कुनमिङमा 'चाइना-साउथ एसिया एक्स्पो' सुरु, नेपालसहित ८७ देशका प्रतिनिधि सहभागी






चीन(कुनमिङ)। 'चाइना-साउथ एसिया एक्स्पो'को पाचौँ संस्करण चीनको कुनमिङ शहरमा सुरु भएको छ। दक्षिण एसियाली सहित संसारभरका ८७ मुलुकका ४ हजार भन्दा व्यवसायी सहभागी एक्स्पो युनान प्रान्तको कुनमिङमा सुरु भएको हो।


एक्स्पो आयोजक समितिका कार्यकारी निर्देशक गाओ सुसुनले एक्स्पोमा १९ प्रदर्शन कक्षहरु रहने जानकारी गराएका छन्। त्यस्तै अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि पनि उपस्थित छन्। एक्स्पोमा दक्षिण एसियाका मात्रै ५२६ व्यवसायिक संस्थाका प्रतिनिधि उपस्थित छन्। यस्तै दक्षिण पूर्वि एसियाबाट ५१३ प्रतिनिधि उपस्थित छन्।

चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तीय सरकारले संयुक्तरुपमा आयोजना गरेको सम्मेलन ७ दिनसम्म चल्नेछ। अन्तर्राष्ट्रिय साझेदारी, व्यवसायिक र लगानीमैत्री वातावरण निर्माण, एक आपसमा क्षमता प्रस्तुती तथा सञ्जाल विस्तार एक्स्पोको मुख्य उद्देश्य रहेका छन्। एक्स्पो अवधिभरमा २४ अर्ब अमेरिकी डलरभन्दा धेरैको सम्झौताहरुमा हस्ताक्षर हुने अनुमान गरिएको छ।

व्यापार घाटा घटाउन सहयोगी: खरेल
एक्स्पोमा नेपालबाट सरकारी अधिकारी र व्यवसायीको टोली पनि सहभागी भएको छ। एक्स्पोलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सल्लाहकार डा रामशरण खरेलले चीनसँग नेपालको भुक्तानी असन्तुलन निकै गहिरो रहेको भन्दै त्यसलाई कम गर्न एक्स्पोले सहयोग गर्ने बताए।

कुनमिङमा चलिरहेको एक्स्पोमा नेपालबाट हस्तकला, काष्ठकला, गलैँचा, पश्मिनालगायतका उद्योगी तथा व्यवसायी सहभागी छन्। करिब २ सय जनाको नेपाली टोलीले व्यवसाय प्रवर्द्धन र लगानी आकर्षित गर्न संसारका विभिन्न देशका प्रतिनिधिसँग छलफल गर्ने बताइएको छ।


Share this Story

   

कुनमिङमा 'चाइना-साउथ एसिया एक्स्पो' सुरु, नेपालसहित ८७ देशका प्रतिनिधि सहभागी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.