मुलुकको कूल व्यापारमा चीनतर्फको सीधा हिस्सा असाध्यै न्यून, ५ प्रतिशत हुँदैन रसुवाबाट






काठमाडौं। नेपालको कूल व्यापारमा उत्तरी छिमेकी चीनसँगको सीधा व्यापार असाध्यै न्यून रहेको पाइएको छ। चालु आर्थिक वर्षको १० महिनामा चीनसँगको एकमात्र व्यापारिक नाका रसुवागढीले कूल आयातको १.६२ प्रतिशत र निर्यातको २.३८ प्रतिशत हिस्सा ओगटेको भन्सार विभागले जनाएको छ। 
चालु आर्थिक वर्षको पहिलो १० मिहनामा यो नाका हुँदै १५ अर्ब ९५ करोड रुपैयाँको सामान आयात भएको छ। यस्तै यही अवधिमा १५ अर्ब ८४ करोड रुपैयाँको निर्यात भएको छ। 
 
मुलुकको आयात व्यापारमा सबैभन्दा ठुलो हिस्सा वीरगञ्जको छ। वीरगञ्जबाट ३४.१८ प्रतिशत आयात हुन्छ। दोस्रोमा भैरहवा रहेको छ। भैरहवाबाट १८.६५ प्रतिशत आयात हुने भन्सार विभागको तथ्यांकमा उल्लेख छ। 
 
तेस्रो स्थानमा विराटनगर भन्सार कार्यालय छ। यहाँबाट १२.२९ प्रतिशत व्यापार हुन्छ। त्यसपछि क्रमश: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय छन्। 
 
निर्याततर्फ भने विराटनगर पहिलो स्थानमा छ। त्यहाँबाट ३०.७२ प्रतिशत निर्यात हुने विभागले जनाएको छ। दोस्रो स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छ। यहाँबाट २७.६४ प्रतिशत निर्यात हुन्छ। 


Share this Story

   

मुलुकको कूल व्यापारमा चीनतर्फको सीधा हिस्सा असाध्यै न्यून, ५ प्रतिशत हुँदैन रसुवाबाट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.