नेपाली ब्यवसायीको थाइल्यान्डमा भब्य विवाह, दुई करोड रुपैयाँ खर्च, को को गए जन्ति?






वीरगंज। वीरगंजका उद्योगपति राजेश अग्रवालको नाती प्रतिक अग्रवाल र श्याम तुल्स्यानकी छोरी आयुषी तुल्स्यानको विवाह थाईल्याण्डको एक होटलमा भव्य समारोहकाबीच सम्पन्न भएको छ। 
 
शुभश्री जगदम्बा सिमेन्ट प्रालिका सञ्चालक राजेश अग्रवालका भतिजा रमेश अग्रवालका छोरा प्रतीक अग्रवाल भारतबाट अध्ययन पुरा गरी वीरगंजको कैलाश होटल नजिक स्काईलैन इन्फा मल शुरु गर्दै छन्। बेहुली आयुषी अध्ययन सकेर व्यवसाय शुरु गर्ने तयारीमा छिन्। आयुषी वीरगंजको कादम्बरी स्कुल र वीरगंज कमर्श क्याम्पसका सञ्चालक श्याम तुलस्यानकी छोरी हुन्।
 
विवाह थाईल्याण्डको हुवाइन जिल्लाको सेराटन होटलमा आयोजना भएको हो। जसमा नेपाल भारतका सयौं प्रतिष्ठित व्यापारीदेखि राजनीतिकर्मीहरुको सहभागिता थियो। 
 
‘नेपाल भारतबाट करिब २५० जनाको उपस्थिति थियो,’ विवाहमा सहभागी हुन पुगेका पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले फोनमा भने, ‘वीरगंजबाट म, वीरगंजका मेयर विजय सरावगीजी लगायत अन्य व्यापारीहरु समेत आएका छन्।’ 
 
उनका अनुसार वीरगंजबाट करिब दुई दर्जन व्यापारी तीन दिने वैवाहिक कार्यक्रमको लागि थाईल्याण्ड गएका छन्। त्यसैगरी काठमाडौ, भारतको दिल्ली, कोलकत्ता, मुम्बईलगायत शहरबाट पनि दर्जनौ चर्चित उद्योगीहरु जन्तीमा सहभागी भएका छन्। 
 
समुन्द्र किनारको शेराटन होटलमा करिब दुई करोड खर्च भएको अनुमान छ। होटल २० जुनदेखि २३ जुन विहान ११ बजेसम्म बुक थियो। वीरगंजका व्यापारीहरुमा शंकर गोल्यान, शशी खेतान, सन्जय खेतान, रमेश केडिया, विजय सेठिया, पुरुषोत्तम घन्कीया, सन्जय चाचानलगायतको सहभागिता थियो। 
 
जन्तीमा सहभागी हुनेले आफनै खर्चमा प्लेनको टिकट काटेर गएको र तीन दिनको थाईल्याण्डको बसाई बेहुला–बेहुली पक्षले संयोजना गरेको जनाइएको छ।

Share this Story

   

नेपाली ब्यवसायीको थाइल्यान्डमा भब्य विवाह, दुई करोड रुपैयाँ खर्च, को को गए जन्ति? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.