विदेशबाट फर्किएर उद्यम गर्ने ८ जना पुरस्कृत, व्यवसाय गर्नेलाई सघाउँछु: गोकर्ण विष्ट





काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा नै उद्यम गरेर बसेका ८ जनालाई पुरस्कार तथा सम्मान विवरण गरेको छ। पुरस्कृत हुने मध्येबाट सोनाम लामालाई सर्वोत्कृष्ट घोषित गरिएको मन्त्रालयले जनाएको छ। 
 
मन्त्रालयले सर्वोत्कृष्ट भएका लामालाई १ लाख रुपैयाँ प्रदान गरेको छ। बाँकीले ५०/५० हजार रुपैयाँ पाएका छन्। लामा आराभा नेपाल मोर्ड एग्रिकल्चर कम्पनी सुन्दरबजार लमजुङका सञ्चालक हुन्। दुबई र इजराएल बसेर फर्किएका उनले १६ करोड रुपैयाँ लगानीमा एकीकृत कृषि फार्म सञ्चालन गरेका छन्। 
 
यस्तै उत्कृष्ट हुनेहरुमा देवीप्रसाद खत्री बागलुङ, हरि लुईंटेल खोटाङ, खोजराज कटुवाल कलंकी काठमाडौं, गणेश पुन मगर पर्वत, प्रेमप्रसाद लामिछाने बर्दिया, द्रोणप्रसाद न्यौपाने रुपन्देही र रामदिपाल थारु बर्दिया रहेका छन्। 
 
वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गरेर बसेकाहरुलाई विभिन्न आधारमा अंक प्रदान गरी उत्कृष्ट ८ जनालाई छनौट गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले रोजगारी सिर्जनामा योगदान, पुँजी लगानी अनुपात, स्थानीय स्रोत साधनको उपयोग, आयात प्रतिस्थापन, कर भुक्तानी, ऊर्जा खपत, सामाजिक उत्तरदायित्व बहन तथा दुर्ग तथा समावेशीतालाई आधार बनाएर उत्कृष्ट उद्यमी छनौट गरिएको जनाएको छ। 
 
सम्मान कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीका क्रममा सिकेका सीपको उपयोग गरी स्वदेशमा उद्यम गर्नु र रोजगारी सिर्जना गर्नु राष्ट्रका लागि सकारात्मक भएको बताए। उनले नेपालमा उद्यम गर्न चाहनेका लागि तयार गर्न सरकार तयार रहेको भन्दै स्वरोजगारलाई सहयोग गर्ने कार्यक्रम गर्न सरकार तयार रहेको पनि उल्लेख गरे।


Share this Story

   

विदेशबाट फर्किएर उद्यम गर्ने ८ जना पुरस्कृत, व्यवसाय गर्नेलाई सघाउँछु: गोकर्ण विष्ट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.