स्टक ब्रोकरको सिफारिसमा परेका पाँच ब्रोकरमार्फत अनलाइन प्रविधिको परीक्षण

बिजमाण्डू
२०७५ जेठ ३० गते १८:४९ | Jun 13, 2018
स्टक ब्रोकरको सिफारिसमा परेका पाँच ब्रोकरमार्फत अनलाइन प्रविधिको परीक्षण
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले विहीबारदेखि ब्रोकर कम्पनीमार्फत अनलाइन प्रणालीको परिक्षण गर्ने भएको छ। नेपाल स्टक ब्रोकर एसोसिएसनले सिफारिस गरेका पाँच ब्रोकर कम्पनीमार्फत परीक्षण थाल्न लागिएको हो। 
 
एसोसिएसनले सिफारिस गरेका एबिसि सेक्युरिटिज, मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ्, लिन्च स्टक मार्केट, सेक्योर्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरुटिजमार्फत परिक्षण गर्न लागिएको नेप्सेका एक अधिकारीले जानकारी दिएका छन्। 
 
अनलाइन प्रणालीको कर्यान्वयनका लागि नेपाल एसोसिएसनले 'अनलाइन कार्यान्वयन समिति' गठन गरेको छ। सन्तोष मैनालीको संयोजकत्वमा गठित समितिले नेप्सेसँग समन्वय गरिरहेको एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले जानकारि दिए। यो समितिले सिफारिस गरेका पाँच ब्रोकर कम्पनीमार्फत परिक्षण हुन लागेको हो।   
 
हाल विकास भएको सफ्टवेरलाइ नेप्सेले चरणबद्ध रुपमा परीक्षण गरिरहेको छ। नेप्सेले आन्तरिक परीक्षण सकेर ब्रोकरमार्फत परीक्षण सुरु गर्न लागेको हो। छनौट भएका ब्रोकर कम्पनीले डेमोका रुपमा सफ्टवेरलाइ परीक्षण गर्ने छन्। परीक्षणमा केहि त्रुटी देखिए ब्रोकर कम्पनीले नेप्सेलाई सुधारका लागि सुझाव दिने छन्। प्राप्त सुझावका आधारमा नेप्सेले प्रणालीमा सुधार ल्याउने ती अधिकारीले जानकारी दिए।
 
नेप्सेले जेठ भरीमै अनलाइन प्रणाली सुरु गर्ने सुरुवाती लक्ष्य राखेको थियो। यो लक्ष्यमा काम हुन नसकेपछि ऊमाथि अनलाइन कार्यान्वयनको चौतर्फी दबाब छ। ब्रोकर कम्नीले परीक्षण सके लगत्तै नेप्सेले 'युजर एसेप्टेन्स टेस्टिङ(युएटी)' गराउने छ। युएटी परीक्षणका लागि एक महिनाको समय राखेर सूचनासमेत प्रकाशित भइसकेको छ। 
 
युएटी परीक्षणका लागि सफ्टवेयर सेवा प्रदायक कम्पनीहरुले असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन्। युएटी परीक्षणका लागि आवेदन दिएका कम्पनीमध्येबाट नेप्सेले एक कम्नी छनौट गर्नेछ। 
 
के हो युएटी?
कुनै पनि सफ्टवेयरको अन्तिम चरणको परीक्षण युजर एसेप्टेन्स टेस्टिङ (युएटी) गरिन्छ। सफ्टवेयरको स्पेशिफिकेशन अनुसार काम गर्छ कि गर्दैन् भनेर यस्तो परीक्षण गरिन्छ। नयाँ सफ्टवेयर कार्यान्वयन गर्दा यस्तो परीक्षण गर्नुपर्छ। यसलार्इ बेटा टेस्टिङ, एप्लिकेशन टेस्टिङ वा अन्तिम प्रयोगकर्ता परीक्षण पनि भनिन्छ।  
 
फागुन पहिलो साता नेप्सेले निर्माण गरिरहेको अनलाइन सफ्टवेयरबारे अध्ययन गर्न अर्थ मन्त्रालयले कमिटी गठन गरेको थियो। यो कमिटीले युएटी परीक्षणपछि मात्रै अनलाइन प्रणालिलाई कार्यान्वयनमा लैजान निर्देशन दिएको थियो। मन्त्रालयको सिफारिसपछि अर्थ युएटी परीक्षण गर्न लागिएको हो।

Tata
GBIME
Nepal Life