणिज्य बैंकहरुको ४.९२ र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर स्वामित्व छ। बैंकलाई ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ।
'मंसिरमा हकप्रद सेयर बाँडफाँड गर्ने गरी यसै महिना सेयर सूचीकरण गर्ने योजना छ,' श्रेष्ठले भने। धितोपत्र ऐन अनुसार हकप्रद निस्कासन गर्न कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएको हुनुपर्छ।
बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। यसलाई ४ अर्ब पुर्‍याउने बैंकको योजना छ। बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ।
नेपाल बैंकमा वित्तीय समस्या आएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो। सुधार कार्यक्रमपछि बैंकको अवस्थामा सुधार आएको छ। अझै पनि बैंकको वित्तीय अवस्था पूर्ण रुपमा स्वस्थ छैन। वित्तीय स्वास्थ पुरै ठिक हुन पुँजी बढाउनु पर्ने भएकाले बैंकले सेयर जारी गर्न लागेको हो।
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने र ७५ वर्ष पुरा गरेको बैंकले आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांश बाँड्ने योजना बनाएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०६८/६९ मा ६० करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ। अघिल्लो वर्षको नाफा ३८ करोड ४० लाख रुपैयाँ थियो।]]>
http://bizmandu.com/feed/commercial-banks/-1266.html http://bizmandu.com/content/-1266.html
content <![CDATA[भारतमा रेमिट्यान्स प्रवद्र्धन गर्न नेपालमा हास्य यात्रा, दिपक र दिपाश्री पश्चिम नेपालका आउँदै]]> admin Mon, 24 Sep 2012 06:46:54 +0545
यो कार्यक्रम पश्चिम नेपालको नारायणगढ, बुटवल, लिवाङ्ग, प्यूठान, सल्यान, तुल्सीपुर, सुर्खेत, नेपालगंज, गुलरिया, धनगढी, डडेलधुरा, बैतडी, मंगलसेन, सन्धिखर्क, तम्घास, तानसेन, स्याङ्गजा, बागलुङ्क साथै दमौली गरि २० स्थानमा प्रदर्शन गरिने जानकारी दिइएको छ । असोज १० गते नारायणगढबाट शुरु हुने कार्यक्रम असोज २९ गते दमौलीमा सम्पन्न हुने कार्यक्रम छ ।
कार्यक्रममा बैकिङ्ग च्यानलबाट पैसा पठाउँदा हुने फाईदा, तरिका र सम्पर्क स्थानका बारेमा जानकारी दिने कार्यक्रम छ । आइएमईले भारतको युनाईटेड बैंक अफ ईन्डियासँग व्यवसायिक साझेदारी गरेको छ । भारत–नेपाल रेमिट्यान्स सेवा अन्र्तगत भारतमा रहेका नेपालीले युनाईटेड बैंक अफ ईन्डियाका १६ सयभन्दा बढी शाखाबाट नेपालमा पैसा पठाउन सकछन् ।
त्यहाँबाट पठाएको रकम ईन्टरनेशनल मनि एक्सप्रेस (आईएमई)का ७५ जिल्लामा छरिएर रहेका दुई हजारभन्दा बढी शाखा÷सवएजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत छिटो, छरितो र सुरक्षित तवरबाट भुक्तानी हुन्छ । हास्य यात्राको घोषणा गर्दै कम्पनीका अध्यक्ष चन्द्र ढकालले स्थापनाकालदेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहँुचसम्म पुराउन प्रतिबद्व रहेको बताए । उनले भारतबाट बैकिङ्ग च्यानलबाट रेमिट्यान्स भित्र्याउने कदमले राष्ट्रिय अर्थतन्त्रलाई थप उचाईमा पुर्याउने पनि बताए । अध्यक्ष ढकालले भारतमा रोजगारीको क्रममा रहेका नेपालीले दुःख गरि कमाएको रकम ढुक्कसँग आइएमईमार्फत बिना झन्झट नेपाल पठाउन सक्ने समेत बताए ।  
]]>
http://bizmandu.com/feed/commercial-banks/-1055.html http://bizmandu.com/content/-1055.html http://bizmandu.com/assets/upload/contentthumb/IMERoadshow3.jpg
content <![CDATA[नेपाल बैंकको मकवानपुर पालुङ्गमा शाखा पुर्नस्थापित, आधुनिक बैकिङ्ग सेवा उपलब्ध हुने]]> admin Sun, 23 Sep 2012 07:44:04 +0545 कार्यक्रममा बैक व्यबस्थापन समुहका संयोजक, महेश्वरलाल श्रेष्ठले पुनस्थापित बैंक शाखाबाट आधुनिक बैंकिङ्गको सम्पूर्ण सुविधाहरु उपलब्ध हुने जानकारी दिए । उनले कृषिजन्य उत्पादनको लागि आवश्यक विभिन्न व्यवसायीक योजनामा व्यवसायी किसान एवं उधमीसंग साझेदारी गर्दै अगाडि बढ्ने योजनाका साथ बैंक स्थापना भएको बताए ।
संयोजक श्रेष्ठले बैंक विगत दश बर्षदेखि लगातार नाफामा रहेको, बैंकमा ५६ अर्व रुपैयाँ निक्षेप रहेको र ३० अर्व रुपैयाँ कर्जा प्रवाह भएको जानकारी दिए । उनले बैंकको खरावकर्जा अनुपात ५.२९ प्रतिशतमा झरेको बताउँदै बैंकले साना देखि ठूलासम्म सबै ग्राहकको सुविधाको लागि १२ प्रतिशत व्याज दरमा कृषिकर्जा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
स्थानिय ज्येष्ठ नागरिक गंगा विष्णु ढकालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा स्थानीय व्यवसायी विमलकुमार ढकालले सामाजिक सुरक्षाभत्ता, पेन्सन तथा अन्य बैंकिङ्ग सेवा उपलब्ध गराई ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पुयाउनमा नेपाल बैंकले गरेको योगदानको प्रसंशा गरे ।
पालुङ्ग सामुदायीक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रमान प्रधानले पालुङ्गको आर्थिक रुपान्तरणको लागि नेपाल बैंकको उपस्थिति सराहनीय हुने विश्वास व्यक्त गरे । पालुङ्ग जेशिसका अध्यक्ष धर्म प्रधानले बैंक पुनस्थापनाले यस क्षेत्रका कृषक तथा व्यासायीहरुमा उत्साह थपेको बताए ।
नेपाल बैंक लिमिटेडका मुख्य प्रबन्धक, पुष्पप्रसाद श्रेष्ठ, र पालुङ्ग शाखा प्रबन्धक तेजनारायण प्रसाद साहले गुणस्तरीय ग्राहक सेवाका साथ शाखाले बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।  अब बैंकको शाखा सञ्जाल ११४ पुगेको छ ।
]]>
http://bizmandu.com/feed/commercial-banks/-1042.html http://bizmandu.com/content/-1042.html http://bizmandu.com/assets/upload/contentthumb/NBL_Palung_Innauguration.JPG
content <![CDATA[घर र गाडी कर्जामा बैंकको प्रतिश्पर्धा, सिटिजन्सको १० प्रतिशतमा घर, बिओएको सवारी]]> admin Wed, 19 Sep 2012 23:08:15 +0545 यसैगरी बैक अफ एसियाले पनि सस्तो सवारी कर्जा ल्याएको छ । पछिल्लो समयमा सवारी कर्जामा वाणिज्य बैकको प्रतिस्पर्धा चलिरहेको बेला बैकले १० प्रतिशतमा सवारी कर्जा योजना ल्याएको हो ।
]]>
http://bizmandu.com/feed/commercial-banks/-1005.html http://bizmandu.com/content/-1005.html
content <![CDATA[नेपाल बैंकले सिभिल क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त]]> admin Wed, 19 Sep 2012 23:00:59 +0545 http://bizmandu.com/feed/commercial-banks/-1003.html http://bizmandu.com/content/-1003.html content <![CDATA[एनबी समूहका प्रवन्ध निर्देशक लक्ष्मीबहादुर श्रेष्ठ पनि परे कर्जा सूचना केन्द्रको कालोसूचीमा]]> admin Sun, 16 Sep 2012 08:37:18 +0545 एनबी बैंकको ऋण चुक्ता नगरेपछि बैंकको सिफारिशमा नबिल बैंकका अध्यक्ष सत्यन्द्रप्यारा श्रेष्ठ अघिल्लो साता कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका थिए । शनिवार मात्रै नबिल बैंकले एनबी समूहद्वारा सानेपामा सञ्चालित काठमाडौं रिक्रियशन सेन्टर, सुन्धारामा भएको साँग्रीला इन्भेष्टमेन्ट प्रा।ली।, सिद्धि गणेश इन्भेष्टमेन्ट प्रा।ली। र जेन श्रेष्ठले ऋण लिएका चुक्ता गर्न आउन सूचना जारी गरेको थियो  । काठमाडौं रिक्रियशन लक्ष्मीबहादुर श्रेष्ठको नाममा छ भने साँग्रीला इन्भेष्टमेन्ट पूर्णबहादुर श्रेष्ठ, सिद्धि गणेश इन्भेष्टमेन्ट जीतबहादुर श्रेष्ठकी श्रीमती अनारदेवी श्रेष्ठको नाममा छ । जीतबहादुर श्रेष्ठका छोरा जेन श्रेष्ठले बैंकबाट व्याक्तिगत ऋण लिएका थिए ।
कालोसूचीमा परेका लक्ष्मीबहादुर श्रेष्ठ एनबी समूहका प्रवन्ध निर्देशक हुन् । जितबहादुर श्रेष्ठ एनबी समूहमा अध्यक्ष छन् । नबिल बैंकको सिफारिशमा यस अघि समूह आवद्ध बीबी हरिसिद्धि मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, ललितपुर इन्जिनियरिङ कम्पनी, एनबी ब    त्रा हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टर, हरिसिद्धि ब्रिक तथा टायल कारखाना कालोसूचीमा परेको छ ।

यो पनि पढ्नुहोस्..

नबिलले एनबीका सञ्चालकलाई दियो कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं । नबिल बैंक र एनबी समूहका दुइ बैंक एनबी र एनसीसीवीच ‘कर्पोरेट टसल’ उत्कर्षमा पुगेको छ । एनबी बैंकले नबिलका अध्यक्षलाई कर्जा सूचना केन्द्रको कालोसुचीमा राख्न सिफारिश गरेपछि नबिलले पनि एनबी समूहका सञ्चालकहरुलाई ऋण तिर्न आउने सूचना शनिवार जारी गरेको छ ।
एमी फर्मास्युटिकल्सका लागि नबिलका अध्यक्ष तथा पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठले एनबी र एनसीसी बैंकबाट ऋण लिएका थिए । एनबी बैंकले डेढ महिना अघि श्रेष्ठलाई कर्जा तिर्न आउन सूचना जारी गरेको थियो । श्रेष्ठले ऋण नतिरेपछि उनी एनबी बैंकको सिफारिशमा कालोसूचीमा छन् ।
एनबीको सिफारिशमा कालोसूचीमा पर्नु केही दिन अघि मात्रै श्रेष्ठलाई कर्जा तिर्न आउन एनबी समूहको प्रवद्र्धनमा रहेको अर्को बैंक एनसीसीले पनि ऋण तिर्न सूचना जारी गरेको थियो । कालोसूचीमा परेपछि श्रेष्ठ अब नबिल बैंकको अध्यक्षमा हटदै छन् ।
आफ्नो अध्यक्षलाई कालोसूचीमा राखेको पाचौं दिन शनिवार नबिल बैंकले एनबी समूहका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, अनारदेवी श्रेष्ठ, जेन श्रेष्ठ र जितबहादुर श्रेष्ठलाई कर्जा तिर्न आउन ३५ दिने सूचना जारी गरेको छ । नबिलले बैंकको सम्पूर्ण साँवा, व्याज, हर्जाना व्याज ३५ दिन भित्र चुक्ता नगरे कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न सिफारिश गर्ने चेतावनी पनि दिएको छ ।

नबिलले कालोसूचीमा राख्न चेतावनी दिएका लक्ष्मीबहादुर श्रेष्ठ, जेन श्रेष्ठ र जितबहादुर श्रेष्ठ

नबिल बैंकबाट एनबी समूहद्वारा सानेपामा सञ्चालित काठमाडौं रिक्रियशन सेन्टर, सुन्धारामा भएको साँग्रीला इन्भेष्टमेन्ट प्रा.ली., सिद्धि गणेश इन्भेष्टमेन्ट प्रा.ली. र जेन श्रेष्ठले ऋण लिएका थिए । काठमाडौं रिक्रियशन लक्ष्मीबहादुर श्रेष्ठको नाममा छ भने साँग्रीला इन्भेष्टमेन्ट पूर्णबहादुर श्रेष्ठ, सिद्धि गणेश इन्भेष्टमेन्ट जीतबहादुर श्रेष्ठकी श्रीमती अनारदेवी श्रेष्ठको नाममा छ । जीतबहादुर श्रेष्ठका छोरा जेन श्रेष्ठले बैंकबाट व्याक्तिगत ऋण लिएका हुन् ।
लक्ष्मीबहादुर श्रेष्ठ केही समयअघिसम्म एनबी बैंकमा सञ्चालक थिए भने जितबहादुर श्रेष्ठ एनसीसी बैंकमा सञ्चालक छन् । एनबी बैंकबाट ललितपुरको पद्या सिनेमा हल लिलामी गर्दा कम मूल्यमा आफैले किनेपछि राष्ट्र बैंकले लक्ष्मीबहादुरलाई कारवाही गरेको थियो । पाँच लाख रुपैयाँ जरिवाना र ४७ लाख रुपैयाँको बिगो लक्ष्मीबहादुरसहित दुई जनाबाट भराउने राष्ट्र बैंकको निर्णयपछि उनी त्यहाँको सञ्चालकबाट हटेका छन् ।
नबिल बैंकले कर्जा चुक्ता नगरे काठमाडौं रिक्रियशन सेन्टर ललितपुरमा रहेको १२ रोपनी सात आनामा बनेको घरजग्गा, जितबहादुरको नाममा ललितपुर ठैबमा रहेको दुई रोपनी १४ आना पूर्णबहादुर श्रेष्ठको नाममा काठमाडौं ११ मा रहेको तीन आना जग्गामा बनेको घरजग्गा लिलाम गर्ने चेतावनी पनि दिएको छ ।
कहाँबाट सुरु भयो ‘टसल’
अनिल शाह मेगा बैंक पुगेपछि अमृतचरण श्रेष्ठलाई नबिल बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । नबिल व्यवस्थापनले श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृत नबनाएर ग्लोबल बैंकबाट अनिल ज्ञवालीलाई ल्याएपछि ‘टसल’ बढ्न थाल्यो । एनबी समूहसँग नजिक रहेर काम गरेका अमृतचरणले नबिल बैंकबाट राजिनामा दिएर एनबी समूहको प्रवद्र्धनमा रहेको एनसीसी बैंकको प्रमुख कार्यकारी हुन पुगे ।
एनबी समूहले नबिलबाट लिएको सबै ऋण अमृतचरणको स्वीकृतीमा पाएको थियो । अनिल शाह एक महिनाका लागि अमेरिका गएको बेला कामु बनाइएका अमृतचरणले एनबी समूहको प्रवद्र्धनमा रहेको हरिसिद्धि बात्रा मेडिकल कलेज, काठमाडौं रिक्रियशन लगायतका कम्पनीलाई ४० करोडभन्दा बढीको ऋण दिएका थिए । अमृतचरण बाहिरिएपछि र अनिल ज्ञवाली नबिलमा छिरेपछि हरिसिद्धि बात्रा मेडिकल कलेजका लागि गएको ऋण चुक्ता नभएप्छि नबिलले त्यसका सञ्चालकलाई ऋण तिर्न आउन सूचना जारी गर्यो ।
ऋण चुक्ता नभएपछि नबिल बैंकले मेडिकल कलेजका सञ्चालकहरु प्रदिपमान वैद्य, अशोक बाँस्कोटा लगायतलाई कालोसूचीमा राख्यो । उनीहरु कालोसूचीमा परे लगत्तै एनबी बैंकले नबिल अध्यक्ष श्रेष्ठलाई कर्जा तिन आउन सूचना जारी गर्यो । उनले ऋण चुक्ता नगरेपछि कालोसूचीमा परे भने अमृतचरण प्रमुख कार्यकारी अधिकृत भएको एनसीसी बैंकले पनि नबिल अध्यक्षलाई कर्जा तिर्न आउन सूचना जारी गरेको छ ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका सत्यन्द्र प्यारा श्रेष्ठले नबिल बैंकबाट हट्नुपर्नेछ भने अब नबिलले एनबी समूहका तीन मुख्यहस्तीलाई कर्जा तिर्न आउन सूचना जारी गरेको छ ।

]]>
http://bizmandu.com/feed/commercial-banks/-961.html http://bizmandu.com/content/-961.html
content <![CDATA[माछापुच्छ्रेमा गौतम प्रमुख कार्यकारी अधिकृत नियुक्त, जिम्मेवारी एक महिनापछि सम्हाल्ने]]> admin Sat, 15 Sep 2012 23:51:49 +0545 काठमाडौं । मर्जरपछि दुई संस्थाका कर्मचारीबीच तित्तता वढ्न थालेपछि त्यसको व्यवस्थापन गर्न माछापुच्छ्रे बैंकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । स्टेन्डर्ड फाइनान्स र माछापुच्छे« बैंक मर्ज भएपनि कर्मचारी व्यवस्थापन हुन सकेको थिएन ।
नयाँ सिइओमा नेपाल एसबिआइका प्रमुख क्रेडिट अफिसर तुलसीराम गौतमलाई नियुक्त गरिएको हो । बैंकको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले गौतमलाई ‘अफर लेटर’ दिएको हो । गौतमले एक महिनापछि मात्रै माछापुच्छ्रे बैंकमा जिम्मेवारी सम्हाल्नेछन् । नेपाल एसबिआइको आन्तरिक नियमावलीमा कर्मचारीले राजिनामा दिएको एक महिनासम्म बैंक छाड्न मिल्दैन् । अक्टोवर १४ तारिखमा नेपाल एसबिआईले साधरणसभा गर्ने तयारी गरिरहेको छ, सम्भवत गौतमले त्यो साधरणसभापछि माछापुच्छ्रे ज्वाइन गर्नसक्छन्, स्रोतले भन्यो ।
श्रेष्ठले माछापुच्छे«का कर्मचारीहरुलाई मात्र महत्व दिएर स्टेन्डर्डकालाई वास्ता नगरेपछि बैंकप्रति स्टेन्डर्डंको अपनत्व वढ्न सकेको थिएन । यही कारण कसैको पक्षमा नरहेको नयाँ सिइओ नियुक्त गरिएको स्रोतले बतायो । अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन् । उनी १० वर्षदेखि एसबिआइमा थिए । ३० वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनले तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका हुन् ।
]]>
http://bizmandu.com/feed/commercial-banks/-949.html http://bizmandu.com/content/-949.html http://bizmandu.com/assets/upload/contentthumb/Tulasi_Ram_Gautam.JPG
content <![CDATA[राष्ट्रिय वाणिज्यको घर र गाडीमा विशेष योजना, प्रोसेसिङ शुल्कमा विशेष छुट]]> admin Fri, 14 Sep 2012 23:27:35 +0545 http://bizmandu.com/feed/commercial-banks/-946.html http://bizmandu.com/content/-946.html content <![CDATA[हिमालयन बैक र युनियन पेबीच सम्झौता, देशभरी युनियन पेको कार्ड चल्ने]]> admin Fri, 14 Sep 2012 23:26:58 +0545 ]]> http://bizmandu.com/feed/commercial-banks/-945.html http://bizmandu.com/content/-945.html content <![CDATA[एनआईसी बैंकका नयाँ कर्जा, घरकर्जा १२ प्रतिशतमा, अटो ११ प्रतिशत व्याजमा]]> admin Thu, 13 Sep 2012 08:40:39 +0545 बैंकले घर/जग्गा ऋणको ब्याजदर १०.९९ प्रतिशत र सवारी साधन कर्जाको ११.४९ प्रतिशत व्याज निर्धारण गरेको छ । पूर्व स्विकृत लिएको ९० दिनभित्र ऋण लिइसक्नु प्रावधान पनि कम्पनीले राखेको छ । ऋणको प्रक्रियाका लागि बैंकले एक प्रतिशत सेवा शुल्क लिने छ । पूर्व स्वीकृत गरेको ऋण ग्राहकले नलिएमा सेवा शुल्क वापत लिएको रकम फिर्ता हुने एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले बताए ।
अटो बलुन फाइनान्सिङमा कर्जाको ७० प्रतिशतसम्मको रकमलाई मासिक भुत्तानीबाट चुत्ता गर्न सकिने छ भने बाँकी ३० प्रतिशत रकम अन्तिम किस्ता पछि एकमुष्ठ वा प्रथम वर्षपछि आंशिकरुपमा भुत्तानी गर्न सकिने बैकले जनाएको छ । सिइओ जोशीले उपभोक्ताले खरिद गर्ने घर/जग्गा अथवा सवारी साधन रोज्नु अगावै कर्जा रकम स्वीकृत गरिने जानकारी दिए । आफूले खरिद गर्ने घर÷जग्गा अथवा सवारी साधानको निश्चित गर्नु अगावै ऋण रकम थाहा पाउने हुँदा चाहे अनुसारको घर/जग्गा तथा सवारी साधान छनौट गर्न पर्याप्त समय हुने उनले जानकारी दिए । यसले कर्जाको मोलतोल गर्ने क्षमतामा बृद्धि हुने भएकाले उचित मुल्यमा घर अथवा सवारी साधन खरिद गर्न ग्राहकले सक्ने पनि उनले बताए । यसले सुस्त भैरहेको घर÷जग्गा खरिदमा नयाँ उत्साह थप्ने दावी पनि जोशीले गरे ।
]]>
http://bizmandu.com/feed/commercial-banks/-932.html http://bizmandu.com/content/-932.html http://bizmandu.com/assets/upload/contentthumb/nic_bank_loan.jpg
content <![CDATA[पूर्वगभर्नर तथा नबिल अध्यक्ष श्रेष्ठ कालोसूचीमा, स्वास्थ्य सचिवकी श्रीमती पनि]]> admin Wed, 12 Sep 2012 05:02:10 +0545 बैंकले दुई साता अघि श्रेष्ठसहित समूहको  सम्पत्ति लिलाम गर्ने सूचना निकालेको थियो । फर्मास्युटिकल्सका लागि श्रेष्ठको समूहले १५ वर्षअघि ऋण लिएको थियो । श्रेष्ठसहित १० जना मिलेर लिएको ऋण भुक्तानी नभएको हो । श्रेष्ठ अहिले नबिल बैंकको सञ्चालक समिति अध्यक्ष छन् । श्रेष्ठका भाइ गोपालप्यारा पनि फर्मास्युटिकल्सको सञ्चालक छन् ।
कर्जा सूचना केन्द्रले मंगलवार साँझ श्रेष्ठ, स्वास्थ्य सचिवकी श्रीमती विभाकुमारी मिश्र, फर्मास्युटिकल्स्का सञ्चालक इन्द्रायणी मुखर्जी र उत्तमकुमार मुखर्जीलाई कालोसूचीमा राखेको हो । जनकपुरको मुरलीचोकमा फर्मास्युटिकल्स सञ्चालन गर्न कम्पनीले एनसीसी बैंकबाट पनि ऋण लिएको थियो । त्यसबेला सत्येन्द्रप्यारा राष्ट्र बैंकका गभर्नर थिए । एनबी बैंकमा एमी फर्मास्युटिकल्सले अढाइ करोड रुपैयाँ तिर्न वाँकी छ । एमी फर्मास्युटिकल्सका लागि एनसीसी बैंकबाट लिएको साढे तीन करोड रुपैयाँ ऋण पनि तिर्न वाँकी छ । एमी फर्मास्युटिकल्स अहिले बन्द भइसकेको छ ।
गभर्नर भएका बेला एनबी समुहलाई बैंक तथा वित्तीय संस्था खोल्न सहयोग गरे वापत उनले कम धितोमा नै ऋण पाएका थिए । सुरुमा ऋण अन्य सञ्चालकको नाममा लिइएको थियो । उनी गभर्नरबाट हटेपछि दोस्रो चरणमा पुन ऋण लिइएको स्रोतले बतायो ।
कम्पनीको सञ्चालकमा उनी, उनको भाइ गारेखप्यारा,  विभाकुमारी, अमियकुमार मुखर्जी, इन्द्राणी मुखर्जी, अभिषेक श्रेष्ठ, योगेन्द्र महासेठ, एलीजा माथेमा श्रेष्ठ र रजनी शाह छन् । श्रेष्ठ अब नबिल बैंकको अध्यक्ष बन्न अयोग्य भएका छन्,  श्रेष्ठ कालोसूचीमा पर्ना साथ उनी नबिल बैंकको अध्यक्षबाट स्वत हटेका छन् । उनी कालोसूचीबाट हटे पनि हटेको तीन वर्षसम्म बैंक सञ्चालक समितिमा अाउन पाउने छैनन् ।
श्रेष्ठको नाम पत्रिकामा निस्कानासाथ नबिलले अध्यक्षबाट हट्नलाई सूचना दिएको थियो । तर उनले अटेर गर्दै आएक  थिए । अध्यक्षबाट उनी हटेपछि राष्ट्र बैंकको कायममुकायम गभर्नरबाट अवकास भएर नबिलको सञ्चालक बनेका कृष्णवहादुर मानन्धर अध्यक्ष बन्ने छन् । एनबी र एनसीसी बैंकले ऋण उठाउन धेरै नै कसरत गरिसकेका छन् । सत्येन्द्रप्याराले भने ऋण वुझाउन चासो देखाएका थिएनन् ।
]]>
http://bizmandu.com/feed/commercial-banks/-918.html http://bizmandu.com/content/-918.html http://bizmandu.com/assets/upload/contentthumb/satyandra_pyara_sherestha_final.jpg
content <![CDATA[नबिलको गतवर्षभन्दा दोब्बर लाभांस, २० प्रतिशत बोनस सेयर ४० प्रतिशत नगद ]]> admin Tue, 11 Sep 2012 02:15:21 +0545 एक अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले कति लाभांश दिन्छ भन्नेमा सेयरधनीलाई ठूलो उत्सुक्ता छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३३ करोड नाफा गर्दा ३० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले नगद लाभांश मात्र दिएपछि साधारण सेयरधनीले बैंकको साधारणसभामा हल्ला गरेका थिए । वोनस सेयर माग गर्दै साधरण सभा एक पहिना स्थगित भएको थियो ।
बैंकले ४० प्रतिशत लाभांस र २० प्रतिशतको अनुपातमा वोनस सेयर दसैंअघि नै वार्षिक साधारणसभा गरेर बाँडन लागेको हो । नविलमा दुई करोड दुई लाख कित्ता सेयरमध्ये सर्वसाधारणको ३० प्रतिशत सेयर छ । बैंकले यस पटक व्याज,  डलर किनवेच र कसिमनमा आधारित आम्दानी वढाएको छ । यसले गर्दा सेयरधनीले पाउने लाभांससमेत वढेको हो ।
]]>
http://bizmandu.com/feed/commercial-banks/-901.html http://bizmandu.com/content/-901.html http://bizmandu.com/assets/upload/contentthumb/nabil1.jpg
content <![CDATA[स्वीकृतीविना नै लाभांस घोषणा गरेपछि बिओकेलाई राष्ट्र बैंकको चेतावनी]]> admin Mon, 10 Sep 2012 22:32:01 +0545 बैंकले केही दिनअघि सेयरधनीलाई २१.३२ प्रतिशत नगद लाभांस र ५ प्रतिशत वोनस सेयर दिने घोषणा गरेको थियो । बैंकले गत वर्ष गरेको नाफाका आधारमा सञ्चालक समितिबाट सेयरधनीलाई दिन सकिने लाभांस घोषणा गरेको थियो ।
राष्ट्र बैंकको चेतावनी पछि पनि बिओकेले लाभांस वाँड्न प्रारम्भिक अनुमति भने पाएको छ । अब पूर्ण अनुमतिका लागि उसले पुन राष्ट्र बैंक व्यालेन्सिट पठाउनु पर्ने हुन्छ । राष्ट्र बैंकबाट पूर्ण अनुमति पाएपछि बैंकले साधारणसभाबाट पारित गरेपछि मात्र लाभांस वाँड्न पाउँछ । बैकले गत वर्ष ६० करोड ७६ लाख नाफा कमाएको थियो ।
]]>
http://bizmandu.com/feed/commercial-banks/-900.html http://bizmandu.com/content/-900.html
content <![CDATA[ राष्ट्र बैंकको नयाँ व्यवस्थाले एनबीको मुनाफा १३ करोड थपियो, ८३ करोड पुग्यो]]> admin Mon, 10 Sep 2012 08:19:13 +0545 बैंकले असार मसान्तको वित्तीय विवरणमा कर र कर्मचारी बोनस व्यवस्था अघिको कुल मुनाफा ९१ करोड ५६ लाख रुपैयाँ भएको सार्वजनिक गरेको थियो ।
बैंकले सोमवार सूचना जारी गर्दै कर र बोनस व्यवस्था अघि आफ्नो कुल मुनाफा एक अर्ब तीन करोड भएको सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थापछि १५ दिनमा मुनाफा १२÷१३ करोड रुपैयाँको बीचमा बढेको जानकारी दिए ।
उनले भने, मुनाफा ८३ करोड पुगेको छ, कुल मुनाफा एक अर्ब तीन करोड नाघेको छ । बैंक अघिल्लो वर्ष १३ करोड रुपैयाँ घाटामा थियो । एनबी बैंक कृषि विकास, नविल, राष्ट्रिय बाणिज्य, चार्टड, एभरेष्ट र हिमालयन बैंकपछि उच्च मुनाफा गर्ने बाणिज्य बैंक हो ।
बैंकको उच्च मुनाफा भए पनि यो वर्ष लगानीकर्ता भने निरास नै हुने भएका छन् । राष्ट्र बैंकले एनबीको खराब वित्तीय स्वास्थ्यका आधारमा लाभांस वितरणमा बन्देज लगाएको छ ।
]]>
http://bizmandu.com/feed/commercial-banks/-889.html http://bizmandu.com/content/-889.html http://bizmandu.com/assets/upload/contentthumb/Nepal_Bangladesh_Bank6.jpg
content <![CDATA[जनता बैंकले ल्यायो उच्च व्याज दिने छ खाता, आठ प्रतिशतसम्म व्याज]]> admin Sun, 09 Sep 2012 23:02:06 +0545 http://bizmandu.com/feed/commercial-banks/-880.html http://bizmandu.com/content/-880.html