त्रिशुली जलविद्युत केन्द्रमा आगलागीपछि अवरुद्ध विद्युत आपूर्ति आज दिउँसोबाट सुचारु हुने






काठमाडौं। नेपाल विद्युत प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएपछि नुवाकोटका विभिन्न स्थानमा वैकल्पिक व्यवस्था गरी बुधबार १२ बजेसम्म विद्युत आपूर्ति सुचारु गर्ने भएको छ।


यसका लागि ६६/११ केभीको ट्रान्सफर्मर राखी विद्युत आपूर्ति सुचारु गर्न लागेको  प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।
नुवाकोटमा १३ वटा फिडरमार्फत विद्युत् आपूर्ति भइरहेकोमा विद्युत गृहमा अगलागीका कारण ७ वटा फिडर बन्द भएका छन्।

 प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोट स्थित २४ मेगावाट क्षमताको केन्द्रको विद्युत गृहमा, जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो साढे एक बजे आगलागी भएको थियो।

सुरक्षाकर्मी, विद्युत गृहका कर्मचारी, स्थानीय बासिन्दा लगायतको करिव साढे एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा लिइएको थियो।
आगलागीपछि त्रिशूली जलविद्युत केन्द्र र त्यसको क्यासकेट आयोजनाको रुपमा रहेको १४.५ मेगावाटको देवीघाट जलविद्युत केन्द्रबाट करिब २८ मेगावाट विद्युत उत्पादन विच्छेद भएको प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए।

‘तर, यसबाट नुवाकोटका केही स्थानबाहेक मुलुकभरको समग्र विद्युत आपूर्तिमा कुनै असर गरेको छैन, उनले भने, ‘आगलागीबाट भएको क्षतिको यकिन र मर्मतसंभार तत्काल सुरु गर्न प्राविधिक टोली परिचालन गरिसकेका छौं।’ आगलागीको कारण भने प्राविधिक टोलीको अध्ययनपछि मात्रै यकिन हुने छ।



Share this Story

   

त्रिशुली जलविद्युत केन्द्रमा आगलागीपछि अवरुद्ध विद्युत आपूर्ति आज दिउँसोबाट सुचारु हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.