काठमाडौं।निजी क्षेत्रको श्री एयरलाइन्सले सिआरजे ७०० जहाज ल्याएको छ।योसँगै श्रीको जहाज चार पुगेको छ।अब सिआरजे-७०० सय जहाज दुर्इ र सिआरजे -२०० जहाज दुर्इ छन्।
श्रीले अहिले भैरहवा,विराटनगर,धनगढी र नेपालगञ्जमा उडान भर्दै आएको छ।कम्पनीका संचालक सुधिर मित्तलले नयाँ जहाजले अहिले संचालनमै रहेका रुटमा उडान गर्ने जानकारी दिए।‘हामीले अहिले भइरहेकै रुटमा नयाँ जहाज संचालनमा ल्याउनेछौं’उनले बिजमाण्डूसँग भने।
कम्पनीले अहिले ल्याएको जहाज ७० सीट क्षमताको हो।नयाँ जहाजको कलसाइन (९एन एमओ) हो।हेलिकोप्टरबाट फिक्स विङमा आएको श्री एयरलाइन्सले बजार हिस्सा बढाउँदै लगेको छ।वुद्ध र यतिको एकाधिकारलार्इ तोड्दै कम्पनीले उडान थालेपछि हवार्इ भाडा समेत सस्तो भएको छ।कम्पनीले चितवन,सिमरा,पोखरा लगायतमा उडान भर्नका ७८ सीट क्षमताको क्यू-४०० टर्वोप्रोब जहाजको उडान अनुमतिका लागि पर्यटन मन्त्रालयमा आवेदन दिएको पाँच महिना पुगिसकेको छ।
पाँच महिनाको बीचमा श्रीले दिएको आवेदन मन्त्रालय र प्राधिकरणमा घुमेको घुम्यै छ।अझ प्राधिकरणले श्रीले ल्याउन लागेको जहाज नयाँ भएको र त्यो जहाज जाँच्ने प्राविधिक नभएको भन्दै अनुमति नदिर्इ रोकेर राखेको छ।