सुमन शर्माले माछापुच्छ्रे बैंकको ब्यवस्थापकीय नेतृत्व सम्हाले, २१ बर्षको बैंकिङ अनुभव

बिजमाण्डू
२०७५ जेठ २८ गते १७:११ | Jun 11, 2018
सुमन शर्माले माछापुच्छ्रे बैंकको ब्यवस्थापकीय नेतृत्व सम्हाले, २१ बर्षको बैंकिङ अनुभव


काठमाडौं। केही समयअघि नै माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका सुमन शर्माले सोमबारबाट बैंकको नेतृत्व सम्हालेका छन्।
 
२१ बर्षको बैंकिङ अनुभव भएका शर्मा यसअघि ग्लोबल आइएमइ बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। 
 
नेपाल एसबिआइ बैंकबाट बैंकिङ करियर सुरु गरेका शर्माले त्यसपछि एनएमबी र माछापुच्छ्रे बैंकमा काम गरेका थिए।

Tata
GBIME
Nepal Life

माछापुच्छ्रेबाट ग्लोबल आइएमइ पुगेका उनी फेरि नेतृत्व लिँदै माछापुच्छ्रे पुगेका हुन्।