पिओएस र एटिएममा पैसा काटियो तर हात लागेन? पैसा फिर्ता नहुँदासम्मको ब्याज बैंकले दिने

बिजमाण्डू
२०७५ असार २७ गते १५:२८ | Jul 11, 2018
पिओएस र एटिएममा पैसा काटियो तर हात लागेन? पैसा फिर्ता नहुँदासम्मको ब्याज बैंकले दिने

काठमाडौं। एटिएम मेसिन् वा पिओएस् मेसिनबाट कारोबार गर्दा तपाईंको खाताबाट पैसा काटियो तर हातमा परेन भने अबदेखि सम्बन्धित बैंकले तपाईंलाई ब्याज दिनुपर्ने भएको छ।
 
ती मेसिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समयभित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैंक तथा वित्तीय संस्थाले उक्त रकमको समेत ब्याज दिनुपर्ने व्यवस्था मिलाइने घोषणा मौद्रिक नीतिमार्फत गरिएको छ।

खाताबाट रकम काटिए पनि बैंकहरुले ढिलो गरी पैसा 'रिफन्ड' गर्दा ब्याज तिर्नु पर्ने व्यवस्था थिएन।

Tata
GBIME
Nepal Life